कविता घर
नवराज भट्ट गुरु
उ भत्कि रहेको घर हो
के छ
पालै पालो भल्काऊ
के जान्छ तिमीहरुको
सके आफू नै भत्काऊ
नसके
छरछिमेकी र आफ्न्त लगाएर
भए पनि भत्काउन लगाऊ
उ भत्कि रहेको घरलाई
मज्जाले भत्काऊ
कोहीले
उ पागलको घर
उ माडसापको घर
हो भनी होच्याऊ र
कर्के नजरले भत्काऊ
सकिन्छ पालैपालो लातबुटले
नै मुसुक्काउदै भत्काऊ
तोते बोली ,किताबका अक्षरसँगैसिक्दै गरेका
ती अवोध बालकहरुलाई पनि
समयसमयमा टिउसन पढाउदै
सिकाऊ,
अनि
बिस्तारै भत्काउन र थुक्न लगाऊ
अबाट अनार किन सिकाउने
अबाट अलङ्कार सिकाऊ
किनकि
उ घरका ती कम्जोर भएका
ती धुरी ,भित्ता छानो र जग
भत्काऊ र गिराऊ
होस्टेमा हैसे थपेर
मज्जाले भोज भतेर गर्दै
भत्काऊ
उ भत्कि रहेको घर हो
के छ
पालै पालो भत्काऊ
के जान्छ तिम्रो
सके आफू नै भत्काऊ
नसके
आफ्न्त र छिमेकी लगाएर
भए पनि भत्काऊ
पैसाले ,पावरले आफू र आफ्ना
मिलेर नै
भत्काऊ
किन
उ डुकुको घर ,
साइकोको घर
उ फाइदा नदिने घर
उ एक्लो घर
नअघि र नपछि कोही
आहा !कति सजिलो छ
भत्काउन
सहर बसाइ ,जागिर
पैसा गोजिमा सधैँ भएका
उ त्यो पुरानो घर
हाम्रो हो भन्न लाज मान्ने
उ भत्कि रहेको पूरानो घर
तातो दुध जस्तो निल्नु उकरल्नु
भाको
शब्द बाणले नै भत्काऊ
हैन डोजर चलाएर नै भत्काऊ
उ घत्कि रहेको घर
के छ
पालै पालो भल्काऊ
के जान्छ तिम्रो
सके आफू नै भत्काऊ
नसके
आफ्न्त र छिमेकी लगाएर
भए पनि भत्काऊ
तिमीहरु पनि भत्किने नै
म पनि भत्किंदै छु
ढिलो र चाँडो नै पो
भत्किने
तिमीहरु भत्किँदा
हजारौं रुने होलान्
उ घर भत्किदाँ
कोही रुने नहोलान
तिमीहरु पनी पाएर
भत्कलाऊ
उ घर पनी नदिने नै पाइ
भत्कला
आँखिर
बस फरक यति त हो
जाने तिमीहरु पनि जाने उ पनि
उ भत्कि रहेको घरलाई होच्याएर भत्काएर
तिमीहरुको उचाई बढ्छ भने.. अरु होच्याऊ..र भत्काऊ
"अझै उठ्ने छ !
तिमीहरुका तीता निकृष्ट सोच मार्फत
उ घरलाई होच्याऊ,र भत्काऊ
धूलोमा किच
तर
पनि उ घर धुलोबाट नै उठ्ने छ
कबाडी वा लाजको छाप्राबाट उठ्ने छ
पीडामा उभिएको बिगतबाट पुन निमार्ण भइ उठ्ने छ ।।।
उ भत्कि रहेको घरलाई होच्याएर भत्काएर तिमीहरुको उचाई बढ्छ भने.. अरु होच्याऊ..र भत्काऊ
कृष्णपुर न,पा गुलरिया
हाल भक्तपुर, नेपाल
Tags:
कविता