Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

धन सँग हैन माया,......धनु लेकाली

.......गजल.....
धन सँग हैन माया, दिल सँग लगाउने को छ ?
धुप सँग गलेको मन, प्रेम सँग जगाउने को छ ?

छहारीमै हुन्छ शीतल , भन्दै मलाई दोहोर्‍याउने
चुप्प गर्दै ओठतिर, लुकाई, भगाउने को छ ?

यो ले त्यो ले भन्दै तिम्रो, अंग अंग मान्दा पनि
सुम्पिएर फिक्रीबिना, मलाई फकाउने को छ ?

अरु बेला हाँसी खुसी, थलो पर्दा आउने याद
लठ्ठी हात समाउँदै, मुस्कान दिई सघाउने को छ ?

जिउदो हुँदा प्रेम सम्मान, मर्दा दुखी हुने
विलौना मै बोकि घाट, हेर्दै जलाउने को छ ?


धनु लेकाली
भकिम्ली, एक म्याग्दी

Post a Comment

Previous Post Next Post