Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

लिच्छवि कालमा नेपालको इतिहाँस

लिच्छवि काल

लिच्छवि शासनको स्थापना किरातहरूपछि लिच्छवि वंशका राजाहरूले नेपालमा शासन सञ्चालन गरको पाइन्छ । वंशावली एवम् पुराणहरूमा सूर्यवंशी क्षेत्रीयहरूले किरातहरूलाई जितेर  नयाँ शासन व्यवस्था कायम गरको पाइन्छ । गोपाल राजवंशावलीमा ‘अनि सूर्यवंशको प्रभावले नेपालमा किरात राजालाई जितेर लिच्छवि राजवंश चल्यो’ भनी लेखिएको  छ भने पशुपति पुराणमा पनि ‘किरातहरूलाई बोलिवचनले विश्वासमा पाररे तथा  युद्धमा परास्त गररे वैशालीका स्वामी वा पतिहरूले आफ्नो शासनसत्ता कायम गरको भन्ने उल्लेख यसैप्रकारको सन्दर्भ हिमवत्खण्डमा पनि पाइन्छ । जसमा वैशालीका  स्वामीहरूले किरातहरूलाई जितेर नेपालमा शासन सुरु गरको उल्लेख छ । यसप्रकार  नेपालमा लिच्छवि शासन व्यवस्थाको थालनी किरातीहरूको शासनपछि लगत्तै सुरु  भएको देखापर्दछ । गोपाल वंशावलीअनुसार अन्तिम किराती राजा ‘खिगु’, भाषा  वंशावलीअनुसार ‘गालिज’, राइट वंशावलीअनुसार किरात राजा ‘गस्ति’ लाई परास्त  गररे वा धपाएर लिच्छवि राजवंशले नेपालमा शासन सुरु गरको देखिन्छ ।  लिच्छवि राजवंशको थालनी कुन समयदेखि भयो, यसबार यकिन गर्न सकिएको छैन । इतिहासविद् बाबुराम आचार्यका अनुसार ‘यहाँको किरात राज्यलाई भङ्ग  गरी आफ्नो स्वतन्त्र लिच्छवि राज्य स्थापना गर्न इस्वी संवत् २५० को आसपासतिर  लिच्छविहरू समर्थ भएको देखिन्छ । लिच्छविहरू नेपालमा आउनुभन्दा अगाडि  भारतको मुजफ्फरपुर नगरको बसाढ भन्ने वैशालीमा स्वतन्त्र गणतन्त्रात्मक शासन  प्रणालीअनुसार शासन चलाउने गर्दथे। त्यो भागमा राजतन्त्रात्मक शासन प्रणाली  सुदृढ हुँदै गएको र राजा अजातशत्रुबाट पराजित भई इसाको प्रथम शताब्दीतिर  शरणार्थीका रूपमा लिच्छविहरू नेपाल प्रवेश गरका थिए । वैशालीमा शासन चलाएका  लिच्छविहरूले यहाँका भुर, टाकुरे , सामन्त राजालाई हराई शासनमा कब्जा गर्ने महŒवाकाङ्क्षा प्रदर्शन गरे। तर लिच्छविहरूको सत्तामा कब्जा त्यति सरल र सहज  नभई ठुलो सङ्घर्ष र रक्तपातपूर्ण घटनाबाट मात्र सम्भव भएको थियो। तत्कालीन  शासक वर्गप्रति जनताको तीव्र असन्तोष व्याप्त भएको बेलामा जनभावनाको अनुकुल  लिच्छविहरूले जनसङ्घर्षको नेतृत्व गरका थिए े । किरातहरू युद्धमा हाररे पूर्वी भेगमा  विस्थापित हुन बाध्य भए भने केन्द्रमा लिच्छविहरूको राज्यसत्ता कायम हुन पुग्यो।  जनहितलाई बढी स्थान दिने शासनव्यवस्था, सङ्गठित जनजीवन, उन्नत आर्थिक  अवस्था, शिक्षाको स्तर, आर्कषक कला आदि कुराले गर्दा लिच्छवि काललाई नेपालको  इतिहासमा स्वर्णयुग पनि मानिएको छ । हुन पनि तुलनात्मक दृष्टिले हेर्ने हो भने यो  युग सर्वाङ्गिण विकासको युगको रूपमा रहेको छ । 

