परिच्छेद-सत्र
फैसलाको तपसिल
खण्ड लेखनमा ध्यान दिनुपर्ने कुराहरू
देवानी संहिताले गरेको परिवर्तित कानूनी ब्यबस्थाको
प्रयोगका सन्दर्भमा अदालतबाट गरिने फैसलाहरूको तपसिल खण्डमा उल्लेख गरिनुपर्ने कतिपय कुराहरू साविकका ब्यबस्था भन्दा फरक हुने अवस्था आएको छ।यस परिप्रेक्ष्यमा फैसलाको तपसिल
खण्ड तयार गर्दा फैसला कार्यान्वयनलाई सहज र स्पष्ट हुनेगरी तयार गर्नुपर्ने
अवस्था देखिन्छ।
मूलतः मुलुकी देवानी संहिता, २०७४ ले उल्लेख गरेका विभिन्न मुद्दामा ठहर भएका विषयहरूको कार्यान्वयनको लागि तपसिल खण्ड तयार गर्दा परिवर्तित कानूनी ब्यबस्था अनुरुप गर्नुपर्ने भएको छ
। बण्डा छुट्टाउने, चलन चलाउने र विगो रकम भरिपाउने, जरिवाना असुल गर्ने, अदालती शुल्क भराउने,
दाखिल खारिज नामसारी गराउने, निखनाई दिने गरी फैसला
भएकोमा सो फैसला कार्यान्वयनको लागि तहसिल शाखामा लगत दिई उपस्थित
पक्षलाई तारिख समेत तोकी पठाउनुपर्ने गरी संहिताले ब्यबस्था गरेको छ।
यसरी फैसला
कार्यान्वयनको सन्दर्भमा संहिताले
गरेको बिभिन्न नयाँ र नौला कानूनी मान्यतालाई मूर्तरूप
दिन र फैसला थाहा पाएको मानिने परिवर्तित कानूनी ब्यबस्था समेतलाई विचार गर्दा हाल
प्रचलनमा रहेका तपसिल खण्ड लेखनको शैलीमा केहि परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको
छ।
अतः फैसलाको तपसिल खण्ड लेखन गर्दा निम्न कुराहरूमा विचार पुर्याउनुपर्ने
देखिन्छ।
·
फैसला
हुँदा पक्ष
रुजु हाजिर
रहेको भए
पुनरावेदन पर्ने अवधि कटाई फैसला
कार्यान्वयनको लागि मुद्दाका पक्षलाई तहसिल शाखामा तारेख तोक्नुपर्ने,
·
बिगो भराउने, बण्डा छुट्टाउने,
चलन चलाउने, क्षतिपूर्ति भराउने, दाखिल खारिज गर्ने, हक सफा गराई कार्यान्वयन
गर्ने कुरा उल्लेख गर्ने,
·
एकतर्फी फैसला हुँदा जनाउ दिने र
पत्रिकामा सूचना प्रकाशन गर्ने विषय,
·
फैसला भएको थाहा पाएको मानिने
विभिन्न अवस्थालाई सम्वोधन गरी पुनरावेदनको म्याद दिने वा नदिने कुरा,
·
पुनरावेदन नलाग्ने अवस्थामा पनि
सवै अनुपस्थित पक्षलाई फैसला भएको जनाउ दिनुपर्ने कुरा,
·
अदालती शुल्क पछि बुझाउने गरी
सुविधा पाएको अवस्थामा सो शुल्क असुल गर्ने विषय,
·
जित्ने पक्षले बुझाएको अदालती
शुल्क हार्ने पक्षबाट भराइदिने र बादीदाबी नपुगेमा अदलति शुल्क जफत हुने विषय,
·
फिरादको लेखाइबाट लाग्नै नसक्ने
फिराद दर्ता भएकोमा सो खारेज हुँदा राखेको अदालती शुल्क फिर्ता दिने कुरा,
·
फैसला प्रमाणीकरण गरेको मितिबाट
पुनरावेदन म्याद प्रारम्भ हुने, प्रमाणीकरण गरेका फैसलाको विवरण सूचना पाटीमा टाँस
गरी वेभसाइटमा प्रकाशन गर्ने विषय,
·
दायरीको लगत कट्टा गर्ने र फैसला
अपलोड गर्ने विषय।
अतः आम प्रचलनमा
आउन सक्ने मुद्दाहरूको फैसला कार्यान्वयन गर्नुपर्ने सम्भाव्य अवस्था र देवानी
कार्यविधि संहिताले गरेको नयाँ ब्यबस्था अनुरूप परिवर्तित सन्दर्भमा फैसलाको तपसिल खण्डमा खुलाउनुपर्ने कुराहरू समावेश भएका केही प्रतिनिधिमूलक नमूनाहरू देहाय बमोजिम प्रस्तुत गरिएको छ।यी बाहेकका अन्य अवस्थामा पनि सन्दर्भ मिलाएर आवश्यक हेरफेर सहित प्रयोग गर्न
सकिन्छ।
तपसिल खण्ड लेखनका केही प्रतिनिधिमूलक
नमूनाहरू
फैसलाअनुसार गर्नुपर्ने कार्य |
तपसिल खण्डमा उल्लेख गर्नुपर्ने ब्यहोरा |
सम्वन्धित दफा |
