सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन कम्प्युटर प्रणाली किन आवश्यक पर्दछ ?
कम्प्युटर
प्रणाली एउटा प्रविधि हो, जसले सूचना तथा तथ्याङ्कको अभिलेख
गर्ने, प्रशोधन
गर्ने र गुणात्मक तथा सङ्ख्यात्मक नतिजा प्राप्त गर्दछ । सार्वजनिक
सेवा प्रवाहका हरेक काम–कारबाहीलाई आधुनिक तवरले कार्य गरी
सार्वजनिक
सेवालाई गुणस्तरीय बनाउन कम्प्युटर प्रणालीले सहयोग गर्ने हुँदा
यसको
आवश्यकता परेको हो । सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन
कम्प्युटर
प्रणालीको निम्नानुसार आवश्यकता पर्दछ ः
# सार्वजनिक सेवाप्रवाहको काम गुणस्तरसहित छिटोछरितो
रूपमा गर्न,
# सार्वजनिक सेवाप्रवाहको कार्यमा मितव्ययिता कायम गर्न,
# सेवाग्राहीप्रति सेवाप्रदायकलाई जिम्मेवार र जवाफदेही
बनाउन,
#गरेका कार्यको आधुनिक तरिकाले अभिलेख राख्न,
# व्यवस्थापकीय कार्यहरूमा सुधार ल्याउन,
# सरकारी सेवाप्रवाहमा निष्पक्षता कायम गर्न,
#सार्वजनिक सेवाप्रवाहको कार्यमा प्रतिबद्धता ल्याउन,
#आधुनिक प्रविधिको प्रयोगलाई थप विस्तार गर्न,
# गुणस्तरयुक्त सार्वजनिक सेवा प्रवाहमार्फत सरकार र
नागरिकको सम्बन्ध थप सुदृढ गर्न,
# सेवाप्रदायकको व्यवहार एवम् आचरणमा सुधार गर्न,
#ढिलासुस्तीको अन्त्य गर्न,
#भ्रष्टाचर तथा अनियमित कार्यको नियन्त्रण गर्न ।