Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

देवानी संहिता र देवानी कार्यविधि संहितामा रहेका हदम्याद सम्वन्धी ब्यबस्था सबै अनुसूचीहरु

 


अनुसूची -एक

हदम्याद सम्वन्धी  ब्यवस्था

देवानी संहिता र देवानी कार्यविधि संहितामा रहेका हदम्याद सम्वन्धी ब्यबस्थालाई देहाय बमोजिम प्रस्तुत गरिएको च।

परिच्छेदको विषय

नालिश गर्नुपर्ने हद्म्याद

संवन्धित कानून

हदम्यादभित्र फिराद गर्नु पर्ने

·   अदालतमा मुद्दा दायर गर्न कानून बमोजिम कुनै निश्चित समयावधि तोकिएकोमा त्यस्तो समयावधिलाई हदम्याद भनिन्छ  

·   हदम्यादको व्यवस्था भएकोमा सम्बन्धित व्यक्तिले त्यस्तो हदम्यादभित्र अदालतमा फिरादपत्र दायर गर्नु पर्दछ  

·   हदम्याद नाघेको फिराद दर्ता हुन सक्दैन  कुनै कारणवश दर्ता हुन गएको रहेछ भने पनि त्यस्तो फिरादपत्र खारेज हुन्छ

देवानी कार्यविधि संहिताको दफा ४७

हदम्यादको ब्यबस्था नभएकोमा

·   फिरादपत्र दायर गर्ने सम्बन्धमा कानूनमा कुनै हदम्याद उल्लेख नभएकोमा कारण परेको मितिले ६ महिनाभित्र फिराद गर्न सकिन्छ

दफा ४८

हदम्याद प्रारम्भ हुने

·   कुनै विषयमा फिराद गर्न जुन कानूनमा हदम्यादको व्यवस्था भएको छ सोही कानून बमोजिम नै हदम्याद प्रारम्भ भएको मानिन्छ 

·   हदम्याद प्रारम्भ हुने सम्बन्धमा कानूनी व्यवस्था नभएकोमा फिराद गर्नु पर्ने कारण परेको मितिले हदम्याद प्रारम्भ भएको मानिन्छ

दफा ४९

थाहा पाएको मितिले फिराद गर्नु पर्ने

·   तर दफा ४८,४९ मा जे लेखिएतापनि धोका, कीर्ते, जालसाजी वा षड्यन्त्रको फलस्वरुप वा त्यस्तै अन्य कुनै कारण परी वा गोप्य रूपमा कुनै काम भई थाहा पाउन सक्ने स्थिति नभई कसैको हदम्याद गुज्रन गएकोमा निजले त्यस्तो कुरा थाहा पाएको मितिले ९० दिनभित्र फिरादपत्र दर्ता गर्नु पर्छ

·   नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह वा कुनै सङ्गठित संस्थाको हकमा थाहा पाएको मिति भन्नाले त्यस्तो सरकार वा तहको सम्बन्धित कार्यालय वा त्यस्तो संस्थालाई फिराद गर्नु पर्ने कुराको जानकारी भएको मितिलाई मानिन्छ

दफा ५०

हदम्यादको अवधि गणना

·      हदम्यादको अवधि गणना गर्ने विषयमा दुविधा अलमल पर्न गएमा निम्न बमोजिमको आधारमा म्याद गणना गरी एकिन गर्नु पर्दछः-

-          दिन गन्तिमा हदम्यादको अवधि तोकिएको भए दिन गन्तीको हिसावले गणना गर्ने,

-          हदम्यादको दिन गन्ती गर्दा हदम्याद सुरु भएको भोलिपल्ट देखि गणना गर्ने,

-          हदम्यादको अवधि महिनामा तोकिएको भए जति दिनको महिना भए पनि संक्रान्तिको हिसाबले महिनाको गणना गर्ने,

-          हदम्यादको अवधि वर्षमा तोकिएको भए १२ महिनाको बर्ष मानी बर्षको हिसाबले गणना गर्ने।

दफा ६२

देवानी संहितामा विभिन्न परिच्छेदमा भएका हदम्याद सम्वन्धी ब्यबस्था

अंशबण्डा

·   अंश मुद्दामा निम्नअवस्थामा जहिलेसुकै पनि नालिश गर्न पाइन्छः

o    अंशबण्डा नै नभएको,

o   अंशबण्डा हुँदा गोश्वाराको लिखत भएको,

o   लिखत नभए पनि हिसाब गरी दुवै पक्षले भोग गरेकोमा

·   अंशबण्डामा चित्त नबुझेमा त्यस्तो बण्डा भएको मितिले ३ महिनाभित्र।

·   सम्पत्ति लुकाए वा छिपाएको सम्बन्धमा अंशियारको जीवनकाल रहेसम्म।

·   माथि लेखिएदेखि बाहेक अन्य अवस्थामा त्यस्तो काम कारबाही भए गरेको मितिले ६ महिनाभित्र

