परिच्छेद-पाँच
म्याद तामेली
मुद्दा दर्ता भएपछि अर्को पक्षलाई सुनुवाईको
मौका दिनुपर्छ। सुनुवाईको मौका नदिई भएको काम कारवाही प्राकृतिक न्यायको सिद्धान्त
विपरित हुन्छ। यसै प्रयोजनका लागि मुद्दा परेको ब्यहोरा खुलाई सो मुद्दाका
सम्बन्धमा आफ्नो भनाई राख्नको लागि निश्चित अवधिभित्र सबुद प्रमाण सहित अदालतमा उपस्थित
हुनु भनी मुद्दा परेको व्यक्ति वा संस्थालाई सूचना दिनुपर्छ। यसरी दिईने सूचनालाई
म्याद र सो सूचना बुझाउने प्रक्रियालाई म्याद तामेली भनिन्छ। यस्तो सूचनालाई देवानी
मुद्दामा ईतलायनामा र फौजदारी मुद्दामा समाव्हान भनिन्छ। कानूनमा तोकिएको
प्रक्रिया पूरा गरी बुझाएपछि वा तामेल भएपछिमात्र त्यस्तो म्यादले बैधता प्राप्त
गर्दछ। देवानी कार्यविधि संहितामा म्याद तामेली प्रक्रिया सम्बन्धमा देहाय बमोजिमको
व्यवस्था गरेको छः
विषय |
कार्यविधि |
कानूनी ब्यबस्था |
वादी वा कानून व्यवसायी मार्फत म्याद बुझाउने प्रक्रिया। |
·
प्रतिवादीलाई वादी आफैले वा
निजको कानून व्यवसायी मार्फत म्याद बुझाउन चाहेमा सो कुरा फिरादपत्रमा उल्लेख गर्नुपर्छ। ·
यसरी वादी आफैले वा निजको
कानून व्यवसायीले म्याद बुझाउन चाहेमा सोही दिन २ प्रति म्याद, १/१ प्रति फिरादपत्र र प्रमाण कागजको नक्कल निजहरूलाई बुझाउनु पर्छ। ·
उक्त म्याद बुझाएको भरपाई गराई मिसिल संलग्न राखी
सो को अभिलेख नियमावलीको अनुसूची २ बमोजिम समेत राख्नुपर्छ। ·
यसरी बुझेको म्याद वादी वा
निजको कानून व्यवसायीले फिरादपत्र दर्ता भएको मितिले
वाटाका म्याद बाहेक ३ दिनभित्र प्रतिवादीलाई बुझाई प्रतिवादीको भरपाई गराउनु पर्छ। ·
प्रतिवादीले म्याद बुझी गरिदिएको भरपाई र निजले सहीछाप गरी बुझेको १ प्रति म्याद प्रमाणको लागि वादी वा कानून व्यवसायीले म्याद बुझाएको ७ दिन भित्र अदालतमा दाखिला गर्नुपर्छ। ·
प्रतिवादीले त्यस्तो म्याद बुझी नलिएमा तामेल गर्ने म्याद नाघेको मितिले २ दिन भित्र सो ब्यहोराको प्रतिवेदन निजहरूले अदालतमा पेश गर्नुपर्छ। |
दफा ९9 देकानि १५ |
अदालतबाट म्याद जारी गर्ने |
·
वादी वा निजको कानून
व्यवसायीले म्याद तामेल नगरी फिर्ता
गरेकोमा सो मितिले र अन्य अवस्थामा फिराद दर्ता भएको मितिले ३ दिन भित्र म्याद जारी गर्नुपर्छ। ·
यसरी म्याद जारी गर्दा एक जना
वा सो भन्दा बढी प्रतिवादी भए प्रत्येकलाई म्यादको ३ प्रति र फिरादपत्र तथा प्रमाण कागजको
नक्कल १/१ प्रति पठाउनुपर्छ। ·
तर प्रतिवादीहरू एकाघरका व्यक्ति भए जतिसुकै
प्रतिवादी भए पनि फिरादपत्र र प्रमाणको नक्कल १ प्रति मात्र पठाए पनि हुन्छ। ·
म्याद तामेल गर्ने कार्य सम्पन्न भएपछि तामेल गर्ने
कर्मचारीले अदालतमा हाजिर भएको भोलिपल्ट सम्ममा मुद्दागत रुपमा प्रतिबेदन पेश
गर्नुपर्छ। ·
प्रतिवादीले म्याद बुझिसकेपछि
