परिच्छेद-दश
प्रमाणको परीक्षण
मुद्दामा ठहर गर्नुपर्ने विषयसंग सम्वद्ध दाबी जिकिर
खण्डन वा समर्थन गर्ने लिखतलाई लिखित प्रमाण भनिन्छ। फिराद दाबी तथा प्रतिउत्तर जिकिर
पुष्टि गर्ने कुनै लिखत प्रमाण भए मुद्दाका पक्षहरूले फिरादपत्र तथा प्रतिउत्तरपत्र
साथै पेश गर्नु पर्दछ। पक्षले पेश गर्न नसक्ने प्रकृतिका प्रमाण कुनै तेस्रो पक्ष वा
संस्था तथा निकायको जिम्मा रहेको कुरा दाबी
जिकिरमा उल्लेख गर्नु पर्छ। सो कुरा मनासिव लागेमा त्यस्ता प्रमाण अदालतबाटै झिकाई
बुझ्नु पर्दछ। लिखित प्रमाणको परीक्षण गर्दा प्रतिउत्तर परेपछि वा पर्ने अवधि नाघेपछि
सक्कल लिखत झिकाई हेरी परिक्षण गर्नु पर्दछ। एक पक्षले पेश गरेको प्रमाण अर्को पक्षलाई
देखाई सुनाई सद्दे कीर्तेमा बयान गर्ने मौका दिनुपर्दछ।
मुद्दाको विवादित विषयवस्तुको वारेमा देख्ने, सुन्ने र थाहापाउने ब्यक्तिलाई साक्षी
भनिन्छ। साक्षी बुझी पाउन निजहरूको नाम, थर र वतन समेत खोली बादीले
फिरादपत्र र प्रतिबादीले प्रतिउत्तर पत्रमा उल्लेख गर्नु पर्दछ।साक्षीलाई अदालतमा उपस्थित
गराई विवादित विषयबस्तुका सम्वन्धमा प्रश्न सोधी निजले दिएको जवाफ लेखबद्ध गरिने कार्यलाई
साक्षी परिक्षण भनिन्छ। नेपाल सरकार वा सार्वजनिक हक हित वा सरोकार रहेको मुद्दामा
नवुझि नहुने साक्षीलाई अदालतले म्याद जारी गरी झिकाउने बाहेकका अन्य अवस्थामा जसको
साक्षी हो उसैले उपस्थित गराउनु पर्दछ।साक्षी परीक्षण गराउदा साक्षीको सपथ गराउनु पर्छ।
साक्षी परिक्षण गर्दा एक पक्षको साक्षीलाई अर्को पक्षले जिरह गर्न मौका दिनु पर्दछ।
लिखत प्रमाण र साक्षी परीक्षण सम्वन्धमा देवानी कार्यविधि संहिता तथा नियमावलीमा देहायबमोजिम
ब्यबस्था गरिएको छ।
१०.१ लिखत प्रमाण परीक्षण
विषय |
कार्यविधि |
संवन्धित कानून |
|
प्रमाण सम्बन्धी लिखत पेश गर्नु पर्ने |
·
बादीले फिराद दाबी र प्रतिबादीले प्रतिउत्तर जिकिरसँग सम्बन्धित लिखित प्रमाणको सक्कल र त्यसको
नक्कल फिरादपत्र वा प्रतिउत्तरपत्रसँगै पेश गर्नुपर्छ। ·
नेपाल सरकार बादी वा
प्रतिबादी भएको मुद्दामा फिरादपत्र वा प्रतिउत्तरपत्र साथ लिखित प्रमाण तत्काल
पेश गर्न नसक्ने भएमा कारण खुलाई कुन कार्यालयमा त्यस्तो प्रमाण रहेको छ वा रहन
सक्ने हो सोको विवरण फिरादपत्र वा
प्रतिउत्तरपत्रमा खुलाउन पर्छ। ·
फिराद वा प्रतिउत्तरपत्रमा
प्रमाणसम्बन्धी विवरण उल्लेख भएकोमा त्यस्तो प्रमाण
आवश्यकतानुसार सम्बन्धित कार्यालयबाट अदालतले आफैँ झिकाई बुझ्न सक्छ। ·
कुनै लिखित प्रमाणको सक्कल
प्रति तत्काल अदालतमा पेश गर्न नसकिने भएमा सोको कारण खुलाई रीतपूर्वकको प्रतिलिपि पेश गर्नुपर्छ। |
दफा १६१ |
|
प्रमाणको उल्लेखन गर्नु पर्ने |
·
कुनै लिखित प्रमाणको सक्कल
