Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

नेपालमा हवाई यातायात वारे जानकारी


 

हवाई यातायात बारे सामान्य जानकारी

o   विश्वमा इतिहासमा सन् १९०३ हवाई यातायातको देखि शुरु भएको हो ।

o   सन् १९४८ मा(२००६ बैसाख १०) Beach Banaya नामक वायुयानलाई बेलायती नागिरक H. Wedler ले काठमाडौँ‍को गौचरणमा पहिलो पटक सफलतापूर्वक अवतरण गराएका थिए।

o   सन् १९४९ मा पहिलो पटक काठमाडौँ‍ गौचरणमा डकोटा३ वायुयान अवतरण भएको थियो ।

o   वि. स‍. २००७ मा भारतको पटनाबाट ईण्डियन नेशनल एयसवेजले पहिलो वाणिज्य उडान गरेको थियो ।

o   सन् १९५४ मा गौचर विमानस्थल पक्की बनाउने काम सम्पन्न भएको थियो ।

o   सन् १९५४ शाही नेपाल वायुसेवा निगमको स्थापना भएको थियो ।

o   सन् १९५७ मा तत्कालिन निर्माण तथा यातायात मन्त्रालय अन्तर्गत हवाई विभागको विधिवत स्थापना भएको थियो ।

o   सन् १९६० मा नेपालले ICAO को सदस्यता प्राप्त गरेको  थियो ।

o   नेपाल सरकारो  स्वामित्वको विमान सेवा नेपाल वायुसेवा निगम हो ।

o   नेपालको पहिलो विमान दुर्घटना मिति 2017 साल कार्तिक 20 गते भैरहवा विमान स्थलमा भएको थियो ।

o   नेपालको पहलो ठूलो विमान दुर्घटना थाई विमान दुर्घटना हो । यो  २०४९ सला साउन १६ मा नुवाकोटको घोप्टे भिरमा दुर्घटना भएको थियो । यसमा ११३ जनाको मृत्यु भएको थियो ।

o   नेपालको दोस्रो ठूलो विमान दुर्घटना पाकिस्तान एयरवेजको मिति २०४९ असोज १२ मा ललितपुरको भट्टे डाँडामा भएको थियो । यसमा १६७ जनाको मृत्यु  भएको थियो ।

o   काठमाण्डौ दिल्लि विचको पहिलो हवाई सेवा वि स २०१६ माघ २ बाट सुरु भएको हो ।

o   नेपाल वायु सेवा निगमको स्थापना २०१६ असार १७ मा भएको हो ।

o   नेपालमा अन्तराष्ट्रिय उडान अनुमति प्राप्त गर्ने विमान कम्पनी नेकोन एयर लिमिटेड हो ।

प्रस्तुत छ नेपालमा सन् २००६ देखि यता भएका ठूला हवाई दुर्घटनाको सूची

o   सन् १९४६ मे ७ मा रोयल फोर्स एयर दुर्घटना (स्थान नखुलेको) मानविय क्षति भएन ।

o   सन् १९५५ मा कालिंगा एयरको विमान सिमरा विमानथलमा दुर्घटना, २ जनाको मृत्यु ।

o   सन् १९५६ मा इण्डियन एयरलाईसको विमान काठमाडौंमा दुर्घटना, १४ जनाको मृत्यु ।

o   सन् १९५७ मा इन्डियन एयरलाइन्स पाट्नेभञ्ज्याङ, टीकारभैरवमा दुर्घटना, २० जनाको मृत्यु ।

