Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

मुलुकी देवानी कार्यविधी संहिता 2074 र मुलुकी देवानी कार्यविधी नियमावली 2075 बाट सोध्न सक्ने प्रश्नहरु तथा उत्तरको हिन्स सहित

 

लोक सेवा आयोग नेपाल न्याय सेवा अन्तर्गत न्याय, कानून सरकारी वकिल समूहका राजपत्राकित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको खुला प्रतियोगितात्मक परीक्षाको लागि पाठ्यक्रमा आधारित संभावित प्रश्नहरुको संगालो ।

समसामयीक कानून तथा अभ्यास (नेपाल न्याय सेवा अन्तर्गत न्याय, कानून सरकारी वकिल समूह) तेस्रो पत्र

 

मुलुकी देवानी कार्यविधी  संहिता 2074 र मुलुकी देवानी कार्यविधी  नियमावली 2075 बाट सोध्न सक्ने प्रश्नहरु तथा उत्तरको हिन्स सहित

1.  देवानी मुद्दा भन्नाले के बुझ्नुहुन्छ ? के कस्ता विषयहरु देवानी मुद्दा भित्र पर्ने गर्दछन ? 10( उत्तर -मुलुकी देवानी कार्यविधी संहिता, 2074 को  दफा 2 उपदफा घ )

2.  मिसिल भन्नाले के बुझ्नुहुन्छ ? लिखत भन्नाले के बुझ्नुहुन्छ ? 10( उत्तर -मुलुकी देवानी कार्यविधी संहिता, 2074 को  दफा 2 उपदफा ट र ऐ.ऐनको  दफा २८ को  )

3.  पुनरावेदन पत्र भनेको के हो ? लिखतमा सहिछाप गर्दा पुर्‍याउनु पर्ने रीत के के हुन ? 10  ( उत्तर -मुलुकी देवानी कार्यविधी संहिता, 2074 को  दफा 2 उपदफा च र ऐ.ऐनको  दफा २९को )

4.  देवानी कार्यविधि कानूनका सामान्य शिद्धान्तहरु सविस्तार वर्णन गर्नुहोस ।10 ( उत्तर -मुलुकी देवानी कार्यविधी संहिता, 2074 को  दफा 4-15)

5.  अदालतको अधिकारक्षेत्र भन्नाले के बुझ्नुहुन्छ ? जिल्ला अदालतको अधिकार क्षेत्र भित्र कुन विषय पर्दछन ? 10  ( उत्तर -मुलुकी देवानी कार्यविधी संहिता, 2074 को  दफा 18-26)

6.  कस्तो लिखलाई रीत नपुगेको लिखत भनेर भनिन्छ ? दस्तखत गर्दा पुर्‍याउनु पर्ने रीत के-के हुन ? 5+5 ( उत्तर -मुलुकी देवानी कार्यविधी संहिता, 2074 को  दफा 43 र 30)

7.  ल्याप्चे सहिछाप गर्दा पुर्‍याउनु पर्ने रीत के के हुन ? ल्याप्चे वा दस्ताखत रीत पूर्वक नहुँदा मुद्दामा कस्तो असर पर्दछ ? 10 5 ( उत्तर -मुलुकी देवानी कार्यविधी संहिता, 2074 को  दफा 31 र 39)

8.  हदम्याद भनेको के हो ? कस्तो अवस्थाम हदम्याद नगुज्रेको मानिन्छ ? 10 ( उत्तर -मुलुकी देवानी कार्यविधी संहिता, 2074 को  दफा 47 र 58)

9.  अदालती शुल्क भन्नाले के बुझ्नुहुन्छ ? अदालती शुल्क निर्धारण कसरी गरिन्छ ? 10  ( उत्तर -मुलुकी देवानी कार्यविधी संहिता, 2074 को  दफा 63 र 69

10. कुन कुन अवस्थामा अदालती शुल्क नलिई मुद्दा हेरिन सक्छ ? देवानी मुद्दामा मुल्य वा विगो कायम गर्ने आधारहरु के के हुन ? 10 ( उत्तर -मुलुकी देवानी कार्यविधी संहिता, 2074 को  दफा 63 र 69)