लिच्छवि शासनकालअन्तर्गत फेला परको पहिलो प्रमाणित अभिलेख राजा मानदेवको  सन् ४६४ को चाँगुको अभिलेख हो जसमा मानदेवभन्दा अगाडिका तीन पुस्ताको  विवरण दिइएको छ । यसबाहेक लिच्छवि वंशका आठौँ शताब्दीतिरका राजा जयदेवको  पशुपति अभिलेखमा लिच्छवि राजाहरूको सुरुदेखिकै वंशावली लेखिएको छ । तर  यस वंशावलीमा लिच्छवि राजाहरूको नामको सट्टा क्रमाङ्कमात्र लेखिएको पाइन्छ ।  यस वंशावलीको आधारमा स्न ४६४ मा चाँगु अभिलेख स्थापना गर्ने राजा मानदेव  लिच्छवि वंशका ३९ औँ राजाको रूपमा देखिन्छन्। मानदेवअघिका राजाको सालाखाला  शासन २० वर्ष मानेको खण्डमा मानदेवभन्दा ७६० वर्षअघि अर्थात २९६ ईसापूर्वमा  लिच्छवि शासन नेपालमा सुरु भएको देखिन्छ । 

प्रसिद्ध लिच्छविकालीन शासकहरू

लिच्छविहरू मूलतः सूर्यवंशी मानिन्छन्। अयोध्याका सूर्यवंशी राजा दशरथका आठौं  पुस्तामा लिच्छवि भन्ने व्यक्ति भएको मानिन्छ । लिच्छवि वंशमा सुपुष्प नामका  राजा भए जसलाई लिच्छवि राजवंशका संस्थापक र आदिपुरुष पनि मानिन्छ ।  सुपुष्प जयदेव द्वितीयको पशुपति अभिलेखमा उत्कीर्ण वंशावलीमा लिच्छवि नाम गरका  राजापछि तेह्रौँ पुस्तामा कामदेवजस्ता राम्रो रूपरङ्ग भएका राजा सुपुष्प भए भनिएको  छ । कतिपयले राजा सुपुष्पलाई नै नेपालका प्रथम लिच्छवि राजाको रूपमा मान्ने  गरको पाइन्छ । वंशावलीहरूमा भने सुपुष्पलाई चौथो लिच्छवि राजाको रूपमा  देखाइएको छ साथै गोपाल राजवंशावलीमा यिनलाई सुपुष्पदेव, भाषा वंशावलीमा  पशुपुष्पवर्मा र राइट वंशावलीमा पशुप्रेखदेव भनेर नामकरण गरिएको छ । गोपाल  राजवंशावलीअनुसार यिनले नेपालमा वर्ण व्यवस्था कायम गर्नुका साथै पशुपतिको  देवल बनाउने, त्यसमा छाना हाल्ने, सहरलाई सुन्दर बनाउने, राज्यमा मर्यादा कायम  गर्ने तथा न्यायपूर्वक प्रजाहरूको पालन गर्ने काम गरका थिए । यसबाहेक राइटको  वंशावलीमा यी राजाले पशुपति मन्दिरमा सुनको छाना हाल्नुका साथै गजुरसमेत थपेर अग्लो र भव्य तुल्याएको उल्लेख छ । यसै गरी राजा सुपुष्पले भूमि वा  जग्गासम्बन्धी मर्यादा बाँधेको कुराको उल्लेख गोपाल राजवंशावलीमै पाइन्छ ।  मानदेव शासन सञ्चालनमा कुशल मानदेव  प्रथमको शासन कालमा आएर नेपाल  राज्य अझ व्यवस्थित, विकसित र  लियो बन्यो। शास्त्र जान्ने, जनतालाई  आफ्नै परिवार ठान्नेजस्ता राजगुणहरूले  यक्त यी राजाले राज्यमा आर्थिक उन्नति  र शान्ति व्यवस्थाद्वारा ४१ वर्ष (वि.सं.  ५२१–५६२, ई.सं. ४६४–५०५) सम्म  आफ्नो शासनमा स्थिरता कायम गरे। आफ्नो राज्यमा मुद्राको व्यवस्थाको अतिरिक्त कला र विद्या क्षेत्रको समेत  विकास गरे। प्रथम राजदरबार मानगृहजस्तो भव्य भवन ‘श्री मानांक’ र ‘श्री भोगिनी’ अङ्कित नेपालको  प्रथम मुद्रा यिनकै कालमा तयार  भएको थियो। यिनकै समयदेखि प्राचीन  नेपालको इतिहास पनि बढी स्पष्ट र 

