Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

लोकसेवा आयोग #ज्ञानकुञ्ज #लोकसेवा

 


#नेपालको कसलाई (संरक्षणविद्) डल्फिन सेलिब्रेटी भनेर चिनिन्छ ?_ भोजराज श्रेष्ठ

#सामाजिक अभियानका सन्दर्भमा आमा घर भन्नाले के बुझिन्छ ?_जोखिममा परेका सडक बालबालिकाका लागि कर्णाली प्रदेशले सञ्चालनमा ल्याएको घर

#गुरिल्ला अफ टाइम भनी केलाई बुझिन्छ ?_फिडेल क्यास्ट्रोको जीवनीमा आधारित पुस्तक

#प्राकृतिक, सांस्कृतिक र सामाजिक प्रणालीहरू, आर्थिक तथा मानवीय क्रियाकलापहरू र यिनका अवयवहरू तथा ती अवयवहरूबीचको अन्तत्र्रिmया तथा अन्तरसम्बन्धलाई वातावरण भनिन्छ भनी कुन ऐनमा परिभाषित गरिएको छ ?_वातावरण संरक्षण ऐन, २०५३

#बेलायत सरकारद्वारा प्रदान गरिने उच्च सैनिक पदक ‘भिक्टोरिया क्रस’ पाउने पहिलो नेपाली को हुन् ?_कुलवीर थापा (प्रथम विश्वयुद्धमा वीरता प्रदर्शन गरे बापत )

#सार्कमा हालसम्म कति महिला महासचिव नियुक्त भएका छन् ?_एक(माल्दिभ्सकी फथिमाथ धियना शैयद)

#नेपालमा सर्वप्रथम स्थापना भएको औद्योगिक क्षेत्र कुन हो ?_बालाजु औद्योगिक क्षेत्र (वि.सं. २०१६)

#२०१५ सालको आमनिर्वाचनमा नेपाललाई कति निर्वाचन क्षेत्रमा विभाजन गरिएको थियो ?_१०९

#भ्रष्टाचार निवारणका सम्बन्धमा प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा स्थापित अड्डाको नाम के हो ?_धर्म कचहरी

#होन्डुरसमा पहिलो महिला राष्ट्रपतिका रूपमा निर्वाचित महिला नेत्री को हुनुहुन्छ ?_सियोमरा क्यास्ट्रो
#
सियोमरा क्यास्ट्रो होन्डुरसको कुन पार्टीमा नेता हुनुहुन्छ ?_लिबर्टी एन्ड रिफाउन्डेसन पार्टी
#
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘एसएमएस गेटवे’ सेवाको सुरुवात कहिलेदेखि गरेको हो ?_वि.सं. २०७८ पुस ७

#थामी सङ्ग्रहालय कहाँ निर्माण गर्न थालिएको छ ?_दोलखा

#ल्याटिन अमेरिकी मुलुकको सबैभन्दा कान्छो राष्ट्रपतिका रूपमा निर्वाचित राजनीतिकर्मी को हुन् ?_गेब्रियल बोरिक

#भारतीय कृषकद्वारा एक वर्ष लामो आन्दोलन कहिलेदेखि रोक्ने निर्णय गरिएको छ ?_सन् २०२१ डिसेम्बर ११

#कैलालीको धनगढीमा निर्माण गरिएको वायुयान सङ्ग्रहालय (एयरक्र्याफ्ट म्युजियम) कहाँ सारिएको छ ?_नेपालगञ्ज

#अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)मा सर्वोत्कृष्ट पर्वतीय फिल्म अवार्ड हात पार्न सफल चलचित्र कुन हो ?_गड्ज बफ्यालो
#
विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा प्रतिजैविक सप्ताह कहिलेदेखि मनाउन थालिएको हो ?_सन् २०१५
#
व्यावसायिक कफी खेती सर्वेक्षण २०७५/७६ अनुसार व्यावसायिक कफी खेती गरिएका प्रदेश कुन–कुन हुन् ?_प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश

#‘रोमको एउटा फूल’ र ‘पेरिसको एउटा काँडा’का लेखक को हुन् ?_लैनसिंह बाङ्देल

#विश्वमै दुर्लभ एकसिङ्गे गैँडाको संरक्षणका लागि सरकारद्वारा घोषित पाँचवर्षे योजनाको अवधि कुन हो ?_सन् २०१७–२०२१

#बौद्ध धर्मसँग सम्बन्धित प्रमुख चार धाम कुन–कुन हुन् ?_लुम्बिनी, बोधगया, सारनाथ र कुशिनगर

#राष्ट्रिय वनस्पति उद्यान र राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशाला कहाँ रहेका छन् ?_गोदावरी, ललितपुर

#प्रदेश १ को प्रादेशिक मूल नारा के हो ?_स्वच्छ, सुखी र समुन्नत प्रदेश

#अमेरिकामा जातीय विभेदविरुद्ध १९५०/६० को दशकमा सञ्चालित अभियानलाई के भनी चिनिन्छ ?_सिभिल राइट्स मुभमेन्ट
#
सर्वप्रथम मदन पुरस्कार प्राप्त गर्ने (वि.सं. २०१३ मा) स्रष्टा कोको हुनुहुन्छ ?_सत्यमोहन जोशी, चित्तरञ्जन नेपाली र बलराम जोशी
#
मदन पुरस्कारको स्थापना कहिले भएको थियो?_वि.सं. २०१२ मा भएको ।

#सर्वप्रथम मदन पुरस्कार प्राप्त गर्ने पहिलो उपन्यास कुन हो?_ मन (२०१४)
#
हालसम्म यो पुरस्कारबाट सम्मानित हुने चार महिला को को हुन ?_पारिजात (२०२२), झमक घिमिरे (२०६७), राधा पौडेल (२०७०), निलम कार्की निहारिका (२०७४)
मदन पुरस्कार सबैभन्दा धेरै पटक मदन पुरस्कार प्राप्त गर्ने व्यक्तित्व को हुन ?_सत्यमोहन जोशी
#
मदन पुरस्कार पुस्तकालयमा रहेका पुस्तकको सूचीलाई के भनिन्छ ?_मदन सौरभ

#मदन पुरस्कार पुस्तकालयमा रहेका लेखकको सूचीलाई के भनिन्छ?_मदन पौरख

#मदन पुरस्कार पुस्तकालयमा रहेका पत्रिकाको सूचीलाई के भनिन्छ?_मदन गौरव

#विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ विरुद्धको कुन खोपलाई सर्वप्रथम आपत्कालीन प्रयोग गर्न अनुमति प्रदान ग¥यो ?_फाइजर

#आ.व. २०७५/७६ मा वायु प्रदूषणको औसत मात्रा ५० माइक्रोग्राम प्रतिघनमिटर रहेकोमा १५औँ आवधिक योजनाले कतिमा झार्ने लक्ष्य लिएको छ ?_४० माइक्रोग्राम प्रतिघनमिटर

#मानव मुटु प्रत्यारोपण गर्ने प्रथम चिकित्सक को हुन् ?_डा. क्रिश्चियन वर्नाड (दक्षिण अफ्रिका)
#
मृत व्यक्तिको मुटु जीवित व्यक्तिमा प्रत्यारोपण गर्ने चिकित्सक को हुन् ?_कुमुद धिताल
#
मुटु प्रत्यारोपण प्राप्त पहिलो व्यक्ति को हुन् ?_लुई वास्कान्स्की
#
कृत्रिम मुटु प्राप्त पहिलो व्यक्ति को हुन् ?_वार्नी क्लार्फ

#सङ्गीत शिरोमणि- भनी यज्ञराज शर्मालाई चिनिन्छ भने वाद्य शिरोमणि- भनी कसलाई चिनिन्छ ?_उस्ताद गणेशलाल