प्रतिउत्तर गर्नु अगाडि मिसिलमा भएका कागजपत्रको नक्कल माग गर्न आएमा प्रमाणित
गरी दिनुपर्छ। |
दफा 100, १०२ देकानि १५ |
म्यादको अवधि |
·
प्रतिवादीका नाउँमा बाटाका
म्याद बाहेक २१ दिनको अवधि तोकि म्याद जारी गर्नुपर्छ। ·
फिराद दाबीको विषयमा प्रतिवादी
बाहेक दफा १२३ बमोजिम प्रतिवादी कायम भएका अन्य व्यक्तिका नाउँमा वाटाका म्याद
बाहेक ७ दिनको म्याद जारी गर्नुपर्छ। |
दफा 101, १२३ |
अदालतबाट म्याद तामेल गर्ने कार्यविधि |
अदालतबाट म्याद तामेल गर्दा देहाय बमोजिम
गर्नुपर्छः ·
म्याद तामेल गर्ने कर्मचारीले
म्याद बुझेको मितिले वाटोको म्याद बाहेक ७ दिनभित्र म्याद तामेल गर्नुपर्छ। ·
उक्त अवधिभित्र म्याद तामेल
हुन नसके सोको कारण सहित निजले अदालतमा प्रतिवेदन दिनुपर्छ। |
दफा 104 |
·
तामेलदारले सम्बन्धित व्यक्ति
चिनेको भए सोही व्यहोरा जनाई निजलाई म्याद बुझाउन सक्छ। ·
अन्य अवस्थामा प्रतिवादी वसोवास गरेको ठेगानामा गई घर डेरा
पत्ता लगाई सम्बन्धित व्यक्तिलाई म्याद बुझाई तामेल गर्नुपर्छ। ·
म्यादवाला व्यक्ति फेला नपरे एकाघरका उमेर पुगेका अन्य व्यक्तिलाई बुझाउनु पर्छ। ·
म्यादवाला व्यक्ति वा निजको एकाघरको उमेर
पुगेका व्यक्ति फेला नपरे वा म्याद बुझि नलिए बसोवास गरेको घर डेरामा म्याद टाँसी तामेल गर्नुपर्छ। ·
सम्वन्धित व्यक्ति चिनेको
अवस्थामा वाहेक अन्य अवस्थामा म्याद तामेल गर्दा सम्बन्धित वडा अध्यक्ष, वडा सदस्य, सचिव वा कुनै सरकारी कर्मचारी र कम्तिमा २ जना स्थानीय व्यक्तिलाई रोहवरमा राख्नु पर्छ। |
दफा १०५ |
|
|
·
म्याद बुझाईसकेपछि तामेलदारले
कुन व्यहोराबाट म्याद तामेल गरेको हो सो कुरा अदालतमा दाखेला गर्ने म्यादको पीठमा जनाई मिति र समय समेत खुलाई प्रष्ट
बुझिने सहीछाप गरी अदालतमा बुझाउनुपर्छ। ·
घर दैलामा म्याद टाँस गरेकोमा
तेस्रो प्रति म्याद स्थानीय तहमा बुझाई त्यसको छुट्टै भरपाई गराई वा म्यादको पीठमा
सो ब्यहोरा जनाई सहीछाप गराउनु पर्छ। ·
त्यसरी बुझेको म्याद स्थानीय
तहले आफ्नो सूचना पाटीमा टाँस गर्नुपर्छ। |
दफा १०५ |
संगठित संस्था वा सरकारी निकायलाई म्याद
बुझाउदा |
·
संगठित संस्थाको म्याद तामेल गर्दा त्यस्तो संस्थाको रजिष्टर्ड कार्यालय, प्रधान कार्यालय वा कारोवरको मुख्य कार्यालयमा मुख्य भई काम गर्ने ब्यक्तिलाई बुझाउनु पर्छ। ·
"मुख्य भै काम गर्ने
ब्यक्ति" भन्नाले सङ्गठित संस्थाको प्रमुख
कार्यकारी अधिकृत, संस्थाको अध्यक्ष, उपाध्यक्ष, सचिव, प्रबन्ध सञ्चालक, कार्यकारी निर्देशक, महाप्रबन्धक वा कम्पनी
सचिव समेत पर्दछन्। ·
मुख्य व्यक्ति उपलब्ध नभए त्यस्तो कार्यालयमा कार्यरत कुनै पदाधिकारी वा
कर्मचारीलाई समेत बुझाउन सकिन्छ। ·
सरकारी कार्यालय, संवैधानिक निकाय वा अदालतको नाउँको म्याद त्यस्तो कार्यालयको प्रमुख, प्रशासकीय प्रमुख वा त्यस्तो जिम्मेवारी पाएको पदाधिकारी वा
