जीवन र मृत्यु
जीवनको सङ्घरमा उभिएर कोर्र हानि बस्छ जिन्दगीले जिन्दगीलाई
एउटा जीवन मरुभूमिमा फुल्न खोज्छ
एउटा जीवन खहरेमा बग्न खोज्छ
विश्व बजारमा मनहरू जीवनको भाउ मोल तौल गरिबस्छ
सनसनी छ जीवनको बजारमा मृत्यु
जिजीविषामा जीवन चक्र हलिरहन्छ ।
हावा हलाउँदै जान्छ
पानी बगाउँदै जान्छ
पत्कार जस्तो जीवन
हावामा हलिन्छ
पानीमा बहान्छ
यत्र तत्र छर्पस्टिएको मृत्युहरू
उच्च जोखिममा त्रसित
जीवन नयनहरू काकाकुल भइरहेछ ।
समय त्यही नै हो
आफ्नो गतिमा बहिरहन्छ निरन्तर
जीवन चक्रपथमा लम्किरहेछ निरन्तर
फरक यति हो ...........फरक यति मात्र हो
शभ्यताको होडमा जीवन शैली अस्त ब्यस्त छ
मानव त्रसित जीवन जिरहेछ ।
विश्व साझेदारीमा कर्पोरेट समाज
आकाश छुने प्रतियोगिताको दौडमा लागिरहेछ
मृत्यु विजयको शङ्ख फुकिरहेछ
परजित जीवन लम्पसर सडकमा लडिरहेछ ।
दुर्गा राई ‘चामलिङ ’
डुवर्स, भारत
Tags:
कविता