फैसला बमोजिम गरिदिनुपर्ने कुराका सम्वन्धमा फैसलाको
प्रतिलिपि साथै राखी तहसिल शाखामा लगत दिनुपर्ने
|
माथि इन्साफ खण्डमा उल्लेख भए बमोजिम.......... विगो भरिपाउने/.......... बण्डा छुट्टाउने/ .......चलन चलाउने ठहरी फैसला भएकोले लाग्ने दस्तुर लिई ठहरे
बमोजिम फैसला कार्यान्वयन गर्नू भनी फैसलाको
प्रतिलिपि समेत साथै राखी तहसिल शाखामा लगत दिनू..................... |
देकासं दफा २२९ |
बादी रूजु हाजिर रहेको अवस्थामा तहसिल शाखामा तारिख
तोकी पठाउने |
वादी ........मुद्दामा रुजु हाजिर रहेकोले फैसला कार्यान्वयन
गर्ने प्रयोजनका लागि पुनरावेदन गर्ने म्याद भुक्तान हुने अवधि कटाई
निजलाई तहसिल शाखामा तारिख तोकी
पठाउनू...... |
दफा २३५ |
बादीले मुद्दा जितेको अवस्थामा अदालती शुल्क भराउने |
माथि
इन्साफ खण्डमा लेखिए बमोजिम वादी दाबी
पुग्ने ठहरेकोले वादीले फिराद साथ दाखिल गरेको अदालती शुल्क रु …………….। देवानी कार्यविधि संहिताको दफा ८३ बमोजिम
प्रतिवादीबाट भराई दिनु भनी तहसिल शाखामा लगत दिनू .... (यदि पक्ष तारिखमा छ भने दफा २३५ बमोजिम तारिख तोकी पठाइदिनू भन्ने
समेत उल्लेख गर्नुपर्ने) |
दफा ८३ |
बादीले मुद्दा हारेको अवस्थामा अदालती शुल्क जफत गर्ने |
माथि इन्साफ खण्डमा उल्लेख भए
बमोजिम वादी दाबी
पुग्न नसक्ने ठहरी फैसला भएकोले वादीले फिराद पत्र दर्ता गर्दा दाखिल गरेको
अदालती शुल्क रु …………..। देवानी कार्यविधि संहिता ऐनको दफा ८१ बमोजिम
जफत हुन्छ, कानून बमोजिम गर्नु …… |
दफा ८१ |
अदालती शुल्क पछि तिर्नेगरी सुविधा प्राप्त गरेको
अवस्थामा बादी दाबी पुग्नेगरी फैसला भएकोमा प्रतिबादीबाट अदालती शुल्क असूल गर्ने |
माथि इन्साफ खण्डमा उल्लेख भए
बमोजिम वादी दाबी
पुग्ने
ठहरी फैसला भएकोले वादीले देवानी कार्यविधि संहिताको दफा ६५ बमोजिम
अदालती शुल्क पछि तिर्ने
सुविधा पाइ फिराद पत्र दायर गरेको देखिँदा लाग्ने अदालती शुल्क देवानी कार्यविधि
संहिताको दफा ८३(३) बमोजिम प्रतिवादीबाट जरिवाना सरह असूल गर्नू भनी तहसिल शाखामा लगत दिनू... |
दफा ८३(३) |
अदालती शुल्क पछि तिर्नेगरी सुविधा प्राप्त
गरेको अवस्थामा बादीदाबी नपुग्नेगरी फैसला भएकोमा बादीबाट अदालती शुल्क असूल गर्ने |
माथि इन्साफ खण्डमा उल्लेख भए
बमोजिम वादी दाबी
पुग्न नसक्ने ठहरी फैसला भएकोले वादीले देवानी कार्यविधि संहिताको दफा ६५ बमोजिम
अदालती शुल्क पछि तिर्ने
सुविधा पाइ फिराद पत्र दायर गरेको देखिँदा लाग्ने अदालती शुल्क देवानी कार्यविधि
संहिताको दफा ८३(५) बमोजिम वादीबाट असूल गर्नू भनी तहसिल शाखामा लगत दिनू....... |
दफा ८३(५) |
पुनरावेदन म्याद (फैसला हुँदा प्रतिबादी
अनुपस्थित भएकोमा पुनरावेदनको म्याद दिने) |
माथि
ईन्साफ खण्डमा लेखिएबमोजिम बादीदाबी पुग्ने ठहरेको र प्रतिवादी मुद्दा फैसला हुँदा
अनुपस्थित रहेको देखिदा देवानी कार्यविधि संहिता, २०७४ को दफा २००(३) बमोजिम प्रस्तुत फैसला उपर चित्त नवुझे ३० दिन भित्र...............अदालतमा पुनरावेदन गर्न जानु भनी प्रतिवादीलाई
पुनरावेदनको म्याद दिनू------- |
दफा २००(३) |
फैसला हुँदा अनुपस्थित पक्षलाई पुनरावेदन नलाग्ने
अवस्थामा फैसलाको सूचना दिने |
फैसला हुँदा अनुपस्थित रहेका बादी/प्रतिबादी ....................... लाई मुलुकी
