Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

नेपाल सरकारको वजेट प्रणाली ।। बजेत सम्बन्धी नविनतम जानकारी



नेपाल सरकारको वजेट प्रणाली

पुरुषोत्तम शर्मा,  उपसचिव नेपाल सरकार

१. बजेटको परिचय

कुनैपनि मुलुकलाई आफ्ना नियमित तथा विकास सम्मन्धी कृयाकलाप सम्पादन गर्न तथा नागरिक सेवालाई प्रभावबारी रुपमा सञ्चालन गर्न निश्चित रकम वा कोषको आवश्यकता पर्दछ । उक्त रकम सरकारले आन्तरिक र वाह्य श्रोत परिचालन गरी जुटाउने गर्दछ। सरकारलाई आवश्यक पर्ने यस्तो रकम कुन कुन श्रोत वाट के कति प्राप्त गर्ने तथा उक्त रकम कुन कुन क्षेत्रमा के कति खर्च गर्ने भन्ने सम्बन्धमा सरकारले सुस्पष्ट खाका तयार गर्नु पर्ने हुन्छ । यसरी सरकारले एक निश्चित अवधीको लागी तयार गर्ने आय व्ययको अनुमानित खाका (विबरण) नै बजेट हो । सामान्यतय यो एक आर्थिक वर्षका लागी तय गरिन्छ ।

 

कुनै पनि मुलुकको एक निश्चित अवधि (सामान्यतया एक आर्थिक वर्ष)को आम्दानी र खर्चको अनुमानित विवरणलाई वजेट भनिन्छ । यस्मा सरकारले विगत आर्थिक वर्षको वित्तिय कृयाकलापको विबरणका साथसाथै आगामी वर्षका लागी प्रस्तावित कार्यक्रम र तीनका निम्ती आवश्यक पर्ने श्रोत साधनको पहिचाहन एव‌ प्राप्तिका उपाय समेत समावेस गरिएको हुन्छ । त्यसैले सरकारको वार्षिक नीति तथा कार्यक्रमको मौद्रिक रुपान्तरणको रुपमा वजेटलाई लिइन्छ ।

 

नेपालको सन्धर्वमा सरकारका अर्थमन्त्रिले आगामी आर्थिक वर्षका निम्ति वजेट (आम्दानी र खर्चको अनुमानित विवरण) तयार गरि प्रचलित कानुन तथा स‌ंविधानको व्यबस्था अनुरुप संसदमा पेश गर्ने र संसदिय स्वकृती पश्चात कार्यान्वयनमा लगिने व्यबस्था रहेको छ । यस्लाई राज्यकोष (जस्लाइ संञ्चित कोष पनि भनिन्छ) को परिचालन गर्ने अख्तिायारीको रुपमा समेत लिइन्छ ।

विषेशता

·         आय व्ययको अनुमानित विवरण

·         Public Purse को परिचालन र व्यबस्थापनगर्ने Tool/ औजार

·         सरकारको आय व्ययको ऐना

·         संसदिय स्वीकृती आवश्यक

·         समयावधीः सामान्यतय बजेट एक आर्थिक वर्षका लागी तय गरिन्छ ।

·         आर्थिक प्रशासनको लागी मार्ग निर्देशन

·         लचकताः अनुमानित हुने हुदा आवश्यकता अनुशार परिवर्तन हुन सक्ने ।

·         आर्थिक वृद्धि, सामाजिक कल्याण र साधन उपयोगमा जोड दिने दस्तावेज

२. बजेटको उद्देश्य र महत्व

 

बजेट मुलुकको आर्थिक सामाजिक राजनैतिक अबस्थावाट प्रभावित हुने गर्दछ । श्रोत साधनको उच्चतम परिचालन वाट मुलुकको चौतर्फि विकास गरी जनआकांक्षा पुरा गर्ने महत्वपुर्ण ‌औजारको रुपमा बजेटलाई लिइन्छ । नेपालको सन्धर्वमा वजेटले निम्न उदेश्यहरुलाई आत्मसाथ गर्ने गरेको पाइन्छ ।

·         कार्यकारीणी माथी संसदिय नियन्त्रणः आर्थिक कृयाकलापमा सरकारलाई स्वइच्छाकारी हुन नदिने ।

·         आर्थिक स्थिरता र विकासः पुर्वाधार रोजगारी लगाएत आर्थिक र सामाजिक विकास र स्थिरतामा जोड ।

