कविता ::: स्वाभिमान
शब्द ::: राहुल
कोहि बाध्यताले
शरीर बेचिरहेका छन्
र कोहि स्वार्थमा
शरीर सुम्पिरहेका छन्
फरक यत्ती हो
बाध्यतामा शरीर बेच्नेले
स्वाभिमान बेचेका छैनन्
र स्वार्थमा शरीर सुम्पनेले
स्वाभिमान जोगाउन
सकेका छैनन् ।।।।
राहुल
गुल्मी
Tags:
कविता