Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

प्रदेशको आधारमा नेपालका सात प्रदेशहरु

प्रदेशको आधारमा नेपालको विभाजन

संविधान बमोजिम सङ्घीय एकाइमा विभाजन गरिएको नेपालको सङ्घीय एकाइको क्षेत्र र स्वरूपलाई प्रदेशका रूपमा परिभाषित गरिएको छ । नेपालको संविधानको अनुसूचि ४ बमोजिम ७ प्रदेश र सम्बन्धित प्रदेशमा रहने जिल्लाहरूको बारेमा स्पष्ट  गरेको छ । जसअनुसार सात प्रदेशलाई निम्नबमोजिम सङ्क्षिप्त चर्चा गरिएको छ । 

प्रदेश नं १

यस प्रदेशको पूर्वतर्फ भारतको पश्चिम बंगाल र सिक्किम राज्य, दक्षिणतर्फ बिहार राज्य, उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत तथा पश्चिमतर्फ प्रदेश नं २ र बागमती प्रदेश पर्दछन्। प्रदेश नं १ मा ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभातेरथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, झापा, मोरङ  र सुनसरी गरी १४ जिल्ला रहेका छन्। प्रदेश नं. १ को कुल क्षेत्रफल २५,९०५  व.कि.मि. (नेपालको कुल क्षेत्रफलको १७.६०५) रहेको छ । यस प्रदेशको ठुलो जिल्ला ताप्लेजुङ (३,६४६ व.कि.मि.) र सानो जिल्ला तेह्रथुम (६७९ व.कि.मि.) रहेका छन्। हाल यस प्रदेशको राजधानी विराटनगर (मोरङ) रहेको छ ।  केन्द्रीय तथ्याङ्क विभागका अनुसार यस प्रदेशमा ९,९२,४४५ परिवार सङ्ख्या छ भने कुल जनसङ्ख्या ४५,३४,९४३ (पुरुष २१,६६,५३६ र महिला २३,६८,४०७ रहेको छ । जातीय तथा भाषिक विविधता रहेको यस प्रदेशमा मुख्य रूपमा ब्राह्मण, क्षेत्रीराई, लिम्बु, थारु, लेप्चा, तामाङ, गुरुङ, मेचे, कोचे, यादव, राजवंशीलगायतका  जातिहरूको बसोबास रहेको छ भने नेपाली, मैथिली, किराती, तामाङ, लिम्बु, गुरुङलेप्चा, मगर र थारु भाषा मुख्य रूपमा बोलिन्छन्।

जनकपुर प्रदेश

यस प्रदेशको पूर्वतर्फ प्रदेश १, दक्षिणतर्फ भारत, उत्तरतर्फ प्रदेश १ र बागमती  प्रदेश र पश्चिमतर्फ बागमती प्रदेश रहेका छन्। प्रदेश नं २ मा सप्तरी, सिराहाधनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा गरी आठ जिल्लाहरू रहेका छन्। यस  प्रदेशको कुल क्षेत्रफल ९,६६१ व.कि.मि. (नेपालको कुल क्षेत्रफलको ६.५७५) रहेको छ । यस प्रदेशको ठुलो जिल्ला सप्तरी (१,३६३ व.कि.मि.) र सानो जिल्ला महोत्तरी (१,००२ व.कि.मि.) हुन्। यस प्रदेशको राजधानी जनकपुर (धनुषा) रहेको छ ।  यस प्रदेशमा कुल जनसङ्ख्या ५४,०४,१४५ छ, जसमा पुरुषको सङ्ख्या २७,१७,९३८  र महिलाको सङ्ख्या २६,८६,२०७ (स्रोतः केन्द्रीय तथ्याङ्क विभाग) रहेको छ । जातीय तथा भाषिक विविधता रहेको यस प्रदेशमा मुख्यरूपमा यादव, गुप्ता, दासथारु, राजवंशी, मुसलमान लगायतका जातिहरूको बसोबास रहेको छ, भने मैथिलीबज्जिका, अवधी, उर्दु, हिन्दी,थारु र नेपाली आदि भाषा बोलिन्छन्।

