प्रश्नहरु
१.थुनुवा एवं कैदीको अधिकारका विषयमा कस्तो मान्यता रहेको छ ?
२.थुनुवा भन्नाले कसलाई बुझाउँछ ?
३. कैदी भन्नाले कसलाई बुझाउँछ ?
४. थुनुवा एवं कैदीको अधिकार भन्नाले के बुझिन्छ?
५.अनुसन्धान एवं तहकिकातको सिलसिलामा हिरासतमा रहेका थुनुवाहरूलाई के कस्ता अधिकारहरू प्राप्त हुन्छन् ?
६.पुर्पक्षका लागि थुनामा रहेका थुनुवालाई न्यायिक प्रक्रियामा प्राप्त हुने अधिकारहरू के के हुन् ?
८. कारागारमा रहेका थुनुवा एवं कैदीले के कस्ता लुगा सुविधा प्राप्त गर्छन् ?
१०. कारागारमा रहेका थुनुवा एवं कैदीले के कस्तो सिधा पाउँछन् ?
११. कारागारमा रहेका थुनुवा एवं कैदीलाई भेटघाट र पत्रव्यवहारसम्बन्धी कस्तो सुविधा प्राप्त हुन्छ?
१४. कैदको सजाय छोट्याउने सम्बन्धमा कस्तो व्यवस्था रहेको छ ?
१५. कैदको सजाय कसरी छोट्याइन्छ ?
१६. थुनुवा एवं कैदीको अधिकार प्रचलनका लागि कारागार ऐन र नियमावलीमा कस्तो व्यवस्था गरिएको छ ?
१८. कैदीलाई कस्तो अवस्थामा कारागारले कारागारबाट बाहिर जान अनुमति दिन सक्छ?
१९. कैदीलाई कस्तो अवस्थामा अस्पताल वा यस्तै अन्य स्थानमा राख्नु पर्ने व्यवस्था छ?
२०. कारागार निरीक्षण र जाँच गर्ने निकायहरू कुन कुन हुन्?
२१. थुनुवा एवं कैदीले कानूनी सहायताको लागि कहाँ सम्पर्क गर्ने ?
२२.थुनुवा एवं कैदीको अधिकारसँग सम्बन्धित कानूनहरू के के छन् ?
१.थुनुवा एवं कैदीको अधिकारका विषयमा कस्तो मान्यता रहेको छ ?
थुनुवा एवं कैदीले थुनुवा एवं कैदीको हैसियतमा प्राप्त गर्ने अधिकारका अतिरिक्त थुना एवं कैदको अवस्था प्रभावित नहुने गरी अन्य नागरिक एवं व्यक्ति सरह संवैधानिक एवं कानूनी हकको उपयोग गर्न पाउँछन् ।
२.थुनुवा भन्नाले कसलाई बुझाउँछ ?
थुनुवा भन्नाले अपराधको तहकिकात, जाँचबुझ वा पुर्पक्षका लागि अदालत, प्रहरी वा अन्य अधिकारीको हिरासतमा रहेको व्यक्तिलाई जनाउँदछ ।
३. कैदी भन्नाले कसलाई बुझाउँछ ?
कैदी भन्नाले न्यायिक वा अर्धन्यायिक निकायले गरेको फैसला अनुसार सजाय पाई कारागारमा रहेको व्यक्तिलाई जनाउँछ ।
४. थुनुवा एवं कैदीको अधिकार भन्नाले के बुझिन्छ?
थुनुवा वा कैदीको अधिकार भन्नाले थुना वा कैदमा बसेको अवस्थामा उपयोग गर्न पाउने अधिकार भन्ने बुझिन्छ ।
५.अनुसन्धान एवं तहकिकातको सिलसिलामा हिरासतमा रहेका थुनुवाहरूलाई के कस्ता अधिकारहरू प्राप्त हुन्छन् ?