कुनै व्यक्ति वा संस्थाको जिम्मामा रही त्यसको सक्कल वा प्रतिलिपि तत्काल उपलब्ध
गराउन नसक्ने भए फिराद वा
प्रतिउत्तरपत्रमा सो कुरा उल्लेख गर्नुपर्छ। ·
उक्त प्रमाण बुझ्नु पर्ने देखिएमा प्रमाणको सक्कल वा प्रतिलिपि अदालतले तोकेको अवधिभित्र पेश गर्न त्यस्तो व्यक्ति
वा संस्थालाई आदेश दिन सकिन्छ। ·
प्रमाण पेश गर्ने आदेश भएमा सो व्यक्ति वा संस्थाले
तोकेको अवधिभित्र त्यस्तो प्रमाण पेश गर्नुपर्छ। ·
आदेश बमोजिम प्रमाण पेश नगरेमा सो व्यक्ति वा संस्थाको प्रमुखलाई रु १०००।- सम्म जरिबाना हुन सक्दछ। |
दफा १६२ |
|
प्रमाण पेश गर्न समय माग गर्न सक्ने |
·
फिरादपत्र वा प्रतिउत्तरपत्र दर्ता गर्दा लिखित प्रमाण पेश गर्न नसक्ने कारण खुलाई बादी वा प्रतिबादीले समय माग गर्न सक्छन्। ·
त्यसरी समय माग गरेको कारण मनासिब देखिए १५ दिनसम्मको समय दिन सकिन्छ। ·
उक्त समयभित्र पेश नभएको प्रमाण सो मुद्दामा बुझ्न पर्दैन। |
दफा १६३ |
|
प्रमाण पेश गर्न अनुमति दिन सक्ने |
·
बादी वा प्रतिबादीको
जानकारीमा नआएको कुनै नयाँ र महत्वपूर्ण लिखित प्रमाण पछि जानकारीमा आएमा वा पत्ता
लागेमा सो प्रमाण पेश गर्न बादी
वा प्रतिबादीले अनुमति माग गर्न सक्छन्। ·
त्यसरी अनुमति माग गरेको कारण
मनासिव देखिए त्यस्तो प्रमाण पेश गर्न अनुमति दिन सकिन्छ। ·
उक्त प्रमाण अन्य व्यक्ति, संस्था वा निकायको
नियन्त्रणमा रहेकोले बादी वा प्रतिबादीले आफैँले पेश गर्न संभव नभएको कारण
उल्लेख गरी अदालतमा निवेदन दिएमा सो प्रमाण झिकाउन आदेश दिन सकिन्छ। |
दफा १६४ |
|
लिखत अनुवाद गर्नु पर्ने |
·
नेपाली भाषा बाहेक अन्य
भाषामा लेखिएको लिखत अदालतमा प्रमाणको रूपमा पेश भएमा अदालतले लिखत पेश गर्ने पक्षलाई सो लिखतको नेपाली भाषामा अनुवाद गरी पेश गर्ने आदेश
दिन सक्छ। ·
त्यस्तो आदेश भएमा सम्बन्धित पक्षले सो लिखत नेपाली भाषामा अनुवाद गराई सोको प्रमाणित प्रति अदालतमा पेश गर्नुपर्छ। |
दफा २७३ |
|
सक्कल लिखत फिर्ता गर्नु पर्ने |
·
लिखित प्रमाणको सक्कल प्रति र
प्रतिलिपि प्राप्त भएपछि सम्बन्धित अधिकृतले सक्कल लिखतसँग प्रतिलिपि भिडाई
प्रमाणित गरी त्यस्तो प्रतिलिपिमा पेश गर्ने व्यक्तिको सहीछाप गराई मिसिल संलग्न
गर्नुपर्छ। ·
प्रमाणीत प्रतिलिपि मिसिल
सामेल गरेपछि प्रमाणको सक्कल प्रति सम्बन्धित व्यक्तिलाई फिर्ता
गर्नुपर्छ। ·
आवश्यक भएमा त्यस्तो सक्कल लिखत जुनसुकै बखत माग गर्न सकिन्छ र सो प्रमाण माग बमोजिम पेश नगरेमा प्रमाणको
रूपमा लिन पर्दैन। |
दफा १६५ |
|
प्रतिउत्तरपत्र पेश भएपछि मात्र प्रमाण बुझ्न पर्ने |
·
सामान्यतया प्रतिउत्तरपत्र
पेश नभई वा सो पेश गर्ने अवधि व्यतित नभई प्रमाण बुझ्ने कारबाही गर्नु हुँदैन। |
दफा १६६ |
|
प्रमाण बुझ्नु पर्ने |
·
फिराद र प्रतिउत्तरपत्रमा
