Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

दीपक नेपालको मार्मिक कविता "राहत"

 

फोटो थाहा खबर ।


राहत


पोहोर 

हेलिकप्टर चढेर आएको 

चामलको बोरा

चुहिएको छानो चढेर

कुहिएको चामल पकाउने

चुल्हो ओतीरहेछ

उ हेर त आमा

वादल मडारीएको

हाम्रो वस्ती

पहिरोले बडारीएपछी

एक बोरा चामल

एक पोका नुन

आलु ,दाल र चाउचाउ

फेरी आउने भो

हेलिकप्टर चढेर

हाम्रो वस्ती 

राहत बनेर


तिमीले घण्टौँ

लाइन बसेर 

भोेट हालेकाहरु

कर तिरेर पालेकाहरु

गाँउ फर्कनलाई

हाम्रो घरमा बाढी पस्नुपर्छ

उ त्यो पहरो

खस्नुपर्छ

एक थान पाल

एक सरो धोती

भाँडाकुँडा पाउन

तिमीले जिन्दावाद र मूर्दावाद

भनेको हुनुपर्छ

नभए त घण्टौ लाइन बसेर पनी

रित्तै हात भोकै पर्नुपर्छ


वाढी पस्नुपर्छ

पहिरो खस्नुपर्छ

वस्तीहरुमा

सुत्केरीले प्रसव पिडामा

नपाएको हेलिकप्टर

सिटामोल नबोकिएका हेलिकप्टर

माननीयहरु बोकेर

मेरो वस्ती माथी

थिचीएका

किचीएका

तैरिरहेका

शवहरु गन्दै

उड्छ 

भटटटटटटटटटटटट


हरेक साल 

सप्तकोशी उर्लिएपछि

हाम्रो सर्वस्व पुरिएपछि

पर्यटक समाजसेविहरु

आउँछन बोकेर 

राहत

फोटो खिच्छन

छापिन्छन पत्रिकाहरुमा

हाम्रो दुख बेचेर

पिडा देखाएर

कहलिन्छन 

समाजसेवीहरु

राहत बाँडेर


सुरक्षित वस्ती चाहन्छु

एकपटक होइन

पटक पटक माननियहरुको

मेरो वस्तीमा गस्ती चाहन्छु

झरीमा नचुहिने छाना चाहन्छु

दुईछाक पेटभरी खाना चाहन्छु

आङमा एकसरो नाना चाहन्छु

यदि तिमी 

साँच्चीकै समाजसेवी हौ भने

दिर्घकालिन 

समाधान चाहन्छु

ए सरकार

ए समाजसेवी हो

साँच्चै आउने भए

तिम्ले ल्याउने भए

यि र यस्तै

बोकेर आउ

राहत


२०७८/०३/०४

दीपक नेपाल

बेलकोटगढी नगरपालीका वडा नं ७ रातमाटे , नुवाकोट

महादेव माध्यमीक विध्यालय

अङग्रेजी शिक्षक

 


Post a Comment

Previous Post Next Post