नेपालमा
उपलब्ध माटोका प्रकार
(क) पागो
माटो
तराई प्रदेश र
बेँसीमा पाँगो माटो पाइन्छ । नदीले थुपारेको माटो र बालुवामा कुहिएको झारपातसमेत मिली बन्ने यो माटामा
बालुवा र चिम्टे माटाको मात्रा करिब बराबर
हुन्छ । यस किसिमको माटोमा चुन, फस्फोरस र पोटास आदि खनिज तत्वको मिश्रण हुन्छ । यसैले यो माटो कृषि कार्यका
लागि उत्तम मानिन्छ । धान, सनपाट, उखु, सुर्ती, तेलहन
आदि यो माटोमा ज्यादै सप्रिन्छ ।
(ख)
बलौटे पत्थरिलो माटो
भाबर प्रदेश, भित्री
मधेस र चुरे पहाडमा यस किसिमको माटो पाइन्छ । यो माटो नदीद्वारा जम्मा भएका बालुवा, कङ्कड, पत्थरजस्ता
खुकुला खस्रा पदार्थ मिली बनेको हुन्छ ।
मलिलो माटोको अनुपात र जैविक पदार्थ कम हुने यो माटोमा पानी अड्दैन र माटोको उर्वरा शक्ति पनि अति कम हुन्छ
। यस्तो माटोमा सिँचाइ गर्न कठिन हुन्छ ।
यो कृषि कार्यका लागि तल्लो स्तरको माटो हो, तर साल, सिसौ
आदि आर्थिक दृष्टिले महŒवपूर्ण
रूखहरू यस्तो माटोमा ज्यादै सप्रिने हुँदा यस्तो माटोको अधिकांश भाग जङ्गलले
ढाकिएको छ ।
(ग) रातो फुस्रो माटो
महाभारतका ठाडा
भिरहरूमा टुक्रिएका चट्टानमा सडेका झारपात मिलेर बनेको माटोलाई रातो फुस्रो माटो
भनिन्छ । यस माटोको जैविक पदार्थ र ओजनीकृत
फलामको मात्रा कम हुने हुँदा यस क्षेत्रको माटोको रङ रातो, फुस्रो
वा पहेँलो हुन्छ । चून, नाइट्रोजन
र फस्फोरसजस्ता खनिज तत्व कम हुने र माटोको गहिराइ पनि कम हुनेहुँदा यस किसिमको माटोमा धान, उखु, सनपाट, सूर्ती
आदि खेती प्रायः गरिँदैन । तर यस्तो
माटोमा अम्ल, फलामजस्ता खनिज तŒव हुने हुँदा
फलफूल, चिया, आलु, मकै, कोदाको
खेती गर्न यो उपयोगी हुन्छ ।
(घ)
तलैया माटो
उपत्यकाका ताल
सुकेर बनेको माटोलाई तलैया माटो भनिन्छ । यस किसिमको माटोमा प्रशस्त सडेका झारपात मिलेको हुँदा माटोको रङ
कालो हुन्छ । माटोको गहिराइ बढी हुनका
साथै जैविक पदार्थ पनि प्रशस्त हुने हुँदा तलैया माटो कृषिका लागि सर्वोत्तम मानिन्छ । खास गरी यो माटोमा धान, गहुँ, सागपात
राम्ररी सप्रिन्छन्। यस किसिमको माटोमा कम
वर्षामा पनि खेती गर्न सकिन्छ । काठमाडौँ उपत्यकामा यस्तै माटो पाइन्छ ।
(ङ)
हिमाली माटो
हिमनदीले
थुपारेको माटो, बालुवा, कङ्कड, पत्थर
आदि मिलेर हिमाली माटो बन्दछ । खासगरी नेपालको भित्री र उच्च हिमाली क्षेत्रको
फेदीमा यस किसिमको माटो पाइन्छ । हावापानी ठन्डा र शुष्क हुने तथा माटोको गहिराइ
एवम् जैविक पदार्थ कम हुने हुदाँ यसको
उर्वरा शक्ति न्यून हुन्छ । यो माटोमा मकै, जौ, आलु, फापरजस्ता बालीमात्र लगाइन्छ ।
नेपालमा उपलब्ध माटोका प्रकारहरु
माटोको
अध्ययन गर्ने शास्त्रः- Pedology/Edaphology
१
से.मी. माटो बन्न ४०० बर्ष लाग्दछ।
नेपालमा
वृक्षारोपण कार्यक्रमको सुरुवातः- वि.सं. २००२ बाट
(क)
पाँगो माटोः
·
तराई प्रदेशमा र बेँसीमा नदीले बगाएर
ल्याई थुपारेको बालुवा, झारपात कुहिएर बनेको माटो,
·
कृषि कार्यको लागि उत्तम मानिने यो माटोमा
धान, सनपाट, उखु, सुर्ती र तेलहनको उत्पादन गर्न सकिन्छ ।
(ख)
तलैया माटोः
·
सामान्यतया ताल सुकेर बनेको माटो तलैया
माटो हो ।
·
यो माटो कालो रंगको हुन्छ ।
·
यो माटो कृषिका लागि सबैभन्दा उत्तम
मानिन्छ ।
·
काठमाण्डौँ उपत्यकामा पाइने माटो यहि
प्रकृतिको माटो हो ।
(ग)
बलौटे पत्थरीलो माटोः
·
भावर प्रदेश, भित्री मधेश र चुरे पहाडममा
यसप्रकारको माटो पाइन्छ ।
·
यसप्रकारको माटो बालुवा, कंकड, पत्थर आदि
मिलेर बनेको हुन्छ ।
·
यसमा पानी त्यति नअड्ने हुनाले उब्जाउ कमी
हुन्छ ।
·
यस्तो माटोमा साल, सिमल जस्ता लामा जरावाल
रुखहरु पाइन्छ ।
(घ)
रातो फुस्रो माटोः
·
महाभारतका ठाडा भिरहरुमा ऋतु अपक्षयबाट टुक्रिएका
चट्टानमा सडेको झारपात मिलेको भनेको माटोलाई रातोफुस्रो माटो भनिन्छ ।
·
यस प्रकारको माटोमा चुन, नाइट्रोजन जस्ता
तत्व कम हुने र माटोको गहिराई पनि कम हुनाले मकै, आलु, चिया, फलफूल आदिको लागि
उपयुक्त हुन्छ ।
·
यस प्रकारको माटोमा अम्ल, फलाम जस्ता खनिज
तत्व पाइन्छ ।
(ङ)
हिमाली माटोः
·
हिमनदीले थुपारेको माटो, कंकड, पत्थर आदि
मिलेर बनेको माटोलाई हिमाली माटो भनिन्छ ।
·
हावापानी चिसो र चुक्खा हुनुको साथै
माटोको तह कम हुनाले खेतिको हिसाबले यो माटो त्यति उत्पादनशील हुँदैन ।
·
हिमाली खोँच, पहाडी ढाल, नदी र घाँटीभित्र
यस्तो माटो पाइन्छ ।
·
यस माटोमा जौ, आलु, फापर आदि अन्न
उत्पादन गर्न सकिन्छ ।