उल्लेखित सरकारी कार्यालयमा रहेको कुनै कागजात प्रमाणको
रूपमा बुझ्नु पर्ने देखिएमा त्यस्तो प्रमाण बुझ्न आदेश दिनु पर्दछ। |
दफा १६७ |
|
ठहर गर्नु पर्ने कुरामा प्रमाण बुझ्ने |
·
अदालतले तोकिएको तारिखका दिन
बादी र प्रतिबादीको रोहबरमा आवश्यक कुरा सोधपुछ गरी कुरा मिले वा नमिलेको विषय यकिन गर्नु पर्छ। ·
दुबै पक्षको कुरा मिलेको देखिए सोही दिन निर्णय गर्नु पर्छ। ·
आंशिक वा पूर्ण रूपमा कुरा नमिलेको देखिएमा जति कुरा नमिली ठहर गर्नु पर्ने हो सो सम्बन्धमा प्रमाण झिकाउन आदेश दिई सबुत प्रमाण
बुझ्ने तारिख तोक्नु पर्छ। ·
ठहर गर्नु पर्ने विषयसँग
सम्वद्ध कुरामा मात्र प्रमाण बुझ्न पर्छ। |
दफा १६८ |
|
लिखत पेश गर्न अदालतले बादी प्रतिबादी
बाहेकको ब्यक्तिलाई आदेश दिन सक्ने |
·
मुद्दामा ठहर गर्न आवश्यक
पर्ने प्रमाण बादी प्रतिबादी बाहेक
अन्य कसैको कब्जामा रहेको भए अवधि तोकी सो प्रमाण पेश गर्न त्यस्तो व्यक्तिलाई आदेश दिन सकिन्छ। ·
त्यस्तो व्यक्तिले तोकिएको अवधिभित्र आफैँ वा अरु कुनै व्यक्ति मार्फत त्यस्तो लिखत
अदालतमा पेश गर्नुपर्छ। ·
सो लिखत पेश नगरेमा वा सो को मनासिब कारण समेत उल्लेख नगर्ने व्यक्तिलाई रु १०,०००।-सम्म जरिबाना गर्न सकिन्छ। |
दफा १६९ देकानि ३१ |
|
प्रमाण बुझ्ने क्रम |
·
सामान्यतः प्रमाण बुझ्ने क्रममा बादीले पेश गरेको प्रमाण
बुझेपछि मात्र प्रतिबादीले पेश गरेको
प्रमाण बुझ्नु पर्छ। ·
यसरी प्रमाण बुझ्दा कुनै लिखत प्रमाणको रूपमा लिन नहुने वा असान्दर्भिक भनी
मुद्दाको कुनै पक्षले आपत्ति गरेमा सो आपत्ति मनासिब भए वा नभएको
सम्बन्धमा तत्काल आदेश गर्नु पर्छ। ·
त्यस्तो आदेशको अभिलेख गरी मिसिल संलग्न गर्नुपर्छ। |
दफा १७० |
|
कागज गराउन सक्ने |
·
मुद्दाका विषयमा पक्षसँग कुनै कुरा खुलाउनु परेमा अदालतले अर्को पक्षको रोहबरमा निजको कागज गराउन हुन्छ। ·
फिरादपत्र बाहेक उजुरीबाट कारबाही सुनुवाई गरी किनारा गर्नुपर्ने मुद्दामा बादी वा
प्रतिबादीसँग प्रमाण समेत खुलाई बयान गराई अभिलेख गरी कारबाही किनारा गर्नुपर्छ। |
दफा १७१ |
|
सद्दे किर्तेमा बयान गराउनु पर्ने |
·
प्रमाण बुझ्न तोकिएको तारिखमा
बादी प्रतिवादीले पेश गरेको सक्कल कागज एकअर्कालाई सक्कलै देखाई सुनाउनु पर्छ। ·
यसरी सुनाउँदा निजले सो
कागजलाई सद्दे, कीर्ते वा जालसाजी नामाकरण गरेमा
सोही व्यहोराको बयान गराई अभिलेख गर्नुपर्छ। ·
तत्काल सद्दे, कीर्ते वा जालसाजी छुट्याउन नसक्ने भई पक्षले म्याद माग गरेमा ३ दिनसम्मको म्याद दिनुपर्छ। ·
वादी प्रतिवादी बाहेक अरुको सहीछाप परेको कागजका सम्बन्धमा तत्काल सद्दे, कीर्ते वा जालसाजी छुट्याउन नसक्ने भई म्याद मागेमा बयान गर्न १५ दिनसम्मको म्याद दिन सकिन्छ। ·
बयान गर्दा सद्दे, कीर्ते वा जालसाजी जे नामाकरण गर्छ सोहि अनुरूप निजको भनाई अभिलेख गर्नुपर्छ। ·