देवानी संहिताको दफा २३५

अनुचित सम्वृद्धि

·   मुद्दा गर्नु पर्ने कारण उत्पन्न भएको मितिले दुई वर्षभित्र

दफा ६७१

अन्तर्देशिय धर्मपुत्र र धर्मपुत्री

·   छुट्टै हदम्याद तोकिएकोमा सोही बमोजिम।

·   हदम्याद नतोकिएकोमा काम कारबाही भए गरेको मितिले १ वर्षभित्र

दफा २०४

अपुताली

·   हदम्याद लेखिएकोमा सोही हदम्यादभित्र

·   अन्यमा अपुताली खुला भएको मितिले ३ वर्षभित्र

दफा २५०

करार सम्वन्धी

अप्रत्यक्ष वा अर्ध करार

·   मुद्दा गर्नु पर्ने कारण उत्पन्न भएको मितिले २ वर्षभित्र

दफा ६६३

एजेन्सी सम्वन्धी करार

·   मुद्दा गर्नु पर्ने कारण उत्पन्न भएको मितिले २ वर्षभित्र

दफा ६०१

करार सम्पन्न गर्ने ब्यबस्था

·   मुद्दा गर्नु पर्ने कारण उत्पन्न भएको मितिले २ वर्षभित्र

दफा ५१६

करारको उल्लङ्घन र उपचार

·   मुद्दा गर्नु पर्ने कारण उत्पन्न भएको मितिले २ वर्षभित्र

दफा ५४४

करारको परिपालना

·   मुद्दा गर्नु पर्ने कारण उत्पन्न भएको मितिले २ वर्षभित्र

दफा ५३४

करारको बैधता

·   बदर हुने करारको हकमा जहिलेसुकै

·   बदर गराउन सकिने करारको हकमा करार बदर गराउन पर्ने कारण उत्पन्न भएको मितिले १ वर्ष

·   अन्य करारको हकमा मुद्दा गर्नु पर्ने कारण उत्पन्न भएको मितिले २ वर्षभित्र

दफा ५२०

जमानत सम्वन्धी करार

·   मुद्दा गर्नु पर्ने कारण उत्पन्न भएको मितिले २ वर्षभित्र

दफा ५७४

दायित्व सम्वन्धी करार

·   मुद्दा गर्नु पर्ने कारण उत्पन्न भएको मितिले २ वर्षभित्र

दफा ५०३

धितो धरौट सम्वन्धी करार

·   मुद्दा गर्नु पर्ने कारण उत्पन्न भएको मितिले २ वर्षभित्र

दफा ५९०

नासो सम्वन्धी करार

·   मुद्दा गर्नु पर्ने कारण उत्पन्न भएको मितिले २ वर्षभित्र

दफा ५८४

बस्तु ढुवानी सम्वन्धी करार

·   मुद्दा गर्नु पर्ने कारण उत्पन्न भएको मितिले २ वर्षभित्र

दफा ६०९

लिज सम्वन्धी करार

·   मुद्दा गर्नु पर्ने कारण उत्पन्न भएको मितिले २ वर्षभित्र

दफा ६२३

वस्तुबिक्रि सम्वन्धी करार

·   मुद्दा गर्नु पर्ने कारण उत्पन्न भएको मितिले २ वर्षभित्र

दफा ५६२

हायरपर्चेज करार

·   मुद्दा गर्नु पर्ने कारण उत्पन्न भएको मितिले २ वर्षभित्र

दफा ६३९

गुठी सम्वन्धी

·   देहायको विषयमा जहिलेसुकै नालिश गर्न सकिनेः

o   गुठीको सम्पत्ति हिनामिना गरेको।

o   गुठीको सम्पत्तिसँग सम्बन्धित कुनै लिखत जालसाजी वा किर्ते गरेको।

o   गुठीको सम्पत्ति मासे खाएको।

o   सञ्चालकले गुठी संस्थापनापत्रको शर्त विपरीत फाइदा लिएको।

o   गुठीको सम्पत्ति वा सोको मूल्य वा आय सञ्चालक वा अन्य व्यक्तिबाट फिर्ता गराउनु परेको

·   उल्लिखित विषय बाहेक अन्य विषयमा कारण परेको मितिले ६ महिनाभित्र

दफा ३५१

घरबहाल

·   काम कारबाही भए गरेको मितिले ६ महिनाभित्र

दफा ४०५

जग्गा आवाद भोगचलन तथा दर्ता

·   काम कारबाही भए गरेको थाहा पाएको मितिले ६ महिनाभित्र

दफा २९८

ज्याला मजुरी

·   दफा ६४४ घरेलु सहायक सम्वन्धी विषयको हकमा मुद्दा गर्नु परेको कारण उत्पन्न भएको मितिले ३ महिनाभित्र

·   अन्य कुराको हकमा ३५ दिनभित्र

दफा ६४७

त्रुटिपूर्ण उत्पादन

·   काम कारबाही भए गरेको मितिले १ वर्षभित्र

दफा ६९१

दानबकस

·   छुट्टै हदम्याद तोकिएमा सोही बमोजिम।

·   आफूले दान वा बकस पाएको कुरामा आफ्नो हक पुगेको मितिले २ वर्षभित्र

·   दिन नहुने दान वा बकस दिएकोमा पाउनेको हक पुगी भोग चलन गरेको मितिले २ वर्षभित्र

·   अन्य अवस्थामा काम कारबाही भए गरेको थाहा पाएको मितिले १ वर्षभित्र

दफा ४१२

दुष्कृति

·   काम कारबाही भए गरेको मितिले ६ महिनाभित्र

दफा ६८४

धर्मपुत्र र धर्मपुत्री

·   काम कारवाही भए गरेको मितिले १ वर्षभित्र

दफा १८७

नागरिक अधिकार

·   गिरफ्तार वा थुनिएको हकमा जहिलेसुकै,

·   अन्य अवस्थामा त्यस्तो काम कारबाही भए गरेको मितिले ६ महिनाभित्र

दफा २९

प्राकृतिक ब्यक्ति

·         शरिरको परिक्षण वा अङ्ग परिवर्तन गर्ने गराउने सम्वन्धी काम कारबाहीमा भए गरेको मितिले ३ महिनाभित्र,

·         मृत्यु सम्वन्धी न्यायिक घोषणाबाट मृतघोषित ब्यक्ति स्वयं उपस्थित भै मृत्युको न्यायिक घोषणा बदर गराउन त्यस्तो काम कारबाही भएको थाहा पाएको मितिले १ वर्षभित्र,

·         माथि  लेखिएदेखि बाहेक अन्य अवस्थामा काम कारबाही भए गरेको मितिले ६ महिनाभित्र