निमित्त भई काम गर्ने पदाधिकारीलाई बुझाई तामेल गर्नु पर्छ। ·
त्यस्ता पदाधिकारी उपलब्ध नभए उक्त कार्यालय, निकाय वा अदालतमा कार्यरत
कुनै पदाधिकारी वा कर्मचारीलाई वा हुलाक मार्फत तामेल
गर्न सकिन्छ। ·
त्यस्ता कार्यालय, निकाय
वा संस्थामा कार्यरत पदाधिकारी वा कर्मचारीका नाउँमा पदीय हैसियतमा जारी भएको म्याद त्यस्ता कार्यालयका पदाधिकारी वा कर्मचारीलाई नै बझाउनु पर्छ। ·
त्यसरी तामेल हुन नसके कारण
सहित ३ दिन भित्र अदालतमा प्रतिवेदन दिनु पर्छ। ·
उक्त प्रतिवेदन परेपछि त्यस प्रकृतिका म्याद हुलाक मार्फत तामेल गर्न आदेश दिन सकिन्छ। ·
त्यस्ता म्याद हुलाक मार्फत तामेल गर्न रजिष्ट्ररी पत्रसाथ पठाउनु पर्छ र म्यादको फिर्तिरसिद मिसिल संलग्न राख्नुपर्छ। ·
कुनै स्थानीय तहको क्षेत्रभित्र वसोवास गर्ने व्यक्तिको घरधुरी वा ब्लक नम्बरको अभिलेख कायम भए सो ठाउँमा म्याद तामेल गर्नु पर्छ। ·
त्यस्ता व्यक्तिको कारोवार
व्यवसाय वा कुनै विषयमा हुलाकद्वारा म्याद तामेल गर्न सक्ने गरी अदालतले मञ्जूरी
दिएमा सम्बन्धित व्यक्तिलाई सोही बमोजिम म्याद सूचना तामेल गर्न सकिन्छ। |
दफा १०५, १०८ |
अदालतमा नै म्याद तामेल गर्न सक्ने अवस्था |
अदालतमा उपस्थित रहेका देहायका व्यक्तिहरूको नाउँको म्याद अड्डैमा बुझाई तामेल गर्न सकिन्छः o सम्वन्धित अदालतका कर्मचारी वा पदाधिकारी, o सम्बन्धित अदालतमा अर्को कुनै मुद्दामा तारेखमा रहेको पक्ष, o सम्बन्धित अदालतमा कुनै मुद्दामा पक्षको प्रतिनिधित्व गर्ने वारिस, o सम्बन्धित अदालतमा कानून व्यवसायको सिलसिलामा उपस्थित भएको कानून व्यवसायी, o कुनै मुद्दामा साक्षीको रुपमा उपस्थित भएको व्यक्ति, ·
मनासिव कारण बेगर म्याद बुझि नलिने उल्लिखित ब्यक्तिहरूले म्याद नबुझेसम्म निजहरूलाई वारेसको हैसियतमा प्रतिनिधित्व गर्न, तारिख लिन, कानून व्यवसाय गर्न वा
साक्षीको हैसियतमा वकपत्र गर्न रोक लगाउनु पर्छ। ·
कुनै व्यक्ति अदालतमा उपस्थित भै आफैले म्याद बुझि लिन निवेदन गरेमा निजलाई अड्डाकै रोहवरमा
म्याद बुझाई तामेल गर्नु
पर्दछ। |
दफा 106, १०७ |
हुलाक, विद्युतीय माध्यम
वा पत्रिका मार्फत म्याद तामेली |
·
कुनै पनि व्यहोराबाट म्याद
तामेल गर्न नसकेको स्थितिमा तामेलदारले प्रतिवेदन दिए म्यादवाला ब्यक्तिलाई हुलाक मार्फत तामेल गराउन आदेश दिई सो बमोजिम तामेल गराउन सकिन्छ। ·
पक्ष विपक्षले एक अर्काबाट सूचना
गर्न वा विवादको सम्बन्धमा म्याद पठाउन ईमेल फ्याक्स जस्ता विधुतीय सूचना आदान
प्रदान गर्ने ठेगानाको व्यवस्था गरेको
भए विधुतीय सूचना मार्फत समेत तामेल गर्न सकिन्छ। ·
कुनै पनि व्यहोराबाट म्याद
तामेल हुन नसके राष्ट्रिय स्तरका दैनिक पत्रिकामा प्रकाशन गरी म्याद तामेल गर्न सकिन्छ। ·
राष्ट्रिय स्तरको पत्रिकामा
