Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

नवराज भट्टकाे कविता मन्थन

 


कविता -नवराज

म जन्मबाट नै
मृत्युलाई बोकेर आएको छु!
म जीवन्त छु,
म अस्थिर छु
चलायमान छु,
रमाएको छु,
हराएको छु,
नाचेको,हासेको छु
क ,ख १, २ र A,B
मन्थन गरेर भ्रम ज्ञान पालेको छु
यी सब
मृत्युका गोरेटोमा कुदिएका
दृश्यहरु मात्रै हुन।
वय र रोग त एक भ्रम न हो।
म वषाै‌ँ देखि
मृत्युको घर हिनिरहेको छु।
म बर्षौ देखि
मृत्यु कुरेर बसेको छु ।

म मर्ने छु मभित्रको
म बाचि नै रहने छ।।।।।।।

Post a Comment

Previous Post Next Post