जलस्रोत
नेपाल समुद्री
सुविधाबाट वञ्चित भए पनि जलसम्पदाको दृष्टिले ब्राजिलपछि विश्वको दोस्रो सबैभन्दा
समृद्ध र एसियाको पहिलो राष्ट्र मानिन्छ । नेपालमा ६ हजारभन्दा बढी नदीनाला छन्। नेपालका तीन ठुला नदीहरू कोसी, गण्डकी र
कर्णालीको जलभण्डार क्षमता १ लाख ४८ हजार
क्युविक मिटर अर्थात कुल जलभण्डार क्षमताको ७४
प्रतिशत रहेको छ । कुल जलविद्युत् उत्पादन क्षमता करिब ८३ हजार मेगावाट
रहेको छ । नेपालका साना ठुला नदीहरूको
प्रवाह, जलभण्डार र उपयोगिताका दृष्टिले नदीहरूलाई निम्नानुसार तीन श्रेणीमा वर्गीकरण
गर्न सकिन्छः
(क) पहिलो
स्तरका नदी
हिमालको हिउँ
पग्लेर वा हिमालयबाट उत्पत्ति भई निरन्तर रूपमा ठुला जलराशिका साथ प्रवाहित हुने सप्तकोसी, सप्तगण्डकी
र कर्णालीजस्ता ठुला नदीहरू पहिलो स्तरका नदी हुन्। यस्ता नदी ठुला जलविद्युत् र
सिँचाइ आयोजनाहरूका लागि उपयोगी
मानिन्छन्।
(ख)
दोस्रो स्तरका नदी
हिमालय
पर्वतभन्दा तलको महाभारत पर्वत श्रेणीबाट उत्पत्ति भई कहिल्यै नसुक्ने निरन्तर
रूपमा जलप्रवाहित हुने भएता पनि वर्षातमा बढी पानी हुने तर हिउँदमा पानीको मात्रा निक्कै घट्ने मेची, कनकाई, त्रियुगा, कमला, बाग्मती, वाणगङ्गा,
तिनाउ, राप्ती, बबई, मोहना
आदि दोस्रो स्तरका नदीहरू हुन्।
(ग)
तेश्रोस्तरका नदी
शिवालिक
पर्वतमाला चुर पहाडबाट उत्पति भई मनसुनमा निकै ठुलो रूप लिने र हिउँदमा निकै कम हुने वा सुक्ने अस्थायी
प्रकृतिका नदीहरू तेस्रो स्तरका नदीहरू हुन्।
यस्ता नदीहरूमा सिर्सिया, तिलाबे, जमुनी, हर्दिनाथ, डुँडुवा, अर्जुन
खोला पर्दछन्। यस्ता नदीहरू वर्सेखेती तथा
अल्पकालीन सिँचाइका लागि उपयोगी हुने गर्दछन्।
भारतमा पुगेपछि नेपालका कुन नदीको
नाम के ?
1.बबई – सरयु 2. महाकाली – शारदा 3. कन्काई – विरीङ
4. कर्णाली – घाँघरा 5. मेची – महानन्दा 6. कोशी – दामोदर
नदि तथा तीनका सहायक नदिहरुः-
कोशीः- सुनकोशी, दूधकोशी, तामाकोशी, अरुण, तमोर, लिखु,
ईन्द्रावती
गण्डकीः- बुढीगण्डकी, कालीगण्डकी, सेतीगण्डकी, मादी, दरौदी,
त्रिशूली, मर्स्याङ्दी
कर्णालीः-
हुम्ला कर्णाली, मुगु कर्णाली, ठूलो भेरी, सानो भेरी, सेती, तिला, बुढि गंगा
·
जलसम्पदाको दृष्टिले एसियाको पहिलो धनी
राष्ट्र कुन हो ? -नेपाल
·
जलसम्पदाको दृष्टिले विश्वको पहिलो धनी
राष्ट्र कुन हो ? -ब्राजिल
नेपालका नदीहरुको प्रवाह, जलभण्डार, र उपयोगिताका
दृष्टिले वर्गीकरणः
(क)
पहिलो स्तरका नदी
·
हिमालको हिउँ पग्लेर वा हिमलयबाट उत्पति
भई निरन्तर रुपमा ठूला जलराशिका साथ प्रवाह हुने ठूला नदीहरु
·
कोशी, गण्डकी, कर्णाली र महाकाली
·
ठूला जलविद्युत र सिँचाइका लागि उपयोगी
(ख)
दोस्रो स्तरका नदी
·
हिमालय पर्वतभन्दा तलको महाभात पर्वत
श्रेणीबाट उत्पत्ति भई निरन्तर प्रवाहित हुने नदी
·
वर्षातमा बढी पानी हुने तर हिउँदमा पानीको
मात्रा निकै घट्ने
·
मेची, कन्काई, कमला, बाग्मति, त्रियुगा,
वाणगंगा, तिनाउ, राप्ती, बबइ, मोहना आदि ।
(ग)
तेस्रो स्तरका नदी
·
शिवालिक पर्वतमाला/चुरे पहाडबाट उत्पति मई
मनसुनमा निकै ठूलो रुप लिने र हिउँदमा निकै कम हुने वा सुक्ने।
·
सिर्सिया, मनुस्मारा, रातु, तिलाबे,
जमुनी, हर्दिनाथ, डुँडुवा, अर्जुनखोला आदी।
·
वर्षेखेति तथा अल्पकालीन सिँचाइका लागि
उपयोगी।
नदीको आधारमा नेपालको विभाजनः
|
कोशी
प्रदेश |
गण्डकी
प्रदेश |
कर्णाली
प्रदेश |
सीमाना |
पूर्वमा
कञ्चनजंगा हिमाल देखी पश्चिममा लाङटाङहिमाल सम्म (कौशिक ऋषिको नाम बाट नामाकरण
भएको) |
पूर्वमा
लाङटाङ हिमाल देखी पश्चिममा धौलागिरी हिमालसम्म (गाण्डीव ऋषिको नाम बाट नामाकरण
भएको) |
पूर्वमा
धौलागिरी हिमाल देखि पश्चिममा व्यास ऋषि हिमाल सम्म (पञ्चेश्वरी
पनि भनिने ) |
लम्बाइ |
720
कि.मि. (नेपाल भित्र 152 कि.मी.) |
338
कि.मि. |
507
कि.मि. |
बहाब
क्षमता |
1564 cu
m/sec |
1713cu
m/sec |
1316 cu
m/sec |
जलविद्युत
क्षमता |
22000
मे.वा. |
21000 मे.वा. |
32000
मे.वा. |
·
नेपालको सर्वोच्च हिमस्रोत भएको नदी कुन
हो ? –दुधकोशी
·
नेपालमा दक्षिणबाट उत्तर तिर बग्ने नदी
कुन हो ? – कर्मनासा (ललितपुर)
स्रोत
नेपाल परिचय / नवौ संस्करण