जय वर्माको मूर्ति भरपर्दो भएकाले प्रथम प्रमाणिक राजा यिनैलाई मानिन्छ । यिनको राज्य पूर्वमा  कोसी, पश्चिममा गण्डकी (कालीगण्डकीपारी मल्लपुरी) र उत्तरमा हिमालयसम्म  फैलिएको थियो। अभिलेख र स्वतन्त्र टक आदि प्रामाणिक कुराहरू मानदेवको पालादेखि पाइएका छन्। चाँगुनारायणको मानदेव नृपको अभिलेख वि.सं. ५२१  (ई.सं.४६४) भन्दा मालीगाउँमा प्राप्त जयबर्माको ई.सं. १६३ (संवत् १०७) लाई  प्राप्त सर्वप्राचीन प्रामाणिक अभिलेख मानिन्छ । यसरी विक्रमको छैटौँ शताब्दीदेखि  नेपालको प्रामाणित इतिहास प्रारम्भ भएको पाइन्छ । 

मानदेवपछि महिदेव, वसन्तदेव आदि राजा भए । वसन्तदेव बालक भएकाले मन्त्रीहरू  रविगुप्त र क्रमलील शक्तिशाली भए । संयुक्त शासन र फेरबदल छिटो भएकाले ई.सं. ५३६ देखि ५४५ सम्म राजनीतिक अस्थिरता व्याप्त भएको पाइन्छ । यसपछि  भौमगुप्त, गणदेव, गंगादेव र शिवदेवजस्ता भारदारहरूबिच शक्ति सङ्घर्षजस्तै भयो। शिवदेवले आफ्नो भानिज अंशुवर्माको मद्दतबाट गुप्त प्रभाव बचाए पनि  अंशुवर्माको प्रभुत्व बढेर शिवदेव निस्तेज बन्न पुगे। फलस्वरूप अंशुवर्मा राजा  भए । मन्त्रीले राज्याधिकार लिएको यो पहिलो घटना थियो। 