प्रकाशन गरी म्याद तामेल गर्दा लागेको खर्च सम्बन्धित पक्षबाट लिनुपर्छ। ·
त्यस्तो म्याद सरकारको स्वामित्वमा रहेको संस्थाबाट प्रकाशन हुने राष्ट्रिय स्तरको दैनिक
समाचारपत्रमा सर्वोच्च अदालतले निर्धारण गरेको
दिन प्रकाशन गर्नुपर्छ। |
दफा १०५(२०), (२१), (२२) २८२ |
घर ठेगाना पत्ता नलागेका ब्यक्तिको म्याद
तामेली |
·
घर ठेगाना पत्ता नभएको
व्यक्तिको नामको म्याद सूचना गाउँ शहर, टोल लेखिएको भए सोही ठेगानामा र उक्त ठेगाना पत्ता नलागे सोही व्यहोरा
जनाई अदालतको सूचना पाटीमा टाँस गरी राष्ट्रिय स्तरको दैनिक पत्रिकामा
सूचना प्रकाशन गरी तामेल गर्न सकिन्छ। त्यसरी पत्रिकामा प्रकाशन गर्दा लागेको
खर्च सम्वन्धित पक्षले ब्यहोर्नु पर्नेछ। ·
त्यस्तो म्याद सरकारको स्वामित्वमा रहेको संस्थाबाट प्रकाशन हुने
राष्ट्रिय स्तरको दैनिक समाचारपत्रमा सर्वोच्च अदालतले निर्धारण गरेको दिन प्रकाशन गर्नुपर्छ। |
दफा ११४, २८२ |
तामेली म्याद रित पुगे नपुगेको जाँचबुझ/
म्याद बदर |
·
तामेली प्रतिबेदनसाथ पेश भएको म्याद रित पुगे नपुगेको जाँच गर्नु पर्छ।म्याद नै तामेल भएको छैन वा बेरितसँग तामेल
भएको छ भनि कुनै पक्षले उजुरी समेत गर्न सक्छ। ·
प्रतिबेदनसाथ पेश भएको म्याद
जाँचगर्दा वा उजुरीको ब्यहोरा सत्य देखिएमा सो म्याद बदर गरी पुनः म्याद जारी गरी तामेल गर्न लगाउनुपर्छ। |
दफा ११०, १११,११७ |
वारिस वा कानून ब्यबसायिलाई म्याद तामेल
गर्न सकिने |
·
म्याद बुझि लिन कुनै ब्यक्तिले कानून बमोजिम वारेस, अधिकृत वारेस वा कानून व्यवसायी नियुक्त गरेको भए त्यस्तो ब्यक्तिलाई भरपाई गराई म्याद बुझाउन सकिन्छ। |
दफा ११३ |
बेईलाकाको म्याद तामेली |
·
प्रादेशिक क्षेत्राधिकार बाहिरको व्यक्तिको म्याद निज रहे बसेको ईलाकाको अदालतमा पठाई तामेल गराउनु पर्छ। त्यसरी म्याद पठाउदा विधुतीय माध्यम प्रयोग गर्न सकिन्छ। ·
ईलाका बाहिरको ब्यक्तिको नाउँको म्याद सूचना तामेल
गर्न अन्य अदालतमा पठाउँदा अभिलेख राखी पठाउनुपर्छ। ·
त्यस्तो म्याद प्राप्त भएपछि सो अदालतले रित पुर्वक तामेल गराई तामेली प्रति म्याद जारी गर्ने अदालतमा पठाउनु पर्छ। |
दफा ११५ देकानि१५ |
विदेशमा
रहे बसेका पक्षका नामको म्याद तामेल |
·
मुद्दाको कुनै पक्ष विदेशमा रहे बसेको भए त्यस्ता पक्षको नाममा म्याद तामेल
गर्नु पर्दा पारस्परिक कानूनी सहायता सम्बन्धी प्रचलित कानून बमोजिम तामेल गर्न
सकिन्छ। ·
त्यसरी जारी भएको म्याद तामेल भएको सूचना प्राप्त
भएकोमा नेपाल सरकारले सोको जानकारी यथाशीघ्र सम्बन्धित अदालतलाई दिनु
पर्छ । |
देकानि १७ |
म्याद तामेलीमा असहयोग गर्नेलाई सजाय हुने |
·
स्थानीय तहका वडा अध्यक्ष, सदस्य, सचिव, सरकारी कर्मचारी र स्थानीय व्यक्तिले साक्षी वसी म्याद तामेल गर्न सहयोग गर्नुपर्छ। ·