o   सन् १९५८ मा इण्डियन एयरलाईन्सको विमान टिकाभैरवमा दुघर्टना २० जनाको मृत्यु ।

o   सन् १९६० मा नेपाल वायूसेवा निगमको विमान भैरहवामा दुघर्टना ४ जनाको मृत्यु ।

o   सन् १९६२ मा नेपाल वायूसेवा निगमको विमान ढोरपाटनमा दुर्घटना १० जनाको मृत्यु ।

o   सन् १९६२ मा नेपाल वायुसेवा निगमको विमान ढोरपाटनमै दुर्घटना ६ जनाको मृत्यु ।

o   सन् १९६९ मा नेपाल एयरलाइन्सको विमान बतासेडाडामा दुर्घटना ३५ जनाको मृत्यु ।

o   सन् १९७० मा नेपाल एयरलाइसको विमान दिल्लीमा दुघर्टना १ जनाको मृत्यु ।

o   सन् १९७० मा रोयललाईट जोमसोममा दुघर्टना १ जनाको मृत्यु ।

o   सन् १९७२ मा रोयल लाईट धुलिखेलमा दुर्घटना ३१ जनाको मृत्यु ।

o   सन् १९७५ मा नेपाल एयरलाइसको विमान काठमाडौंमा दुर्घटना ५ जनाको मृत्यु ।

o   सन् १९७६ मा नेपाल एयरलाइसको विमान मेघौलीमा दुर्घटना ६ जनाको मृत्यु ।

o   सन् १९७९ मा भिभिआइपी लाङटाङमा दुर्घटना ६ जनाको मृत्यु ।

o   सन् १९८१ मा नेपाल एयरलाइसको विमान विराटनगरमा दुघर्टना १० जनाको मृत्यु ।

o   सन् १९८४ मा नेपाल एयरलाइसको विमान भोजपरमा दुर्घटना १५ जना मृत्यु ।

o   सन् १९८५ मा नेपाल आम सवार विमान दुर्घटना २५ जनाको मृत्यु ।

o   सन् १९९२ मा थाई एयरको विमान रसुवाको याङफेदमा दुघर्टना ११३ जनाको मृत्यु ।

o   सन् १९९२ मा पाकिस्तान एयरलाइन्सको विमान ललितपुरको भटटेडाँडामा दुघर्टना १६७ जनाको मृत्यु ।

o   सन् १९९२ मा एभरेष्ट्र एयरको विमान दुर्घटना १८ जनाको मृत्यु ।

o   सन् १९९५ मा नेपाल एयरलाइसको विमान काठमाडौंमा दुर्घटना २ जनाको मृत्यु ।

o   सन् १९९७ मा कर्णाली एयरको विमान सोलुमा दुर्घटना १ जनाको मृत्यु ।

o   सन् १९९८ मा एटएससी लिबनी विमान दुर्घटना १८ जनाको मृत्यु ।

o   सन् १९९८ मा एशियन एयरको विमान सोलुुखुम्बुमा दुर्घटना ३ जनाको मृत्यु

o   सन् १९९८ मा नेपाल एयरलाइन्सको विमान सोलुमा दुर्घटना १ जनाको मृत्यु ।

o   सन् १९९९ मा नेकोन एयरको विमान जुम्लामा दुर्घटना ५ जनाको मृत्यु ।

o   सन् १९९९ मा स्काईलाइनको विमान मकवानपुरमा दुर्घटना १० जनाको मृत्यु ।

o   सन् २००० मा नेपाल एयरलाइन्सको विमान डडेल्धुरामा दुर्घटना २५ जनाको मृत्यु ।

o   सन् २००१ मा फिस्टेल एयरको विमान रारा तालमा खस्दा ४ जनाको मृत्यु ।

o   सन् २००२ मा स्काईलाईनको विमान सुर्खेतमा दुर्घटना ४ जनाको मृत्यु ।

o   सन् २००२ मा सांग्रीला एयरको विमान कास्कीमा दुर्घटना १८ जनाको मृत्यु ।

o   सन् २००४ मा यती एयरलाइन्सको विमान लमजुङमा दुघर्टना ३ जनाको मृत्यु ।

o   सन् २००५ मा एयर डाइनेिटकको विमान रामेछापमा दुर्घटना ३ जनाको मृत्यु ।

o   सन् २००६ मा यती एयरलाइसको विमान जुम्लामा दुर्घटना ९ जनाको मृत्यु ।

o   सन् २००६ मा यती एयरलाइसको विमान लुक्लामा दुर्घटना १९ जनाको मृत्यु ।

o   सन् २०१० मा अग्नी एयरको विमान मकवानपुरमा दुर्घटना १४ जनाको मृत्यु ।

o   सन् २०११ मा तारा एयरको विमान ओखलढुंगामा दुर्घटना २२ जनाको मृत्यु ।

o   सन् २०११ मा बुद्ध एयरको विमान लतिलतपुरमा दुघर्टना १९ जनाको मृत्यु ।

o   सन् २०१२ मा अग्नी एयरको विमान मुस्ताङको जोमसोममा दुर्घटना १५ जनाको मृत्यु ।

o   सन् २०१२ मा सीता एअरको विमान भतपुरमा दुर्घटना १९ जनाको मृत्यु ।

o   सन् २०१५ मा टर्किस एयरलाइन्सको विमान दुर्घटना, मानवीय क्षति भएन ।

o   सन् २०१८ मा त्रिभूवन विमानस्थलमा बंगला एयरलाइन्सको दुर्घटना, ४५ जनाको मृत्यु ।

o   सन् २०१८ मा नुवाकोट अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना ६ जनाको मृत्यु ।

o   सन् २०१८ मा हुम्लाको सिमिकोट मकालु एयरको विमान, २ जनाको मृत्यु ।

o   सन् २०१९ मा ताप्लेजुङको फुङलिङ सिस्नेभीरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु ।

 

Post a Comment

Previous Post Next Post