· पक्राउ गर्दा पक्राउ गर्नुपर्ने कारणसहितको पक्राउ पुर्जी पाउने, * थुनामा राख्दा थुनामा राख्नुपर्ने कारणसहितको थुनुवापुर्जी पाउने,
· पक्राउ भएको समय तथा स्थानबाट बाटोको म्याद बाहेक चौबीस घण्टाभित्र मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित हुन पाउने र त्यस्तो अधिकारीबाट आदेश भएमा
· बाहेक पक्राउ भएको व्यक्तिले थुनामा बस्नु नपर्ने,
· पक्राउ परेको समयदेखि नै आफूले रोजेको कानून व्यवसायीसँग सल्लाह लिन पाउने तथा कानून व्यवसायीद्वारा पुर्पक्ष गर्ने,
· कानून व्यवसायीसँग गरेको परामर्श र निजले दिएको सल्लाह गोप्य रहने,
· कानूनबमोजिम निःशुल्क कानूनी सहायता पाउने,
· आफ्नाविरूद्ध गरिएको कारबाहीको जानकारी पाउने,
· तत्काल प्रचलित कानूनले सजाय नहुने कुनै काम गरेबापत सजायभागी हुनु नपर्ने,
· कसूर गर्दाको अवस्थामा कानूनमा तोकिएभन्दा बढी सजाय भोग्नु नपर्ने,
· एकै कसूरमा एक पटकभन्दा बढी मुद्दा नचलाइने र सजाय नहुने,
· स्वतन्त्र, निष्पक्ष र सक्षम अदालत वा न्यायिक निकायबाट स्वच्छ सुनुवाइ हुने,
· आफ्नोविरूद्ध साक्षी हुन बाध्य हुनु नपर्ने,
· दोभाषेको सुविधा पाउने,
· स्वास्थ्य परीक्षण गराउन पाउने,
· यातना भोग्नु नपर्ने,
· आफन्तसँग भेटघाट गर्न पाउने,
· कसूर प्रमाणित नभएसम्म दोषी नमानिने,
· मानवोचित व्यवहार पाउने ।
६.पुर्पक्षका लागि थुनामा रहेका थुनुवालाई न्यायिक प्रक्रियामा प्राप्त हुने अधिकारहरू के के हुन् ?
· कसूरदार नठहरिएसम्म दोषी नमानिने,
· थुनुवापुर्जी प्राप्त गर्ने,
· दोभाषेको सुविधा पाउने,
· सुनुवाइमा सहभागी हुन पाउने,
· आफ्नो प्रमाण पेस गर्न पाउने,
· आफूलाई पोल गर्ने सहअभियुक्तलाई पनि जिरह गर्न पाउने,
· आफू विरूद्धका प्रमाणको खण्डन गर्ने,
· कानूनी परामर्श र प्रतिनिधित्व प्राप्त गर्ने,
· मुद्दाको छिटो सुनुवाइ गराई पाउने,
· फैसलाको जानकारी पाउने,
· पुनरावेदन गर्न पाउने ।
७.हिरासतमा एवं कारागारमा रहेका थुनुवाहरूको न्यायसम्बन्धी हक उल्लङ्घन भएको खण्डमा उपचारको कस्तो व्यवस्था रहेको छ ?