कुनै पक्षले त्यस्तो लिखत
कीर्ते वा जालसाजी नामाकरण गरेमा दुवै पक्ष हाजिर रहेको भए सोही दिन र एक पक्ष अनुपस्थित रहेको भए उपस्थित भए कै दिन प्रतिउत्तर बयान गराउनु पर्छ। ·
वारिस वा कानून व्यवसायी
तारिखमा रहेको मुद्दामा पक्षको नै वयान गराउनु पर्ने देखिएमा पक्षलाई नै वारिस वा कानून व्यवसायी मार्फत झिकाई बयान गराउनु पर्छ। ·
प्रमाणको कागज देखाउदा सुनाउदा पक्षले सद्दे, कीर्ते वा जालसाजी छुट्टाउन नसक्ने भएमा त्यस्तो कागज जाँच गर्न सम्बन्धित
विशेषज्ञ समक्ष पठाउन सकिन्छ। ·
सद्देकीर्ते जाँच गर्न पठाउदा
जसले जिकिर लिएको हो उसैबाट लाग्ने दस्तुर दाखिल गराउनुपर्छ। ·
लिखत कीर्ते ठहरिएमा त्यस्तो
लिखत पेश गर्ने पक्षबाट लिखत जाँच गराउँदा लागेको खर्च अर्को पक्षलाई
भराउनुपर्छ। |
दफा १७२ देकानि ३२ |
|
सद्दे, कीर्ते वा जालसाजीको लागि सुनाउनु नपर्ने |
·
कानून बमोजिम प्रमाणमा लिन नसकिने लिखत सद्दे, कीर्ते वा जालसाजीको लागि सुनाउनु पर्दैन। ·
कुनै प्रतिबादीले पेश गरेको
लिखतबाट अन्य कुनै प्रतिबादीलाई असर पर्ने रहेछ भने असर पर्ने प्रतिबादीलाई सो प्रमाण देखाई सुनाई निजको दफा १७२ बमोजिमको प्रक्रिया अपनाई बयान गराउनु पर्छ। |
दफा १७३ |
|
पुनरावेदन सुन्ने अदालतबाट सद्दे कीर्तेमा बयान गराउन सकिने |
·
लिखित प्रमाण सद्दे, कीर्ते वा जालसाजी छुट्याई ईन्साफ गर्नु पर्ने कार्यविधि पूरा नगरी तल्लो
अदालतबाट मुद्दा फैसला भएको रहेछ भने पुनरावेदन सुन्ने अदालतले त्यस्तो कागज
सक्कलै झिकाई पक्षको बयान गराउनु पर्छ। |
दफा १७४ |
|
देवानीबाट उठेको फौजदारी |
·
कुनै देवानी मुद्दामा
प्रतिउत्तर वा बयानबाट उठेको फौजदारी कायम हुने
मुद्दामा सोही मिसिलबाटै पक्षको
बयान गराई मुद्दाको कारबाही गर्नु पर्छ। |
दफा १७५ |
|
प्रभावित तेस्रो पक्ष र निजको प्रमाण बुझ्नु पर्ने |
·
मुद्दामा कुनै कुरा ठहर गर्दा
मुद्दाका पक्ष बाहेक तेस्रो पक्षको हक प्रभावित हुने देखिएमा वा मुद्दामा सम्वन्धित देखिन आएमा त्यस्तो पक्षलाई आफ्नो कुरा भन्ने मनासिब समय दिई निजलाई कारणी सरह
तारिखमा राखी प्रमाण बुझी मुद्दाको कारबाही गर्नु पर्छ। |
दफा १७६ |
|
नाप, जाँच वा नक्सा गर्ने |
नाम नक्सा गर्दा ध्यान दिनुपर्ने कुराहरुः ·
विवाद परेको अचल सम्पत्तिको
नाप, नक्सा गर्नुपर्ने देखिएमा सो को लागि आदेश
दिनुपर्छ। ·
सो आदेश बमोजिम कार्य गर्दा दुवै पक्षलाई त्यस्तो नाप, नक्सा वा जाँच गर्नु पर्ने ठाउँ तोकी हाजिर हुन तारिख तोक्नु पर्छ। ·
उक्त नाप नक्सा गर्दा कम्तीमा राजपत्रअनङ्कित द्वितीय श्रेणीका एकजना कर्मचारी, अमिन, मुद्दाका दुवै पक्ष, उपलब्ध भएसम्म स्थानीय तहका कम्तीमा एक जना प्रतिनिधि र कम्तीमा दुई जना
