(क) प्राचिन काल ः
-
गोपालवंश
(किराँतकालभन्दा पहिले)
-
ऐतिहासिक
हिसावले नेपाल उपत्यकाको उत्पत्तिदेखि वि.सं. ९३६ सम्मको समयलाई कुन काल मानिन्छ ? –प्राचिन
काल
-
नेपालमा
सबैभन्दा पहिले कुन वंशले शासन गरे ? –गोपालवंश (यिनीहरु गुप्तवंशका थिए)
-
महिषपालहरुको
पेशा भैसी पालन थियो भने गोपालहरुको पेशा के थियो ? –गाई पालन
-
डेनियल
राइटको वंशावलीअनुसार गोपालवंशका कति राजाले कतिवर्ष शासन गरे ? –८ वटा राजाले कूल ५२१ वर्ष
-
गोपालराज
वंशावलीअनुसार गोपालवंशका कति राजाले कतिवर्ष शासन गरे ? –८
राजाले करिब ५०५ वर्ष ३ महिना
-
गोपाल
वंशको पालामा नेपालको सिमाना कहाँसम्म पैmलिएको थियो ?–पूर्वमा
दुधकोशी, पश्चिममा त्रिशुली, उत्तरमा गोसाइकुण्ड र
दक्षिणमा चित्लाङसम्म
-
हिन्दूधर्मग्रन्थ
अनुसार गोपालवंशका पहिलो राजा (नेपालको पहिलो राजा) को हुन् ? –भुक्तमान
(अर्को नाम भूमि गुप्त)
-
वौद्ध
धर्मग्रन्थ अनुसार गोपालवंशका पहिलो राजा (नेपालको पहिलो राजा) को हुन् ?
–धर्माकर
-
डेनीयल
राइटको वंशावली अनुसार गोपाल वंशका वंशका अन्तिम राजाको थिए ?
–यक्ष गुप्त
-
गोपालराज
वंशावली अनुसार गोपाल वंशका अन्तिम राजा को थिए ? –जीन गुप्त (जिष्णु गुप्त)
-
कसको
पालामा पशुपतिको ज्योतिर्लिङ्ग प्राप्त भएको थियो ? –गोपालहरुको पालामा
-
गोपाल
वंशको संस्थापक कसलाई मानिन्छ ? –ने
मूनी
-
गोपालहरु
र महिषपालहरुको शासनको केन्द्र कहाँ थियो ? मातातिर्थ
-
गोपालहरु
कुन जातिका मानिसहरु थिए ?
–नीप
आभिरवंशी÷महिषपालवंशी ः
-
महिषपाल
वंशी प्रथम राजा वरसिंह हुन् भने अन्तिम राजा को हुन् ? –भुवन
सिंह
-
गोपालराज
वंशावलीअनुसार महिषपालवंशका कति राजाले कतिवर्ष शासन गरे ? –३ वटा राजाले १६१ वर्ष २ महिना
-
कर्कपेट्रिकका
अनुसार महिषपालहरुले कतिवर्ष शासन गरे ? –३ वटा राजाले १११ वर्ष ७ महिना
-
यिनीहरुको
पालामा पनि नेपालको क्षेत्रफल गोपाल वंशहरुको जस्तै थियो ।
-
नेपाल
प्रवेश भन्दा पहिले आभिरवंशीहरुको मूल थलो भारतको मथुराको वृन्दावन थियो ।
किराँतवंशः
-
किराँतवंशका
पहिलो राजा यलम्बर (अर्को नाम यलुङ) हुन् भने अन्तिम राजा को हुन् ?
–गस्ती
-
यलम्वरको
नामबाट राखिएको पाटनको पुरानो नाम के हो ? यल
-
किराँतहरु
कुन वंशका थिए ?
