।। शिक्षक लाइसेन्सको परीक्षार्थीहरूलाई केही महत्वपूर्ण सुझाबहरू।।
🌂घरपायक नभै परीक्षाकेन्द्र टाढा हुनेहरूले ढिला नगरी उचित बसाईको ब्यवस्था गरिहाल्नुहोला ।
🌂 २८ गते बिहान ८ बजेबाट परीक्षा भएकाले,परीक्षा केन्द्रमा समयमै पुग्नुहोला, कम्तिमा पनी एक घण्टा अगाडीं ।
🌂 OMR sheet हात परेपछी राम्रो सॅग चेक गरी रोल नम्बर, नाम,तह,मुख्य विषय लगायतका उल्लेखित कुराहरू नबिग्रनेगरी लेख्नुहोला ।
🌂 प्रश्नपत्र हातमा परेपछी सर्बप्रथम तपाईको प्रश्नपत्रको सेट A,B,C,D मध्ये कुन हो,सो लेख्नुहोला ।
🌂 प्रश्नहरू राम्रोसॅग पढेर मात्र सही उत्तर छानी मसी भर्नुहोला ।
🌂 पास हुनको लागी २५ वटा प्रश्नहरू मिलाए (अर्थात ५० अंक ल्याए) पुग्छ ।
🌂कुनै प्रश्नहरू झुक्काऊने खाले हुन सक्छन जस्तैः
* तलका मध्ये कुनचाही प्रधानध्यापकको कार्य भित्र (पर्दैन)
प्रश्नमा पर्दैन भनिएको छ, तर हामीले हतार हतारमा पर्दैनलाई पर्दछ जस्तै देख्न सक्छौं, विचार पुराऊनुहोला !
🌂 तिथीमिती कसरी सम्झनी होला भनेर तनाब नलिनुहोस् ,तिथीमिती विशेष त्यती प्रश्न आऊदैन,सरसर्ती हेर्न भने नछाड्नुहोला ।
🌂 यसपाली Negative Markings छैन अर्थात हजुरहरूले गलत उत्तर दिएपनी हजुरहरूको नम्बर काटिनेवाला छैन । त्यसैले नजानेका प्रश्नहरूको उत्तर अनुमानको भरमा लगाऊदा हुन्छ ।
🌂प्रश्नहरू छाडेर आउने काम कदापि नगर्नुहोला ।
Tags:
शिक्षक सम्बन्धी लेखहरु