देवानी कार्यविधि संहिता, २०७४ को दफा २००(३) बमोजिम फैसला भएको सूचना
दिनू........... |
दफा २००(३) |
पुनरावेदन म्याद (मुद्दा सुनुवाई हुँदा
पक्ष वा वारिस वा कानून ब्यबसायी उपस्थित भएकोमा) |
मुद्दा सुनुवाइ हुँदा बादी/प्रतिबादी आफै/ वारिस........... उपस्थित भएको/कानून व्यवसायी बरिष्ठ
अधिवक्ता/ अधिवक्ता श्री...............उपस्थित भइ वहस पैरवी गरेको हुँदा देवानी कार्यविधि (संहिता) ऐन, २०७४ को
दफा २००(४)बमोजिम फैसला भएको जानकारी पाएको मानिने भएकोले प्रस्तुत फैसलामा चित्त नवुझे फैसला प्रमाणिकरण
भएको मितिबाट ३० दिन भित्र ..... अदालतमा पुनरावेदन गर्न सक्ने नै हुँदा बादी/ प्रतिवादी .........लाई पुनरावेदनको म्याद दिइ रहनु परेन......... |
दफा २००(४) |
पुनरावेदन म्याद (सुनुवाई निर्धारण भएको
दिनमा नै फैसला भएकोमा) |
मुद्दा सुनुवाइको दिन
निर्धारण गरिएको तारिखमा बादी/प्रतिबादी आफै/
वारिस........... उपस्थित
भएको र पूर्व निर्धारित सुनुवाईको दिनमा नै मुद्दा फैसला
भएकोले देवानी कार्यविधि संहिता, २०७४ को दफा २०५(३) बमोजिम निजले फैसला भएको
थाहा पाएको मानिने हुँदा
प्रस्तुत फैसलामा चित्त नवुझे फैसला प्रमाणिकरण भएको मितिबाट ३० दिन
भित्र .......... अदालतमा पुनरावेदन
गर्न सक्ने नै देखिदा
बादी/प्रतिवादी....................लाई पुनरावेदनको म्याद दिइ
रहनु परेन............................ |
दफा २०५(३)
|
सुरु म्याद गुजारी एकतर्फी फैसला भएको अवस्थामा पत्रिकामा सूचना प्रकाशन गर्ने |
प्रतिवादीले म्याद भित्र प्रतिउत्तर नफिराइ शुरु म्यादै गुजारी वसेकोले
फैसला भएको जनाउ प्रतिवादीलाई दिनू। जनाउको
सूचना तामेल हुन नसके लाग्ने खर्च वादीबाट दाखिल गराई फैसला भएको जानकारी सहितको
सूचना राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गर्नु ………………………………...............….। |
दफा १९७(५) |
लेनदेन मुद्दामा बादी दाबी पुगेकोमा फैसलादेखि बिगो भरिभराउसम्मको
अवधिको ब्याजको अदालती शुल्क लिने सम्वन्धमा |
फैसला भएपछि विगो भरी
भराउहुँदा सम्मको अवधिको व्याजको कानून बमोजिम लाग्ने अदालती शुल्क प्रतिबादीबाट
असूल उपर गर्नू, प्रतिबादीबाट असूल हुन नसके बिगो भराउदाका वखत बादीबाट असूल
गर्नू भनी तहसिल शाखामा लगत दिनू .............................. |
|
फैसलाको नक्कल दिने सम्वन्धमा |
सरोकारवाला/कानून ब्यबसायीले फैसलाको नक्कल माग गर्न आएमा लाग्ने दस्तुर लिई कानूनको
रित पुर्याइ नक्कल दिनु.. |
दफा ४६
|
दायरीको लगत कट्टा, फैसला अपलोड, प्रमाणीकरणको विवरण
सार्वजनिक गर्ने |
मुद्दाको दायरी लगत कट्टा गरी
फैसला विद्युतिय प्रणालीमा अपलोड गर्नू.............................., फैसला प्रमाणिकरण भएको विवरण
सूचना पाटि र अदालतको वेवसाइटमा समेत प्रकाशित गरी मिसिल अभिलेख शाखामा वुझाइ दिनू … |
दफा १९८(३) |
लिखत जाँच गर्दा लागेको
दस्तुर भराउने |
माथि ईन्साफ खण्डमा लेखिए
बमोजिम प्रतिबादीले कीर्ते जालसाजी भनी लिएको दाबी पुग्ने र बादीलाई सजाय समेत
हुने ठहरेकाले लिखत जाँच गर्दा प्रतिबादीले बुझाएको रकम रु..... देवानी
कार्यविधि नियमावली, २०७५ को नियम... बमोजिम प्रतिबादीले भरिपाउने हुँदा सो
भराइदिनू भनी तहसिल शाखामा लगत दिनू ..................................... |
|