–हाङ
-
किराँतहरुको
शासनको केन्द्र कहाँ थियो ? – पहिले
गोकर्ण पछि शंखमुल
-
चारयुगमध्ये
कुन युगको अन्त्यतिर किराँतवंश शुरु भएको मानिन्छ ? –द्वापारयुग
-
गोपाल
राजवंशावलीमा कतिवटा किराँती राजाहरुको विवरण पाइन्छ ? –३२
-
भाषा
वंशावलीमा किराँतवंशका २८ राजाहरुको विवरण पाइन्छ । राइट वंशावलीमा २९ राजाहरूले
१११८ वर्ष, र कर्कपेट्रिकका अनुसार २७ राजाहरुले १६३० वर्ष एक महिना शासन गरेको विवरण पाइन्छ ।
तथापि, किरातवंशका २९ पुस्ताका ३२ राजाहरूले झण्डै १५०० वर्ष जति शासन
चलाएको मानिन्छ ।
-
किराँती
राजाहरु मूलतः कुन धर्मावलम्बी थिए ?
–शैव
-
पशुपतिमा
रहेको विरुपाक्षको मूर्ति कुन कालको कलाकृति मानिन्छ ? –किरातकालीन
-
कुन
किराँती राजाको पालामा गौतम बुद्ध नेपाल आएको विश्वास गरिन्छ ? –सातौं किराँती राजा जितेदास्ती
-
एसीयाका
तारा गौतम वुद्धको जन्म कहिले भएको थियो ? –इशापूर्व
६२३ मा लुम्बिनीमा
-
वुद्धकी
आमाको नाम मायादेवी थियो भने बाबुको नाम के थियो ? शुद्धोधन
-
बुद्धको
मामा घर कहाँ थियो ?
–देवदह
-
२९
वर्षमा घर छोडेर हिडेका बुद्धले कतिवर्षको उमेरमा ज्ञान प्राप्त गरेका हुन् ?–३५
वर्षको उमेरमा भारतको गयामा
-
गौतम
बुद्धले पहिलो प्रवचन कसलाई दिएका थिए ?
–सारनाथ
-
वुद्धका
सारथीको नाम चन्दक र छन्दक थियो भने घोडाको नाम के थियो ? –कन्थक
-
राजा
शुद्धोधनकी रानी मायादेवी र प्रजापती गरी दुईवटा थिए जो कोलीय गणराज्यका राजप्रमुख
अञ्जनका छोरीहरु थिए ।
-
वैशाख
शुक्लपूर्णीमामा जन्मने, सोही तिथिमै ज्ञान प्राप्त गर्ने र सोही तिथीमै देहत्याग
गर्ने व्यक्ति को हुन् ? –वुद्ध
-
गौतम
बुद्धले कहिले देहत्याग (महापरिनिर्वाण) गरे ? इशापूर्व
५४३ मा (८० वर्षको उमेरमा)
-
मिति
२०७२ बैशाख शुक्लपूर्णिमामा कति औं बुद्ध जयन्ती मनाइयो ? –२५५९ औं ।
-
गौतम
बुद्धमाथि आक्रमण गर्ने व्यक्ति को थिए ? –देवदत्त
-
गौतम
बुद्धलाई ज्ञान प्राप्तिमा सहयोग गर्ने महिला को हुन् ?
–सुजाता
-
गौतमबुद्धलाई
ठूलो योगी हुने भविष्यवाणी गर्ने को हुन् ? –कौडीन्य
-
बौद्ध
भिक्षुहरुले माग्ने भाडोलाई के भनिन्छ ? –भीक्षापात्र
-
संयुक्त
राष्ट्रसंघले वुद्धको जन्मदिनलाई आधारमानि कहिलेबाट विदा दिन थालेको हो ?
–सन् २००२
-
लुम्बीनिको
अशोकस्तम्भ कसले पत्ता लगाए ? –सन् १८९६ मा एन्टोन फ्यूहरर ले
-
कुन
किराँती राजाको पालामा भारतीय सम्राट अशोक नेपाल आएका थिए ? –चौधौ किराँती राजा स्थुङ्कोे
-
अशोकले
कहिले अशोकस्तम्भ खडा गरेका हुन् ?