दफा ४१

प्राकृतिक ब्यक्तिको दामासाही

·   दफा ५४ अन्तर्गतको दामासाहीको कार्वाही प्रारम्भ गर्दा नालिस गर्नु पर्ने कारण परेको मितिले ३ वर्षभित्र,

·   दफा ६२ र ६४ सम्बन्धी विषयमा थाहा पाएको मितिले २ वर्षभित्र,

·   माथि लेखिएदेखि बाहेक अन्य अवस्थामा भए गरेको मितिले ६ महिनाभित्र।

दफा ६६

फलोपभोग

·   काम कारबाही भए गरेको थाहा पाएको मितिले ६ महिनाभित्र

दफा ३६७

बन्धकी

·   हदम्याद तोकिएकोमा सोही बमोजिम,

·   अन्य अवस्थामा काम कारबाही भए गरेको मितिले १ वर्षभित्र

दफा ४५३

बाबुआमा र सन्तानको सम्वन्ध

·   छुट्टै हदम्याद लेखिएकोमा सोही बमोजिम,

·   अन्य अवस्थामा काम कारबाही भए गरेको मितिले ६ महिनाभित्र

दफा १२३

बिबाह सम्वन्धी

·   मर्का पर्ने व्यक्तिले त्यस्तो काम कारबाही भए गरेको मितिले ३ महिनाभित्र

दफा ८४

बिबाहको परिणाम

·   मर्का पर्ने व्यक्तिले त्यस्तो काम कारबाही भए गरेको मितिले ३ महिनाभित्र

दफा ९२

मातृक तथा पैतृक अख्तियारी

·   काम कारबाही भए गरेको मितिले ६ महिनाभित्र

दफा १३४

माथवर

·   काम कारबाही भए गरेको थाहा पाएको मितिले ६ महिनाभित्र

दफा १६८

लिखत पारीत

·   काम कारबाही भए गरेको मितिले १ वर्षभित्र

·   अर्को इलाकाको कार्यालयबाट लिखत पारित भएकोमा सम्बन्धित कार्यालयमा त्यस्तो लिखतको प्रति प्राप्त भएको मितिले १ वर्षभित्र

दफा ४७३

लेनदेन ब्यबहार

·   जहिलेसुकै नालिस दिन सकिनेः

-          असक्षम वा अर्धसक्षम व्यक्तिको सम्पत्ति आफ्नो गराउन, हिनामिना वा नोक्सान गर्न वा बिगार्न लेनदेन गरेको,

-          ब्याजको ब्याज लिएको,

-          ब्याजमा १० प्रतिशत भन्दा बढी लिएको

·   माथि लेखिएको वाहेक अन्यमा देहाय बमोजिम नालिस गर्न सकिने

-          नालिस गर्न छुट्टै हदम्याद तोकिएकोमा सोही बमोजिम,

-          कुनै लिखतमा अवधि उल्लेख भएकोमा सो अवधि नाघेको मिति र लिखत नभएको वा अन्य अवस्थामा मुद्दा गर्नु पर्ने कारण परेको मितिले १ वर्षभित्र

दफा ४९२

संरक्षकत्व

·   त्यस्तो काम कारबाही भए गरेको थाहा पाएको ६ महिनाभित्र

दफा १५२

सम्पत्ति हस्तान्तरण तथा प्राप्ती

·   छुट्टै हदम्याद तोकिएकोमा सोही बमोजिम,

·   दफा ४४९ को हकमा जहिलेसुकै,

·   अन्य अवस्थामा काम कारबाही भए गरेको थाहा पाएको मितिले ६ महिनाभित्र

दफा ४३४

सम्पत्तिको उपभोग   (खिचोला समेत)

·   काम कारबाही भए गरेको थाहा पाएको मितिले ६ महिनाभित्र

दफा २८६

सम्पत्ती सम्वन्धी सामान्य व्यबस्था

·   काम कारबाही भए गरेको मितिले ६ महिनाभित्र

दफा २६५

सम्वन्ध विच्छेद

·   मुद्दा गर्नु पर्ने कारण उत्पन्न भएको मितिले वा थाहा पाएको मितिले ३ महिनाभित्र

दफा १०४

सरकारी, सार्वजनिक तथा सामुदायिक सम्पत्ति

·   दफा ३०५, ३०६ र ३०७ को सम्बन्धमा जहिलेसुकै,

·   अन्य दफा बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले त्यस्तो काम कारबाही भए गरेको मितिले १ वर्षभित्र

दफा ३१३

सुविधाभार

·   काम कारबाही भए गरेको थाहा पाएको मितिले ६ महिनाभित्र

दफा ३८२

स्वामित्व र भोगाधिकार

·   काम कारबाही भए गरेको थाहा पाएको मितिले १ वर्षभित्र

दफा २७५

हकसफा

·   लिखत पारित भएको मितिले ६ महिनासम्ममा थाहा पाएको मितिले ३५ दिनभित्र

·   तर मोहीको हकमा जग्गाधनीले निखन्न पाउने मिति समाप्त भएको मितिले ३५दिनभित्र।

दफा ४६२

 

 


अनुसूची-दुई

क्षतिपूर्ति सम्वन्धी ब्यबस्था

देवानी संहिता र देवानी कार्यविधि संहितामा रहेका क्षतिपूर्ति सम्वन्धी ब्यबस्थालाई देहाय बमोजिम प्रस्तुत गरिएको

बिषय

कार्यविधि

संवन्धित कानून

परिभाषा

क्षतिपूर्ति भन्नाले कसैको केही हानीनोक्सानी भएमा वस्तु पूरा गरिदिने वा नोक्सानी भराई दिने काम; क्षति भएका वस्तुको सट्टामा दिइने रकम वा धन भन्ने बुझिन्छ