अंशुवर्मा

अंशुवर्माको शासनकाल (ई.सं. ६०५–६२१) मा नेपालमा खेती, पशुपालन र व्यापारमात्र  हैन परराष्ट्र सम्बन्ध र रक्षा व्यवस्थाजस्ता चौतर्फी विकासका कार्यहरू भए । उनले  कैलाशकुट दरबार अत्यन्त कलात्मक भव्य र प्रशंसनीय तवरले तयार गराएका थिए ।  परराष्ट्र नीति (तिब्बत र चीनसँग) उनकै समयमा सफलतापूर्वक सञ्चालित भए ।  उनको समयमा भारतमा हर्षवद्र्धन र तिब्बतमा स्रोङचङगम्पोले शक्तिशाली साम्राज्य  खडा गरका हुनाले तिब्बतसँग उनले साँठगाँठ गरे।  तिब्बती राजा स्रोङचङगम्पोसँग उनले राजकुमारी भृकुटी (चिजु) को विवाह गराएको  कुरा चर्चित छ । उनको समयमा प्रजाले धार्मिक उदारता तथा स्वायत्त शासनसमेत  प्राप्त गरका थिए े । कला तथा विद्याको समेत विकास भई जनजीवन सुसङ्गठित र  उन्नत हुँदै गएको थियो। यी सब उन्नति प्रगतिको कारणबाट नेपालको इतिहासमा  उनी नै सर्वप्रथम ‘महाराजाधिराज’ उपाधिप्राप्त शासक बन्न पुगे। विधिवत् युवराज  घोषणा गर्ने चलन पनि सर्वप्रथम यिनकै समयदेखि चल्यो। हिन्दू राजाको रूपमा उनले  ‘पशुपतिपादानुगृहीत’ उपाधिसमेत धारण गरका थिए । ‘प्रजाहित समाधानतत्पर’ तथा  ‘कथं मे प्रजा सुखिना भवेत’ जस्ता विशेषतायुक्त ठकुरी वंशका यिनले ‘शब्द विद्या’ (व्याकरण) पनि तयार गरको े बुझिन्छ । वि.सं. ६७८ तिर उनको मृत्यु भयो।

नरेन्द्रदेव

शासन सञ्चालनमा कुशल नरेन्द्रदेवको कार्यकालमा इस्वीको सातौँ शताब्दीको मध्यम (ई.सं. ६४५–६७९) ताका भोट (तिब्बत र चीन) सँग व्यापारिक सम्बन्ध  स्थापना हुनुका अतिरिक्त नेपालका पूर्व र पश्चिम भेगका व्यापारिक बस्ती (द्रङ्ग)  हरूको प्रारम्भ हुन गई नेपाल केही समयसम्म अन्तर्राष्ट्रिय व्यापारिक केन्द्र बन्यो।  नरेन्द्रदेवले महाराजाधिराजको पदवी लिए र ‘परम भट्टारक’ को प्रसिद्धि पनि पाएका  थिए । उनले भद्राधिवास राजदरबार पनि बनाए । उनको आसनमा सिंहको आकृति  भएकोले सिंहासन प्रचलित भएको बुझिन्छ । 

जयदेव द्वितीय

जयदेव द्वितीय (ई.सं. ७१३–७२३) कवि हुनुका अतिरिक्त मुलुक विस्तार गर्ने  महाŒवाकाङ्क्षीसमेत भएकाले लिच्छवि शासकहरूमा उनको क्रियाकलाप पनि  उल्लेखनीय रहेको छ । उनी कविराजाका अतिरिक्त ‘परचक्रकाम’ (अर्काको देश जित्ने अभिलाषा) जस्तो उपनामले विभूषित थिए । उनको कविता पशुपति शिलालेखमा  अङ्कित छ । 

लिच्छविकालका प्रमुख राजाहरू यस प्रकार थिए ः

सुपुष्प, जयदेव प्रथम, हरिदत्त वर्मा, वृषदेव, शंकरदेव, धर्मदेव, मानदेव प्रथममहिदेव, सन्तदेव, बसन्तदेव, उदयदेव, मानदेव द्वितीय, शिवदेव प्रथम, अंशुवर्मा, नरेन्द्रदेव, जयदेव द्वितीय, शिवदेव द्वितीय, जयदेव तृतीय

पूर्वमध्य काल 

जयदेव द्वितीयको शासनकालपछि उनका उत्तराधिकारीको रूपमा रहेका (अभिलेखमा  उत्तराधिकारी भनी किटिएका) विजयदेवको शासन पनि नेपालमा निश्चित रूपले  चलेको भने पाइन्छ । विजयदेवपछिका शासकहरूबारमा सर्वसाधर े णद्वारा राखिएका  अभिलेख, हस्तलिखित ग्रन्थ, वंशावलीअनुसार गुणकामदेव, मानदेव तृतीय, बलीराजबलदेव, मानदेव चतुर्थ (८७७ ई.) का साथै राघवदेव (ई.स.८७९) राजा भएको पाइन्छ ।