–इ.पु. २४९
-
नेपालमा
फेला परेको सबैभन्दा पुरानो अभिलेख कुन हो ? –अशोक
स्तम्भ
-
अशोकले
आफ्नी छोरी चारुमतिको विवाह कोसँग गराई दिए ? –देवपालसँग
-
देवपाल
र चारुमतिमिलेर बसालेको शहरलाई के भनिन्छ ? –देवपाटन
-
लुम्बीनीको
अशोक स्तम्भमा कुन लिपि र भाषाको प्रयोग गरिएको छ ? –व्राह्मी लिपी, प्राकृतभाषा, ६.५
मिटर (२१.४ फिट) अग्लो
-
महाभारतको
युद्धमा पाण्डवको पक्षमा युद्ध लडेका किराँती राजा को हुन् ? –छैठौँ किराती राजा हुमती (हँति)
-
कुन
किराँती राजाको पालामा किरातरुपी महादेव र अर्जुनबीच युद्ध भएको थियो भनिन्छ ? –हुमती
-
महाभारतको
युद्ध कुरुक्षेत्रमा कति दिनसम्म चलेको थियो ? –१८
-
बेदव्यासले
गणेशलाई महाभारत बैशाख शुक्ल तृतीय (अक्ष्यतृतीया) को दिन लेख्न लगाएका थिए ।
-
किराँतहरुले
के को आधारमा शासन व्यवस्था सञ्चालन गरेका थिए ? –मुन्धुम
-
किरात
समुदायमा मृतकहरुको सम्झना एवं सहकालको अपेक्षा गर्दै गरिने पूजा के हो ?
–भूमे पूजा
-
किराँतहरुको
आरध्यदेव को हुन् ? महादेव
-
किराँतकालमा
कस्तो शासन व्यवस्था थियो ? राजतन्त्रात्मक
-
किराँतकालीन
आर्थिक व्यवस्थाको प्रमुख आधार के थियो ?
-
–कृषि (पशुपालन र खेती), व्यापार(राष्ट्रिय र
अन्तराष्ट्रिय), कलाकौशलका वस्तुहरुको उत्पादन गर्ने उद्योगहरु
-
किरातकालमा
नेपालबाट भारतको पाटलीपूत्र (पटना)मा निर्यात हुने राडी र कम्बलको नाम ? –भृङ्गसी र अपसारक
-
नेवारहरुको
आदिपुर्खाको रुपमा किराँत र लिच्छवीहरुलाई लिने गरिन्छ ।
लिच्छवीकाल ः
-
भाषा
वंशावलीअनुसार लिच्छविकालमा अंशुवर्माको उदयभएपछि स्वर्णयुग प्रारम्भ भएको मानिन्छ
भने धेरैजसो इतिहासकारले कला, शिक्षा, वैभव र राजनीतिक अध्ययन गरी समष्टिरुपमा लिच्छविकालको
समयलाई स्वर्णयुगको समयको रुपमा उल्लेख गरेको पाइन्छ
-
लिच्छवीहरु
सुर्यवंशी थिए भने सुर्यवंशीहरु कस्का वंशज थिए ?
–राजा दशरथ
-
भारतको
वैशालीबाट नेपाल प्रवेश गरेका लिच्छवीहरु कुन हैसियतमा आएका थिए ? – शरणार्थी
-
लिच्छवीहरु
कहिले नेपाल आएका थिए ? –राजा अजातशत्रुबाट पराजित भई इसाको प्रथम शताब्दीतिर
-
लिच्छवीकालको
राजभाषा के थियो ?
–संस्कृत
-
लिच्छवीकालका
प्रथम राजा जयदेव प्रथम हुन् भने अन्तिम राजा को हुन् ?
–विजयकाम देव ।
-
नेपालको
इतिहासमा प्रथम प्रामणीक राजा मानदेवको जन्म केहिले भएको थियो ? –वि.सं. ५०१
-
वि.सं.