नेपाली बृहत् शब्दकोश

 

 

·         मुलुकी देवानी संहिता, २०७४ को विभिन्न दफामा कुनै काम कारबाहीबाट मर्का पर्ने ब्यक्तिले क्षतिपूर्ति पाउने ब्यवस्था गरेको 

 

अंश बण्डा सम्वन्धमा

·         अंश नपाउनेले अंश पाउँ भनी नालिस गरेको ठहरेमा अदालतले मिसिलबाट बिगो खुल्न आएमा बिगो र बिगो खुल्न नआएमा निजको हैसियत विचार गरी नालिस गर्ने व्यक्तिबाट मनासिब क्षतिपूर्तिको रकम प्रतिवादीलाई भराई दिनु पर्छ

देवानी संहिता दफा २३३

अंश बण्डा सम्वन्धमा

·         फैसला बमोजिम अंश, रकम वा खर्च दिनुपर्ने ब्यक्तिले त्यस्तो अंश, खर्च वा रकम  नदिएमा त्यस वापत अंश, खर्च वा रकम दिनु पर्ने व्यक्तिबाट पाउनुपर्ने ब्यक्तिलाइ मनासिब क्षतिपूर्ति समेत भराइ दिनु पर्छ

दफा २३४

अन्तरिम आदेशको कारण भएको क्षति

·         अन्तरिम आदेशको कारणबाट कुनै काम कारबाही गर्न नसकी कुनै पक्षलाई हानि, नोक्सानी भएमा त्यस्तो पक्षले अन्तरिम आदेश माग गर्ने पक्ष विरुद्ध आफूलाई भएको हानि, नोक्सानीको रकम उल्लेख गरी क्षतिपूर्ति माग गर्न सम्बन्धित अदालतमा निवेदन गर्न सक्छ  

·         अन्तरिम आदेश जारी भएको कारणले निवेदकलाई वास्तविक रूपमा हानि, नोक्सानी भएको देखिएमा अदालतले हानि, नोक्सानी बापत क्षतिपूर्ति भराउने आदेश दिन सक्छ। 

·         अन्तरिम आदेशको माग गर्ने पक्षले त्यस्तो आदेश बमोजिमको क्षतिपूर्ति निवेदकलाई भुक्तानी गर्नु पर्छ

कार्यविधि संहिताको दफा १६०

करारको क्षतिपूर्ति

·         करार उल्लङ्घन भएकोमा सो करारको उल्लंघनबाट भएको वास्तविक हानि, नोक्सानी वा पुर्वनिर्धारित  हानि, नोक्सानी करार उल्लङ्घन गर्ने पक्षबाट मर्कापर्नेले भराई लिन पाउँछ  

·         करार उल्लङ्घन भएमा क्षतिपूर्ति वापत कुनै निश्चित रकम पाउने भनी करार हुँदाका बखत पूर्वानुमान गरी करार भएकोमा सोही बमोजिमको रकममा ननाघ्ने गरी मर्का पर्ने पक्षले अर्को पक्षबाट मनासिब रकम भराई लिन पाउँछ  

·         क्षतिपूर्ति पाउने व्यवस्था करारमा नभएकोमा करारको उल्लङ्घनबाट प्रत्यक्ष र वास्तविक रूपमा भएको हानि, नोक्सानी वा करार उल्लङ्घन वा क्षतिपूर्ति वापत मनासिब रकम भराई लिन पाउनेछ 

देवानी संहिता

दफा ५३७

कानूनी व्यक्ति जिम्मेवार रहने

·         कसैले कानूनी व्यक्तिको तर्फबाट कुनै काम कारबाही गर्दा कसैलाई कुनै किसिमको हानि, नोक्सानी पर्न गएमा त्यसको जिम्मेवारी त्यस्तो कानूनी व्यक्तिको हुन्छ र त्यसको क्षतिपूर्ति सम्बन्धित कानूनी व्यक्तिले व्यहोर्नु पर्छ

·         तर कानूनी व्यक्तिको उद्देश्य वा कार्यक्षेत्र बाहिर रही गरेको वा वदनियत पूर्वक गरेको काम कारबाहीबाट कसैलाई हानि, नोक्सानी हुन गएमा त्यस्तो काम गर्ने सञ्चालक वा व्यक्ति नै व्यक्तिगत रूपमा जिम्मेवार हुन्छ

दफा ५१

क्षतिपूर्ति निर्धारण गर्ने आधार

·         अदालतले मुद्दामा क्षतिपूर्ति निर्धारण गर्दा देहायका कुराहरू विचार गर्नु पर्छः

-          क्षति बापत भएको वास्तविक हानि, नोक्सानी (एक्चुयल लस),

-          क्षति भएको कारणबाट आयमा भएको हानि, नोक्सानी (लस इन इनकम),

-          क्षति भएको कारणबाट व्यहोर्नु परेको थप हानि, नोक्सानी   

·         क्षतिपूर्ति निर्धारण गर्दा कसैको हक वा हित उल्लघंन भएको कारणबाट भएको वा हुन सक्ने वास्तविक क्षतिको यकिन गरी त्यसको आधारमा मात्र क्षतिपूर्ति निर्धारण गरिनेछ र काल्पनिक विषयमा क्षतिपूर्ति निर्धारण हुन सक्दैन

कार्यविधि संहिताको दफा २६६

क्षतिपूर्ति भराई दिने

·         नागरिक अधिकारको उल्लंघन भई त्यसको उपचारको क्रममा परेका उजुरी जाँचबुझ गर्दा प्रत्यर्थीले उजुरकर्तालाई वदनियतपूर्वक क्षति पुग्ने कुनै काम गरेको ठहरिएमा अदालतले अवस्था हेरी प्रत्यर्थीबाट उजुरीकर्तालाई मनासिब क्षतिपूर्ति भराई दिनुपर्छ।