11. अदालतमा पेश गरिने लिखतमा पुर्‍याउनु पर्ने रीत के के हुन उल्लेख गर्नूहोस । 10 ‍( उत्तर -मुलुको देवानी कार्यविधी  2074 को  दफा 65 र 67)

12. अदालतले कुन कुन मुल्य र विगोको आधारमा अदालती शुल्क लिनुपर्दछ ? 10  ( उत्तर -मुलुको देवानी कार्यविधी  2074 को  दफा 68)

13. कुन कुन विषयमा वा सम्बद्द मुद्दामा एकमुष्ट 500 रुपैयाँ अदालती शुल्क लाग्ने कानूनी व्यवस्था छ ? 10 ( उत्तर -मुलुको देवानी कार्यविधी  2074 को  दफा 70)

14. मुद्दा खारेज भनेको के हो ? मुद्दा मिलापत्र, मुद्दा डिसमिस र मुद्दा खारेज भए अदालती शुल्क के हुन्छ ? 10 ( उत्तर -मुलुको देवानी कार्यविधी  2074 को  दफा 82)

15. मुलुको देवानी कार्यविधि संहितामा अदालती शुल्क भराइदिने के कस्तो व्यवस्था छ 10 ( उत्तर -मुलुको देवानी कार्यविधी  2074 को  दफा 83)

16.  म्याद तथा म्याद तामेली भन्नले के बुझिन्छ ? म्याद तामेली सम्बन्धी कार्यविधि सविस्तार वर्णन गर्नुहोस ।10 (उत्तर -मुलुको देवानी कार्यविधी  2074 को  दफा 105)

17. तामेलदारले कुन कुन अवस्थामा अदालतमै म्याद तामेल गर्न सक्छ ? म्याद तामेलिमा असहयोग गर्ने व्याक्तिलाई के सजाय हुन्छ ? 10 ( उत्तर -मुलुको देवानी कार्यविधी  2074 को  दफा 106 र 109)

18. बेरीतको म्याद भन्नाले के बुझिन्छ ? बेरीतसँग म्याद तामेल गराउनेलाई के सजाय हुन्छ ? 10 ( उत्तर -मुलुको देवानी कार्यविधी  2074 को  दफा 116)

19. किन पुन म्याद तामेली गर्न लगाइन्छ ? कुन कुन अवस्थामा वेरीतको म्याद वदर हुन्छ 10 10 ( उत्तर -मुलुको देवानी कार्यविधी  2074 को  दफा 111 र 105)

20. प्रतिउत्तर पत्र भनेको के हो ? प्रतिउत्तरमा खुलाउनु पर्ने विषयहरु के के हुन ? 5+5 ( उत्तर -(मुलुकी देवानी कार्यविधी संहिता, 2074 को  दफा 2 उपदफा  छ मुलुको देवानी कार्यविधी  नियमावली 2075 को  नियम 19)

21. अदालतमा लिखत जाँच गर्दा ध्यान पुर्‍याउनु पर्ने विषयहरु के के हुन ?  10 ( उत्तर -मुलुको देवानी कार्यविधी  नियमावली 2075 को  नियम ६ र नियम 8)

22. फिराद पत्र भनेको के हो ? फिराद पत्रमा खुलाउनु पर्ने विषयहरु के के हुन ?  10 ( उत्तर -(मुलुकी देवानी कार्यविधी संहिता, 2074 को  दफा 2 उपदफा  ञ, मुलुको देवानी कार्यविधी  नियमावली 2075 को  नियम 9)

23. प्रतिदावी भन्नाले के बुझ्नुहुन्छ ? कस्तो अवस्थामा प्रतिदावी पेश गर्न सकिने व्यवस्था छ ? 10  (मुलुकी देवानी कार्यविधी संहिता, 2074 को  दफा 2 उपदफा  ज र दफा 121 )