५२१ मा राजा भएका मानदेवले कतिवर्ष शासन गरे – ४१ वर्ष (वि.सं. ५६२ सम्म)
-
मानगृह
र चांगुनारायणको निर्माण कसले गरेका थिए ? –राजा मानदेव
-
मानदेवको
बाबुको नाम धर्मदेव थियो भने आमाको नाम के थियो ?
–राज्यवती
-
मानदेवका
श्रीमतिको नाम के थियो ? –भोगीनी, गुणवती र क्षमासुन्दरी
-
लिच्छविकालको
पहिलो प्रमाणित अभिलेख कुन हो ? –राजा मानदेवको सन् ४६४ (वि.सं. ५२१) को चाँगुको अभिलेख
-
कहिलेदेखि
नेपालको प्रामाणित इतिहास प्रारम्भ भएको पाइन्छ ?
–विक्रमको छैटौँ शताब्दी
-
मुद्रा
निष्काशन गर्ने प्रथम राजा मानदेवले निकालेको मुद्रालाई के भनिन्थ्यो ? –मानङ्क
-
मानदेवको
मुद्रामा के लेखिएको थियो ? – एकापट्टी
मानङ्क र अर्कोपट्ट भोगीनी
-
नाग र
बासुकीको पुजा गर्ने प्रचलन कसले चलाएका थिए ? –मानदेव
-
अंशुवर्मा
कुन वंशका थिए ?
–ठकुरी वंश
-
अंशुवर्माले
कति समय शासन गरेका थिए ? –वि.सं. ६६२ देखि ६७८ सम्म १६ वर्ष
-
अंशवर्माले
चलाएको संवत कुन थियो ? – गुप्त
संवत
-
अंशवर्मा
शिवदेवप्रथमका को थिए ? –भान्जा
र सहयोगी
-
महाराजधिराज
पदवी धारण गर्ने राजाको रुपमा कसलाई चिनिन्छ ? –अंशुवर्मा
-
बालकको
सालनाल काट्ने चलन र युवराजधिराज घोषित गर्ने चलन कुन राजाको पालादेखि चलेकोे थियो
? –अंशुवर्मा
-
भृकुटी
(चिजु) को विवाह कोसँग भएको थियो ? –तिव्वतका राजा श्रोङचोङ गम्पोसँग
-
भृकुटीको
वाल्यकालको नाम के थियो ? –खुकुनी
-
हरिततारा
भनेर कसलाई चिनिन्छ ?
–भृकुटी
-
भृकुटीले
चीनजाँदा चिनोको रुपमा कसको मूर्ति लगेकी थिइन् ? –शिलमञ्जु
नामक वुद्धको मूर्ति
-
अंशुवर्मा
आपूmले कुन धर्म मान्थे ? –हिन्दू र बौद्ध
-
अंशवर्माले
दक्षिणमा कोसँग सम्बन्ध विस्तार गरेका थिए ? –हर्षवद्र्धन
-
शब्दविद्या
पुस्तक लेखक को थिए ? –अंशुवर्मा
-
कलहभिमानी
(सरस्वतीको भक्त) उपाधी धारण कसले गरेका थिए ? –अंशुवर्मा
-
अंशुवर्माको
बहिनीको भोगदेवीको विवाहकोसँग भएको थियो ? –भारतका राजासुरसेनसँग
-
कैलाशकुट
भवनको निर्माण कसले गरेका थिए ? –अंशुवर्मा
-
अंशुवर्माले
चन्द्र व्याकरण कोबाट लेख्न लगाएका थिए ? –चन्द्रवर्मा गोमी
-
लिच्छवीवंशको
पूर्णचन्द्र भनेर कसलाई चिनिन्छ ? –नरेन्द्रदेव
-
नरेन्द्रदेवका
बाबु उदयदेवलाई ध्रुवदेवले सत्ताच्यूत गरेपछि उदयदेव कहाँ शरण लिई बसेका थिए ? –तिब्बत
-
तिब्बतको
सहयोग लिई आफ्नो बाबुको पालामा गुमेको राज्य फिर्ता गरी द्वैधशासनको अन्त्य गर्ने