·         कुनै सरकारी वा सार्वजनिक निकायमा कार्यरत पदाधिकारी वा कर्मचारीले नागरिक अधिकारको जानीजानी उल्लङ्घन गरेको ठहरिएमा क्षतिपूर्तिको रकम त्यस्तो पदाधिकारी वा कर्मचारी आफैँले व्यहोर्नु पर्नेछ कार्यालयले ब्यहोर्नु पर्दैन

दवानि संहिताको दफा २७

क्षतिपूर्ति मौद्रिक मूल्यमा मात्र हुने

·         करारमा अन्यथा ब्यवस्था भएकोमा बाहेक हानि, नोक्सानी वापतको क्षतिपूर्तिको मूल्याङ्कन गर्दा मौद्रिक मूल्यमा यकिन गरिन्छ।

दफा ५४२

गुठी सम्वन्धी

·         गुठी सञ्चालकबाट गुठी सम्पत्ति व्यवस्थापन नभएको, ठगी, जालसाज वा हिनामिना भएको वा अन्यत्र उपयोग भएको ठहर भएमा  क्षतिपूर्ति समेत भराउन सकिन्छ

दफा ३३६ (३)

झुट्टा उजुरी दिएको देखिएमा क्षतिपूर्ति भराई दिने

·         कसैले कसैलाई दुःख दिने वा हानि, नोक्सानी  पुर्‍याउने नियतले झुट्टा उजुरी दिएको ठहरेमा अदालतले त्यसरी झुट्टा उजुरी दिने उजुरीकर्ताबाट प्रत्यर्थीलाई मनासिब क्षतिपूर्ति भराइ दिनुपर्छ  

·         भराइने क्षतिपूर्तिमा प्रत्यर्थीले अदालतमा आफ्नो प्रतिरक्षा गर्दा लागेको खर्च, अदालती दस्तुर र कानून व्यवसायीको खर्च समेत समावेश हुन्छ

दफा २८

ढुवानी गर्दा भएको क्षति

·         बस्तु ढुवानी गर्दा वस्तुको धनीलाई हुन गएको हानि, नोक्सानी वापत मनासिब क्षतिपूर्ति व्यहोर्नु पर्छ

दफा ६०७

त्रुटिपुर्ण उत्पादन

·         त्रुटिपूर्ण उत्पादन गर्ने व्यक्ति तथा उपभोग गर्ने व्यक्ति दुवैको कारणबाट क्षति हुन पुगेको कुरा प्रमाणित भएमा उत्पादकको दायित्व समानुपातिक तवरले कम हुन सक्छ।

दफा ६८८

दुष्कृति वापतको क्षतिपूर्ति

·         हानि, नोक्सानी पुगेको व्यक्तिले क्षतिपूर्ति दाबी गर्न सक्छ र दुष्कृति गर्नेले मनासिब क्षतिपूर्ति व्यहोर्नु पर्छ काल्पनिक वा अवास्तविक क्षतिपूर्ति व्यहोर्नु पर्दैन 

·         तर कुनै व्यक्तिको आफ्नै समेतको अकर्मण्यता कारणबाट कुनै दुष्कृति भएको रहेछ भने त्यस्तो क्षतिपूर्तिको मात्रा कम हुन्छ

·         दुष्कृति गरेको भनिएको व्यक्तिको हेलचेक्र्याइँ, लापरवाही, त्रुटि वा अकर्मण्यताको परिणामबाट नभई अन्य कुनै कारणबाट भएको हो भन्ने प्रमाणित गरेमा क्षतिपूर्ति ब्यहोर्नु पर्नेछैन

·         क्षतिपूर्ति नगद, जिन्सी वा सेवा कुनै पनि किसिमको हुन सक्छ 

दफा ६८२, ६८३

प्रतिनिधिले एजेन्सी छोड्दा

·         कुनै निर्धारित समय र कामका लागि नियुक्त प्रतिनिधिले सो अवधि वाँकि छदै वा अवधि नतोकिएकोमा विना सुचना काम गर्न छोडेमा मुख्य व्यक्तिले मनासिब क्षतिपूर्ति दाबी गर्न सक्छ

दफा ५९९

प्रत्याशन (सब्रोगेशन) सम्बन्धी व्यवस्था

·         प्रत्याशन (सब्रोगेशन) सम्वन्धी करार भएकोमा हानि, नोक्सानी वापत निश्चित रकम वा क्षतिपूर्ति उपलब्ध गराउने कुरा करारमा उल्लेख भएकोमा सोही बमोजिम र उल्लेख नभएकोमा मनासिब रकम वा क्षतिपूर्ति प्रभावित व्यक्ति वा निजको मृत्यु भइसकेको भए निजको हकवालालाई तत्काल दिनु वा दिलाई दिनु पर्छ  

·         हानि, नोक्सानी भएकोमा हानि, नोक्सानी भएको व्यक्तिको स्थानमा  रकम वा क्षतिपूर्ति दिने व्यक्तिले प्रत्याशन गरेको मानिनेछ र सोही बमोजिम हानि, नोक्सानी पुर्‍याउने व्यक्तिबाट त्यसरी प्रत्याशन गर्ने व्यक्तिले हानि, नोक्सानी वापतको रकम वा क्षतिपूर्ति भराई लिन पाउँछ

दफा ५७२

बन्धकि सम्वन्धी

·         बन्धकीमा लिएको सम्पत्ति कच्चा भई वा असामीले बाधा बिरोध गरी साहूले भोगचलन गर्न नपाएमा असामीले त्यस वापत साहूलाई मनासिब क्षतिपूर्ति दिनु पर्छ 

दफा ४३९(२)