24. दरपीठ भनेको के हो ? किन अदालतका लिखतमा दरपीठ गर्ने गरिन्छ ? 5+5 (मुलुकी देवानी कार्यविधी संहिता, 2074 को  दफा 2 उपदफा  ग र मुलुकी देवानी कार्यविधी संहिता नियमावली 2075 नियम 6-8)

25.  प्रारम्भिक सुनुवाई भनेको के हो ? कुन कुन विषयमा प्रश्न उठेको खण्डमा प्रारम्भिक सुनुवाई हुने गर्दछ ? 5+5 (मुलुकी देवानी कार्यविधी संहिता, 2074 को  दफा 131-132 )

26. तारिख भन्नाले के बुझ्नु हुन्छ ? ताखेत तोक्दा पुर्‍याउनु पर्ने कार्यविधिहरु के के हुन ? (मुलुकी देवानी कार्यविधी संहिता, 2074 को  दफा 135-141 )

27. वारिस भन्नाले के बुझ्नु हुन्छ ? वारिस हुनका लागि चाहिने योग्यता के के हुन ?10 (मुलुकी देवानी कार्यविधी संहिता, 2074 को  दफा 144-145 )

28.  वारिस कति किसिमका छन ? देवानी कार्यविधि संहितामा अधिकृत वारेसनामा सम्बन्धी के कस्तो व्यवस्था रहेको छ? 10  (मुलुकी देवानी कार्यविधी संहिता, 2074 को  दफा 153-154 )

29. अधिकृत वारेसनामा कुन कुन प्रयोगजनको लागि दिने गरिन्छ ? अधिकृत वारिसको हैसियत कुन कुन अवस्थामा अन्त्य हुन्छ ?10  (मुलुकी देवानी कार्यविधी संहिता, 2074 को  दफा 154-155 )

30. अन्तरकालिन आदेश भन्नाले के बुझ्नु हुन्छ ? कुन कुन अवस्थामा अन्तरकालिन आदेश उपर निवेदन दिन सकिन्छ ? (मुलुकी देवानी कार्यविधी संहिता, 2074 को  दफा 156-157 )

31. सद्दे किर्ते बयान गर्दा अपनाउनु पर्ने कार्यविधि उल्लेख गर्नुहोस । 10 (मुलुकी देवानी कार्यविधी संहिता, 2074 को  दफा 172 र मुलुकी देवानी कार्यविधी नियमावली 2075को  नियम 32 )

32.  साक्षी परिक्षण भन्नाले के बुझ्नुहुन्छ ? श्रव्य दृश्य सम्वाद मार्फत साक्षी परिक्षण गर्न अपनाउनु पर्ने कार्यविधि वयान गर्नुहोस । 10  (मुलुकी देवानी कार्यविधी संहिता, 2074 को  दफा 179-182 )

33.  मिलापत्र भन्नाले के बुझ्नु हुन्छ ? मिलापत्र गर्दाको कार्यविधी उल्लेख गर्नुहोस ।10  (मुलुकी देवानी कार्यविधी संहिता, 2074 को  दफा 193-194)

34. फैसलाको सामान्य त्रुटि सच्चाउने भन्नाले के बुझ्नुहुन्छ ? फैसलको सामान्य त्रुटी सच्याउने कार्यविधि उल्लेख गर्नुहोस । 10 (मुलुकी देवानी कार्यविधी संहिता, 2074 को  दफा 199 र मुलुकी देवानी कार्यविधी नियमावली 2075को  नियम 40 )

35.  मुलतवी भन्नाले के बुझ्नु हुन्छ ? मुलतवीमा रहेको मुद्दा कसरी जगाउनु पर्दछ, सविस्तार वर्णन गर्नुहोस ।10 (मुलुकी देवानी कार्यविधी संहिता, 2074 को  दफा 201-202 र मुलुकी देवानी कार्यविधी नियमावली 2075को  नियम 42 )

36.  पुनरावेदन भनेको के हो ? कुन कुन अवस्थामा पुनरावेदन लाग्न सक्दैन? 10 (मुलुकी देवानी कार्यविधी संहिता, 2074 को  दफा 205-206)