स्थानीय व्यक्तिलाई समेत रोहबर राखी नक्सा मुचुल्का तयार गर्नु पर्छ। ·
सो नक्सा मुचुल्का तीन प्रति
तयार गरी नाप जाँच गर्ने कर्मचारीले नाम र पद खुलाई र सम्बन्धित पक्ष, स्थानीय व्यक्ति र स्थानीय तहका प्रतिनिधिले नाम खुलाई सहीछाप गर्नुपर्छ। ·
त्यस्तो मुचुल्का एक एक प्रति भरपाई गराई मुद्दाका पक्षलाई दिई एक प्रति नक्सा, भरपाई र मुचुल्का अदालतमा दाखिला गर्नुपर्छ। ·
नाप नक्सा गर्दा पक्षहरू उपस्थित नभएमा वा नक्सा मुचुल्कामा सहीछाप नगरेमा वा पक्षहरू
तारिखमा हाजिर नभएमा सो व्यहोरा जनाई खटिएका
कार्मचारी र स्थानीय तहका कम्तिमा
एकजना प्रतिनिधिको सहीछाप गरी त्यस्तो नक्सा
मुचुल्का अदालतमा दाखिल गर्नुपर्छ। ·
सूचना दिँदा पनि स्थानीय तहको प्रतिनिधि उपस्थित नभएमा सो कारणले मात्र अन्य कार्यविधि पूरा भएको नाप, जाँच वा नक्सा बेरीतको मानिदैन। ·
रीत नपुगेको नाप, जाँच वा नक्सा प्रमाणमा लिन हुँदैन। ·
विवादित अचल सम्पतिको नाप जाँच गर्न खटिएको कर्मचारीले बदनियत चिताई वास्तविक वा
यथार्थताभन्दा फरक हुने गरी नाप, नक्सा वा जाँच गरेको प्रमाणित भएमा त्यस्तो कर्मचारीलाई रु १०,०००।-सम्म जरिबाना र विभागीय कारबाही
समेत हुन्छ। |
दफा १७७ |
|
ठाउँ अवलोकन गर्न सक्ने |
·
मुद्दाको विषयवस्तु जटिल भई
यथार्थरूपमा अदालत समक्ष पेश गर्न सम्भव नहुने भएमा वा प्रमाणको रूपमा दिएको वस्तु, विवादको विषय वा अचल सम्पत्ति रहेको ठाउँको नै अवलोकन वा निरीक्षण गर्नु
पर्ने देखिएमा कारण खुलाई आदेश गर्नुपर्छ। ·
त्यस्तो आदेश भएमा त्यसको लागि दिन तोकी न्यायाधीश आफैँ वा आदेश बमोजिम तोकिएको प्राविधिज्ञ वा अन्य कुनै कर्मचारीले त्यस्तो वस्तु, विषय वा ठाँउको अवलोकन वा निरीक्षण गर्नुपर्छ। ·
प्राविधिज्ञ वा अन्य कुनै
कर्मचारीले अवलोकन वा निरीक्षण गरेको भए निजले मुद्दाको विषय वस्तुसँग
सान्दर्भिक विषयमा प्रतिवेदन पेश गर्नुपर्छ। |
दफा १७८ |
१०.२ साक्षी परीक्षण सम्वन्धी ब्यबस्था
बिषय |
कार्यविधि |
संवन्धित कानून |
साक्षी परीक्षण सम्बन्धी व्यवस्था |
·
साक्षी बुझ्ने आदेश भएपछि
पक्षहरूलाई साक्षी उपस्थित गराउने तारेख तोक्नु पर्दछ। ·
यसरी तोकिएको तारिखको दिन
पक्ष आफैले साक्षीहरू उपस्थित गराउनु पर्छ। ·
साक्षी बुझ्न तोकिएको तारिखको दिन उपस्थित
भएका सबै साक्षीको वकपत्र गराउनु पर्छ। ·
सबै साक्षीको वकपत्र गराउन नभ्याइएमा
अर्को दिन त्यस्ता साक्षीको वकपत्र गराउनु पर्छ। ·
त्यसरी साक्षीलाई
अर्को दिनको तारिख तोक्दा जतिजना साक्षीको वकपत्र हुनसक्छ त्यति जना
साक्षीलाई मात्र क्रमशः उपस्थित हुने गरी तारिख तोकी बकपत्र गराउन सकिन्छ। ·
तारिखका दिन उपस्थित नभएका
साक्षीको बकपत्र हुन सक्दैन। ·
तर साक्षी उपस्थित गराउन
तोकिएको तारिखका दिन यातायात साधन बन्द