बस्तुविक्रि सम्वन्धमा क्षतिपूर्तिको विशेष ब्यबस्था

·         क्रेताले करार बमोजिम वस्तु स्वीकार नगरेको वा स्वीकार गर्न इन्कार गरे वापतको क्षतिपूर्ति विक्रेताले क्रेता विरुद्ध दाबी गर्न सक्छ,

·         बिक्रेताले करार बमोजिम क्रेतालाई वस्तु नबुझाएमा वा बुझाउन इन्कार गरेमा वस्तु नबुझाए वापत क्रेताले विक्रेता विरुद्ध क्षतिपूर्ति दाबी गर्न सक्छ,

·         यसमा  क्षतिपूर्तिको निर्धारण गर्दा वस्तु बजारमा उपलब्ध भएमा त्यस्तो वस्तुको करारमा उल्लेख भए बमोजिमको मूल्य र बजार वा प्रचलित मूल्य बीच भएको अन्तरको आधारमा निर्धारण  हुन्छ

दफा ५६१

मर्मत सुधार गर्दा हानी पुर्‍याएमा

·         कसैले मर्मत सुधार गर्न दिएको वस्तु निर्धारित समयभित्र फिर्ता नगरेमा वा मर्मत, सुधार वा पुनर्निर्मा गर्दा थप हानि, नोक्सानी पुर्‍यएमा वा पुनः प्रयोग हुन नसक्ने गरी ्षति पुर्‍याएमा निजले करारमा व्यवस्था भएकोमा सोही बमोजिम र नभएकोमा मनासिब क्षतिपूर्ति सम्बन्धित धनीलाई दिनु पर्छ

दफा ५८१

लेनदेन ब्यबहार

·         अर्काको मालबस्तु भाडा वा पैंचोमा  लिएकोमा लिनेले स्वामित्व वा भोगवालालाई त्यस्तो मालवस्तु वा रकम नबुझाएमा त्यसबाट मर्का पर्ने व्यक्तिले त्यस्तो वस्तुको रकम र नोक्सानी वापत मनासिब क्षतिपूर्ति लिनपाउँछ

दफा ४९१(४)

विवाह गर्न, गराउन नहुने

·         विवाह हुन नसक्ने पुरुष वा महिलासँग विवाह गर्न वा गराउन हुँदैन  

·         झुक्याई विवाह गरेको कारणबाट मर्का पर्ने व्यक्तिले त्यस्तो विवाह बदर गराउन र झुक्याई विवाह गर्ने वा गराउनेबाट मनासिब क्षतिपूर्ति दाबी गर्न सक्छ

दफा ७१(३)

संपत्ति उपभोग सम्वन्धमा

·         कसैले संपत्ति उपभोग गर्ने क्रममा गरेको काम कारबाहीबाट कुनै व्यक्तिलाई क्षति हुन गएमा मर्का पर्ने व्यक्तिले त्यस्तो काम गर्ने व्यक्तिबाट मनासिब क्षतिपूर्ति भराइ लिन सक्नेछ

दफा २८५

सम्पत्ति भोग गर्न  नपाए वापतको क्षेतिपूर्ति 

·         सम्पत्ति बिक्री गरी हस्तान्तरण गरेकोमा कुनै व्यहोराले कच्चा भई खरिदकर्ताले पूरै वा आंशिक रूपमा सम्पत्ति भोग गर्न नपाएमा देहाय बमोजिमको रकम कपाली सरह हुन्छः

-          भोग गर्न नपाए जति सम्पत्तिको खरिदकर्ताले तिरेको रकम,

-          त्यस्तो रकमको वार्षिक १० प्रतिशतका दरले हुने ब्याज र

-          सम्पत्ति हस्तान्तरण गर्दा रजिष्ट्रेशन दस्तुर वा अन्य रकम तिरेको भए त्यस्तो रकम समेत खरिदकर्ताले त्यसरी सम्पत्ति हस्तान्तरण गर्ने व्यक्तिबाट कपाली सरह भराई लिन पाउँछ    

·         खरिद गरेको सम्पत्तिमा कुनै संरचना बनाएकोमा त्यसरी गरिएको खरिद कुनै कारणबाट कच्चा भई सो सम्पत्ति निजले भोग गर्न नपाउने भए ६ महिनाभित्र आफुले बनाएको संरचना भत्काई लैजान पाउछ

·         मञ्जुरी नलिइ सगोलको सम्पत्ति हस्तान्तरण गरेको, अर्काको सम्पत्ति हस्तान्तरण गरेको र दोहोरो पारी सम्पत्ति हस्तान्तरण गरेको  कारणबाट कुनै व्यक्तिलाई मर्का पर्न गएमा आफूलाई पर्न गएको वास्तविक हानि, नोक्सानी सम्पत्ति हस्तान्तरण गर्ने व्यक्तिबाट क्षतिपूर्ति समेत भराई लिन सक्छ

·         दान पाउन सक्ने वा दान वा बकस पाउने व्यक्तिले सम्पत्ति प्रयोग गर्न नपाई निजलाई मर्का पर्न गएमा दान वा बकस दिने व्यक्तिबाट मनासिब क्षतिपूर्ति भराई लिन पाउछ      

·         तर शेष पछिको बकसपत्र बदर भएकोमा क्षतिपूर्ति भराई लिन पाईंदैन

देवानी संहिताको दफा ४२४

सुविधाभार

·         कसैले सुविधाभारको प्रयोग गर्ने सिलसिलामा घर वा जग्गाधनीलाई कुनै किसिमको हानि, नोक्सानी पुर्‍याएमा त्यस्तो व्यक्तिले मनासिब क्षतिपूर्ति ब्यहोर्नुपर्नेछ

