Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

विश्वकै अग्लो पुलका रमणीय दृश्य (फोटो फिचर


अन्ततः चीनको हुनान प्रान्तस्थित जिस्हाउमा विश्वकै सबैभन्दा अग्लो झुलुंगे पुल संचालनमा आएको छ ।१ हजार १ सय २ फिट उचाइँमा रहेको ३ हजार ८ सय ५८ फिट लामो उक्त झोलुंगे पुल मंगलबारदेखि संचालनमा आएको हो ।
सन् २००७ मा निर्माण सुरु भएको यो पुलको इन्जिनियरिङ काम ४ महिना अघि सकिएको भएपनि रंगरोगनको काम यो हप्ताको सुरुमा मात्र सकिएको थियो ।
निकै रमणीय स्थानमा रहेको यो पुलबाट यात्रा गर्ने यात्रुहरुले देहाङ क्षेत्रको दृश्यावली अवलोकन गर्न सक्नेछन् । यो पुलमा रातीको समयमा उज्यालोका लागि १ हजार ८ सय ८८ वटा बत्ती बालिनेछ ।
यो पुलले आसपासका दुइवटा पहाडका सुरुङ मार्गलाई जोडेको छ । चार लेनको यो पुलमा ५० माइल प्रतिघण्टाको दुरीमा गाडि कुँद्न सक्नेछन् भने पैदलयात्रीका लागि पनि छुट्टै लेन बनाइएको छ ।


Post a Comment

Previous Post Next Post