नेपालमा पाइने खनिज
पृथ्वीभित्र
रहेका तामा, कोइला, चुनढुङ्गा, पेट्रोलियम
पदार्थ, ग्याँस, खरी, गेरु, सिसा, म्याग्नेसाइट, स्लेट
आदिलाई खनिज भनिन्छ । नेपाल प्राकृतिक स्रोत र साधनले सम्पन्न मुलुक हो। आर्थिक वर्ष २०६५÷२०६६ मा
यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा
०.५४ प्रतिशत योगदान रहेको थियो। नेपालमा खनिजको उत्खननका लागि गरिएको प्रयासको इतिहास त्यति लामो छैन । खनिज
पदार्थको उत्खननलाई अझ प्रभावकारी बनाउनका
लागि वि.स. २०२४ मा भौगर्भिक विभागको स्थापना गरियो। यद्यपि, देशको भूगर्भमा रहेका खनिज पदार्थलाई
उपयोग गर्न सकिएको छैन ।
नेपालमा
खनिज साधनका सम्भाव्य क्षेत्र
क्र. सं./उपलब्ध खनिज / खनिज पाइने स्थानहरू
१ फलाम -फूलचोकी, ठोसे, चितवन, कुलेखानी, भैँसे, प्युठान, बझाङ, डोटी, जन्तर, लब्धी, फर्पिङ
२ तामा -तामाखानी, सीमाखानी, कुलेखानी, बुद्धखोला, वाप्सा, बाह्रबिसे, मार्फा, बन्दीपुर, ओखलढुङ्गा, इलामडाँडा, म्याग्दी
।
३ अभ्रख -भोजपुर, डोटी, चैनपुर, सिन्धुलीगढी, ज्यामिरे, निबुवा गाँउ, रसुवा, बझाङ, लमजुङ, गोसाइकुँण्ड, सुन्दरीजल
४ चुनढुङ्गा-चोभार, भैँसे, धनकुटा, मोरङ, चितवन, मकवानपुर, पाल्पा, गोदावरी, सुर्खेत
५ सिसा -गणेश हिमाल, फूलचोकी, मकवानपुर, बाग्लुङ, मार्फु, गल्कोट, तिप्लीङ, बैतडी
६ जस्ता -गणेश हिमाल, फूलचोकी, माजेर
खोला, नाम्पा
७ गन्धक -चिसापानी गढी, गोसाइकुण्ड, बराहक्षेत्र
८ खरी -सिन्धुपाल्चोक, खोटाङ, भोजपुर
९ स्लेट -बन्दीपुर, बाग्मती, लुम्बिनी, गण्डकी, जनकपुर
१० मार्वल -गोदावरी, महाभारत
पर्वत शृङ्खला
११ गेरु -सिन्धुपाल्चोक, चौतारा
१२ कोइला -दाङ, सल्यान, चौतारा, चितवन, मकवानपुर, काठमाडाँै उपत्यका
१३ पेट्रोलियम-कोइलाबास, नेपालगञ्ज, धनगढी, मुक्तिनाथ, दैलेख, प्युठान, दाङ र तराई, चुरे पहाड, महाभारतको
विस्तृत क्षेत्रफलमा पाइने सम्भावना निकै
रहेको।
१४ ग्याँस -तराईको विस्तृत
भूभाग, मुस्ताङ क्षेत्र र काठमाडौँ उपत्यका
१५ सुन -सुनकोसी, बुढीगण्डकी, रिउ खोला, कालीगण्डकीको
बगर, बेरिङ, कोसी
नदीमा प्लेसर सुन पाइएको छ ।
१६ चाँदी-चिसापानी गढी, बाग्लुङ, फूलचोकी
१७ कोवाल्ट -पाल्पा, गुल्मी, अर्घाखाँची, धनकुटा
१८ सोडा- सल्यान, डोटी
१९ सिधेनून, वीरेनून-रसुवा, स्याप्रुबेँसी
२० निओवेरस र अन्य पत्थर (दुर्लभ धातु) -गोरखा, डडेल्धुरा, जाजरकोट
२१ निकेल-खोकलिङ, नाम्पा, टुङथाङ, भोर्ले
२२ म्याग्नेसाइट-दोलखाको
खरिढुङ्गा, उदयपुरको कम्युघाट,
23 नूनखानी-मुस्ताङको
नेपालको खनिज सम्पदा
खनिजः- जमिनमुनी पाईने बहुमूल्य पदार्थ
·
नेपालका नदिहरुलाई सेतो कोईला वा वग्ने सुन पनि भनिन्छ।
·
पहाडहरुमा खनिज पदार्थ प्रचुर मात्रामा पाईन्छ।
·
भौगर्भिक विभागको स्थापनाः- वि.सं. २०२४
·
देशको भूगर्भमा रहेको खनिज पदार्थलाई उपयोग गर्न नसकिएको,
·
पृथ्वीमा पाईने धातुको सूचिमा सुनको स्थान ७३औ छ।
·
नेपालमा सबैभन्दा बढी प्रयोगमा ल्याइएका प्रमुख 4
खनिजपदार्थहरु के के हुन् ? –चुनढुङ्गा, म्याग्नेसियम(खरिढुङ्गा), स्लेट र सिसा (चुम्यास्लेसि)
·
नेपालको सबैभन्दा ठूलो फलामखानी–फुलचोकीमा
रहेको, तामाखानी बुद्धखोला (तनहुँ)
·
यृरेनियमः- चमेलिया नदिको किनारमा तथा
मुस्ताङ्ग
·
जस्ताको लागि प्रसिद्ध गणेश हिमाल तथा
म्यागनेसाइटका लागि प्रसिद्ध दोलखा।
नेपालमा खनिज पदार्थ पाईने स्थानहरुः-
स्लेटः- बन्दीपुर तथा बाग्मती,
लुम्बिनी, गण्डकी, जनकपुर
तामाः- कुलेखानी, बैतडी,
मकवानपुरको चिसापानी, सल्यान, मार्मा दार्चुला, धनकुटा
सुनः- कालीगण्डकी, बुढीगण्डकी,
सुनकोशी, रिउखोला
नुनखानीः- मुस्ताङको थाकखोला,
सिसाः- गणेश हिमाल, फुलचोकी, बैतडी
कोईलाः- दाङ, कैलाली, सल्यान
चाँदीः- बाग्लुङ, फूलचोकी
सोडाः- सल्यान, डोटी
खरीः- दोलखा, डडेलधुरा, गोरखा
पेट्रोलियमः- दैलेख, नेपालगञ्ज,
दाङ, प्यूठान, धनगढी
फलामः- बझाङ, फूलचोकी, कुलेखानी
जस्ताः- फूलचोकी, धादिङ, रसुवा,
नुवाकोट
निकेलः- रामेछाप, धनकुटा
कोबाल्टः- पाल्पा, धनकुटा, गुल्मी,
अर्धाखाँची
गन्धकः- बराह क्षेत्र, चिसापानीगढी
स्रोत
नेपाल परिचय / नवौ संस्करण