दफा ३८१

स्वामित्व र भोगाधिकार सम्वन्धी

·         कसैले कुनै सम्पत्ति जवरजस्ती, वदनियतपूर्वक वा गोप्य रूपमा भोग गरेमा त्यस्तो सम्पत्ति भोग गर्दा प्राप्त गरेको लाभ र सो सम्पत्ति सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नु पर्छ। सो सम्पत्ति भोग गर्दा आफ्नो हेलचक्र्याइँबाट हुन पुगेको नोक्सानी वापत मनासिब क्षतिपूर्ति समेत तिर्नु पर्छ

·         अरुको सम्पत्ति आफ्नो भोगाधिकारमा रहेको अवधिमा हराएमा वा क्षति भएमा भोगाधिकारवालाले त्यस्तो सम्पत्ति वापत सम्बन्धित व्यक्तिलाई क्षतिपूर्ति तिर्नु पर्छ

दफा २७४

हर्जाना (इन्डेम्निटी) सम्बन्धी करार

·         हर्जाना सम्बन्धी करार भएकोमा  देहाय बमोजिम क्षतिपूर्ति वापत भराई लिन पाउछः-

-          करारमा उल्लेख भए बमोजिमको हर्जाना रकम,

-          तेस्रो पक्षलाई हानि, नोक्सानी परेको भए त्यस वापत तिर्नु व्यहोर्नु पर्ने रकम,

-          हर्जाना सम्बन्धी करारका सम्बन्धमा निजले दायर गरेको वा प्रतिरक्षा गरेको भए त्यस्तो मुद्दामा लागेको खर्चको रकम,

·         उल्लेखित रकम नदिएको कारणबाट मुद्दा मामिला गर्नु परेमा त्यस्तो मुद्दा मामिलामा लागेको खर्चको रकम

दफा ५७१

हानि, नोक्सानीको रकम भराई लिन सक्ने

·         संरक्षकले आफूलाई लाभ हुने वा नहुनेगरी जानीजानी, छलकपट, जालसाजी वा बदनियतले आफ्नो संरक्षकत्वमा रहेको असक्षम वा अर्धसक्षम व्यक्तिको सम्पत्तिमा हानि, नोक्सानी पुर्‍याएमा त्यसबाट मर्का पर्ने असक्षम वा अर्धसक्षम व्यक्तिले त्यस्तो संरक्षकबाट हानि, नोक्सानी भएको रकम भराई लिन सक्नेछ

दफा १५१

 


अनुसूची- तीन

मुलुकी ऐन र देवानी तथा फौजदारी संहिताको दफावार तुलना

क्र..

विषय

 साविक कानून

देवानी कार्यविधी संहिता

फौजदारी कार्यविधि संहिता

अंशबण्डा छुट्याउने कार्यविधि

द. सं. को ४६

दफा २४१

-

अदालतको अधिकारक्षेत्र

,, २९ र ३५

दफा ६ र १६ देखि २७

दफा ३०,४५-४९, १४४,१४९,१६९

अदालती शुल्क

कोर्ट फी ऐन,२०१७

दफा ६३ देखि ८४

-

आदेश (थुनछेक हुँदा थुना धरौट)

अ.बं.११८

-

दफा ६७,६८,७८,७९,८०

आदेश (रोक्का वा यथास्थितिमा राख्ने)

अ.बं १७१क

दफा १५६

दफा ५८,६५,८७, १५६,१६७

आदेश(थुनछेक हुँदा तारेखमा राख्ने)

अ.बं.४७

-

दफा -६९

कायलनामा (मुद्दा फिर्ता लिने)

अ.बं ९२

दफा १९६

दफा ११६

कैदको हकमा पुनरावेदन अनुमति

अ.बं.१९४

-

दफा- १३७

चलन चलाउने कार्यविधि

द. स. को ४३

दफा २३८

-

१०

जरिवाना छुट

द.सं. ४१क

दफा २४६

-

११

जरिवाना।सरकारि विगो वापत कैद

द.सं.३८

दफा २४४

दफा १६४

१२

डिसमिस

अ.बं.१७९,१८५क

दफा १४१

दफा -

१३

थप अभियोगदाबी लिन सक्ने

अ.बं.८८

-

दफा- ३५

१४

दरपिठ

अ.बं.२७

दफा १२८

दफा ५०

१५

दरपिठ उपर निवेदन

अ.वं. नियमावली

दफा १३०

 

१६

दाखेल खारेज र नामसारी

,, ४४

दफा २३९

-

१७

दुनियाबादी फौजदारीमा परिणत

स.मु.स.ऐन, दफा २७

-

दफा -४२

१८

धरौटि शुल्क फिर्ता

द.सं. ५१

दफा २४८

दफा ७६

१९

नवुझि नहुने साक्षी बुझ्ने

अ.बं.११५

दफा १८०

दफा ११२

२०

नाप, जाँच वा नक्सागराउने/अवलोकन

अ. वं. १७१

दफा १७७ र १७८

-

२१

निखानई दिने कार्यविधि

,, ४५

दफा २४०

-

२२

निवेदन (नावालक समेतको तर्फबाट मुद्दा गर्न अनुमति)

अ.बं. ८३

दफा ५४, २६७

दफा ५३

२३

निवेदन (फैसला कार्यान्वयनमा भएको बेरितको आदेश वदरको लागि)

द.सं.६१

दफा २५०(२)

-

२४

निवेदन (बेरितको अन्तर्कालिन आदेश वदर गराउनको लागि)

,, १७

दफा १५६(४),१५७ न्याय प्रशासन ऐन,१५

न्याय प्रशासन ऐन, द १५

२५

निवेदन (बेरितको आदेश वदर गराउनको लागि)

,, १७

दफा १५७(२)

दफा ७२, ७३

२६

निवेदन (सार्वजनिकहकमा मुद्दा अनुमति)

अ.बं.१०

दफा ९१

-

२७

पक्षसँग कागज गराउन सक्ने

,, १३३

दफा १७१ र २७५

-

२८

पूर्व सुनुवाइ छलफल/छलफल

जि.अ.नि.

