१.
मुद्दा
भनेको के हो ?
·
कुनै
एउटा ब्यक्ति वा समूहद्बारा अर्को व्यक्ति वा समूहले कुनै गठित गरेका कारण हनन हुन
गएको हक अधिकार प्राप्तका निमित्त कानूनी उपचार प्राप्तिका लागि अदालत समक्ष
गरिने याचना।
·
अदालतमा
मुद्दाको प्रवेश फिरादपत्र र अभियोगपत्र मार्फत हुने गर्दछ।
·
जिल्ला
अदालत नियमावलीमा फिरादपत्र भन्नाले कुनै बिषयमा आफ्नो हक हित वा सरोकार कायम
गर्न वा दावी कार्यान्वयन गर्न माग गर्दा पेश गरेको उजुरी,नालेश दावी, निबेदन,
अभियोगपत्र वा निबेदन सम्झनुपर्छ र सो शव्दले देवानी मुद्दामा प्रतिउत्तरपत्रमा
उल्लेख गरेको प्रतिदावी समेतलाई जनाउंछ।
२.
देवानी
मुद्दा भन्नाले के बुझिन्छ ?
- · संविधान तथा कानुनद्बारा प्रदत हक अधिकारको हनन भएमा अपहरित हकको पुन प्रचलन गराउन गरिने याचना।
- · देवानी मुद्दा ब्यक्तिको हक प्रचलन संग सम्बन्धित रहन्छ।
- · ब्यक्तिको नोक्सानी भएको माल बस्तु दिलाउने, बिगो भराउने, चलन चलाउने, हर्जना तथा क्षतिपुर्ति दिलाउने, यथावत परिपालना गराउने आदि कृया देवानी मुद्दाको माध्यमद्बारा हुने गर्दछ।
- · देवानी मुद्दालाई ब्यक्तिवादी देवानी र सरकारवादी देवानी गरी २ भागमा वर्गिकरण गरिएको हुन्छ।
३.
फौज्दारी
मुद्दा भन्नाले के बुझिन्छ ?
·
कसैले
फौज्दारी कानूनको उल्लंघन गरेमा त्यस्ता उपर अनुसन्धान, प्रमाण संकलन र अभियोजन
गरी पिडितलाई न्याय र पिडकलाई दण्ड सजाय दिलाउने उद्देश्यले राज्यको तर्फबाट अदालत
समक्ष गरिने अभियोजन।
·
समाजमा
दैनिक रुपमा घट्न जाने कर्तव्य ज्यान, ठगी, चोरी, भ्रष्टाचार, लागु औषध, मानव
बेचबिखन जस्ता गम्भीर प्रकृतिका मुद्दामा राज्य संयन्त्रबाट अनुसन्धान र प्रमाण
संकलन गरि अदालतमा मुद्दा दायर गरिन्छ।
·
फौज्दारी
मुद्दालाई पनि सरकारवादी फौज्दारी र सरकारवादी देवानी गरी २ भागमा वाड्ने गरिन्छ।
४.
