Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

वैदेशिक सहायताको प्रकार र प्राप्ति प्रक्रियाबारे चर्चा गर्नुहोस् । #लोकसेवाआयोग

 


वैदेशिक सहायताको प्रकार र प्राप्ति प्रक्रियाबारे चर्चा गर्नुहोस् । 
विदेशी मित्रराष्ट्र तथा दातृनिकायबाट प्राप्त हुने सहायता रकम वैदेशिक सहायता हो । मुलुकको आर्थिक, सामाजिक एवम् भौतिक पूर्वाधार विकासमा खर्च गर्न लिइने सहायता रकम निम्नप्रकारको हुने गर्दछ ः 
क. अनुदान सहायता
द्विपक्षीय मुलुक तथा बहुपक्षीय निकायबाट पछि फिर्ता गर्नु नपर्नेगरी प्राप्त हुने अनुदान सहायता रकम निम्नप्रकारको हुन्छ ः 
१. नगद अनुदान सहायता,
२. शोधभर्ना हुने अनुदान सहायता,
३. सोझै भुक्तानी अनुदान सहायता,
४. वस्तुगत अनुदान सहायता,
५. प्राविधिक अनुदान सहायता,
६. टर्नकी प्रोजेक्ट ।
ख. ऋण सहायता
निश्चित समयपछि साँवा तथा व्याजसहित फिर्ता गर्नुपर्ने गरी द्विपक्षीय मुलुक तथा बहुपक्षीय निकायबाट प्राप्त हुने ऋण सहायता रकम निम्नप्रकारको हुन्छ ः 
१. नगद ऋण सहायता,
२. शोधभर्ना हुने ऋण सहायता,
३. सोझै भुक्तानी ऋण सहायता ।
वैदेशिक सहायता प्राप्ति प्रक्रिया
अनुदान र ऋण सहायता रकम सम्झौताअनुरूप प्राप्त हुने गर्दछ । आयोजनामा भएको खर्चको विभिन्न प्रतिवेदनका अतिक्ति प्रत्येक वर्ष लेखापरीक्षकको रायसहितको आयोजना लेखा दातृपक्षलाई पठाउनुपर्दछ । त्यसपछि सम्भौताबमोजिमको सहायता रकम निम्नप्रक्रियाबाट प्राप्त हुने व्यवस्था छ ः 
१. शोधभर्ना प्रक्रिया
२. सोझै भुक्तानी प्रक्रिया
३. अग्रिम भुक्तानी प्रक्रिया
४. सङ्कल्पपत्र प्रक्रिया 

Post a Comment

Previous Post Next Post