नागरिकका दायित्व भन्नाले के बुझिन्छ ? नेपालको
संविधानमा नागरिकका दायित्वसम्बन्धमा के उल्लेख गरिएको छ ?
देशको संविधान ऐन नियमको पालना गर्ने, समाजमा
सामाजिक सद्भाव कायम गर्ने, मुलुकको आर्थिक, सामाजिक विकासमा
सक्रिय रहनेजस्ता सकारात्मक भूमिका निर्वाह गर्ने
नागरिकका कर्तव्यलाई नागरिकका दायित्व भनिन्छ । देशप्रति समर्पित, देशभक्ति, राष्ट्रप्रेमजस्ता
भावनात्मक पक्ष तथा आफूले निर्वाह गर्नुपर्ने कर्तव्य
दुवैलाई यसले समेट्छ ।
नेपालको संविधानमा नागरिकका दायित्व
नेपालको संविधानको धारा ४८ मा नागरिकका कर्तव्य भनेर केही
विषयहरू उल्लेख गरिएको छ, ती कर्तव्यलाई प्रत्येक नागरिकले पालना
गर्नुपर्ने हँुदा त्यस्ता कर्तव्यहरू नागरिकका
दायित्व पनि हुन्, जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ
ः
( राष्ट्रप्रति निष्ठावान हुनु,
( नेपालको राष्ट्रियता, सार्वभौमसत्ता
र अखण्डताको रक्षा गर्नु,
( संविधान र कानुनको पालना गर्नु,
( राज्यले चाहेकाबखत अनिवार्य सेवा गर्नु,
( सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण
गर्नु ।