·         साधनको रणनैतिक विनियोजनः श्रोत साधनको उपयुक्त र न्यायोचित वितरण ।

·         पारदर्शिता र जवाफदेहिता प्रवर्धनः जन साधारण लाइ देशको आर्थिक अवस्था तथा आय व्ययको जानकारी गराउने

·         गुणस्तरिय खर्चः दक्षता प्रभाबकारिता र मितव्ययीताको प्रवर्धन

·         आवाधिक योजना कार्यान्वयनः मुख्य  ‌औजार ।

३. बजेटको सिद्धान्त

 वजेटका सिद्धान्तहरुलाई आचरणगत र कार्यगत सिद्धान्त गरि निम्नानुशार अध्ययन गर्न सकिन्छ ।


आचरणगत सिद्धान्त

·         बिस्तृतताको सिद्धान्त : Informative

·         वैधानिकता सिद्धान्त

·         Implement ability

·         Accountability and Transparency

·         Flexibility

·         Predictability

कार्यगत सिद्धान्त

·         सन्तुलित बजेटको सिद्धान्त

·         बचत बजेटको सिद्धान्त

·         घाटा बजेटको सिद्धान्त


४. बजेटको प्रकार/वर्गिकरण

वजेटलाई विभिन्न आधारमा वर्गिकरण गर्ने गरिएको पाईन्छ । केहि प्रचलित आधार र सो आधार वमोजिम वजेटलाई निम्नानुशार वर्गिकरण गर्न सकिन्छ ।

·         सन्तुलनको आधारमाः सन्तुलित, वचत र घाटा बजेट

·         आर्थिक वर्गिकरणको आधारमाः साधारण र विकास वजेट

·         खर्च वर्गिकरणको आधारमाः चालु र पुंजीगत वजेट

·         कार्यक्रमगत वर्गिकरणः लायन आइटम, कार्यक्रम बजेट, सुन्यमा आधारित वजेट

घाटा बजेट

·         सरकारी आम्दानी भन्दा खर्च वढी भएको अवस्थामा सरकारले प्रस्तुत गर्ने वजेटनै घाटा वजेट हो । सरकारलाई आबश्यक पर्ने श्रोतको तुलनामा राजस्व र वैदेशिक अनुदान कम भई न्युन वित्त हुन गएको अवस्थामा सरकारले आन्तरिक र वाह्य ऋण परिचालन गर्ने गरी घाटा बजेट तयार गर्दछ । कुल GDP को ४ प्रतिशत सम्म न्युन वित्त हुनुलाइ सामान्यतया स्वीकार्य मानिन्छ । 

न्युन वित्त पुर्तिको श्रोत

·          आन्तरिक ऋण

·         वाह्य ऋण

·         Overdraft

·         नगद

घाटा बजेटको प्रभाव

·         क्षमता अनुरुप र उत्पादनशिल क्षेत्रमा लगानी भए सकारात्मक ।

·         क्षमता भन्दा वढी र अनुउत्पादक क्षेत्रमा भए  नकारात्मक ।

सकारात्मक

·         मौद्रिक सहजता

·         उत्पादनका साधनको पुर्णउपयोग

·         आर्थिक गतिविधि बढ्छ

·         उत्पादन, रोजगारी वढ्छ ।

नकारात्मक

·         मूल्य स्तर वढाउँछ

·         व्याजदर वढ्छ

·         लगानी साधन अभाव

·         आयात वढ्छ

 

५. नेपालमा वजेटको विकासक्रम

नेपालमा वजेटको एैतिहासिक विकासक्रम त्यति लामो नभएतापनि यस्को विकासक्रमलाई सर्सती हेर्दा निम्न सन्धर्वहरु पाउन सकिन्छ।

·         वि.सं. २००८ साल बाट बजेटको ‌औपचारिक शुरुवात भएको

·         वि.सं. २०२० साल देखि विकास र साधारण बजेट (खर्च)को वर्गिकरण गर्न शुरु

·         वि.सं. २०२६ वाट कार्यक्रम बजेटको शुरुवात

·         वि.सं. २०५९ देखि MTEF

·         आ.ब. २०६१/६२ वाट चालु र पुंजीगतखर्च वर्गिकरण शुरुवात

·         वि.सं. २०६४ वाट Gender Responsive Budget

·         आ.ब.२०७०/७१ वाट Climate change budget

६. वजेट तर्जुमा

वजेट तर्जुमागर्दा आधार लिइनुपर्ने (ध्यान दिनुपर्ने) विषयबस्तु

सामान्यतया वजेट तर्जुमा गर्दा निम्न कुराहरुलाई आधारमानि (ध्यान दिई) तर्जुमा गर्ने गरिन्छ ।


