Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

इजलास सहायकले इजलासमा ध्यान दिनुपर्ने कुराहरु के-के हुन ?

 इजलास सहायकले इजलासमा ध्यान दिनुपर्ने कुराहरु के-के हुन ?

·        इजलासमा प्रवेश गरेपछि इजलासमा रहेको टेबल कुर्सीको सरसफाई भए नभएको तर्फ ध्यान दिई नभएको पाइएमा कर्मचारीलाई सो कार्य गर्न लगाउने।

·        घण्टी बजेको अवस्थाहरु कस्तो छ जाँच गरी सुधार गर्न पर्ने देखिएमा सम्बन्धित शाखामा जानकारी गराउने।

·        कजलीस्ट प्रकाशन भएपछि सामान्यतया १०:१५ देखि १०:३० भीत्र इजलासमा बसी कजलीस्ट अनुसारको मिसिल राख्ने ।

·        कजलीस्ट अनुसार मिसिल भए नभएको रुजु गर्ने ।

·        सुरु मिसिलको साथमा हुनपर्ने (रेकर्ड मिसिलमा भएको आदेशानुसार) प्रमाण मिसिल भए नभएको जाँच गर्ने नभएको भए सो व्यहोरा सम्बन्धीत न्यायाधीशलाई जानकारी गराउने ।

·        बहस गर्ने कानून व्यवसायीको वकालतनामा भए नभएको रेकर्ड मिसिल हेरी नभएमा वकालतनामा राख्न अनुरोध गर्ने। न्यायाधीशलाई जानकारी गराउने

·         कानून व्यवसायीको तर्फवाट निवेदनपत्र पर्न आएको अवस्थामा स्थगित को लागि निवेदन दिने कानून व्यवसायीको वकालतनामा भए नभएको जाँच गर्ने। नभएमा निवेदन ल्याउने व्यक्तिलाई तत्काल जानकारी गराउने ।

·        कजलिष्ट अनुसार इजलासबाट कार्य फर्छ्यौट भई न्यायधिशको हस्ताक्षर भएपछी तत्कालै स्टाटस जनाउने।

·        इजलास भित्र ल्याउन नमिल्ने वस्तु ल्याएको की सोतर्फ ध्यान दिने, ल्याउन नमिल्ने वस्तु ल्याएको देखिएमा त्यस्तो नगर्न सम्बन्धित व्यक्तिलाई अनुरोध गर्ने।

·        इजलास भीत्र को मर्यादा पालन भए नभए तर्फ निरन्तर निगरानी राख्ने।

·        बहस गर्ने कानून व्यवसायीको नाम कसको तर्फबाट बहस गरिएको हो सो टिपेर राखी रेकर्ड मिसिलमा जनाई राख्ने।

·        आदेश फैसलामा सम्बन्धित सुरु अदालतको नाम, सुरु आदेश, फैसला मिति सक्कलबाटै हेरी रुजुगरी एकिन भएर लेख्ने।

·        फैसला/आदेश नभ्याएको आदि जे जस्तो कार्य इजलासबाट भएको सो को छोटकरी व्यहोरा रेकर्ड मिसिलमा जनाई राख्ने।

Post a Comment

Previous Post Next Post