आहा, ओहाे जिन्दगी !
एकाविहानै परेलि खुल्छन
सुर्य नारायणले
भिटामिन डि दिन्छन
पवनदेवले
अक्सिजन दिएर
कार्बनडाईअक्साइड लिएर जान्छन
कुँडेभरि तातेकाे दूध
पिउँदै पाे छु म
जिउँदै पाे छु म
धन्यवाद भगवान
आहा, ओहाे जिन्दगी !
एक थाल भात खाएकै छु
एक सराे लुगा लगाएकै छु
कहिलेकाँहि डुल्न छाेडेकाे छैन
बगैचाहरुमा फुल्न छाेडेकाे छैन
दुई चार जनाले डाहा गरेकै छन
आठ दस जनाले आहा गरेकै छन
कहिले वेशि झरेकाे छु
जङ्घारहरु तरेकाे छु
उकालि पनि त उक्लिएकै हाे
सानामा दाँत फुक्लिएकै हाे
उम्रेका दाँतले टाेक्दै छु
आफ्नै जिन्दगि बाेक्दै छु
आहा, ओहाे जिन्दगी !
फुर्सदमा साथिभाईले
सम्झिएकै छन
ठिकै त हाेलास
भन्दिएकै छन
दुख सुख बाँडिएकै छ
कहिले नजिक कहिले टाढिएकै छ
आफ्नै शरीर त आफ्नै हुदैन
टाढिदा कस्काे मन रुँदैन
कर्म त आफैले गर्ने हाे
अरुले त मुखले ठिक पार्दिन्छन
चढाएर रुखमा
नटिप्दै फल
भुँईमा झार्दिन्छन
आफैँले आफुलाई विश्वास गर्याै भने
आहा, ओहाे जिन्दगी !
जे छ त्यसमा रमाउनु पर्छ
धन नभएनि नाम कमाउनु पर्छ
डाहा गर्नेले गरिरहुन
ईष्याले
अाफै मरिरहुन
अात्म सन्तुष्टि हुनुपर्छ
उडेर शिखर छुनुपर्छ
सम्मान गर समय र प्रकृतिलाई
माया गर आफ्नै आकृतिलाई
भाेलि उठिन्छ उठिन्न आफ्नै खाटमा
खुलेर जिउँ जिन्दगि आफ्नै आँटमा
आहा, ओहाे जिन्दगी !
दीपक नेपाल
२०७८/०४/१४
Tags:
कविता