·         मुलुकको प्रचलित संविधान

·         क्षेत्रगत नीति तथा कार्यक्रम

·         चालु आवाधिक योजना

·         सरकारको नीति तथा कार्यक्रम

·         उपलब्ध श्रोत साधनको अबस्था

·         वैदेशिक सहायताको प्रतिवद्धता

·         राष्ट्रिय आवश्यकता एवं प्राथमिकता

·         Crosscutting Issues

·         अन्तराष्ट्रिय प्रतिवद्धताहरु

·         बजेट निर्माणका लागी निर्धारित ढाँचा एवं मार्गदर्शन


वजेट तर्जुमा चरण

·         बजेट आकार र सिमा निर्धारण (रा.यो.आ. र अर्थ मन्त्रालय, मंसिरको दोश्रो साताभित्र)

·         आयको आकार

·         खर्चको आकार

·         बजेट सिमा र मार्गदर्शन पठाउने (रा.यो.आ. र अर्थ मन्त्रालय, संम्बन्धित मन्त्रालय, पुसको पहिलो साताभित्र)

·         मन्त्रालयगत सिमा निर्धारण

·         मार्गनिर्देशन तयार र पठाउने

·         मन्त्रालयबाट बजेट/कार्यक्रम प्राप्त गर्ने (MTEF समेत, फागुनको तश्रो साताभित्र)

·         बजेट कार्यक्रम प्रस्तुत र छलफल (वैशाखको पहिलो साताभित्र)

·         बजेट अन्तिम रुप दिने

·         मन्त्रिपरिषदबाट अनुमोदन जेठको दोश्रो साताभित्र)

·         संसदमा प्रस्तुत र अनुमोदन

वजेट तर्जुमा सम्बन्धि कानुनी तथा नीतिगत व्यवस्था

 

नेपालमा वजेट तर्जुमाका सन्धर्वमा निम्नानुशारका कानुनी तथा नीतिगत व्यबस्थाहरु रहेको पाइन्छ ।

·         नेपालको स‌ंविधान २०७२ का व्यबस्थाहरु

·         आर्थिक कार्यविधि ऐन २०५५ तथा नियमावली २०६४

·         चालु आवाधिक योजना

·         विकास सहायता नीति

·         बजेट तर्जुमा दिग्दर्शन

·         सरकारको नीति तथा कार्यक्रम

·         MDG

·         रा.यो.आ. तथा अर्थ मन्त्रालयका परिपत्र तथा निर्देशनहरु

नेपालमा वजेट तर्जुमामा विभिन्न निकायहरुको भुमिका

स्थानिय निकाय

·         बार्षिक विकास योजना तयार गर्ने

·         जिल्ला विकास परिषदवाट स्वृकृत विकास कार्यक्रम रा.यो.आ. र सम्बन्धित मन्त्रालयमा पठाउने

कार्यालय/आयोजना

·         तोकिएको ढांचामा वजेट तर्जुमा (पुष्ट्याईं सहित) गरि तालुक कार्यालयमा समयमै पठाउने

सम्बन्धित मन्त्रालय

·         अर्थबाट प्राप्त वांडफांड र सिमा तोकि मातहतमा पठाउने

·         मातहत वाट प्रप्त भएपछि छलफल गरी अर्थ र रा.यो.आ. पठाउने

·         कार्यक्रमा स्वकृती P2/P3

·         समयमै अख्तियारी पठाउने

अर्थ मन्त्रालय

·         बजेट ढांचा तयार गरी मार्गनिर्देशन सहित पठाउने र प्राप्त गर्ने ।

·         बजेट सम्बन्धि नीतिगत छलफलमा रा.यो.आ.मा प्रतिनिधित्व गर्ने ।

·         शिर्षकगत छलफल गरी वजेटलाई अन्तिम रुप दिने

·         अख्तियारी पठाउने

·         वैदेशिक सहायताको व्यबस्थापन गर्ने ।

रा.यो आयोग

·         विकास कार्यक्रमका सम्वन्धमा नीतिगत लक्ष निर्धारण गर्ने ।

·         अर्थ मन्त्रालय संग समन्वय गरि बजेट सिमा प्रच्छेपण तथा निर्धारण गर्ने ।

·         MTEF प्रकाशन

७. बजेट चक्र

सामन्यतया वजेटको पुर्व तयारी देखि वजेट कार्यान्वयनको समिक्षा सम्मका गतिविधी तथा कृयाकलापहरु वजेट चक्र भित्र पर्दछन् । वजेट चक्रलाई निम्नानुशारका वुदावाट प्रष्ट पार्न सकिन्छ ।

