भेट्दै गर मेराे साथी।
बर्षकाे एक पटक
टापुले पनि रुझ्न पाउँछ ।
पानिकाे हालखबर वुझ्न पाउँछ।
नदिले पँखेटा फिँजाएकाे बेला
वगरका ढुङ्गाहरुले
धित मर्नेगरि
प्यास मेटाउन पाउँछन् ।
नदि गुँड पसेकाे बेला
नदिकाे व्युँझाईकाे प्रतिक्षामा
लस्करै लाम लागेर
पर्खिदीएकै छन ढुङ्गाहरुले
नदिले वगरकाे
वगरले नदिकाे
साथ छाेडेका छैनन ।
भेट्दै गर मेराे साथी ।
मेरा खुसिका घाेगाहरुलाई
वुइगलकाे मकैकाे कुन्युजसरि
मनमा कुन्यू लगाएकाे छु
मेरा दुखका त्यान्द्राहरुलाई
विटा लगाएर
खलाेमा धानकाे कुन्यु जसरि
मनमा कुन्यू लगाएकाे छु
खुसिका घाेगाहरुलाई
खाेस्टा निकालेर
तिम्राे सामु छाेडाउन
मन छ साथि
दुखका विटाहरुलाई
खलाेमा ढुङ्गाेमाथि चुटेर
हलुका हुन मन छ
धान झरिसकेपछिकाे पराल जस्तै
हम्केर
धाराे हालेर
निफनेर
सफा हुन मन छ साथी
भकारिकाे धानजस्तै
भेट्दै गर मेराे साथी ।
हप हप गर्मिमा
हातामा बसिरहेकाे केरालाई
नङ्गाएर
दहिकाे पाेखरिमा
डुबाएपछि
मसला हालेर
मथिएकाे
लस्सिजस्तै
बन्न मन छ
बनाउन मन छ मेराे साथि
अँगेनाकाे डिलमा बसेर
चियाकाे चुस्किसित
तिम्राे मुहारमा
एक प्रहर
टाेलाउन मन छ ।
भेट्दै गर मेराे साथी ।
श्वासले मलाई छाेडेपछि
मसानघाटसम्म छाेड्न आउनु
परबाट एउटा ठुटाे हुर्याउनु
मैले नदेखेपनि
लाेकले देख्नेछ ।
ग्लिसिरिन हालेर भएपनि
दुई थाेपा आँसु झारिदिनु
लाेकले तारिफ गर्नेछ ।
तिमी त तारिफ मनपर्ने मान्छे
मेराे सामिप्यतामा
रमाएकाे मान्छेलाई
आगाेकाे रापले पाेल्नेछ ।
जलिरहेकाे चिता
तिम्राे नाडिमा बाँधेकाे घडि हेरेर
तिम्रा नयन थाक्नेछन
तिमिलाई त हतार पाे छ त
लाेक रिझाउन हिडेकाे मान्छे
आगाेले मलाई खरानी बनाउनेछ ।
म जलिसकेपछि
तिमी पनि भित्र भित्रै जल्नेछाै
श्वासले मलाई छाेडेजस्तै
लाेकले तिमिलाई छाेड्नेछ ।
भेट्दै गर मेराे साथी ।
दीपक नेपाल
2078/05/09
Tags:
कविता
👏👏👏👏
ReplyDelete