Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

रोहित बिमुुला र जिवन बिकहरु by Dhanu Lekali

Dhanu Lekali

मृत्यु सत्य हो, यो निस्चित छ, मात्र मानिसलाई थाहा छैन कि कुन दिन कतिबेला मरिन्छ भनेर । मानिस मात्र होईन हरेक जीवहरु आफुलाई स्वतन्त्र राख्न चाहन्छन । भनिन्छ, सुनको पिजँडामा मिठो खाना खाएर वस्ने चरीभन्दा आकाशमा भोको पेट उडिरहेको चरी बढी खुसी देखिन्छ । हरेक मानव जहिले पनि आफू आत्म सम्मान र त्यहि स्वतन्त्रता भएर बस्न चाहान्छ ।त्यहि आत्म सम्मान र स्वतन्त्रता माथी धावा बोल्न खोज्दा जीवन बिश्वकर्मा जस्ता भएर प्रतिकारमा  लाग्छन कि रोहित बिमुला जस्ता बौद्धिक व्यक्तित्व पनि मृत्यु रोज्न बाध्य हुन्छन । यस्तै छायाँमा परेर रहेको मिडियाको आँखाले चिम्लेका हजारौ यस्ता विश्वलाई नै स्तब्ध गर्ने घटनाहरु  खोजिएका छैनन् ।राज्य यि वास्तविक घटनालाई सार्वजनिक गर्ने हो भने विश्वभर गरिएका मानव अधिकारको सन्धि सम्झौताको धज्जी उडाउन बाहेक अरु हुन सक्दैन ।
      हैदराबाद विश्व विद्यालयमा पि.एच.डी. गर्ने गरेका रोहित बिमुला जुन आत्महत्या गरे , र जेल जीवन बिताई रहेका जीवन विश्वकर्मा यि हुन जातिय दमन र आत्म सम्मान माथि गरेको अपमानको परिणाम हो । देशमा जति प्रजातन्त्र र लोकतन्त्रका कुरा गरौ दलित माथि गरिने दुव्र्यबहार हट्नुको सट्टा झनै विभत्स भएर अगाडी बढेको छ ।
         विश्वमा लोकतन्त्रको अभ्यास गरेको ठुलो राष्ट्रमा जातकै आधारमा छात्रवासबाट निकालिनु कहाँ सम्मको अमानवीयता हो । भोली वातावरण , चन्द्रमा तथा विभिन्न विषयमा अध्ययन गरी भारतलाई विश्वसामु प¥ुयाउने उनको क्षमता आज माटोमा विलिन भएको छ । यदि उनको क्षमतालाई पहिचान गरिन्थ्यो भने उनलाई छात्रवासबाट धपाउने मनुवाहरुलाई मात्र होईन सिंगो भारतलाई नै एक फरक उचाइमा पु¥याउने सक्थे होला । डा.अम्वेडकरले भारतको राष्ट्र निर्माणको संविधान निर्माणमा गरेको योगदानको त्यो समुदाय माथि भएको ठूलो अपमान तथा तिरस्कार सिर्जना गरेको छ । रोहितले प्रतिकार गर्न किन खोजेनन् अर्को डरलाग्दो प्रश्न  हो । जातीय छुवाछुतको प्रतिरोध र प्रतिकार गर्दा मानबहादुर वि.क. ले मृत्युवरण गर्नु प¥यो भने जीवन वि क ले कुनै ऐन कानुन मा नभएको कारागारको जीवन भोगि रहेका छन । उनको निश्कर्ष के हुन सक्छ भने सदियौ देखि हाली मुहाली गरेको समुदायको विरुद्धमा त्यही समुदायले कुनै कानुनी उपचार दिनको सट्टा आफू माथि जीवन वि.क. झै अपमानीत भई दोषी बनेर जेल जीवन जिउनु भन्दा मृत्यु नै प्यारो लागेको हुनुपर्छ ।
          त्यसो भए अब जातीय रुपमा उत्पीडित खेप्दै गरेका यो समुदाय रोहित भैm निरिह भएर मृत्यु रोज्ने हो ,मान बहादुर वि क ले झै सहेर कुटिएर मर्ने कि बारम्बार प्रहरीलाई उजुर गर्दा पनि नलागेर हिंसात्मक रुपमा जीवन वि क ले झै अपराध गर्ने ? हाम्रो संविधानले सबै जाती तथा वर्गलाई बराबर मानेको भएता पनि सामाजिक संस्कार र व्यवहारमा आकाश जमिनको भिन्नता रहेको छ ।यहि असमानतालाई विश्व सामु हामी सबै जातीमा समानता छ भनेर खोज्दै हिड्ने कि  यहाँ भित्रको असमानतालाई अन्त्य गर्ने ? कानुनको नजरमा सबै समान छन र हुनु पर्दछ । राज्यको विकाशमा जातीय छुवाछुत जस्तै गम्भिर अमानवीय व्यवहार ,संस्कारको अन्त्य हुनै पर्दछ ।अन्यथा राज्यका लागि होनहार पि.एच.डी. होल्डर युवाले अकालमा मृत्युवरण गर्नु पर्दैन ,साथै जीवन वि क जस्ता कलिला युवाहरु मनसिक रोग बढाउदै अपराध सम्म गरेर उर्जाशिल समयमा जेलको सिंढीमा बिताउनु पर्छ ।
      बिगत देखि पौराणिक पेशा र पेशा गर्ने समुहको व्यक्तिलाई दुव्र्यबहार गरिएको कारण आज सम्म पनि हाम्रो देशमा उद्योग तथा टेक्नीकल क्षमताको विकाश हुन सकेको छैन जुन राज्य विकाशको लागि अति आवश्यक छ । सम्पुर्ण रेडियो,टि.भि. लगायतका मिडियाकर्मी, राजनीतिक दल तथा जो जहाँ छ त्यहीबाट जातीय असमानता अन्त्य गर्न लागौ । एक जातिले अर्को जातिलाई गाली बेइजती गरेर होईन सहकार्यले सम्बन्ध मजबुत हुनुको साथै राष्ट्र निर्माणमा टेवा पु¥याउँछ । कोही पनि रोहितले झै मृत्यु अँगाल्न नपरोस् , जिवनले झै अपराध गर्न नपरोस् या मनबहादुर वि.क. ले झै कसैको कुटाईबाट मृत्यु मरण गर्न नपरोस् ।
धन्यबाद्
धनु लेकाली ,
भकिम्ली म्याग्दी

Post a Comment

Previous Post Next Post