·         अनुमानः आय व्ययको अनुमान तथा वजेटको तयारी

·         स्विकृतीः संसदिय स्वीकृती लिने कार्य

·         निकासाः अख्तियारी प्रदान गर्ने तथा खर्चको जिम्वेवारी हस्तातरण

·         खर्च लेखाङकनः कारोबारको अभिलेख वर्गिकरण व्याख्या प्रतिवेदन

·         लेखापरिक्षणः नियमितता मितव्यीता कार्यदक्षता प्रभाबकारिता तथा औचित्यताको परिक्षण

·         समिक्षाः उपलव्धिको लेखा जोखा ।

 

८. बजेट तर्जुमामा बजेट समिती र श्रोत समितिः व्यबस्था र संरचना

बजेट समिती

श्रोत समिति

व्यबस्थाः

वजेट कार्यान्वयनको अनुगमन तथा मुल्याड्कन गर्ने एवं आगामि आर्थिक वर्षको लागी वजेट प्रच्छेपणको विषयमा निर्णय लिन बनेको संयन्त्र हो ।

व्यबस्थाः

बजेट समितिलाई अनुपोषण गर्न वनेको संयन्त्र हो ।

संरचनाः

रा.यो.आ. उपाध्यक्षः                              स‌ंयोजक

रा.यो.आ.का सवै सदश्यहरु                          सदस्य

अर्थ सचिव                                      सदस्य

ने.रा.वै. कागभर्नर                                 सदस्य

रा.यो.आ.का सचिब                                सदस्य

महा लेखानियन्त्रक                                सदस्य

महाशाखाप्रमुख, आर्थिक प्रशासनमहाशाखा , रा.यो.आ.     सदस्य

संरचनाः

माननिय सदस्य (वजेट हेर्ने)                       संयोजक

महाशाखाप्रमुख, राजस्व, अर्थ मन्त्रालय                सदस्य

महाशाखाप्रमुख, वैदेशिक सहायता, अर्थ मन्त्रालय        सदस्य

महाशाखाप्रमुख, कार्यक्रममहाशाखा, अर्थ मन्त्रालय        सदस्य

प्रतिनिधी, महा लेखानियन्त्रककार्यालय                 सदस्य

प्रतिनिधी, नेपाल राष्ट वैक                          सदस्य

महाशाखाप्रमुख, आर्थिक प्रशासनमहाशाखा , रा.यो.आ.     सदस्य

 

९. बजेट साथ प्रस्तुत हुने बिध्येयक

·         विनियोजन विध्येयकः आय व्ययको अनुमान

·         आर्थिक विध्येयकः राजस्व र करका दरहरु सम्बन्धी विषयबस्तु

·         राष्ट ऋण उठाउने विध्येयक

·         ऋण तथा जमानत विध्येयक

·         पेश्की खर्च विध्येयक(समयमै विनियोजन विध्येयक पारित नभएको अबस्थामा)

 

१०. वजेट तर्जुमा प्रकृयाका समस्याहरु र समाधान

समस्या

समाधान

·         अस्पष्ट आधार, मनोगत ब्याख्या

·         आन्तरिक र वाह्य साधन अनुमान अवास्तविक हुने गरेको

·         सम्बन्ध, प्रभाववाट छलफल प्रभाबित हुन सक्ने र संझौतामा टुङ्गिने

·         वजेट र योजनाविच को आवद्धता कमजोर

·         सबै खर्च समावेश नहुने, सबै बैदेशिक साहायता समावेश नहुने

·         अर्लिी वजेट भएन,

·          धेरै टुक्रेकार्यक्रमहुने गरेको

 