त्यस्तो कार्यमा सहयोग नगरेमा तामेलदारले सो को प्रतिवेदन दिनुपर्छ। ·
म्याद तामेली कार्यमा असहयोग गरेको वा बाधा बिरोध गरेको भन्ने व्यहोराको
प्रतिवेदन वा उजूरी प्राप्त हुन आएमा त्यस्तो प्रतिवेदन वा उजूरी इजलास समक्ष
पेश गर्नु पर्छ। ·
प्रतिवेदन वा उजूरीका सम्बन्धमा इजलासले सम्बन्धित व्यक्तिलाई
झिकाई बुझ्न सक्छ। ·
उक्त प्रतिबेदन व्यहोरा मनासिव देखिएमा म्याद तामेलीमा
असहयोग गर्ने व्यक्तिलाई रु ५०००।सम्म जरिवाना गर्न सकिन्छ। |
दफा १०८, 109 देकानि १६ |
म्याद तामेल गर्ने ब्यक्तिलाई हुने
जरिवाना |
·
तामेलदारले घर दैलामा टाँस
गरेको म्यादको तेस्रो प्रति स्थानीय तहमा नबुझाएमा निजलाई पटकै पिच्छे रु १०००।– सम्म
जरिवाना गरी विभागिय कारवाही गर्न
समेत आदेश हुन सक्छ। |
दफा 112
|
बेरितसँग म्याद तामेल गर्ने र वाधा विरोध
गर्नेलाई हुने सजाय |
·
निम्न अवस्थामा वेरितसँग
म्याद तामेल गर्ने गराउने वा बाधा विरोध गर्नेलाई रु १०,०००।– सम्म
जरिवाना वा १ महिनासम्म कैद वा दुवै सजाय हुन सक्छः- -
अदालतले जारी गरेको म्याद मनासिव कारण विना तामेल नगराएकोमा, -
झुठ्ठा व्यहोरा लेखाई वा
झूठ्ठा व्यहोरा पारी म्याद तामेल गरे गराएकोमा, -
म्याद सूचना तामेल गर्न बाधा
विरोध गरेकोमा, -
टाँसेको म्याद च्याते वा
उक्काएकोमा, ·
त्यस्तो कारवाही प्रारम्भ गर्दा तामेलदारको प्रतिवेदन
वा कसैको उजुरीका आधारमा गर्न सकिन्छ। ·
त्यस्तो प्रतिवेदन वा उजूरी प्राप्त हुन आएमा इजलास समक्ष पेश गर्नु पर्छ। ·
प्रतिवेदन वा उजूरीका सम्बन्धमा इजलासले सम्बन्धित व्यक्तिलाई
झिकाई बुझ्न सक्छ। |
दफा ११६ देकानि १६ |
रितपूर्वक म्याद तामेल नभै फैसला भएमा
प्रतिउत्तर सरहको पुनरावेदन |
·
रितपूर्वक म्याद तामेल नभएको कारण मुद्दामा प्रतिउत्तर पत्र पेश गर्न नपाई एकतर्फी फैसला भएको व्यहोरा उल्लेख गरी प्रतिबादीले पुनरावेदन सुन्ने अदालतमा फैसला भएको ६ महिनाभित्र थाहा पाएको ३५ दिनभित्र प्रतिउत्तर सरहको पुनरावेदन दिन सक्छ। ·
त्यस्तो प्रतिउत्तर सरहको पुनरावेदन प्राप्त भएमा उच्च अदालतले तल्लो तहको अदालतबाट सम्बन्धित मिसिल झिकाई इजलास समक्ष पेश गर्नु
पर्छ। ·
त्यसरी प्रतिउत्तर सरहको
पुनरावेदन परेपछि सुनुवाई गर्नु अघि म्याद रितपूर्वक तामेल भए नभएको विषयको ठहर गर्नुपर्छ। ·
रित पूर्वक म्याद तामेल नभएको
भन्ने पुनरावेदन अदालतबाट ठहर भएमा तल्लो अदालतबाट भएको एकतर्फि फैसला बदर गरी पुनरावेदनपत्रलाई नै प्रतिउत्तर कायम गरी कानून बमोजिम मुद्दाको
पुनः कारवाही, सुनुवाई र किनारा गर्न हाजिर हुन जानूभनी पक्षलाई तारिख तोकी मिसिल तल्लो अदालतमा पठाउनु पर्छ। ·
त्यसरी आदेश सहित मिसिल
प्राप्त भएमा सम्बन्धित अदालतले वादीका नाउँमा ७ दिने म्याद जारी गरी झिकाई मुद्दाको कारवाही गर्नु पर्छ। |
दफा 118 देकानि नियम १८ |