· हिरासतमा एवं कारागारमा रहेका थुनुवाहरूले न्याय सम्बन्धी हक उल्लङ्घन
· भएको वा बन्देज भएको अवस्थामा अदालतबाट उपचार प्राप्त गर्न सक्छन् ।
· कारागारमा रहेका थुनुवा एवं कैदीलाई कस्ता अधिकार र सुविधाको व्यवस्था गरिएको
· थुनुवा वा कैदी पुर्जी पाउने,
· सामान्य अवस्थाका थुनुवा वा कैदीले कारागारभित्र नेल हतकडी लगाउनु नपर्ने,
· थुनुवा वा कैदीको आश्रित नाबालकको सम्पूर्ण हेरविचार, शिक्षा, दिक्षा र लालन
· पालन सरकारी खर्चमा गरिने,
· सिधा खर्च र लुगा पाउने,
· इच्छा विरूद्ध काम गर्नु नपर्ने,
· बिरामी भएमा स्वास्थ्य उपचार पाउने,
· जन्मकैदको सजाय पाएको वा त्यस्तो अपराधको अभियोग लागेको गर्भवती महिलाबाहेक अरू गर्भवती महिलाले ६ महिनाको गर्भ पुगेपछि बालक जन्मेको २ महिनासम्मका लागि हाँजिर जमानीमा छुट्न पाउने र यसरी बाहिर रहेको अवधि निजलाई हुने कैदको अवधिमा कट्टा गरिने,
· भेटघाट र पत्र व्यवहार गर्ने पाउने,
· कानूनी सल्लाहकारलाई भेट गर्न पाउने,
· थुना वा कैदको म्याद पुगेपछि र छोड्न आदेश भएका थुनुवा वा कैदीले सो भएको चौबिस घण्टाभित्र थुना वा कैद मुक्त हुन पाउने,
· थुनुवा वा कैदीले कुनै अड्डा अदालतमा दिनुपर्ने फिरादपत्र, प्रतिउत्तरपत्र, पुनरावेदनपत्र, दरखास्त जनाउ इत्यादि सो अड्डा वा अदालतमा आफू थुनिए वा कैद परेको कारागार कार्यालयमा दाखिल गर्न पाउने,
· थुनुवा वा कैदीका विरूद्ध परेको मुद्दामा थुना वा कैद परेको कारणले निज अदालतमा हाजिर हुन नसकेमा पनि निजको तारेख गुजे को नमानिने ।
८. कारागारमा रहेका थुनुवा एवं कैदीले के कस्ता लुगा सुविधा प्राप्त गर्छन् ?
· पुरूषले जाडो समयमा कुर्था एक र सुरूवाल एक तथा गर्मी समयमा कट्ट एक र बुसर्ट एक समेत गरी जम्मा वर्षको दुई पटक,
· महिलालाई दश हाते धोती र चोलो एकका दरले वर्षको दुई पटक, आश्रित बालक बालिकालाई कमिज १, सुरूवाल १ वा घाँघर १, सुरूवाल १ का दरले वर्षको दुई पटक र सूती कपडाको कोट एक गलबन्दी एक र टोपी एक वर्षको एक पटक,
· सुत्नलाई पाखी वा काम्लो पाखीको सट्टा सिरक डसना र तन्ना वा च्यादर हरेक २ वर्षमा एकपटक,
· सुकुल हरेक ३ वर्षमा एकपटक |
१०. कारागारमा रहेका थुनुवा एवं कैदीले के कस्तो सिधा पाउँछन् ?
· थुनुवा वा कैदीले प्रतिदिन मोटो चामल ७०० ग्राम र साठी रूपैयाँ तथा चाडपर्वबापत खर्च प्रत्येक वर्ष एकमुष्ठ तीनसय रूपैयाँ,
· आश्रीत नाबालकले उमेर समूहअनुसार सिधा पाउने,
· थुनुवा कैदीले पाउने सिधाका अतिरिक्त सुत्केरीले सुत्केरी हुनुभन्दा तीस दिनअघि देखि सुत्केरी भएको मितिले साठी दिनसम्म निम्न सिधा र सामान थप पाउँछ:
· मसिनो चामल प्रतिदिन सातसय ग्राम, घ्यू प्रतिदिन एकसय ग्राम, खाने तेल प्रतिदिन एकसय मिलिलिटर, ज्वानो प्रतिदिन पचास ग्राम, कोरा कपडा एक सुत्केरी अवधिको लागि दश मिटर, महिलाबाहेक अरू गर्भवती महिलाले ६ महिनाको गर्भ पुगेपछि बालक जन्मेको २ महिनासम्मका लागि हाँजिर जमानीमा छुट्न पाउने र यसरी बाहिर रहेको अवधि निजलाई हुने कैदको अवधिमा कट्टा गरिने,
· भेटघाट र पत्र व्यवहार गर्ने पाउने,
· कानूनी सल्लाहकारलाई भेट गर्न पाउने
· थुना वा कैदको म्याद पुगेपछि र छोड्न आदेश भएका थुनुवा वा कैदीले सो भएको चौबिस घण्टाभित्र थुना वा कैद मुक्त हुन पाउने,
· थुनुवा वा कैदीले कुनै अड्डा अदालतमा दिनुपर्ने फिरादपत्र, प्रतिउत्तरपत्र, पुनरावेदनपत्र, दरखास्त जनाउ इत्यादि सो अड्डा वा अदालतमा आफू थुनिए वा कैद परेको कारागार कार्यालयमा दाखिल गर्न पाउने,
· थुनुवा वा कैदीका विरूद्ध परेको मुद्दामा थुना वा कैद परेको कारणले निज अदालतमा हाजिर हुन नसकेमा पनि निजको तारेख गुजे को नमानिने ।
११. कारागारमा रहेका थुनुवा एवं कैदीलाई भेटघाट र पत्रव्यवहारसम्बन्धी कस्तो सुविधा प्राप्त हुन्छ?