·         आय व्यय अनुमानको आधार स्पष्ट र तथ्यमा आधारित हुनुपर्ने

·         साधन अनुमान तथा विनियोजनलाई व्यवस्थित वनाउन MTEF को उपयोग गर्ने

·         बजेट छलफल लाई निष्पक्ष र प्रभाबकारी वनाउने

·         वजेट र योजना विचको आवद्धता सुनिश्चित गर्ने (MTEF) को प्रयोग गर्ने

·         सबै खर्च एवं विकास सहायता वजेटमै समावेश हुने व्यवस्था मिलाउने

·         अर्लिी वजेटको अवधारणलाइृ व्यबहारीक रुप दिने

·         धेरै टुक्रे कार्यक्रम भन्दा नतिजामुलक र ठुला आयोजनाहरु मालगानी बढाउने

११. बजेट कार्यान्वयन

बजेट कार्यान्वयनको लागी उपयुक्त वाताबरण तयार गर्ने, कार्यान्वयनमा उतार्ने र नतिजामुलक कार्यान्वयनका लागी अनुगमन गर्ने कार्यलाई समग्रमा बजेट कार्यान्वयन भनिन्छ ।

 

  कसरी गरिन्छ ?

·         राजस्व संकलनलक्ष्यअनुशार र तोकिएको दरमा

·         खर्च व्यबस्थापनः

·      अख्तियारी प्रदान ( तीन तहमा )

·      कार्यक्रम स्वकृती (P1 को हकमा रा.यो.आ. र P2P3 को हकमा संम्बन्धित मन्त्रालय वाट

·      को.ले.नि.का. बाट निकाशा

·      संम्बन्धित कार्यालय, आयोजनाहरु वाट खर्च , सो को लेखाङकन र प्रतिवेदन

·      लेखापरिक्षणः आन्तरीक र अन्तिम

·      मुल्याड्ढनः प्रगती समिक्षा तथा संसदिय समिक्षा

 

   बजेट कार्यान्वयनका समस्या

·      राजस्व संकलन प्रभाबकारी हुन नसक्नु

·      करको दायरा अपेक्षित रुपमा नबढ्नु

·      अख्तियारी र कार्यक्रम स्वीकृती समयमै नहुने

·      अबण्डा र भैपरि शिर्षकमा राखि कार्य गर्नु

·      खरिद योजना/ कार्य तालिका एवं खरिद कारवही अव्यबस्थित हुने गरेको

·      कार्यान्वयन पक्ष तथा संस्थागत ब्यवस्था कमजोरी

·      गैर वजेटरी खर्च हुने गरेको

·      लेखा प्रणाली / लेखा परिक्षण प्रभाबकारी हुन नसकेको

 

 बजेट कार्यान्वयन सम्बन्धि समस्याको समाधान

·      समयमै अख्तियारी दिने र कार्यक्रम स्वीकृती हुने परिपाटी बसाल्ने

·      खरिद योजना/ कार्यतालिका एवं खरिद कारवही पारदर्शी र व्यबस्थित वनाउने

·      कार्यान्वयन तथा संस्थागत क्षमताअभिबृद्धी गर्ने

·      गैर वजेटरी खर्च लाइ पारदर्शी बनाउने र यस्ता खर्च लाई बजेटको दायरा भित्र ल्याउने

·      महा लेखानियान्त्रक कार्यालय लाई नेपाल सरकारको वित्तीय व्यबस्थापकको रुपमा विकास गर्ने

·      लेखा/लेखा परिक्षण प्रर्णालीलाई वैज्ञानिक र प्रभाबकारी बनाउने तथा प्रतिवेदन पर्णालीमा सुधार गर्ने ।

 

१२. बजेट अनुगमन र मुल्याड्कन

वजेट कार्यान्वयनको अनुगमन गर्ने तथा बजेटले लिएका उदेश्य पुरा भए भएनन् भन्ने कुराको लेखाजोखा गर्ने कार्य ।

समस्या

समाधान

·         नियन्त्रणका लागि मात्र गरीनु,

·         औपचारीकतामा सिमित

·         Regular नहुनु

·         Indicator मा आधारीत अनुगमन मुल्याड्कन नहुनु

 

·         नियमित उदेश्यमुलक रुपमा गर्नु, गराउनु पर्ने

·         Indicator मा आधारीत अनुगमन मुल्याड्sन पद्धतीको विकास गर्नु

 

 

