लोक सेवा आयोग नेपाल न्याय सेवा अन्तर्गत न्याय, कानून र सरकारी वकिल समूहका राजपत्राकित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको खुला प्रतियोगितात्मक परीक्षाको लागि पाठ्यक्रमा आधारित संभावित प्रश्नहरुको संगालो ।
समसामयीक कानून तथा अभ्यास (नेपाल न्याय सेवा अन्तर्गत न्याय, कानून र सरकारी वकिल समूह) तेस्रो पत्र
1) संविधान भनेको के हो ? नेपालको संविधानका मुख्य विशेषताहरु उल्लेख गर्दै संविधानका प्रकारहरुको वारेमा उल्लेख गर्नुहोस । 2+4+4
2) संविधानबाद भनेको के हो ? संविधानबादका विशेषताहरु उल्लेख गर्दै संविधान निर्माणका तरिकाहरु उल्लेख गर्नुहोस । 5+5
3) संविधानलाई मूल कानून भन्नुका कारणहरु के के हुन ? नेपालको संविधानमा के कस्ता कर्तव्यहरु उल्लेख गरिएको छ ? 5+5
4) नेपालको संविधानका नविन विशेषतहरु उल्लेख गर्दै नेपालको संविधानले के कस्ता नितिहरु समावेश गरिएको छ विवेचना गर्नुहोस । 10
5) संविधान भनेको के हो ? संविधानका प्रमुख शिद्धान्तहरु उल्लेख गर्दै संविधानका विशेषताहरु के के हुन स्पष्ट गर्नुहोस ।3+7
6) संविधानका विशेषताहरु उल्लेख गर्दै संविधानका सिमा तथा कार्यहरु के के हुन ? 10
7) संबैधानिक कानून भनेको के हो ? राजनैतिक संविधानबाद र कानूनी संविधानवाद भन्नाले के बुझ्नुहुन्छ ? 10
8) संविधानवादको दृष्टिमा नेपालको शासन व्यवस्थामा देखिएका समस्याहरु र समाधानका उपाएहरु के के हुन? 10
9) राजनैतिका संविधानबाद भनेको के हो ? राजनैतिका संविधानबादमा देखिएका समस्यहरु के के हुन ? यी समस्या समाधानका उपायहरु के के हुन ? 10
10) कानूनी सविधानवाद भनेको के हो ?कानूनी संविधानबादमा देखिएका समस्याहरु के के हुन ? यी समस्या समाधानका उपायहरु के के हुन ? 10
11) नेपालमा संविधानवादको अवस्था के कस्ता छन ? नेपालमा संविधानबादलाई थप उचाईमा पुर्याउन सर्वोच्च अदालतले के कस्ता नजीर स्थापीत गरेका छ ? 10
12) लोकतान्त्रिका संविधानका निम्ति संविधानले के कस्ता लोकतान्त्रिक मुल्य मान्यताहरु अंगिकार गरेको हुनु पर्दछ ? नेपालको संविधानमा के कस्ता लोकतान्त्रिक मुल्य मान्यताहरुको अवलम्बन गरेको छ ?
13) संविधानको परिचय दिनुहोस । नेपालको संविधानमा के कस्ता मौलिक हकको व्यवस्था उल्लेख गरेको छ ? 10
14) नेपालमा संबैधानिक कानूनको ऐतिहासिक विकाशक्रम बारे लेख्नोस । 10
15) संविधानका कार्यहरु उल्लेख गर्दै नेपालको संविधानमा उल्लेख भएका विशिष्ट विशेषताहरु के के हुन? 10
16) संविधानको अर्थ स्पस्त पार्दै संविधान कार्यान्वयनमा देखिएका चुनौतीहरु उल्लेख गर्नुहोस ।3+7
17) संविधानबादका अन्तरनिहित तत्वहरु स्पष्ट पार्दै नेपालको संविधानमा कतिहद सम्म संविधानवादको पक्षमा छ ? उल्लेख गर्नुहोस ।5+5
18) नेपालको संविधानमा उल्लेखित राज्यका निर्देशित शिद्धान्तहरु के के हुन ? यी शिद्धान्तको कार्यान्यवनमा जाँदा हुने सहजताको विश्लेषण गर्नुहोस ।6+4
19) कानूनको शासनको शिद्धान्तहरु उल्लख गर्दै कानूनी शासनको पूर्व सर्तहरु लेख्नोस । 10
20) मौलिक हकका विशेषताहरु उल्लेख गर्दै मौलिक हक र राज्यका निर्देशित शिद्धान्त विच फरक छुत्याउनुहोस । 10
नोट-कृपया सेयर गर्न नभुल्नुहोला । तपाईसँग पनि यस्तै लोकसेवा सम्बन्धि सामाग्री छन भने loksewanotes100@gmail.com मा पठाउन नभुल्नुहोला । धन्यवाद ।