परिच्छेद-छ
प्रतिउत्तर तथा प्रतिदाबी
फिरादपत्रमा प्रतिबादी बनाईएका ब्यक्तिले
फिराद दाबी स्वीकार वा ईन्कार गरी पेश गरेको लिखित जवाफलाई प्रतिउत्तरपत्र भनिन्छ।
फिरादपत्रमा प्रतिबादी बनाईएका बाहेक मुद्दाको कारवाहीको रोहमा कसैको हक, हित वा
सरोकार निहीत रहेको देखिएमा त्यस्तो ब्यक्ति समेत अदालतको आदेशले प्रतिबादी कायम
हुन सक्छ। त्यसैगरी दुई पक्षकाबीच चलेको मुद्दामा आफ्नो समेत प्रत्यक्ष सरोकार
रहेकोले पक्ष कायम गरि पाऊ भनी तेस्रो पक्षले निवेदन दिएमा ब्यहोरा मनासिव देखिए
अदालतले प्रतिबादी कायम गर्ने गरी आदेश दिन सक्छ। त्यस्ता ब्यक्तिहरूको लिखित ब्यहोरा
वा बयानलाई समेत प्रतिउत्तरपत्र सरह
मानिन्छ।
देवानी कार्यविधि संहिताले प्रतिवादीले
वादी दाबीलाई स्वीकार वा खण्डन गर्नुका अतिरिक्त प्रतिउत्तरपत्रमा बादीउपर नैं सोही
विषयमा भिन्न प्रकृतिको दाबी लिन सक्ने नयाँ ब्यबस्था गरेको छ। प्रतिबादीले बादी
उपर लिएको त्यस्तो दाबीलाई “प्रतिदाबी” भनिन्छ। प्रतिबादीले लिएको त्यस्तो प्रतिदाबी फिरदपत्र सरह
हुन्छ र प्रतिदाबीका सम्वन्धमा वादीले स्वीकार
वा ईन्कार गरी पेश गरेको लिखित प्रतिवादलाई समेत प्रतिउत्तर पत्र सरह मानिन्छ।देवानी
कार्यविधि संहिता तथा नियमावलीमा प्रतिउत्तर र प्रतिदाबीका सम्वन्धमा देहाय बमोजिम
व्यवस्था गरिएको छ।
विषय |
विवरण |
कानून |
प्रतिउत्तरपत्र पेश गर्ने |
·
प्रतिवादीले
म्याद तामेल भएको मितिले वाटाको
म्याद वाहेक २१ दिनभित्र प्रतिउत्तरपत्र पेश गर्नु पर्छ, ·
प्रतिउत्तर पेश गर्दा देवानी कार्यविधि संहिताको अनुसूची ९ को ढाँचामा पेश
गर्नु पर्छ। ·
काबु बाहिरको परिस्थिति परी तोकिएको म्याद गुज्रेको भन्ने निवेदनसाथ
प्रतिउत्तर पत्र पेश गर्न ल्याएमा ब्यहोरा मनासिव भए १५ दिनसम्मको म्याद थामी
प्रतिउत्तर पत्र दर्ता गरि दिनु पर्छ, ·
सो अवधी नघाई पेश गर्न ल्याएको प्रतिउत्तरपत्र दर्ता गर्न हुँदैन। ·
म्याद नाघेको प्रतिउत्तर दर्ता भएको रहेछ भने पनि अदालतले स्वीकार गर्नु
हुँदैन, ·
प्रतिउत्तरपत्र जाँच गर्दा म्याद नाघी ल्याएको वा रीत नपुगेको देखिएमा प्रतिउत्तरमा नै कारण खुलाई दरपीठ गरिदिनु
पर्छ। |
दफा ११९, १२०, १२२, २२३ देकानि नियम १९ |
·
प्रतिउत्तरपत्र दर्ता गर्दा रु
२००। दस्तुर लिनु पर्छ। |
दफा १२५ |
|
·
दर्ता गर्न ल्याएको