· कार्यालयको समयमा जेलरको रेखदेखमा हप्ताको दुई पटक आफ्ना नातेदार र मित्रहरूसँग भेटघाट गर्न पाउने,
· जेलरले सेंसर गरी पास गरेको प्रत्येक चिठी लिन र एक हप्तामा दुईवटासम्म चिठी जेलरद्वारा सेंसर गरी पठाउन सक्ने, नेपाल सरकारबाट इजाजत प्राप्त वा अनुमति दिइएका अखबार, म्याग्जिन तथा किताबहरू लिन पाउने,
· जेलर वा निजले तोकेको कर्मचारी वा सुरक्षाकर्मीको रोहवरमा आफ्नो परिवारसँग टेलिफोन वा अन्य सञ्चार सम्पर्क गर्ने सुविधा पाउन सक्ने ।
१२. कारागारमा रहेका कैदी बन्दीको सम्बन्धमा प्रजनन स्वास्थ्यसम्बन्धी के कस्तो सिद्धान्त प्रतिपादन भएको छ?
राज्यले अपराध गर्ने व्यक्तिलाई सजाय गर्न सक्दछ, तर प्रजननसम्बन्धी हकमा संविधानले नै प्रतिबन्धात्मक वाक्यांश नराखी Restrict गर्नसक्ने व्यवस्था नगरेको हुँदा राज्यलाई नै पनि नागरिकको प्रजननसम्बन्धी हक हनन् गर्ने अधिकार नहुने । पतिपत्नी भन्ने विवाह दर्ता र नागरिकताको प्रमाणपत्रबाट प्रमाणित भएमा पति पत्नी भन्ने प्रमाणित वैध दम्पत्तिलाई पति कैदमा भए पत्नीलाई र पत्नी कैदमा भए पतिलाई पारिवारिक भेटको सुविधा दिनुपर्ने । (ने.का.प. २०६८, अङ्क ६ निर्णय नं.८६३१)
१३.कारागारमा रहेका थुनुवा एवं कैदीलाई शिक्षा, स्वास्थ्य, मनोरन्जन, रोजगार र धर्मको अभ्यास सम्बन्धी कस्तो व्यवस्था गरिएको छ ?
· कारागारमा थुनिएका केटाकेटीहरू र व्यक्तिको आवश्यकता अनुसार प्राथमिक, मिडिल र प्रौढ स्कुलको व्यवस्था र सो स्कुललाई चाहिने आवश्यकीय सहायताको प्रबन्ध गर्ने, थुनुवा वा कैदीहरूको समय सदुपयोग गर्नका लागि नेपाल सरकारले तोकिदिएको कारागारमा पुस्तकालय र रेडियो श्रवणकेन्द्र समेत राखिने, स्वास्थ्यको हेरिवचार गर्ने, कारागार भित्र कैदी वा थुनुवा रहेका ठाउंमा सरसफाई गर्ने, कारागार सुहाउदो विभिन्न किसिमको मनोरञ्जन खेलकुदको प्रबन्ध गर्ने,
· कैदी वा थुनुवाहरू बिरामी भएमा डाक्टरसँग अँचाउने, समयमा नै औषधी उपचार गराउनु पर्ने,
· कडा रोग लागेका कैदी थुनुवालाई समयमा नै अँचाउने, इलाज गराउने पौष्टिक आहारको प्रबन्ध गर्ने र अस्पताल भर्ना गर्न उचित प्रबन्ध मिलाउनु पर्ने, कारागारभित्र रहेका कैदीहरूको समयको सदुपयोग गराउन र स्वावलम्बी बनाउनको लागि नेपाल सरकारले घरेलु इलमसम्बन्धी कारखाना खोल्न सक्ने,
· कारखानामा काममा लगाउन सक्ने,
· कानूनको अधीनमा रही आफ्नो कुलाचार, धर्मको अभ्यास गर्न पाउने ।
१४. कैदको सजाय छोट्याउने सम्बन्धमा कस्तो व्यवस्था रहेको छ ?
