Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

नेपालको भूमिको बारे जानकारी

नेपालको प्राकृतिक स्रोत र साधनहरू  ः भूमि 

नेपालका प्राकृतिक स्रोत र साधनमध्ये भूमि एक महŒवपूर्ण स्रोत हो। नेपालको धरातल र वनस्पतिमा भिन्नता भएझैँ यहाँको माटोको अवस्था र गुणमा पनि धेरै भिन्नता छ । (१९७८/७९) का अनुसार नेपालमा खेतीयोग्य भूभाग १८ प्रतिशत रहेको छ । 

नेपालमा अभ्यास गरिएका केही भूमि व्यवस्था 

रैकर भूमि 

रैकर शब्दको व्युत्पत्ति दुई शब्दको अर्थबाट भएको हो। ‘रै’ शब्दले राज्य र ‘कर’ भनेको सरकारलाई तिर्नुपर्ने अनिवार्य भुक्तानी हो। त्यसैले रैकर भूमि वा जग्गा  भन्नाले सरकारी स्वामित्वमा रहेको र भोगचलन गर्ने व्यक्तिले मालपोत तिर्नुपर्ने  जग्गालाई जनाउँदछ । यस्तो जग्गा आफ्नो अधीनमा राखेर प्रयोग गर्ने व्यक्तिले सरकारी राजस्वका रूपमा सरकारलाई मालपोत बुझाउनुपर्दछ ।

 विर्ता भूमि

कुनै सरकारी कर्मचारीले बहादुरीपूर्वक काम गरेमा वा कुनै व्यक्ति मुलुकी शासनको दृष्टिमा राम्रो सावित भएमा उसलाई ‘वृत्ति’ स्वरूप प्रदान गरिने जग्गालाई विर्ता  जग्गा भनिन्छ । नेपालमा विशेष गरी राणाशासन कालमा यस्तो जग्गा बाँड्ने चलन थियो। ब्राह्मणलाई दान स्वरूप प्रदान गरिने जग्गालाई कुश विर्ता, कुनै सरकारी कर्मचारीलाई राम्रो कार्य गरेबापत प्रदान गरिने जग्गालाई फिकदर विर्तायुद्ध गर्दागर्दै मरेको सैनिकका परिवारलाई दिने जग्गालाई मरवट विर्ता भनिन्थ्यो।  राणाकालमा उनीहरूको अनुयायी जुनसुकै व्यक्तिलाई पनि विर्ताका रूपमा जग्गा  दिने प्रचलन थियो। यसले गर्दा करिब ३५ प्रतिशत कृषियोग्य भूमि विर्ताका रूपमा  वितरण भएको थियो। वि.स. २०१६ सालमा विर्ता उन्मूलन ऐन जारी गरी सम्पूर्ण  विर्ता जग्गाहरूलाई रैकरमा परिणत गरियो। 

गुठी भूमि

कुनै विशेष सार्वजनिक वा सामूहिक उद्देश्य पूर्तिका लागि कुनै ट्रष्टका  रूपमा प्रयोग भएको संस्थागत जग्गालाई गुठी जग्गा भनिन्छ । गुठी शब्दको उत्पत्ति संस्कृत शब्दको ‘गोष्ठी’ बाट भएको हो। यसको अर्थ ‘परिषद्’ भन्ने जनाउँदछ । नेपालमा मठ मन्दिर वा देवालयमा पूजाआजा गर्नका लागि तथा धार्मिक धरोहरहरूलाई संरक्षण गर्नका लागि आवश्यक स्रोतका रूपमा उपलब्ध  गराइएको जग्गा गुठीको रूपमा रहेका छन्। नेपालमा विशेष गरी पशुपतिनाथजयबागेश्वरी, रामजानकी मन्दिरजस्ता धेरै मठमन्दिरका गुठी जग्गाहरू छन्।  यस्ता जग्गाबाट नियमित रूपमा आम्दानी प्राप्त भइरहने भएकाले धार्मिक  क्रियाकलापहरू सञ्चालन गर्न तथा मठ मन्दिर बनाउन एवम् जीर्णोद्धार गर्न  सजिलो हुन्छ । यस्ता गुठीमा खासगरेर राजगुठी, दुनियाँ गुठी, पिलकराना गुठीबकस गुठी आदि बढी मात्रामा पाइन्छन्। नेपालमा भूमिसुधार ऐन, २०२१  अनुसार सबै किसिमका गुठीलाई नियन्त्रण तथा व्यवस्थापन गर्नका लागि गुठी  संस्थानको स्थापना गरिएको छ ।

किपट भूमि 

नेपालको पूर्वी पहाडी भागमा यस्तो भूमि प्रथा प्रचलित थियो। यस्ता जग्गामा  प्रयोगकर्ताले कर तिर्नुपर्दैन । पृथ्वीनारायण शाहले पूर्वका राई तथा लिम्बू  जातिहरूलाई किपट जग्गा प्रदान गरेका थिए । यसरी किपट जग्गा प्राप्त गरेका ती  क्षेत्रका जनताले आवश्यक परेको बखत सरकारलाई वा राजालाई सहयोग प्रदान  गर्नुपर्दथ्यो। यस्तो जग्गा अन्य व्यक्तिलाई बेच्न मनाही गरिएको थियो। तर वि.सं.  २०२१ मा भूमिसुधार लागु भएपछि यस्तो जग्गा रैकर जग्गा सरह किनबेच गर्न  पाउने व्यवस्था गरियो।

नेपालमा अभ्यास गरिएका केही भूमि व्यवस्था

१)    रैकर भूमिः- सरकारी स्वामित्वमा रहेको र भोगचलन गर्ने व्यक्तिले मालपोत तिर्नुपर्ने जग्गा। रैः- राज्य, करः- सरकारलाई तिर्नुपर्ने अनिवार्य भुक्तानी।

२)    विर्ता भूमिः- सरकारी कर्मचारीले बहादूरीपूर्वक काम गरेमा वा कुनै व्यक्ति मुलुकी शासनको दृष्टिमा राम्रो सावित भएमा उसलाई वृत्ति स्वरुप प्रदान गरिने जग्गा।

वि.सं. २०१६ मा विर्ता उन्मूलन ऐन जारी भएपश्चात विर्ता जग्गालाई रैकर गरिएको।

३)    गुठी भूमिः- नेपालमा मठ, मन्दिर वा देवालयमा पूजाआजा गर्नका लागि धार्मिक धरोहरहरुलाई संरक्षण गर्नका लागि आवश्यक स्रोतका रुपमा उपलब्ध गराईएको जग्गा।

उदाहरणः- राजगुठी, दुनिया गुठी, पिलकराना गुठी, बकस गुठी आदि।

४)    किपट भूमिः- नेपालको पूर्वीपहाडी भागमा यस्तो भूमि प्रथा रहेको।

-          यस्ता जग्गामा प्रयोगकर्ताले कर तिर्नु नपर्ने

-          पृथ्वी नारायण शाहले पूर्वका राई तथा लिम्बू जातीलाई प्रदान गरिने जग्गा।

-          यस्तो जग्गा लिएपछि आवश्यक परेको बखत सरकारलाई सहयोग गर्नुपर्ने

हाल प्रचलनमा नरहेको।

स्रोत नेपाल परिचय/ नवौ संस्करण

 

Post a Comment

Previous Post Next Post