गुणकामदेव

ई.सं. ९८७ र ९९० सम्मका २ ओटा अभिलेखहरूमा गुणकामदेवले काठमाडाँै  उपत्यकामा शासन गरेको उल्लेख छ । इतिहासकार कर्कपाट्रिकका अनुसार यिनको शासनकाल १८ वर्ष रहेको थियो। यिनले उमामहेश्वरको मूर्ति स्थापना गर्नुका साथै पशुपतिनाथ मन्दिर परिसरमा रहेको इशानेश्वर मन्दिरमा तामाको छाना, सत्तल  तथा सुन्धारा बनाएका थिए । यिनले काष्ठमण्डप, मरुसत्तल र मरुहिटीसमेतको निर्माण गरेका थिए । 

सिम्रौनगढको कर्णाटक राज्य 

 सिम्रौनगढमा रहेको स्तम्भ, बारा सिम्रौनगढ नारायणी अञ्चलको बारा जिल्लामा पर्दछ । यसको प्राचीन नाम सिमरा– वनगढ थियो। त्यस बेला ठुला बस्ती भएका सबै क्षेत्रहरू सुरक्षाको हिसाबले गढ  (किल्ला) को रूपमा परिणत गरिएका हुन्थे। यस्ता किल्लाहरू जङ्गलको बिचमा  समेत बनेका हुन्थे। वनभित्र बनेको गढलाई ‘वनगढ’ वा ‘वनदुर्ग’ भनिन्थ्यो। जुन  ठाउँको वनमा सो गढ बनेको हुन्थ्यो त्यही नाम विशेष प्रचलित हुन्थ्यो। सिमराको वनमा रहेको गढरूपको बस्ती भएकाले नै ‘सिमरा–वनगढ’ भनिएको हो। यही शब्द  पछि अपभ्रंश भई सिम्रौनगढ भएको हो। सिम्रौनगढ वरपरको सम्पूर्ण क्षेत्र त्यसबेला  तिरहुतको नामले प्रसिद्ध थियो। काठमाडौँ उपत्यकाका तत्कालिक प्रमाणहरूमा  भने यो क्षेत्रलाई ‘डोयराज्य’ भनिएको पाइन्छ । पश्चिमको खस राज्यको स्थापना  भएताका नै दक्षिण र पूर्वी तराई भेक समेटेर कर्णाटकवंशको डोप (तिरहुते) राज्य  खडा भएको पाइन्छ । यसको राजधानी सिम्रौनगढ (सिमरा वनगढ) अर्थात सिमरामा  थियो। तिरहुतमा स्थापित कर्णाटक राज्य नान्यदेवले वि.स. ११५४ (ई.स.१०९७)  मा स्थापना गरेका थिए । यो स्वतन्त्र राज्यको अस्तित्व करिब २२९ वर्ष जति रह्यो र ई.स. १३२६ मा विघटन हुन गयो। यस राज्यमा शासन गर्ने प्रमुख शासकहरू  नान्यदेव र हरिसिंहदेव थिए । 

नान्यदेव दक्षिणी भारतको कर्णाटक क्षेत्रका निवासी थिए । यिनी दक्षिणी भारतका  चालुक्य शासकका सेनापति थिए । चालुक्यले उत्तरी भारततर्फ विजय अभियान  चलाउँदा न्यायदेव यसतर्फ आएका थिए । पछि यिनी आफैले सिम्रौनगढलाई केन्द्र  बनाई यस क्षेत्रमा राज्य स्थापना गरेको पाइन्छ । नान्यदेवपछि क्रमशः गङ्गादेवनरसिंहदेव, रामसिंहदेव, शक्तिसिंहदेव, भुपालसिंहदेव र हरिसिंहदेव आदि शासकहरूले