जिउ मास्ने बेच्ने, जबरजस्ती करणी, कैदबाट भागे भगाएको, भन्सार चोरी निकासी पैठारी, लागू औषधिको कारोवार, भ्रष्टाचार सम्बन्धी, जासूसीसम्बन्धी, संरक्षित वन्यजन्तु सम्बन्धी र पुरातात्विक वस्तुसम्बन्धी मुद्दामा कैद सजाय पाएको व्यक्तिको कैद सजाय जेष्ठ नागरिकबाहेक अन्य व्यक्तिको हकमा छोट्याउन नमिल्ने सोबाहेक अन्य मुद्दामा सजाय पाएका असल चालन भएका कैदीलाई तोकिएको कैदको सजायमा बढीमा पचास प्रतिशतसम्म कैदको सजाय छोट्याउन सकिने,
· पैंसठ्ठी वर्ष उमेर पूरा भई सत्तरी वर्ष ननाघेका जेष्ठ नागरिकलाई पच्चिस
· प्रतिशतसम्म,
· सत्तरी वर्ष उमेर पूरा भई पचहत्तर वर्ष ननाघेका जेष्ठ नागरिकलाई पचास प्रतिशतसम्म, पचहत्तर वर्ष उमेर पूरा भएका जेष्ठ नागरिकलाई पचहत्तर प्रतिशतसम्म, कैद सजाय पाएको जेष्ठ नागरिक वा पचहत्तर वर्ष उमेर पूरा गरेको जेष्ठ नागरिकलाई अदालतले कसूरको गाम्भीर्यता हेरी कारागारमा नराखी हेरचाह केन्द्रमा राख्न आदेश दिन सक्ने,
· दुवै आँखा नदेख्ने वा दुवै खुट्टा नचल्ने वा अंगभंग भई ओछयान परी निको नहुने अवस्थामा पुगेको भनी सरकारी चिकित्सकले सिफारिस गरेका कैदीको हकमा बाँकी कैदको सजाय छोट्याउन सकिने ।
१५. कैदको सजाय कसरी छोट्याइन्छ ?
· जेलरले असल चाल चलन भएका कैदीलाई तोकिएको कैदको सजाय छोटयाउन आवश्यक देखेमा आफ्नो रायसाथ प्रमुख जिल्ला अधिकारीसमक्ष पेस गर्छ,
· जेलरले पेस गरेको रायमाथि विचार गरी उपयुक्त देखेमा प्रमुख जिल्ला अधिकारीले आफ्नो रायसाथ कारागार व्यवस्थापन विभागमा पठाउँछ, कारागार व्यवस्थापन विभागले आफ्नो रायसाथ निर्णयका लागि गृह मन्त्रालयमा पठाउँछ,
· गृह मन्त्रालयले उपयुक्त देखेमा कैदको सजाय छोट्याउने निर्णय गरी निर्णय कार्यान्वयनको लागि सम्बन्धित जेलरलाई लेखी पठाउँछ,
· गृह मन्त्रालयबाट कैदको सजाय छोट्याउने निकासा प्राप्त भएपछि जेलरले कैदको लगत कट्टा गरी कैदीलाई छोडी दिन्छ ।
१६. थुनुवा एवं कैदीको अधिकार प्रचलनका लागि कारागार ऐन र नियमावलीमा कस्तो व्यवस्था गरिएको छ ?