वा विपद परी साक्षी उपस्थित गराउन नसकिने भएमा स्थानीय तह वा सरकारी निकायको सिफारिस सहित अर्को
तारिख तोकी पाउन बाटो खुलेको मितिले बाटोको म्याद बाहेक सात दिनभित्र सम्वन्धित
पक्षले निवेदन दिन सक्दछ। ·
त्यस्तो निवेदन परेमा ईजलासमा पेश गरी आदेश भएपछि साक्षी परीक्षण गराउने गरी अर्को तारिख तोक्नु पर्छ, |
दफा १७९ देकानि३० |
अदालतबाट नवुझि नहुने साक्षी बुझ्न सकिने |
·
तारिखको दिन उपस्थित नगराईएका साक्षी बुझिने छैन तर, नेपाल सरकारको वा सार्वजनिक हक, हित वा सरोकार संलग्न रहेको मुद्दामा नबुझी नहुने साक्षीलाई बुझ्ने आदेश गरी
१५ दिन भित्र अदालतमा उपस्थित हुन म्याद जारी गर्नु पर्छ। ·
त्यस्तो म्याद जारी भएमा
तोकिएको दिनमा सो साक्षी अदालतमा उपस्थित हुनुपर्छ। |
दफा १८० |
कर्मचारी खटाई साक्षी बुझ्ने कार्यविधि |
·
शारीरिक अस्वस्थताका कारणले
उपस्थित हुन नसक्ने साक्षीलाई बुझिपाऊ भनी पक्षले
निवेदन दिए निज बस्ने ठाउमा नै गई बुझ्न सकिन्छ। ·
त्यसरी बुझ्नको लागि कुनै
पक्षले निवेदन दिएमा र व्यहोरा मनासिब देखिएमा साक्षी बुझ्नको लागि ईजलासले आदेश दिन सक्छ।
·
यसरी आदेश भएकोमा साक्षी बस्ने
ठाँउमा न्यायाधीश आफैँ गई वा कर्मचारी खटाई साक्षी बुझ्ने काम गर्नुपर्छ। ·
त्यसरी जाँदा लाग्ने खर्च निवेदन दिने पक्षले व्यहोर्नु पर्छ। |
दफा १८१ |
श्रव्य-दृष्य
सम्वाद (भिडियो कन्फरेन्स) मार्फत साक्षी परीक्षण |
·
अति वृद्ध अवस्था, शारीरिक अशक्तता, अस्वस्थता वा नेपाल बाहिर रहे बसेको कारण कुनै
साक्षी अदालतमा उपस्थित हुन नसक्ने कारण देखाई त्यस्तो साक्षीको श्रव्य–दृश्य सम्वादको माध्यमबाट साक्षी परीक्षण गराईपाउँ भनी कुनै पक्षले दिएको निवेदन व्यहोरा मनासिब लागेमा त्यस्ता साक्षीको
श्रव्यदृश्य संवादको माध्यमबाट परीक्षण गर्न आदेश दिन सकिन्छ। ·
यसरी आदेश भएमा सम्बन्धित
पक्षले श्रव्य–दृश्य सम्वादबाट साक्षी परीक्षण गर्नको लागि
अदालतबाट तोकिएको दिन र ठाउँमा त्यस्ता साक्षीलाई उपस्थित गराउनु पर्छ । ·
त्यसरी उपस्थित भएको
साक्षीलाई अदालतमा उपस्थित भएको साक्षी सरह मानी परीक्षण गर्नु वा गराउनु पर्छ । ·
साक्षी परीक्षण गराउँदा
श्रव्य–दृश्य सम्वादबाट भएको साक्षीको बकपत्र र श्रव्यदृश्य सम्वादको व्यहोरा
लेखवद्ध गरी अभिलेख गर्नु पर्छ । ·
श्रव्यदृश्य सम्वाद मार्फत
साक्षी बुझेको अभिलेखको तोकिए बमोजिम मुचुल्का गराउनु पर्छ। ·
साक्षी परीक्षण गर्दा वा
गराउँदा लागेको खर्च श्रव्य–दृश्य सम्वाद मार्फत साक्षी परीक्षण गराउन निवेदन दिने
पक्षले व्यहोर्नु पर्छ । |
दफा १८२. |
तोकिएको दिनमा नैं साक्षी
परीक्षण गर्नु पर्ने |
·
कर्मचारी खटाई साक्षी बुझ्ने
र श्रव्यदृष्य मार्फत साक्षी बुझ्ने अवस्था बाहेक पक्षलाई तोकिएको तारिखमा नै साक्षी परीक्षण गर्ने दिन तोक्नु पर्छ। ·