सिम्रौनगढमा शासन गरे। हरिसिंहदेव कर्णाटकवंशका अन्तिम शासक हुन्। यिनको शासनकालमा दिल्लीका मुसलमान बादशाह गयासुद्दीन तुग्लकले आक्रमण गरेर सो राज्य ध्वस्त पारेका थिए । 

उपत्यकाका मल्ल राजाहरूको कुलदेवीका रूपमा पूजा गरिने तुलजा भवानी वास्तवमा  कर्णाट राजाहरूकै कुलदेवी हुन्। हरिसिंहदेवकी रानी देवलदेवी शरणार्थीको रूपमा  उपत्यका पस्दा आफूसित तुलजा भवानीको कलश पनि लिएर आएकी थिइन्।  देवलदेवी र उनका छोरा जगतसिंहको उपत्यका प्रवेशपछि कर्णाटकको प्रभाव  उपत्यकामा परेको थियो जुन स्वभाविक नै थियो।

हरिसिंहदेवको मृत्यु भएताका उपत्यकामा रूद्र मल्ल र अरि मल्लको संयुक्त शासन  चलिरहेको थियो। अरि मल्ल नाम मात्रका शासक थिए । रूद्र मल्लले हरिसिंहदेवको मृत्युपछि उनकी रानी देवलदेवी र छोरा जगतसिंहलाई आफ्नो दरबारमा शरण  दिएका थिए । देवलदेवीले आफ्नो साथमा ल्याएका तलेजुको कलश दरबारमा स्थापित  गरिन्। पछि नेपालका शासकहरू पनि तलेजुका उपासक बने। देवलदेवीका छोरा  कुमार जगतसिंहको विवाह मल्ल राजकुमारी नायकदेवीसँग सम्पन्न भयो र यस  जोडीबाट राजल्लदेवीको जन्म भयो। यिनै राजल्लदेवीसँग जयस्थिति मल्लको विवाह भएको हो। 

कर्णाली प्रदेशको खस मल्ल राज्य

पूर्वमा नुवाकोट, पश्चिममा केदार, उत्तरमा तिब्बत, दक्षिणमा तराई भूखण्डसम्म  खस मल्ल राज्य विस्तारित थियो। खस मल्ल राज्यको द्वार कैलाली कञ्चनपुरको मल्लवार थियो। तिब्बतका केही भागसमेत यस राज्यको प्रभावमा परेका थिए ।  पश्चिममा गढवाल, कुमाउँदेखि पूर्वमा गोरखाको साँधसम्म फैलिएको खस साम्राज्य  तत्कालीन नेपालको ठुलो भूखण्ड थियो। खस राज्यको राजधानी सिन्जा थियो।  तिब्बतको खाडी प्रदेशबाट आएका नागराजले कर्णाली प्रदेशमा स्वतन्त्र खस राज्य  स्थापना गरेको मानिन्छ । यो समय १२ औं शताब्दीतिर (ई.स.११५०) भएको अनुमान  छ । तिव्बती वंशावली, वि.सं. १४१४ को दुल्लु अभिलेख तथा गोपालराजवंशावली  आदि स्रोतहरूबाट नै त्यस क्षेत्रको इतिहासबारे जानकारी प्राप्त गर्न सकिन्छ । यस  राज्यका शासकहरूमा नागराज, क्राचल्ल, अशोक चल्ल, जितारी मल्ल, रिपु मल्लआदित्य मल्ल, पुण्य मल्ल र पृथ्वी मल्ल आदि रहेको पाइन्छ । यो राज्यको अस्तित्व  करीब २२६ वर्ष जति रह्यो। खस राज्यको पतनपछि सुदूर पश्चिममा बझाङडोटी, जाजरकोटजस्ता बाइसे राज्य जन्मेका हुन्। वर्तमान समयमा सबैभन्दा  अविकसित तथा पिछडिएको मानिएको यो क्षेत्र मध्यकालमा निक्कै शक्तिशाली  राज्यको रूपमा रहेको थियो। पश्चिमी खस राज्यको सबैभन्दा प्रमुख र महŒवपूर्ण  योगदान भाषासम्बन्धी योगदान हो। वर्तमान नेपाली भाषाको उत्पत्ति खस मल्ल  राज्यमै भएको थियो। त्यसैले यस भाषालाई ‘खसकुरा’ वा ‘सिंजाली भाषा’ समेत  भन्ने गरिन्छ । खस मल्ल राजाहरूले यस भाषालाई राजकाजको माध्यम बनाएर राष्ट्र भाषाको स्थान दिएको हुनाले नै यो भाषा निरन्तर परिमार्जित र विकसित  हुँदै गयो। खस मल्ल राज्यको विघटनपछि खडा हुन पुगेका 