१३. बजेट  व्यबस्थापनका सम्बन्धमा  भएका  प्रयास

·         IT Use, FMIS, LMBS, LMBIS

·         MTEF  प्रकाशन

·         Classification of Current and Capital Expenditure

·         वजेट तर्जुमा दिग्दर्शन तथा कार्यसञ्चालन निर्देशिकाको तर्जुमा

·         आयोजना प्राथमिकिरण र श्रोत सुनिश्चितता

·         Gender Responsive / Climate Change Budget

·         PEFA Initiative

·         Timely अख्तियारी

·         Use of TSA

१४. Line Item Budget, Program Budget and Zero Based Budget

Line Item Budget

·         वजेटमा खर्चहरुको सुचि बनाईने र त्यहि सुचीको आधारमा वजेट Allocation गर्ने पद्धती

·         यो Object of expenditure मा आधारित छ

·         खर्चलाई ससाना इकाई (सुची) मा विभाजन गरिन्छ

·         नियन्त्रण मुलक वजेट प्रणाली

·         नेपालमा प्रचलित

               

विशेषता

सवल पक्ष

दुर्वल पक्ष

·         सरल

·         नियन्त्रण मुखी

·         सहज संसदिय नियन्त्रण

·         आर्थिक अनुशासन कायम हुने

·         एकरुपता

·         प्रकृयामुखी

·         मितब्ययिता र प्रभावकारीता (सिमित साधन हुंदा)

·         आर्थिक अनुशासन कायम

·         कार्यगत नियन्त्रण कायम गर्ने सरल

·         एकरुपता

·         लेखा राख्न सहज

 

·         अल्पकालिन सोच, उद्देश्य

·         इमान्दारिता र दक्षता प्रति शंका

·         Input, Process Oriented

·         Rule Compliance मा वढी जोड

·         सरकारको वदलिदो माग र आवश्यक्ता को वेवास्ता

·         खर्च नियन्त्रण मूख्य प्राथमिकता

 

Program Budget

·         उद्देश्य सहित कार्यक्रमहरुको आधारमा वजेत तर्जुमा गर्ने पद्धति

·         कार्यक्रमलाई वजेट संग आवद्ध गरिने

·         खर्च र उद्देश्य विच सम्बन्ध स्थापना गरिने

विशेषता

सवल पक्ष

दुर्वल पक्ष

·         Result oriented

·         विवेकपुर्ण निर्णय

·         राजनैतिक दवाव र रकम छर्ने कम

·         कार्यक्रम र वजेटलाइ integrate गर्दछ

·         तुलनात्मक अध्ययन (उद्देश्य  र बजेट)

·         उद्देश्य र उत्तरदायित्व स्पष्ट बनाउँदछ

·         साधनको उत्युत्तम विनियोजन

·         विवेकपुर्ण र वास्तविक निर्णय

 

·         राजनैतिक भन्दा प्राविधिक

·         जनशक्ति र सुचना उच्चस्तरको आवश्यक

·         सवै कार्यक्रमको CVP निकाल्न गाह्रो

 

Zero Based Budget

प्रत्येक इकाइको विश्लेषण र प्राथमिकता निर्धारण गर्दा विगतको अवस्था, स्थीति र साधन विनियोज लाई आधार नमानी प्रत्येक इकाईको संम्पुर्णता परिक्षण, विश्लेषण बाट मूल्याङकन गरिन्छ । नयाँ सरह मानिन्छ ।

·         Cost effectiveness मा जोड

·         fresh justification मा जोड

·         कुनै आ.व.को वजेट तयार गर्दा अघिल्लो आ.व.मा केही भएको थिएन भन्ने मान्यता राखी शुन्य बाट शुरुगर्ने पद्दती ।

ZBB को कायविधि Procedure

·         संगठनको उद्देश्य र लक्ष्य निर्धारण

·         Decision Package को विकास

·         प्रत्येक Package को विश्लेषण

·         Package को प्राथमिकिकरण

·         साधन स्विकृती र विनियोजन

·         कार्यान्वयन प्राथमिकता र M&E

फाइदाहरु

वेफाइदा

ZBB का पुर्वशर्तहरु

·         Financial Management को शसक्त रणनीति

·         प्रत्येकको औचित्य प्रष्ट्याई गरिने

·         श्रोतको बाँडफाँड बैज्ञानिक

·         बजेट प्रणाली अर्थपुर्ण, उद्देश्य मूलक, परिणाममुखी

 

