नेपालको इतिहास (प्राचिनकालदखि हालसम्म)
१. किराँतहरुको समयमा नेपालबाट भारत निर्यात गरिने प्रमुख वस्तु कुन हो ?
(क) कपास (ख) कपडा (ग) भाँडाकुँडा (घ) ऊन
२. किराँती राजा यलम्बरलाई के पनि भनिन्छ ?
(क) इलाम्ब्ब (ख) थलम्बा ग) येलुङ (घ) माथिका सबै
३. लिच्छवीकालमा भूमिमाथि लगाइएको करलाई के भनिन्थ्यो ?
(क) भोग (ख) भाग (ग) कर (घ) भूमिकर
३क. लिच्छवीकालमा व्यापारीलाई के भनिन्थ्यो ?
(क) सार्थ (ख) सार्थवाह (ग) अग्रहार (घ) कुनै पनि होइन
४. श्री कलहभिमानीको पदवी कसले लिएका थिए ?
(क) शिवदेव (ख) अंशुवर्मा (ग) मानदेव प्रथम (घ) नरेन्द्रदेव
५. चक्रवतिन्द्र मल्ल कसका छोरा थिए ?
(क) लक्ष्मीनरसिंह मल्ल (ख) प्रताप मल्ल (ग) सिद्धीनरसिंह मल्ल (घ) जयप्रकाश मल्ल
६. क्याप्टेन किनलक नेपालतर्पm किन अगाडि बढे ?
(क) जयप्रकाशमल्ललाई सहयोगगर्न (ख) काठमाडौंमा आधिपत्य जमाउन (ग) रणजीतमल्ललाई सहयोग गर्न (घ) तेजनरसिंह मल्ललाई सहयोग गर्न
७. राजेन्द्रलक्ष्मीको नायबी कालमा तल उल्लेखित कुन ठाँऊ नेपालमा गाभीयो ?
(क) पाल्पा (ख) सल्यान (ग) कास्की (घ) जुम्ला
८. स्वामी निर्वाणानन्द कसलाई भनिएको हो ?
(क) प्रतापसिंह शाह (ख) बहादुर शाह (ग) रणबहादुर शाह (घ) पृथ्वीनारायण शाह
९. राणाहरुमा उत्तराधीकारको नियम कसले लागू गरे ?
(क) जंगबहादुर राणा (ख) विर शम्सेर (ग) चन्द्र शम्सेर (घ) जुद्ध शम्सेर
१०. आफ्नो पतिको मृत्युपछि राज्यवतीले तत्कालै के गर्न चाहन्थिन् ?
(क) शासन गर्न (ख) सती जान (ग) विलासी जीवन विताउन (घ) भगवानको पूजा गर्न
११. जयस्थिति मल्ललाई नेपालको इतिहासमा किन संझिन्छ ?
(क) यिनले बाधेको सामाजिक व्यवहारको नियम (ख) यिनको साहित्य (ग) नाटकको निम्ति (घ कथाको निम्ति
१२. सन् १७५७ मा कालु पाण्डेले किर्तिपूरमा आक्रमण गर्न किन अन्कनाएका थिए ?
(क) यूद्धको डरले (ख) तयारी गर्न (ग) मल्लराज्यप्रति भक्ति देखाउन (घ) माथिका सबै
१३. भिमसेन थापाले स्थापना गरेको सैनिक जत्थाको नाम के हो ?
(क) सिंहनाथ (ख) श्रीनाथ (ग) कालीगण (घ) बखतबहादुर गण
१४. मानदेवले कसको नाममा मुद्रा निकालेका थिए ?
(क) आमा (ख) बाबु (ग) श्रीमती (घ) छोरा
१५. भगवान बुद्ध कुन किराँती राजाको समयमा नेपाल आएको अनुमान गरिन्छ ?
(क) स्थुङ्को (ख) जितेदास्ती (ग) यलम्बर (घ) गस्ती
१६. बीरनरसिंह मल्लका पिता को थिए ?
(क) भूपतिन्द्र मल्ल (ख) रणजित मल्ल (ग) प्रताप मल्ल (घ) लक्ष्मीनरसिंह मल्ल
१७. कृष्णलाल अधिकारीलाई मकैको खेती लेखेवापत कसले दण्ड दिएको थियो ?
(क) चन्द्र शम्सेर (ख) देव शम्सेर (ग) वीर शम्सेर (घ) भीम शम्सेर
१८. राजकुमार चक्रवतिन्द्र मल्लको मृत्युपछि तलका मध्ये के बनेको थियो ?
(क) हनुमानढोका दरबार (ख) तलेजु भवानी मन्दिर (ग) स्वयम्भु (घ) रानी पोखरी
१९. न्यायिक सुधारका लागि कुन चाँही प्रसिद्ध छन् ?
(क) द्रव्य शाह (ख) नरभूपाल शाह ग) छत्रपती शाह (घ) राम शाह
२०. तलको कुन व्यक्ति प्रचण्ड गोरखासँग सम्बन्धित थिएनन् ?
(क) खण्डमान सिंह बस्नेत (ख) खड्गमान सिंह (ग) रंगनाथ शर्मा (घ) रामहरी शर्मा
२१. प्रचण्ड गोरखाको पोल खोल्ने को हुन् ?
(क) रंगनाथ शर्मा (ख) उमेश विक्रम शाह (ग) लक्ष्मणराज (घ) खण्डमान सिंह
२२. पाटनका ६ प्रधानहरुले कसका दुवै आँखा झिक्न लगाए ?
(क) विष्णु मल्ल (ख) चन्द्रप्रकाश मल्ल (ग) राज्यप्रकाश मल्ल (घ) विश्वजित मल्ल
२३. मानदेव कसका छोरा थिए ?
(क) शंकरदेव (ख) धर्मदेव (ग) शिवदेव (घ) जयदेव
२४. भीमसेन थापाको पतनको तत्कालिन कारण के थियो ?
(क) ललितत्रिपुरासन्दरीको मृत्यु (ख) राजकुमार देवेन्द्रको मृत्यु (ग) सन् १८१४को नेपाल–अग्रेंजयुद्धमा नेपालको हार (घ)राजेन्द्रविक्रमशाहको महत्वकांक्षा
२५. २००७ सालको राजनीतिक परिवर्तनपश्चात नेपालको प्रधानमन्त्रीको बनेको थियो ?
(क) विपी कोइराला (ख) मातृकाप्रसाद कोइराला (ग) मोहन शम्सेर (घ) कृष्णप्रसाद भट्टराई