नेपालको भौगोलिक अवस्थिति
नेपाल दक्षिण एसियामा अवस्थित भूपरिवेष्ठित
मुलुक हो। नेपाल २६ डिग्री २२ मिनेटदेखि ३०
डिग्री २७ मिनेट उत्तरी अक्षांश र ८० डिग्री ४ मिनेटदेखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तरसम्म फैलिएको छ । नेपालले
विश्वको कुल भूभागको ०.०३ प्रतिशत, एसिया महादेशको ०.३ प्रतिशत र दक्षिण एसियाको २.८२ प्रतिशत भूभाग ओगटेको छ । नेपाल एसियाका दुई विशाल मुलुकहरू भारत
र चीनको बिचमा पर्दछ । यो समुद्र÷बङ्गालको
खाडीदेखि करिब ११२७ कि.मि. टाढा छ । नेपालको क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि. अर्थात ५६,८२७ वर्गमाइल छ । नेपालको पूर्व–पश्चिम लम्बाइ ८८५ कि.मि. र उत्तर दक्षिण चौडाइ सरदर १९३ कि.मि.
छ । यसको दक्षिणमा भारतको विहार र उत्तर प्रदेश
राज्य, पश्चिममा भारतको उत्तराखण्ड राज्य, पूर्वमा पश्चिम बङ्गाल, सिक्किम राज्य र उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ
। नेपालको प्रमाणिक समय दोलखा जिल्लामा पर्ने
गौरीशङ्कर हिमाललाई काटेर गएको ८६ डिग्री १५
मिनेट पूर्वी देशान्तरलाई आधार मानी निर्धारण गरिएको छ । नेपालको समय ग्रिनविच मानक समयभन्दा ५ घण्टा ४५ मिनेट छिटो छ
। यो समय वि.सं. २०४२ साल वैशाख १ गतेदेखि
लागु गरिएको हो। विश्वका ८,००० मिटरभन्दा
अग्ला १४ चुचुरामध्ये नेपालमा आठओटा पर्दछन्।
६,००० मिटर र सोभन्दा अग्ला चुचुरा
१,३०० भन्दा बढी छन्। मुस्ताङ इलाकामा मात्र यस्ता लगभग
३०१ चुचुराहरू रहेका छन्। नेपालमा हिमालयका
साथसाथै कोसी, गण्डकी, कर्णालीजस्ता ठुला नदीहरू र रारा, फेवा, गोसाइँकुण्डजस्ता सुन्दर तालहरू छन्। भूस्वरूपको विविधताका साथै
जलवायु र मौसमको अत्यधिक विभिन्नताले गर्दा
ऊष्ण (Tropical), अर्धोष्ण
(Mesothermal), सूक्ष्म तापीय (Micro thermal),, टाइगा र
टुन्द्रा प्रकारका जलवायु नेपालमा पाइन्छन्।
नेपालको भौगोलिक भौतिक स्वरूपमा उचाइगत विविधताले भौगोलिक विभिन्नताको अवस्था सिर्जना गरको े छ । विश्व मानचित्रमा नेपाल
सगरमाथाको देश, गौतम बुद्धको जन्मस्थल लुम्बिनीको देश र विशिष्ट झन्डाको देशको
रूपमा समेत परिचित छ ।
स्रोत नेपाल परिचय २०७८/ नवौ संस्करण
Tags:
लोकसेवा सम्बन्धी लेखहरु