प्रतिउत्तरपत्र रीतपूर्वक भए दर्ता गरी देवानी कार्यविधि संहिताको अनुसुची ३ को
ढाँचामा भरपाई दिनुपर्छ। |
दफा १२२ |
|
अदालतले प्रतिबादी कायम गर्ने |
Øअदालतले निम्न अवस्थामा कारण खुलाई कुनै व्यक्तिलाई वुझ्न र प्रतिबादी कायम
गर्न सक्छः o मुद्दाको कारबाही, सुनुवाई वा किनारा गर्दा कुनै
व्यक्तिको हक, हित, दाबी वा
सरोकार प्रभावित हुने देखिएमा, o
फिरादपत्र वा प्रतिउत्तरको
लेखाईबाट अन्य व्यक्तिको समेत संलग्नता रहेको देखिन आएमा, ·
त्यसरी बुझ्नु पर्ने ब्यक्तिलाई बाटोको म्याद बाहेक ७ दिनको म्याद दिनुपर्छ। ·
वुझिएको व्यक्ति म्यादभित्र उपस्थित भएमा प्रमाण समेत खुलाउन लगाई
बयान गराउनु पर्छ। ·
निजले लिखित रूपमा जवाफ पेश
गर्न चाहेमा ७ दिनमा नबढाई मनासिब
समय दिई लिखित जवाफ पेश गर्न लगाउनु पर्छ। ·
निजको सरोकार वा संलग्नता रहेको देखिएमा वा फैसला गर्दा निजको हक, हित, दाबी वा सरोकार समेत प्रभावित हुने देखिएमा निजलाई प्रतिबादी सरह तारिखमा राख्नुपर्छ। ·
त्यस्तो व्यक्ति प्रमाण सरह
मात्र देखिन आएमा निजलाई तारिखमा राख्नु पर्दैन। |
दफा १२३ |
प्रतिबादी कायम हुन निवेदन दिन सक्ने |
·
प्रतिबादी नबनाईएको व्यक्तिले त्यस्तो मुद्दा फैसला हुँदा
आफ्नो हक, हित, दाबी वा
सरोकार समेत प्रभावित हुने आधार र कारण खुलाई आफूलाई समेत प्रतिबादी कायम गरिपाउँ भनी फैसला हुनु अगावै निवेदन दिन सक्दछ। ·
उक्त निवेदनको व्यहोरा मनासिब देखिएमा निजलाई समेत प्रतिबादी कायम गरी सो
मुद्दाका बादी र अन्य प्रतिबादीलाई त्यसको जानकारी दिनु पर्छ। ·
प्रतिबादी कायम गर्ने आदेश
भएमा निजलाई तारेखमा राख्नु पर्छ। ·
यसरी कायम भएको प्रतिबादीले
बादी विरुद्ध छुट्टै प्रतिदाबी लिन पाउँदैन। |
दफा १२४ देकानि नियम२२ |
प्रतिदाबी सम्वन्धमा |
प्रतिदाबी लिएका मुद्दामा देहायका कुराहरू
विचार पुर्याउनु पर्छः ·
प्रतिउत्तरपत्र पेश गर्दा
प्रतिबादीले बादी उपर कुनै दाबी लिन सक्छ। त्यस्तो प्रतिदाबी फिराद दाबीको विषयमा मात्र सीमित छ, छैन हेर्नु पर्छ। ·
प्रतिदावी लिनेले
प्रतिदावीलिंदा देहायका कुरा समेत खुलाएको हुनुपर्छः ü प्रतिदाबी लिएको बिषय, ü प्रतिदाबी लिएको बिषयको बिगो खुल्ने भए सो कुरा, ü प्रतिदाबीसँग सम्बन्धित कानून, ü प्रतिदाबीलाई पुष्टी गर्ने प्रमाण । ·
यसरी प्रतिदाबी लिईएकोमा एक