लिच्छवी राजा को हुन् ? नरेन्द्रदेव
-
रातो
मत्स्येन्द्रको रथयात्रा (प्रचलित जात्रामध्ये सबैभन्दा लामोसमय चल्ने) को चलन
कसले चलाएका हुन् ?–नरेन्द्रदेव
-
भद्राधिवास
राजदरबारको निर्माण कसले गरेका हुन् ? –नरेन्द्रदेव
-
सिंहासन
शब्दको प्रचलन कसको पालादेखि चलेको हो ? –नरेन्द्रदेव
-
पशुपतिको
मन्दीर कसले बनाएका थिए ? –प्रचण्डदेव
-
लिच्छवीकालको
शासनशैली कस्तो थियो ? –राजतन्त्रात्मक
-
लिच्छवीकालमा
कुन लिपि प्रचलनमा थियो ? –व्राह्मी
लिपि
-
लिच्छविकालमा
व्यापारीहरुलाई सार्थ भनिन्थ्यो भने व्यापारीहरुको नाइकेलाई के भनिन्थ्यो ? –सार्थवाह
-
लिच्छवीकालमा
शिक्षाको माध्याम भाषा कुन थियो ? –संस्कृत
र पाली
-
जनहितलाई
बढी स्थान दिने शासनव्यवस्था, सङ्गठित जनजीवन, उन्नत आर्थिक अवस्था, शिक्षाको
स्तर, आर्कषक कला आदि कुराले गर्दा लिच्छवि काललाई नेपालको इतिहासमा
स्वर्णयुग मानिएको ।
-
करिब
८०० वर्ष शासन गरेको मानिने लिच्छवीहरुको राजधानी कहाँ रहेको विश्वास गरिन्छ ? –हाडीगाँउमा
-
लिच्छवीकालमा
राजा कुन उपाधिबाट सम्मानित हुन्थे ? –नृप, महाराजधिराज
भट्टारक
-
लिच्छवीकालमा
मन्त्रीलाई के भनिन्थ्यो ?
– अमात्य
-
लिच्छवीकालमा
जिल्लालाई के भनिन्थ्यो ? –विषय
-
लिच्छवीकालमा
भौगोलिक हिसाबले कसरी बाँडिएको थियो ? – ग्राम, तल, द्रङ्ग
र विषय
-
लिच्छविकालमा
व्यापारिक केन्द्रलाई के भनिन्थ्यो ? – द्रङ्ग
-
लिच्छवीकालमा
गाँउ–गाँउमा घुमी कर असूल गर्ने व्यक्तिलाई के भनिन्थ्यो ?
–चारभाट
-
लिच्छवीकालमा
शुद्र जातीलाई के भनिन्थ्यो ? चाण्डाल
-
पण र
पूराण मुद्रा कसको पालामा प्रचलनमा रहेको थियो ? –नरेन्द्रदेव
-
लिच्छवीकालमा
शासन प्रणालीलाई कसरी बाँडिएको थियो ? – केन्द्रद्वारा नियन्त्रित र सामन्तहरुद्वारा शासित
-
लिच्छवीकालमा
प्रचलित त्रिकरमा के के पर्दथे ? –भाग, भोग र कर
-
स्थानीय
निकायहरुको काम, साना तिना स्थानीय भैmं झगडामाथि निर्णय आदि
पाञ्चालीले गर्दथे । उक्त पाञ्चाली हालको गा.वि.स जस्तै थियो ।
-
लिच्छवीकालको
एकमात्र कवि जयदेव द्वितीय हुन् ।
-
उदयदेव
अंशुवर्मा पछि राजा बनेका थिए । उदयदेव शिवदेव प्रथमका छोरा हुन् । उदयदेवलाई
अपदस्त गरेर जिष्णुगुप्तले उदयदेवका भाई ध्रुवदेवलाई राजा बनाएपछि ध्रुवदेव
मानगृहमा बसेका थिए भने जिष्णुगुप्त कैलाशकुट भवनमा बसेका थिए । उदयदेवका छोरा