बागमती प्रदेश

यस प्रदेशको पूर्वतर्फ प्रदेश १, पश्चिमतर्फ गण्डकी प्रदेश, उत्तरमा चीन र दक्षिणतर्फ  प्रदेश २ र भारत रहेका छन्। बागमती प्रदेशमा दोलखा, रामेछाप, सिन्धुलीकाभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुरभक्तपुर, ललितपुर, काठमाडौँ गरी १३ जिल्लाहरू रहेका छन्। यस प्रदेशको कुल क्षेत्रफल २०,३०० व.कि.मि. (नेपालको कुल क्षेत्रफलको १३.७९५) ।  यस प्रदेशको ठुलो जिल्ला सिन्धुपाल्चोक (२,५४२ व.कि.मि.) र सानो जिल्ला भक्तपुर (११९ व.कि.मि.) रहेका छन्। यस प्रदेशको राजधानी हेटौंडा (मकवानपुर) रहेको छ ।  केन्द्रीय तथ्याङ्क विभागका अनुसार यस प्रदेशमा १२,७०,७९७ परिवार सङ्ख्या छ  भने कुल जनसङ्ख्या ५५,२९,४५२ (पुरुष २७,४७,६३३ जना र महिला २७,८१,८१९  जना) रहेको छ । जातीय तथा भाषिक विविधता रहेको यस प्रदेशमा मुख्य रूपमा  तामाङ, ब्राह्मण, क्षेत्री, नेवार लगायतका जातिहरूको बसोबास रहेको छ भने नेपाली, नेवारी, तामाङ भाषा मुख्य रूपमा बोलिन्छन्।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको पूर्वतर्फ बागमती प्रदेश, पश्चिमतर्फ कर्णाली प्रदेश र लुम्बिनी  प्रदेश, उत्तरमा चीन र दक्षिणतर्फ लुम्बिनी प्रदेश र भारतको बिहार राज्यसँग सिमाना  जोडिएको छ ।  गण्डकी प्रदेशमा गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा,  म्याग्दी, बाग्लुङ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गरी ११ जिल्लाहरू रहेका छन्। यस प्रदेशको कुल क्षेत्रफल २१,७३३ व.कि.मि. (नेपालको कुल क्षेत्रफलको १४.६१५)  रहेको छ । यस प्रदेशको ठुलो जिल्ला गोर्खा (३,६१० व.कि.मि.) र सानो जिल्ला पर्वत  (४९४ व.कि.मि.) रहेका छन्। यस प्रदेशको राजधानी पोखरा (कास्की) रहेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार यस प्रदेशमा ५,७८,२१९ परिवार सङ्ख्या छ  भने कुल जनसङ्ख्या २४,०३,७५७ (पुरुष १०,९०,८०८ र महिला १३,१२,९४९ जना)  रहेको छ । जातीय तथा भाषिक विविधता रहेको यस प्रदेशमा मुख्यरूपमा ब्राह्मणक्षेत्री, गुरुङ, मगर लगायतका जातिहरूको बसोबास रहेको छ भने नेपाली, गुरुङमगर भाषा मुख्य रूपमा बोलिन्छन्।

लुम्बिनी प्रदेश

यस प्रदेशको पूर्वतर्फ गण्डकी प्रदेश, पश्चिमतर्फ कर्णाली प्रदेश र सुदूरपश्चिम  प्रदेश उत्तरतर्फ गण्डकी प्रदेश र कर्णाली प्रदेश र दक्षिणतर्फ भारत पर्दछ ।  लुम्बिनी प्रदेशमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रूपन्देही, कपिलवस्तुपाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्वी भाग), रोल्पा, प्युठान, दाङ, बाँके र बर्दिया  गरी १२ जिल्लाहरू रहेका छन्। यस प्रदेशको कुल क्षेत्रफल २२,२८८ व.कि.मि.  (नेपालको कुल क्षेत्रफलको १५.१४५) रहेको छ । यस प्रदेशको ठुलो जिल्ला दाङ  (२,९५५ व.कि.मि.) र सानो जिल्ला नवलपरासी बर्दघाट सुस्ता पश्चिम (६३४.८८  व.कि.मि.) रहेका छन्। यस प्रदेशको राजधानी भालुवाङ (दाङ) रहेको छ  केन्द्रीय तथ्याङ्क विभागका अनुसार यस प्रदेशमा ८,८५,२०३ परिवार सङ्ख्या छ  भने कुल जनसङ्ख्या ४४,९९,२७२ (पुरुष २१,४०,३१६ र महिला २३,५८,९५६ जना)  रहेको छ । जातीय तथा भाषिक विविधता रहेको यस प्रदेशमा मुख्यरूपमा ब्राह्मणक्षेत्री, मगर, थारु, तामाङ, नेपाल, मुसलमानलगायतका जातिहरूको बसोबास छ  भनेनेपाली, थारु, अवधि, भोजपुरी, उर्दु, मगर भाषा मुख्य रूपमा बोलिन्छन्।