जनासम्म बादी भए २ प्रति र त्यसपछिका प्रत्येक बादीका लागि १ प्रतिका दरले प्रतिउत्तरपत्रको प्रतिलिपि पेश गर्न लगाउनु पर्छ। ·
तर एकाघरका बादी जतिसुकै
सङ्ख्यामा रहेको भएपनि त्यस्ता बादीको लागि १ प्रति मात्र प्रतिउत्तरपत्रको प्रतिलिपि दिए हुन्छ। ·
उक्त प्रतिउत्तरपत्रको प्रतिलिपि मध्ये १ प्रति निर्धारित तारिखका दिन उपस्थित हुने बादी वा
निजको वारिसलाई तारिख भर्पाईमा व्यहोरा जनाई
सहिछाप गराई बुझाउनु पर्छ। ·
निर्धारित तारिख बादीले गुजारी थाम्ने थमाउने अवधि व्यतित भई बादीलाई
प्रतिदाबीको प्रतिलिपि बुझाउन नसकेको अवस्थामा लिखित प्रतिबादको लागि
प्रतिउत्तरपत्रको प्रतिलिपि सहित बादीलाई पन्ध्र दिनको सूचना दिनु
पर्नेछ। ·
प्रतिबादीले प्रतिउत्तर सरहको
बयानमा प्रतिदाबी लिएको भए त्यस्तो बयानको अभिलेखको १ प्रति बादीलाई तारिखका दिन उपलब्ध गराउनु पर्छ। ·
त्यसरी वादीले प्रतिउत्तरपत्र वुझेको १५ दिनभित्र प्रतिदाबी स्वीकार वा ईन्कार गरेको लिखित प्रतिवाद अदालतमा पेश गर्न सक्छ। ·
रित पुर्याइ नल्याएको
प्रतिदावी कायम नरहने गरी प्रतिउत्तरमात्र दर्ता गर्नु पर्छ । ·
प्रतिदावी कायम हुने भएमा
प्रतिवादीबाट ऐन बमोजिम लाग्ने अदालती शुल्क दाखिल गर्न लगाउनु पर्छ । ·
प्रतिवादीले प्रतिदावी दर्ता
गरेकै दिन अदालती शुल्क दाखिल गर्न नसक्ने भनी समय माग गर्न सक्छ । ·
प्रतिदाबी लिने पक्षले समय माग गरेमा ७ दिनभित्र अदालती शुल्क
दाखिला गर्न आदेश दिनुपर्छ र सो बमोजिमको अदालती शुल्क बुझाएपछि मात्र निजको प्रतिदाबी कायम हुन्छ। ·
प्रतिदाबी लिएको मुद्दामा प्रतिबादी तारिखमा रहेको भए बादीले तारिख
गुजारे पनि प्रतिदाबीको हकमा प्रमाण बुझी ठहरे बमोजिम फैसला गर्नु पर्नेछ। |
दफा १२१ देकानि नियम २०,२१ |
देवानीबाट उठेको फौजदारी |
·
देवानी मुद्दामा प्रतिउत्तरपत्र वा वयानबाट उठेको कानून बमोजिम फौजदारी कायम हुने मुद्दामा सोही मिसिलबाटै पक्षको बयान गराई मुद्दाको कारबाही र सुनुवाई गर्नु पर्छ। |
दफा १७५ |
प्रभावित तेस्रो पक्षलाई बुझ्नु पर्ने |
·
मुद्दामा कुनै कुरा ठहर गर्दा
मुद्दाका पक्ष बाहेक तेस्रो पक्षको हक प्रभावित हुने देखिएमा
त्यस्तो पक्षलाई आफ्नो कुरा भन्ने
मनासिब समय दिई प्रमाण बुझी निजलाई कारणी सरह तारिखमा राखी मुद्दाको कारबाही गर्नु पर्छ। |
दफा १७६ |