हावापानीको
आधारमा नेपालको विभाजन
नेपालको
हावापानीलाई भौगोलिक बनावट र उचाइको आधारमा पाँच प्रकारका हावापानीमा विभाजन गर्न सकिन्छ ।
(क) ऊष्ण
मनसुनी हावापानी (Sub Tropical Monsoon
Climate)
अर्धऊष्ण र
उपोष्ण हावापानी भनिने यस्तो हावापानी नेपालको तराई, भावर, दुन
र चुर क्षेत्रको १,२०० मिटर
(४,००० फिट) सम्मको उचाइमा पाइन्छ । ग्रीष्मयाममा यहाँको तापमान ३८ देखि ४२ डिग्री सेन्टिग्रेडसम्म
पुग्दछ भने शीतकालमा १५ देखि ५ डिग्रीसम्म
ओर्लिन्छ । वर्षा ऋतुमा हिन्द महासागरको बङ्गालको खाडीबाट आउने मनसुनी हावाले वर्षा गराउने गर्दछ । वर्षा
सामान्यता पूर्वबाट पश्चिम घट्दै जाने र
उत्तरबाट दक्षिण बढ्दै जाने भएबाट पूर्वी तराईभन्दा पश्चिमी तराई प्रदेशमा
अधिक गर्मी हुन्छ । विषेशत भैरहवा, नेपालगञ्ज
तथा कैलालीलगायतका तराई क्षेत्रमा अधिक
गर्मी हुन्छ । यसैगरी दाङ, सुर्खेतजस्ता भित्री मधेसमा पनि गर्मी धेर
नै ै हुन्छ ।
(ख)
न्यानो समशीतोष्ण हावापानी (Warm Temperate
Climate)
चुरे पहाड र
महाभारत पर्वतको १,२०० देखि २,१०० मिटर (४,०००–७,००० फिट) सम्मको उचाइमा पाइने यस प्रकारको
हावापानीमा ग्रीष्म याममा न्यानो हुन्छ भने शिशिरमा बढी ठन्डा हुन्छ । ग्रीष्म
ऋतुमा तापक्रम २४ देखि ३१० डिग्री सेन्टिग्रेडसम्म पुग्छ भने हिउदँमा ० डिग्री से.
सम्म ओर्लिन्छ । नेपालमा पानी पार्ने
मनसुनी हावा दक्षिणी भागबाट बग्ने हुँदा दक्षिणको भिरालो ठाउँमा २५० सेन्टिमिटरसम्म वर्षा हुन्छ भने
उत्तरतर्फको भिरालो पाखामा १००
सेन्टिमिटरसम्म वर्षा हुन्छ ।
(ग) ठन्डा
समशीतोष्ण हावापानी (Cool Temperate
Climate)
महाभारत पर्वत
शृङ्खलाको २,१०० देखि ३,३५० मिटर (७,०००–११,०००
फिट) सम्मको उचाइमा पाइने यस्तो
हावापानीमा ग्रीष्म ऋतुमा न्यानो हुन्छ भने हिउँदमा निकै जाडो हुन्छ । यहाँको तापक्रम ग्रीष्ममा
१५० देखि २०० सेन्टिग्रेडसम्म पुग्दछ भने
हिउँदमा ०० सेन्टिग्रेडसम्म ओर्लिन्छ । यहाँ वर्षमा १० सेन्टिमिटरसम्म पानी पर्दछ भने हिउँदमा हिउँ वर्षिन्छ । न्यून
तापक्रम र न्यून वर्षाको कारणले यहाँ
खेतीपाती अत्यन्तै कम हुन्छ । यहाँको जनजीवन कष्टकर भए पनि स्वास्थ्यको दृष्टिले
यस्तो हावापानी उपयुक्त मानिन्छ ।
(घ)
लेकाली हावापानी (Alpine Climate)
नेपालमा
समुद्रसतहदेखि ३,३५० देखि ५,००० मिटर (११,०००–१६,०००
फिट) उचाइसम्मको हिमाली क्षेत्रको ठन्डा
हावापानीलाई लेकाली हावापानी भनिन्छ ।
यहाँको तापक्रम चैत, वैशाख, जेठमा १००
सेन्टिग्रेडसम्म पुग्दछ भने अरू समयमा (९
महिनाजति) ० डिग्री सेन्टिग्रेडभन्दा तल नै रहन्छ । यहाँ वर्षामा ३० मिलिमिटरसम्म वर्षा हुन्छ । यहाँ खेतीपाती
हुँदैन, तर यहाँका ठुला हिमाली
फाँटहरूमा पशुचरन गराइने हुँदा यो ठाउँ पशुपालन र पर्यटकीय गतिविधि सञ्चालनका लागि उपयुक्त छ ।
(ङ) ध्रुवीय वा हिमाली
हावापानी (Tundra Climate)
हिमाली क्षेत्रको
अत्यन्तै चिसो र शुष्क हावापानीलाई हिमाली, ध्रुवीय वा
टुन्ड्रा हावापानी भनिन्छ । यहाँ सँधैजसो
हिमपात भइरहन्छ भने वर्षाका रूपमा हिउँ नै पर्दछ । ५,००० हजार
मी.(१६००० फिट) भन्दा माथिको भूभागको तापक्रम शून्य डिग्री सेन्टिग्रेडभन्दा कम
हुने हँुदा यहाँ मध्यान्हपछि हिउँको भीषण हुरी चल्दछ । यहाँको हावापानीलाई हिमाली मरूभूमि जलवायु पनि
भन्ने गरिन्छ ।
हावापानीको आधारमा नेपालको विभाजन
हावापानीको
प्रकार |
उचाई |
औषत
वर्षा |
तापक्रम |
मुख्य
स्थानहरु |
उष्ण
मनसुनी (Sub Tropical monsoon climate) |
समुद्र
सतहको 1200 मिटरसम्म |
200
सेन्टीमिटर |
गर्मीमा
38 देखि 42 डिग्री सेन्टिग्रेडसम्म तथा जाडोमा 15 देखि 5 डिग्री से. सम्म |
तराई,
भावर, दून र चुरे क्षेत्र, |
न्यानो
समशितोष्ण (warm climate) |
1200
मिटरदेखि 2100 मिटरसम्म |
125
सेन्टीमिटर |
गृष्ममा
24 देखि 30 डिग्री सेन्टिग्रेडसम्म र हिउँदमा 0 डिग्री से. सम्म |
चुरे
तथा मध्य भूमिको माथिल्लो भाग |
ठण्डा
समशितोष्ण (Cool climate) |
2100
मिटरदेखि 3350 मिटरसम्म |
100 सेन्टीमिटर |
गृष्ममा
15 देखि 20 डिग्री सेन्टिग्रेडसम्म र हिउँदमा 0 डिग्री से. सम्म |
महाभारत
पर्वत श्रृङ्खला |
लेकाली
हावापानी (Alpine climate) |
3350
मिटरदेखि 5000 मिटरसम्म |
40
सेन्टीमिटर |
चैत,
वैशाख, जेठ महिनामा 100 से. र अरु 9 महिनाजति 00 से.
भन्दा तल |
हिमाली
क्षेत्रको आसपास |
ध्रुवीय
वा हिमाली (Tundra climate) |
5000
मिटर भन्दा माथि |
शुन्य |
00
से. भन्दा कम Cold
Desert |
हिमश्रृङ्खला
तथा हिमाली क्षेत्र |
·
Land Resource Mapping Project (1978/79) का अनुसार नेपालमा खेतियोग्य भू-भाग 18% रहेको छ ।
स्रोत
नेपाल परिचय / नवौ संस्करण