· कारागार ऐन र नियमावलीबमोजिमको अधिकार र सुविधा प्राप्त नभएको व्यहोरा थुनुवा वा कैदीले कारागारको प्रमुख (जेलर), प्रमुख जिल्ला अधिकारी र निरीक्षण गर्ने निकाय एवं अधिकारीसमक्ष राख्न पाउने,
· प्रमुख जिल्ला अधिकारीले कानूनको बर्खिलाप भएको वा कानूनबमोजिम गर्नुपर्ने कुरा नगरेको देखेमा कानूनबमोजिम काम कारवाही गर्ने र गर्न लगाउने, उच्च अदालतको मुख्य न्यायाधीश वा न्यायाधीशले कारागारको निरीक्षण गर्दा कुनै व्यक्तिलाई ठेकिएको कैदभन्दा बढी अवधि कैदमा रहेको वा प्रचलित कानूनले थुन्न पाउनेभन्दा बढी अवधि थुनामा परेको देखेमा त्यस्तो कैदी वा थुनुवालाई तुरून्त छाडीदिन आदेश दिन सक्ने, उच्च अदालतको मुख्य न्यायाधीश वा न्यायाधीशले कारागार निरीक्षण गर्दा कारागार ऐन, २०१९ बमोजिम नभएको वा नगरेको अन्य कुरासमेत देखेमा सो कुराको प्रतिवेदन सर्वोच्च अदालत र नेपाल सरकार गृह मन्त्रालयमा प्रतिवेदन पठाउने ।
१७. कैद भोगिरहेका ज्येष्ठ नागरिकलाई सजाय छुट दिन सकिने सम्बन्धमा ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ ले कस्तो व्यवस्था गरेको छ ?
· पैंसठ्ठी वर्ष उमेर पूरा भई सत्तरी वर्ष ननाघेको ज्येष्ठ नागरिकलाई पच्चीस प्रतिशतसम्म,
· सत्तरी वर्ष उमेर पूरा भई पचहत्तर वर्ष ननाघेको ज्येष्ठ नागरिकलाई पचास प्रतिशतसम्म,
· पचहत्तर वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई पचहत्तर प्रतिशतसम्म ।
१८. कैदीलाई कस्तो अवस्थामा कारागारले कारागारबाट बाहिर जान अनुमति दिन सक्छ?
· नजिकको नातेदार बिरामी भएमा सोही दिन फर्केर आउने गरी त्यस्तो बिरामीलाई भेट्न,
· आफैले सदगत वा काजक्रिया गर्नु पर्ने नातेदारको मृत्यु भएमा तोकिएको दिन फर्कने गरी सदगत वा काज क्रिया गर्न ।
१९. कैदीलाई कस्तो अवस्थामा अस्पताल वा यस्तै अन्य स्थानमा राख्नु पर्ने व्यवस्था छ?
* फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ बमोजिम कैदको सजाय पाएको कुनै कसूरदारको होस ठेगान नरहेमा त्यस्तो कसूरदारलाई कारागारले अस्पताल वा यस्तै अन्य चिकित्सा केन्द्रमा राख्नुपर्छ, । अस्पताल वा चिकित्सा केन्द्रमा राखिएको अवधिभरलाई निजले कैद भुक्तान गरेको अवधि मानिन्छ ।
२०. कारागार निरीक्षण र जाँच गर्ने निकायहरू कुन कुन हुन्?
· राष्ट्रिय मानव अधिकार आयोग,
· उच्च अदालतको मुख्य न्यायाधीश वा न्यायाधीश,
· महान्यायाधिवक्ताको कार्यालय,
· कारागार व्यवस्थापन विभाग,
· सम्बन्धित प्रमुख जिल्ला अधिकारी |
२१. थुनुवा एवं कैदीले कानूनी सहायताको लागि कहाँ सम्पर्क गर्ने ?
· कानूनी सहायता समिति,
· वैतनिक वकिलको लागि सम्बन्धित अदालत |
२२.थुनुवा एवं कैदीको अधिकारसँग सम्बन्धित कानूनहरू के के छन् ?
· नेपालको संविधान
· कारागार ऐन, २०१९
· जेष्ठ नागरिकसम्बन्धी ऐन, २०६३
· मुलुकी अपराध संहिता, २०७४
· मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४
· कसूर सजाय निर्धारण तथा कार्यान्वयन ऐन, २०७४
· कारागार नियमावली, २०२०