साक्षी परीक्षण गर्न तोकिएको
तारिखका दिनमा नै अदालतमा उपस्थित भएका सम्पूर्ण साक्षीहरूको परीक्षण गरिसक्नु
पर्छ। ·
एकै दिन सम्पूर्ण साक्षीहरूको
परीक्षण गर्न समय अभावको कारणले नभ्याउने भएमा कारण खुलाई त्यसको भोलिपल्ट
साक्षी परीक्षण गर्ने गरी साक्षी तथा पक्षहरूलाई तारिख तोक्नु पर्छ । ·
साक्षी परीक्षण गर्दा
साक्षीले व्यक्त गरेको कुराको बकपत्र तयार गरी निजको सहीछाप गराई अभिलेख गर्नु
पर्छ। |
दफा १८३, दफा १८६ |
शपथ लिनु पर्ने |
·
साक्षीले अदालतमा उपस्थित भई
बकपत्र गर्दा सत्य कुरा व्यक्त गर्ने कुराको उद्घोषण गरी न्यायाधीश समक्ष तोकिएको ढाँचामा शपथ लिनु पर्छ। |
दफा १८४ |
साक्षी परीक्षण न्यायाधीशले गर्नु पर्ने |
·
साक्षी परीक्षण न्यायाधीश आफैले ईजलाशमा गर्नु पर्छ। ·
साक्षी परीक्षण गर्दा र बकपत्र अभिलेख गर्दा न्यायाधीशले आवश्यक पर्ने कर्मचारीको सहायता लिन सक्छन्। |
दफा १८५ |
बकपत्र प्रमाणित गर्ने |
·
साक्षी परीक्षण गर्दा
मुद्दामा खुलाउनु पर्ने विषयको प्रश्न सोधी त्यस्तो प्रश्न, साक्षीले दिएको जवाफ र जिरह भएको भए त्यसको विवरण बकपत्रमा खुलाउनु पर्छ । ·
जिरह र पुन सोधपुछ समाप्त
भएपछि साक्षीलाई कुनै कुरा व्यक्त गर्न बाँकी भए नभएको सोधी बाँकी भए त्यस्तो
कुरा समेत बकपत्रमा खुलाउनु पर्छ। ·
साक्षीको बकपत्र गराउँदा साक्षीलाई अनुचित, असम्बद्ध वा
बेइज्जत गर्ने वा झिझ्याउने किसिमका प्रश्न सोध्न अदालतले मनाही गर्नु पर्नेछ । ·
बकपत्रको कागजमा साक्षी, मुद्दाका पक्ष र वकपत्रमा समावेश हुने कानून व्यवसायीको समेत सहीछाप गराई
न्यायाधीशले प्रमाणित गर्नु पर्छ ·
बकपत्रको कागजमा साक्षी, मुद्दाका पक्ष र वकपत्रमा समावेश हुने कानून व्यवसायी मध्ये कसैले वा सबैले
सहीछाप गर्न ईन्कार गरेमा सोही व्यहोरा उल्लेख गरी साक्षी परीक्षण गर्ने
न्यायाधीशले त्यस्तो कुरा प्रमाणित गरी मिसिल सामेल राख्नु पर्छ। ·
बकपत्रको ढाँचा देवानी कार्यविधि
संहिताको अनुसूची १७
मा तोकिएको छ। |
दफा १८७ देकानि ३० |
कैफियत खुलाई प्रमाणित गर्नु पर्ने |
·
साक्षी परीक्षण गर्दा
सम्बन्धित साक्षीले न्यायाधीशद्वारा सोधिएको प्रश्नको जवाफ नदिएमा, दिन ईन्कार गरेमा वा जुन प्रश्नको जवाफ खोजिएको हो सोको जवाफ नदिई
असम्बन्धित विषयको जवाफ दिएमा न्यायाधीशले सोको कैफियत खुलाई प्रमाणित गर्नु
पर्छ। |
दफा १८८ |
बन्द सवाल |
·
परिक्षण गर्नुपर्ने साक्षी अर्को जिल्लाको वासिन्दा भई निजको शारीरिक अवस्थाको कारणले निजलाई
मुद्दा रहेको अदालतमा उपस्थित गराई बकपत्र गराउन नसकिने कुरा उल्लेख गरी बन्द
सवाल मार्फत परीक्षण गराउन सम्बन्धित पक्षले निवेदन दिएमा र व्यहोरा मनासिब
देखिएमा बन्द सवाल मार्फत साक्षी परीक्षण गराउन ईजलासले आदेश दिन सक्छ। ·