नरेन्द्रदेवले तिव्वतको सहयोग लिई जिष्णुगुप्तका छोरा विष्णुगुप्तलाई मारेर आपूm राजा
भएका थिए ।
-
सन् ४०३
मा फा हि. यान र सन् ६३६ मा हु वेन साङ्गले लुम्बीनी भ्रमण गरेका थिए ।
-
प्राचिन
कालमा काठमाडौं उपत्यकामा राज्य स्थापना गर्ने लिच्छवीहरुको राज्य निकै ठूलो थियो
। समुद्रगुप्तको स्तम्भलेखमा कुमाउदेखि पूर्व आसामदेखि पश्चिमको सम्पूर्ण
भू–भागलाई नेपाल भनिएको पाइन्छ ।
-
मानदेवले
मल्लपुरीका सामन्तहरुलाई दबाएको भनिएको छ । मल्लपुरीका सामन्त भनेर गण्डकी पारिको
कर्णाली क्षेत्रलाई संकेत गरिएको पाइन्छ ।
-
२०७१
सालमा कलिगत संवत ५०१५ हुन्छ ।
लिच्छवीकालका प्रमुख अड्डा वा व्यक्ति र कर ः
-
महासर्वदण्डनायक –
प्रधानन्यायाधीश
-
सर्वदण्डनायक – न्यायाधीश
-
दण्डनायक – प्रहरी प्रमुख
-
महासामन्त – प्रधानमन्त्री
-
महाबलाध्यक्ष –सेनातर्पmको सर्वोच्च
पदाधिकारी
-
बलाध्यक्ष÷महाप्रतिहार–राजदरवारकोसर्वोच्चपदाधिकारी
-
प्रतिहार –
द्वारे
-
भाग –कृषि उत्पादनमा लगाइने कर
-
भोग पशुमा लगाइने कर
-
कर –व्यापार वाणिज्यमा लगाइने कर
-
तैलकर –तेल उत्पादनमा लगाइने कर
-
सिंकर –दाउराआदिमा लगाइने कर
-
चैलकर –कपडामा लगाइने कर
-
आपणकर –पसलमा लगाइने कर
-
मल्लकर –मनोरञ्जनमा लगाइने कर
-
अग्रहार –शिक्षासम्बन्धी
कार्य गर्ने संस्थ
-
कुथेर –राजश्व असुली गर्ने, मालपोत
उठाउने र भूमीसम्बन्धी कार्य गर्ने अड्डा
-
लिंग्वल –
यातयात, कूलो, खानेपानी सम्बन्धी कार्य गर्ने अड्डा,
-
माप्चोक –
विवाह, ब्रतवन्ध, पुनर्विवाह, सम्बन्ध विच्छेद जस्ता कार्य
गर्ने अड्डा
-
शुल्ली–
पञ्चअपराध(चोरी, हत्या, परस्त्रीगमन, राजद्रोह र अपराधमा सघाउने)
सम्बन्धी मुद्दा हेर्ने र दण्ड दिने अड्डा
-
अन्तरासन –न्यायिक निर्णय दिनका लागि बस्ने राजासहितको
सभा
-
पाञ्चाली –गाँऊको मुद्दा मामिला र विकास निर्माणको
कार्य गर्ने अड्डा ।
गोपाल राजवंशावलीअनुसार नेपालमा वर्ण व्यवस्था कायम गर्नुका
साथै पशुपतिको देवल बनाउने, त्यसमा छाना हाल्ने,
सहरलाई सुन्दर बनाउने, राज्यमा मर्यादा कायम गर्ने
तथा न्यायपूर्वक सारा प्रजाहरूको पालना गर्ने को हुन् ? – सुपुष्प
लिच्छवीकालीन आदिपुरुष भनेर कसलाई चिनिन्छ ? –सुपुष्प
- सोमवंशी पहिलो राजा निमिष
हुन् भने अन्तिम राजा को हुन् ? –भाष्कर वर्मा
सोमबंशका कतीजना राजाहरुले राज्य गरेका थिए ? –६ वटा