#मुटुबाट शरीरका विभिन्न भागमा रगत पु-याउने रक्त नलीलाई के भनिन्छ ?_धमनी(Arteris)
#
शरीरका विभिन्न भागबाट रगत मुटुसम्म पु-याउने रक्तनलीलाई के भनिन्छ?_ शिरा (veins)

#नेपालमा धामी–झाँक्रीले गजाले हिर्काएर बजाउने बाजालाई के भनिन्छ ?_ढ्याङ्ग्रो

 #माधवी’ कसले लेखेको कुन विधाको रचना हो ?_मदनमणि दीक्षितको उपन्यास

#नेपालको एकीकरण अभियानमा काजी कालु पाण्डेले कहाँ वीरगति प्राप्त गरेका थिए ?_कीर्तिपुर

#भन्सार विभागद्वारा निकासी पैठारी सङ्केत नम्बर (एक्जिमकोड) अनिवार्य गर्ने व्यवस्था कहिले भएको हो ?_वि.सं२०७४ साउन १

#अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस कहिले मनाउने गरिन्छ ?_डिसेम्बर १८

#बेलायतमा विद्युतीय विमानको सफल परीक्षण उडान कहिले गरिएको हो ?_सन् २०२१ नोभेम्बर २३

#चीनद्वारा पृथ्वी विज्ञान उपग्रहको प्रक्षेपण कहिले गरिएको हो ?_सन् २०२१ नोभेम्बर ५

#सन् २०२१ को बुकर पुरस्कार कसलाई प्रदान गरियो ?_डामोन गाल्गोट (दक्षिण अफ्रिकी लेखक)
#
गोरखापत्रको कोहलपुर प्रकाशनको परीक्षण छपाइ कहिले गरिएको हो ?_वि.सं. २०७८ मङ्सिर ४

#बेलायतद्वारा पहिलोपटक कोरोनाविरुद्धको खाने औषधि स्वीकृत कहिले गरिएको हो ?_सन् २०२१ नोभेम्बर ३

#नेपालमा पहिलो पटक रेम्डेसिभिर उत्पादनको थालनी कहिलेदेखि भएको हो ?_वि.सं. २०७८ असार १३

#एक वडा, एक कालोपत्रे सडकको योजना ल्याउने स्थानीय तह कुन हो ?_फुङलिङ न.पा., ताप्लेजुङ

#बीपी राजमार्ग कुन देशको सहयोगमा निर्माण भएको हो ?_जापान
#
बीपी राजमार्ग बनेपा–बर्दिवाससम्मको यो सडक कति लामो छ ?_१६० कि.मि.

#बीपी राजमार्ग कहिलो शुरु भएर कहिले सम्पन्न भयो?_– वि.सं. २०५२/५३ मा शुरु भई २०७१ मा सम्पन्न

#बीपी राजमार्ग कहिले नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो ?_ २०७२ असार १८
#
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा कृषिसम्बन्धी विवादास्पद तीनवटा कानुन खारेज कहिले गरिएको हो ?_सन् २०२१ नोभेम्बर १९

#वायो फ्लोक प्रविधि केसँग सम्बन्धित छ ?_माछापालन

#जिल्ला समन्वय समिति बढीमा कति सदस्यीय हुने व्यवस्था छ ?_

#क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो उपमहानगरपालिका घोराही (दाङ) हो भने सबैभन्दा सानो उपमहानगरपालिका कुन हो ?_नेपालगञ्ज, बाँके
#
जनसङ्ख्याका आधारमा सबैभन्दा ठूलो उपमहानगरपालिका कुन हो ?_जनकपुर
#
सबैभन्दा बढी वडा सङ्ख्या भएको उपमहानगरपालिका कुन हो ?_कलैया (बारा, २७ वडा)

#पृथ्वीबाट देखिने सबैभन्दा चम्किलो तारा कुन हो ?_डग स्टार

#नेपालमा कृषि गणनाको सुरुवात कहिलेदेखि भएको हो ?_वि.सं. २०१८ (हरेक १०/१० वर्षमा हुने)

Post a Comment

Previous Post Next Post