·         Package Development र सो को प्राथमिकिकरण गर्ने कार्यहरु जटिल

·         प्रष्ट्याई गर्नपनि कठिन लागत

·         जटिल प्रकृया, विज्ञ आवश्यक

·         विश्वसनिय सुचनामा आधारीत

·         कम लचकदार

 

·         कार्यक्रम, कृयाकलाप, आयोजनाको उद्देश्य स्पष्ट हुनुपर्नेछ ।

·         विशेषज्ञ सेवा उपलब्ध हुनुपर्ने

·         व्यवस्थित सुचना प्रणाली

·         नीतिगत र उच्च व्यवस्थाको तत्परता

·         आधार र प्रमाणको आधारमा पुष्ट्याई हुनुपर्ने

 

नेपालमा कार्यक्रम बजेट र सुन्यमा आधारित वजेट पुर्णरुपमा लागु हुन नसक्नुका कार‌णहरु

नेपालको विकास प्रशासनलाई प्रभाबकारी रुपमा सञ्चालन गर्न तथा बजेटको प्रभाबकारीता अभिवृद्धि गर्न कार्यक्रम बजेट र सुन्यमा आधारित वजेट दुवैको सान्धर्विक छन् तथापी केहि प्रकृयागत र व्यबहारिक कारणहरुले गर्दा यी अवधारणाहरु पुर्णरुपमा कार्यान्वयनमा ल्याउन नसकेको अवस्था छ । ती केहि कठिनाईहरु यस प्रकार पाउन सकिन्छः

·      वजेट कार्यान्वयनको वर्तमान फितलो अबस्था

·      वित्त व्यबस्थापनको मौजुदा स्थिती

·      पर्याप्त मात्रामा दक्ष जनसक्ति नहुनु

·      कमजोर समन्वयः NPC, MOF, संम्बन्धित कार्यालय र आयोजना

·      कमजोर सुचना पर्णाली

यति हुदा हुदै पनि यि अवधारणहरु पुर्णरुपमा लागु गर्न सकिएको अवस्थामा वित्तिय जवाफदेहिता तथा पारदर्शिता स्थापित हुने तथा समग्र बजेट प्रणालीमा सुधार आउने हुदा शुरुमा केहि Selective र ठुला आयोजनाहरुमा मात्र लागु गर्न सकेको अवस्थामा सकारात्मक नतिजा हासिल गर्न सकिने कुरामा विश्वस्त हुन सकिन्छ ।

 

१५. आ.ब. २०७२।०७३ को बजेट

प्राथमिकता

·         अर्थतन्त्रको पुर्नताजकिकरण

·         पुर्नस्थापना र पुननिर्माण

·         सुशासन प्रर्वधन

·         दिगो शान्ती र संविधान

·         कृषिको आधुनिकिकरण

·         उर्जा, पर्यटन, सामाजिक र ग्रामिण क्षेत्र विकास

·         भौतिक पुर्वाधारको गुणस्तरिय पुर्ननिर्माण

·         शान्ति सुरक्षा एवं विदेश सम्बन्ध

आ.ब. २०७२।०७३ को बजेट अंकमा

आय (खर्च व्यहोर्ने श्रोत)

व्यय (खर्च गर्ने क्षेत्र)

राजस्ज वाटः           ४७५ अर्व  ०१ करोड २१ लाख

सावाफिर्ताः               २ अर्व

वैदेशिकअनुदानः         ११० अर्व  ९२ करोड ९४ लाख ७ हजार

वैदेशिक ऋणः            ९४ अर्व ९६ करोड ४७ लाख ४ हजार

आन्तरिक ऋणः           ८८ अर्व

नगदमौज्दात वाटः         ४८ अर्व ५६ करोड २६ लाख ७३ हजार

चालु तर्फः      ४८४ अर्व २६ करोड ६३ लाख ७५ हजार

पुजीगतखर्चः    २०८ अर्व ८७ करोड ७२ लाख ४२ हजार

वित्तयिव्यबस्थाः १२६ अर्व ३२ करोड ५२ लाख ६७ हजार

 

जम्माः                ८१९ अर्व  ४६ करोड ८८ लाख ८४ हजार

जम्माः          ८१९ अर्व  ४६ करोड ८८ लाख ८४ हजार

 

सफलताको शुभकामना

Post a Comment

Previous Post Next Post