बाइसे र चौबीसे

राज्यहरूमा समेत यसै भाषालाई व्यापक प्रयोगमा ल्याइयो। बाइसे र चौबीसे राज्यहरूमा राज्य भाषाका रूपमा यसै भाषाले स्थान पायो र विशाल नेपालको एकीकरणपछि नेपालको राष्ट्र भाषा बन्न पुग्यो। 

कपिलवस्तुको शाक्य शासित राज्य

कपिलवस्तु जिल्लामा तिलौराकोट नामक स्थान रहेको छ । प्राप्त तथ्यहरूको आधारमा  यो तिलौराकोट नै शाक्यहरूको प्राचीन कपिलवस्तुको राजधानी थियो। प्राचीन  गणराज्यहरूमध्ये शाक्यहरूको यो राज्य विशेष उल्लेखनीय थियो, किनभने क्रकुछन्दकनकमुनि, सिद्धार्थ गौतमलगायतका बुद्धहरूको जन्म यही स्थानमा भएको थियो।  उनै सिद्धार्थ गौतम बुद्धधर्मका प्रवर्तक महात्मा गौतम बुद्धको रूपमा परिचित छन्।  प्राचीन कपिलवस्तु नगर पञ्चभुजाकार किल्लाको रूपमा बसाइएको नगर थियो।  त्यस बखत व्यापारिक राजमार्गका रूपमा उत्तरदेखि दक्षिणपूर्व हँुदै श्रावस्तीदेखि  राजगिरसम्म पुग्ने राजमार्ग धेरजसो ै कपिलवस्तु राज्यभित्रै पर्दथ्यो। शाक्यहरूको  राज्य गणराज्यको रूपमा भएको हुनाले कपिलवस्तु गणराज्यको शासन व्यवस्था  प्राचीन उत्तर भारतीय गणराज्यहरूको शासन व्यवस्थाअनुरूप नै थियो। शासन  सञ्चालनार्थ साधारण सभा र भारदारी सभा गरी दुई एकाइहरू थिए । साधारण  सभाले राज्यको कार्यकारी सभाको रूपमा कार्य गर्दथ्यो र यस्तो कार्यकारी सभाका मुख्य व्यक्तिलाई नै राजा भनिन्थ्यो। बुद्धको जन्मताका कार्यकारी सभाका मुख्य व्यक्ति  सुद्धोधन थिए । राजा शुद्धोधनपछि कार्यकारी सभाको मुख्य व्यक्ति वा राजाको रूपमा  महानामालाई निर्वाचित गरिएको थियो। कपिलवस्तु राज्यको छिमेकमा पर्ने कोशल  राज्यका राजाविरूद्धको आक्रमणमा पररे कपिलवस्तु राज्यको पतन हुन पुग्यो।

स्रोत नेपाल परिचय

 

Post a Comment

Previous Post Next Post