देवानी
तथा फौज्दारी मुद्दाको भिन्नता
देवानी मुद्दा |
फौज्दारी मुद्दा |
· मर्का पर्ने पक्ष फिरादसाथ अदालत प्रवेश गर्नु |
·
राज्य पक्ष नै
मुद्दा / अभियोजनपत्र लिई अदालत समक्ष जाने, |
·
ब्यक्तिगत गल्ति
(private wrong) संग सम्बन्धित, |
·
सार्वजनिक गल्ति
(private wrong) संग सम्बन्धित, |
·
ब्यक्तिको हक
अधिकार प्रचलन गराउने प्रकृति रहने, |
·
पिडितलाई न्याय
र अपराधीलाई सजाय दिलाउने तर्फ उन्मुख रहने, |
·
Civil LiabiLity संग सम्बन्धित, |
·
Criminal LiabiLity संग सम्बन्धित, |
·
देवानी कार्यविधिको अवलम्वन, |
·
फौज्दारी कार्यविधिको अवलम्वन, |
·
कारणीको मृत्यू भएमा पनि हकवालामा दायित्व सर्ने, |
·
अपराधीको मृत्यूसंगै अपराधको पनि अन्त्य हुने, |
·
मुद्दाका पक्षले वारेश राख्न पाउने सुविधा प्रदान हुने, |
·
गम्भीर प्रकृतिका फौज्दारी मुद्दाका वारेमा राख्न बन्देज, |
·
बादी पक्षले निबेदन गरेमा मुद्दा फिर्ता लिन सक्ने, |
·
अदालतको अनुमतीले मात्र मुद्दा फिर्ता लिन सक्ने, |
·
पक्षहरुले चाहेमा जुनसुकै अवस्थामा मुद्दा मिलापत्र हुने, |
·
पक्षहरुले चाहदैमा मिलापत्र हुन नसक्ने, |
·
प्राकृतिक वा कृतिम दुवै ब्यक्ति फिराद मुद्दा चल्न सक्ने, |
·
प्राकृतिक ब्यक्ति उपर मात्र मुद्दा चल्न सक्ने, |
५.
देवानी
तथा फौज्दारी मुद्दाको भिन्नता छुट्याउने आधारहरु
·
मुद्दाका
पक्षहरुको अदालत प्रवेश,
·
फिराद
वा अभियोगपत्र,
·
म्याद
समाव्हान वा पक्राउ पूर्जी,
·
ब्यक्तिगत
वा सार्वजनिक गल्ति,
·
प्रमाण
संकलन प्रकृया,
·
साक्षी
प्रमाणको दाखिला,
·
ब्यान
वा बकपत्र,
·
कार्यविधि
कानूनको अवलम्वन,
·
म्याद
तारेख सम्बन्धी प्रावधान,
·
मिलापत्र
र फिर्ता सम्बन्धी प्रावधान,
·
फैसला,
·
फैसला
कार्यान्वयन,
·
पुनरावेदनको
म्याद आदि।
६.
देवानी
मुद्दामा पुरा गर्नु पर्ने कार्यविधिः-
·
फिराद
वा उजूरी दर्ता,
·
प्रतिवादीका
नाममा म्याद जारी,
·
म्याद
तामेली
·
प्रतिउत्तरपत्र
दर्ता,
·
पूर्व
सुनुवाई छलफल,
·
प्रमाण
मुकरर आदेश,
·
प्रमाण
संकलन,
·
वहस
पैरबी र सुनुवाई, प्रमाण परीक्षण र बिश्लेषण,
·
निरुपण
गर्नु पर्ने बिवादित बिषयको पहिचान,
·
निर्णय
वा फैसला,
·
पुनरावेदन,
·
फैसला
कार्यान्वयन,
७.
फौज्दारी
मुद्दामा पुरा गर्नु पर्ने कार्यविधिः
·
अभियोगपत्र
दर्ता,
·
प्रतिवादीको
बयान,
·
थुनछेक
आदेश,
·
फरार
प्रतिवादीका नाममा समाव्हान/पक्राउ पूर्जी जारी,
·
फरार
प्रतिवादीका नामको सम्पत्ती र सेवा सुविधा रोक्का,
·
साक्षी
बकपत्र,
·
आवश्यकतानुसार
बिशेषज्ञको बकपत्र,
·
परीक्षण
प्रतिबेदन,
·
प्रमाण
मुकरर आदेश,
·
बहस
पैरबी र सुनुवाई,
·
प्रमाण
परीक्षण र बिश्लेषण,
·
निरुपण
गर्नु पर्ने बिवादित बिषयको पहिचान,
·
निर्णय
वा फैसला,
·
पुनरावेदन,
·
फैसला
कार्यान्वयन,
८.