बन्द सवाल मार्फत साक्षी
परीक्षण गराउनु परेमा त्यस्तो साक्षीलाई सोध्नु पर्ने प्रश्नहरू देवानी कार्यविधि संहिताको अनुसूची–१८ को ढाँचामा तयार गरी न्यायाधीशबाट प्रमाणित गराई साक्षी रहे बसेको
जिल्लाको जिल्ला अदालतमा बन्द सवाल पठाउनु
पर्छ र त्यस्तो सवाल विद्युतीय माध्यमबाट समेत पठाउन सकिन्छ। ·
बन्द सवालमा उपस्थित नहुने कुनै पक्षले आफूले साक्षीसँग सोध्न चाहेको
प्रश्नहरु समावेश गरियोस भनी कारण खुलाई अदालतमा निवेदन दिन सक्छ । ·
अदालतले त्यस्तो प्रश्न बन्दसवालमा समावेश
हुनु मनासिब देखेमा सोही बमोजिम बन्दसवालको
प्रश्न तयार गर्नुपर्छ
। ·
बन्द सवाल गराउने आदेश भएमा
मुद्दाका पक्षहरूलाई सोही बमोजिम बन्द सवाल गराउने अदालतमा उपस्थित हुन तारिख
तोकी त्यसको जानकारी सो अदालतलाई दिनु पर्छ। ·
बन्द सवाल प्राप्त भएमा सो प्राप्त गर्ने अदालतले उपस्थित गराईएको
साक्षीलाई आफ्नो अदालतमा मुद्दा परे सरह कार्यविधि पूरा गरी बन्द सवालका
प्रत्येक प्रश्नको जवाफको बकपत्र तयार गरी त्यस्तो बकपत्रको कागजमा आवश्यक प्रक्रिया पूरा गरी त्यस्तो व्यक्तिको सहिछाप गराई ३ दिनभित्र सम्बन्धित जिल्ला अदालतमा पठाउनु पर्छ। ·
बन्द सवाल गर्नु पर्ने
व्यक्ति हाजिर नभएमा बन्दसवाल प्राप्त गर्ने अदालतले सोही व्यहोरा उल्लेख गरी बन्द सवाल पठाउने अदालतमा फिर्ता पठाउनु पर्छ। ·
बन्द सवालको कारवाही सम्पन्न
भएपछि वन्द सवाल गराउने अदालतले मुद्दाका पक्ष वा वारिसलाई तारिख तोकी हाजिर हुन
मुद्दा परेको अदालतमा फिर्ता पठाउनु पर्छ। |
दफा १८९ देकानि ३३ |
पक्ष वा साक्षीको परिचय गोप्य राख्न सक्ने |
·
कुनै पक्ष वा साक्षीको परिचय सार्वजनिक गर्दा निम्न अवस्था हुने देखिएमा त्यस्तो पक्ष वा
साक्षीको नाम, थर, वतन वा निजको बाबु आमाको नाम वा हुलिया गोप्य राख्न पक्षले अदालतमा अनुरोध गर्न सक्दछ: -
त्यस्तो पक्ष वा साक्षीको सामाजिक
प्रतिष्ठा वा ईज्जत उपर प्रतिकूल प्रभाव पर्न सक्ने, -
निज उपर कुनै पक्षबाट अनुचित
डर, त्रास वा भय हुन सक्ने, -
निजको जीउ, ज्यानको सुरक्षामा प्रतिकूल असर पर्न सक्ने। ·
पक्षले त्यस्तो अनुरोध गरेमा अदालतले निवेदन बमोजिम नाम, थर,
वतन वा परिचय गोप्य राख्ने आदेश दिन सक्छ। ·
त्यसरी गोप्य राखिएको ब्यक्तिको नाम,
थर, वतन वा निजको बाबु आमाको नाम वा निजको परिचय सो मुद्दाको सुनुवाई गर्दा वा सो सम्बन्धी विवरण प्रकाशन गर्दाका बखत आदेश बमोजिम गोप्य नाम, थर, वतन वा परिचय राखी प्रकाशन गर्नु पर्छ। |
दफा २७६ |
अनुवादकको सहयोग लिन सक्ने |
·
नेपाली भाषा नबुझ्ने पक्ष वा साक्षीको बयान वा बकपत्र गराउँदा वा अन्य कुनै कार्य गर्दा सम्बन्धित भाषाको अनुवादकको
सहयोग लिन सकिन्छ। ·
त्यस्तो सहयोग लिँदा भएको खर्च सम्बन्धित पक्षले व्यहोर्नु पर्छ। |
दफा २७४ |