दफा १९१

दफा १२४

२९

पेटबोलीको व्यक्ति बुझ्ने

,, १३९

दफा १२३, १२४,१७६

-

३०

प्रतिउत्तर सरहको पुनरावेदन

अ.ब. २०८

दफा ११८

-

३१

प्रतिदाबी पेश गर्न सक्ने

नभएको

दफा १२१

-

३२

प्रत्यर्थी झिकाउने

अ. वं. २०२

दफा २१३(३)

दफा १४०(३)

३३

प्रमाण बुझ्नु पर्ने मुख नमिलेको कुरामा

अ. वं. १८४क

दफा १६८

दफा १२३

३४

प्राङ्न्याय/दोहोरो खतरा

,, ८५,संविधान

दफा १४, ८९ र ९४

फौजदारी संहिता दफा९

३५

प्रारम्भिक सुनुवाइ

-

दफा १३२

दफा ५१

३६

फैसला कार्यान्वयनमा मिलापत्र

जि अ नि ८०ख र ८०ग

दफा २३४

-

३७

फैसला प्रमाणीकरण

-

दफा १९८

दफा १३१

३८

फैसला सुनी पाएको कागज गराउने

अ.वं. १९३

दफा २००

दफा -

३९

फैसला, मिलापत्र डिसमिस आदि वदर

,, ८६

दफा ९२

दफा -

४०

बन्द सवाल

अ.वं.१६०-१६२

दफा १८९

दफा १०७

४१

बाटोको म्यादको हिसाब

,, ९५

दफा २२७ (१५ कि. मी.)

दफा -

४२

बिगो भराउने कार्यविधि

द. स. को ४२

दफा २४२

दफा १६५

४३

बिगो वापत कैद

लेनदेनको १९

,, २४४

दफा १६५(८)

४४

मिलापत्र र मेलमिलाप

,, १८२ र १८३

,, १९३, १९४ र १९५

दफा ११७-१२०

४५

मुद्दा सकार (पक्षमरी हकवालाले)

अ.बं.७०

दफा २२६,२३७

दफा १३३(४)(ख),१९०

४६

मुद्दा सकार (वारिस बदलिगर्दा)

अ.ब.७०

दफा १५२

दफा ९३

४७

मुद्दा सार्ने

-

दफा २०३

दफा ९६

४८

मुद्दा हेर्न नहुने(स्वार्थ बाझिने)

,, ३०

,, २७१

दफा १७६

४९

मुद्दा हेर्ने प्राथमिकताक्रम

,, ११

,, २७०, नियमावली

दफा १७०

५०

मुलतबी सम्बन्धी व्यवस्था

,, १२,१९०

,,२०१ र २०२

दफा ९७, ९८

५१

मृत्यु भएमा मुद्दा खारे, मिनाहा

अ.बं. १७६, द.सं.३

-

दफा १३३, १५८

५२

म्याद छापा वा विद्युतिय माध्यममा प्रकाशन

जि.अ.नि.२२क

दफा ११४,२८२

दफा ६२

५३

म्याद तामेली सम्बन्धी

,, ११० देखि ११३ र ११३क

,, ९९ देखि ११८

दफा ५७,५८, ५९-६२, ६६

५४

म्याद तारिख थाम्ने थमाउने सम्बन्धी

अ.वं५९, ६०, ६२ र ६४

दफा २२२ देखि २२५

दफा ५९(५),८५(१), १३४

५५

लगत खडा फैसला बमोजिम

जि.अ.नियमावली

दफा २२९

दफा १५१

५६

लिखत प्रमाणित (वारिसनामा र अधिकृत वारिसनामा)

,, ६५ देखि ७१ र ७१क, ७१ख र ७१ग

,, १४४ देखि १५२, अ.वा. मुद्दा-१५३, सम्पत्ति-१५४

दफा ८९-९५

५७

लिखत प्रमाणीत (दर्ताद्वारा विवाह)

-

दफा ७७-८०

-

५८

लिखत प्रमाणीत धर्मपुत्र पुत्री

धर्मपुत्र

दफा १७७

-

५९

लिखत प्रमाणीत संरक्षक, माथवर नियुक्ति

 

दफा १३९,१५७,१६६

-

६०

लिखत संशोधन

 

दफा

दफा ३७

६१

वारेण्ट(पक्राउ पुर्जी)

अ.बं.९४

दफा

दफा -५७,८७

६२

विशेष परिस्थितिमा अनुपस्थित साक्षीबुझ्ने

दफा१४४

दफा १७९

दफा १०१

६३

संवन्ध बिच्छेद मञ्जुरीले

लो.स्वा.१(३) नं.

दफा ९३

दफा

६४

संवन्ध विच्छेद असहमतिको

लो.स्वा. १ नं.

दफा ९८

दफा

६५

सद्दे किर्तेमा वयान गराउने

,, ७८

,, १७२ र १७३

दफा १०४

६६

साक्षी सपथ

ढाँचामा मात्र

दफा १८४

दफा १०६

६७

साधक जाँच

अ.ब.१८६

दफा

दफा १४५

६८

सुनुवाई खुला इजलासमा गर्नु पर्ने

अ. वं. ६

,, ५ र २६८

दफा १२९, संजाय नि. ऐन, दफा १०

६९

सूचना गोप्य राख्ने

नियमावली

दफा २७६

दफा १८३

७०

हकदैया

अ.बं.८२

दफा १०,८६

दफा ४३

हदम्याद सम्बन्धी

,, ३६ देखि ४६

,, ४७ देखि ६२ र २५९, अन्य दिग्दर्शन अनुसूची १ मा विस्तृत छ

दफा परिच्छेद अनुसार विभिन्न दफा

 

 

 

 

Post a Comment

Previous Post Next Post