कार्यविधि
कानूनको अर्थः
·
समष्टिगत
रुपमा कानूनलाई सारवान र कार्यविधि कानून गरी २ भागमा वाड्ने गरिन्छ।
·
मुद्दा
दर्ता देखि प्रमाण संकलन एव फैसला तथा फैसला कार्यान्वयनको अवस्थासम्म के कस्तो
प्रकृया अवलम्वन गर्नुपर्छ भन्ने कुराको निर्धारण गर्ने कानूनलाई कार्यविधि कानून
भन्ने गरिन्छ।
·
Law of remedies /
action/ process
·
देवानी
तथा फौज्दारी दुवै प्रकारका कानूनमा निर्दिष्ट कार्यविधिको पालना हुनु पर्दछ।
·
कार्यविधि
कानूनको सामान्य त्रुटी भएमा पनि न्याय पर्न नसक्ने भएकाले न्याय प्राप्तिको
निमित्त कार्यविधि कानूनको महत्वपूर्ण भूमिका रहन्छ।
९.
कार्यविधि
कानूनका महत्वपूर्ण अवयवहरुः
·
प्राकृतिक
न्यायको सिद्धान्त
·
प्राङ्गन्यायको
सिद्धान्त
·
हकदैया
·
हदम्याद
·
अधिकार
क्षेत्र
·
प्रतिपादित
कानूनी सिद्धान्त आदि।
१०.
कार्यविधि
कानून र सारवान कानून बिच भीन्नता
कार्यविधि कानून |
सारवान कानून |
· न्यायको जग तथा सिढी |
·
न्यायको अनुभूति |
·
साधन ( Means) |
·
साध्य ( Ends ) हक
अधिकार प्रचलन |
·
आगत ( Inputs ) |
·
प्रतिफल ( out put ) |
·
Due process |
·
Overal faivuess |
·
उपचार प्राप्त गर्ने तरीका |
·
उपचारको प्रत्याभूति |
११.
सामान्य,
बिशेष र संक्षीप्त कार्यविधिः
सामान्य कार्यविधिः
·
सर्वसाधारण
सवैका र सवै मुद्दामा समान तहले लागू हुने वा बिशेष कार्यविधि लागू हुने भनि
तोकिएकोमा बाहेक सवैमा लागु हुने,
·
प्रचलित
सामान्य कानूनमा उल्लेखित कार्यविधि,
·
बिशेष
प्रकृयाको अवलम्वन नगरिने कार्यविधि,
·
फौज्दारी
कार्यविधि संहिता र देवानी कार्यविधि संहितामा उल्लेखित कार्यविधि,
बिशेष कार्यविधि
·
बिशेष
प्रकृतिका मुद्दाको अनुसन्धान, अभियोजन र निर्णयका लागि अवलम्वन गरिने कार्यविधि,
·
निश्चित
प्रकृतिका मुद्दाहरुको सन्दर्भमा लागु हुने कार्यविधि,
·
भ्रष्टाचार
निवारण ऐन, २०५९, बिशेष अदालत ऐन, २०५९, लागु औषध नियन्त्रण ऐन, २०३३, मानव
बेचबिखन तथा ओसार पसार ऐन, २०६४ र बन ऐन, २०५९ अन्तर्गतका मुद्दाहरु
·
बिशेष
प्रकृतिका मुद्दाहरुमा बिशेष ज्ञान, क्षमता र कार्यबिधि आवश्यक पर्ने
संक्षिप्त कार्यविधि
·
मुद्दाको
प्रकृति, बिगो र जटिलतालाई ध्यानमा राखी खास किसिमका मुद्दाहरुको कारवाही र किनारा
छिटो गर्न अवलम्वन गरिने कार्यविधि,
·
सामान्य
र बिशेष कार्यविधि बाहेकको कार्यविधि,
·
संक्षिप्त
कार्यविध ऐन, २०२८ अन्तर्गतका मुद्दाहरुमा अवलम्वन गरिने कार्यविधि,