37.  पुनरावेदनमा उल्लेख गर्नुपर्ने विवरणहरु के के हुन ? कुन कुन कुराहरु पुरा भएको खण्डमा पुनरावेदन दर्ता गर्नुपर्छ ? 10 (मुलुकी देवानी कार्यविधी नियमावली 2075को  नियम 44-46 )

38. पुनरावेदन सुन्ने अदालतको अधिकार उल्लेख गर्दै पुनरावेदन पत्रमा पुर्‍याउनुपर्ने रीटहरु के के हुन ? लेख्नोस । 10 मुलुकी देवानी कार्यविधी संहिता, 2074 को  दफा 216 र मुलुकी देवानी कार्यविधी नियमावली 2075को  नियम 46 )

39.  सर्वोच्च अदालतले कुन कुन फैसला वा आदेशमा पुनरावेदन गर्न सक्दैन ? सर्वोच्च अदालतमा पुनरावेदन नलाग्ने कुन कुन मुद्दामा दोहोर्‍याई हेर्न सक्छ ? 10 (मुलुकी देवानी कार्यविधी संहिता, 2074 को  दफा 219-220)

40. गुज्रेको म्याद वा तारिख थामिने अवस्थको वारेमा सविस्तार वर्णन गर्नुहोस । 10 (मुलुकी देवानी कार्यविधी संहिता, 2074 को  दफा 225)

41.  चलन चलाउने कार्यविधि सविस्तार वर्णन गर्नुहोस ।  10 (मुलुकी देवानी कार्यविधी संहिता, 2074 को  दफा 238)

42. दाखिला, खारेज ,नामसारी गर्ने कार्यविधि सविस्तार वर्णन गर्नुहोस । 10 (मुलुकी देवानी कार्यविधी संहिता, 2074 को  दफा 239)

43. निखन्ने सम्बन्धि कार्यविधि सविस्तार वर्णन गर्नुहोस । 10 (मुलुकी देवानी कार्यविधी संहिता, 2074 को  दफा 240)

44. अश छुट्याउने कार्यविधि सविस्तार वर्णन गर्नुहोस । 10 (मुलुकी देवानी कार्यविधी संहिता, 2074 को  दफा 241)

45. बिगो भराउने कार्यविधि सविस्तार वर्णन गर्नुहोस । 10 (मुलुकी देवानी कार्यविधी संहिता, 2074 को  दफा 242)

46. विगो र जरिवाना वापत कैद गर्ने कार्यविधि सविस्तार वर्णन गर्नुहोस । 10 (मुलुकी देवानी कार्यविधी संहिता, 2074 को  दफा 244)

47. बैङ्ग जमानत लिई किस्तावन्दीमा विगो भराईदिने कार्यविधि उल्लेख गर्नुहोस । 10(मुलुकी देवानी कार्यविधी नियमावली 2075को  नियम 56)

48. सम्पती लिलाम गर्दा अपनाउनु पर्ने  कार्यविधि उल्लेख गर्नुहोस । 10(मुलुकी देवानी कार्यविधी नियमावली 2075को  नियम 57)

49. कस्ता प्रकृतिका मुद्दाहरु लगातार सुनुवाई गर्नु पर्दछ ? 10 (मुलुकी देवानी कार्यविधी नियमावली 2075को  नियम 36 अनुसार अनुसूची 10)

50.  बयान र बकपत्र विचमा के के समानता र भिन्नता छन उल्लेख गर्नुहोस । 10

नोट- यी प्रश्नको उत्तर लेख्ने तथा पढ्ने गर्नुहोला । आफूले पढिसकेपछी साथीहरुलाई सेयर गर्न नभुल्नुहोला । कुनै प्रश्न वा कुनै लोकसेवा सम्बन्धी सामाग्री छन भने हामीलाई loksewanotes100@gmail.com पठाउनुहोला । धन्यवाद ।

Post a Comment

Previous Post Next Post