कर्णाली प्रदेश 

कर्णाली प्रदेशको पूर्वतर्फ गण्डकी प्रदेश र लुम्बिनी पर्दछ । पश्चिमतर्फ सुदूरपश्चिम  प्रदेश र चीन, उत्तरतर्फ चीन र दक्षिणतर्फ लुम्बिनी, सुदूरपश्चिम प्रदेश रहेको छ ।  कर्णाली प्रदेशमा रुकुम (पश्चिम), सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोटजाजरकोट, दैलेख र सुर्खेत गरी १० जिल्लाहरू रहेका छन्। यस प्रदेशको कुल क्षेत्रफल २७,९८४ व.कि.मि. (नेपालको कुल क्षेत्रफलको १९.०१५) रहेको  छ । यस प्रदेशको ठुलो जिल्ला डोल्पा (७,८८९ व.कि.मि.) र सानो जिल्ला रुकुम पश्चिम  (१,२१३.४९ व.कि.मि.) रहेका छन्। यस प्रदेशको राजधानी वीरन्द्रनगर े को सुर्खेतमा रहेको छ ।  केन्द्रीय तथ्याङ्क विभागका अनुसार यस प्रदेशमा २,९८,३५९ परिवार सङ्ख्या छ  भने कुल जनसङ्ख्या १५,७०,४१८ (पुरुष ७,६७,९२३ र महिला ८,०२,४९५ जना)  रहेको छ । जातीय तथा भाषिक विविधता रहेको यस प्रदेशमा मुख्य रूपमा ब्राह्मणठकुरी, क्षेत्री, शेर्पा, गुरुङ, मगरलगायतका जातिहरूको बसोबास रहेको छ भने नेपाली, गुरुङ, मगर भाषा मुख्य रूपमा बोलिन्छन्।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको पूर्वतर्फ कर्णाली प्रदेश र लुम्बिनी प्रदेश, पश्चिमतर्फ भारत, उत्तरतर्फ कर्णाली प्रदेश र चीन तथा दक्षिणतर्फ भारत पर्दछ ।  सुदूरपश्चिम प्रदेशमा बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेलधुराकञ्चनपुर र कैलाली गरी ९ जिल्लाहरू रहेका छन्। यस प्रदेशको कुल क्षेत्रफल  १९,५३९ व.कि.मि. (नेपालको कुल क्षेत्रफलको १३.२८५) रहेको छ । यस प्रदेशको ठुलो जिल्ला बझाङ (३,४२२ व.कि.मि.) र सानो जिल्ला बैतडी (१,५१९ व.कि.मि.)  रहेका छन्। यस प्रदेशको राजधानी गोदावरी (कैलाली) रहेको छ ।  केन्द्रीय तथ्याङ्क विभागका अनुसार यस प्रदेशमा ४,६९,९७१ परिवार सङ्ख्या  छ भने कुल जनसङ्ख्या २५,५२,५१७ (पुरुष १२,५२,५१७ र महिला १३,३४,६३०  जना) रहेको छ । जातीय तथा भाषिक विविधता रहेको यस प्रदेशमा मुख्य रूपमा  ब्राह्मण, क्षेत्री, ठकुरी, थारु जातिहरूको बसोबास रहेको छ भने डोटेली, खस, थारु  भाषा मुख्य रूपमा बोलिन्छन्।

स्रोत नेपाल परिचय/ नवौ संस्करण

 

Post a Comment

Previous Post Next Post