Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

तराई प्रदेश / तराई प्रदेशको परिचय #तराईप्रदेश #लोकसेवाआयोग


 

तराई प्रदेश

पहाडी भागदेखि दक्षिणतर्फ भारतको सीमासम्म पूर्वपश्चिम फैलिएको नेपालको समतल  भूभाग तराई प्रदेश हो। यसलाई मधेस पनि भनिन्छ । यस प्रदेशको चौडाइ २५ किलोमिटरदेखि ३० किलोमिटरसम्म छ । तराईको सिरान भाबर र चुर हो े । उत्तरबाट  दक्षिणतिर होचो हुँदै जानु तराईको लक्षण हो। यो क्षेत्र ऊष्ण क्षेत्र हो। यहाँको जमिन  प्रायः समथल छ । सन् १९६० सम्म यो क्षेत्रमा थारूहरूको बाहुल्य थियो। औलो  उन्मुलनपछि दून उपत्यका पहाडलगायत अन्य क्षेत्रका जनताको पनि केन्द्रस्थल भई यो  क्षेत्र बहुजातीय क्षेत्र बन्यो। समुद्रसतहबाट ६० देखि ६०० मिटरको उचाइमा रहेको छ ।  यसलाई नेपालको अन्नभण्डार पनि मानिन्छ । यस क्षेत्रअन्र्तगत झापा, मोरङ, सुनसरी,  सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी (बर्दघाट  सुस्ता पश्चिम), रूपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर गरी १८  जिल्लाहरू पर्दछन्। तराई प्रदेशलाई निम्न तीन श्रेणीमा विभाजन गर्न सकिन्छः

खास तराई

देशको दक्षिणी भागमा दक्षिणतर्फ होचिँदै गएको भूभागलाई खास तराई भनिन्छ ।  मिहीन पाँगो माटाले बनेको यो क्षेत्र उर्वर रहेको छ । चितवनको दक्षिणमा सोमेश्वर पर्वतमाला र देउखुरीको दक्षिणमा डुन्डुवा पर्वतमालाले काटेकाले खास तराईलाई  तीन भाग (पूर्वी, मध्य र पश्चिम) मा बाँड्ने पनि गरिएको छ । झापा, मोरङ,  सप्तरी, सिराहा, धनुषा, महोत्तरी, रौतहट, बारा, पर्साको दक्षिण, नवलपरासीको पश्चिम दक्षिण, रूपन्देही र कपिलवस्तुको दक्षिण र बाँके, बर्दिया, कैलाली र कञ्चनपुरको दक्षिणी क्षेत्रलाई नेपालको खास तराई भनिन्छ ।

भावर क्षेत्र

खास तराईको उत्तर र चुरे पर्वतमालाको दक्षिणमा समुद्रसतहदेखि ३८० मिटरको उचाइसम्म फैलिएको साँगुरो पेटीलाई भावर क्षेत्र भनिन्छ । ८ देखि १० माइलसम्म  चौडाइ भएको भावर प्रदेशले मुलुकको कुल क्षेत्रफलको ४.५ प्रतिशत भूभाग  ओगटेको छ । 

भित्री मधेस

चुरे र महाभारत पर्वत श्रेणीको बिचमा समुद्र सतहदेखि ६१० मिटरको उचाइसम्म  चारैतिर पहाड पर्वतले घेरिई फैलिएका विशाल फाँटलाई भित्री मधेस वा दून  क्षेत्र भनिन्छ । ३२ देखि ६४ कि.मि.सम्म लम्बाइ र १६ कि.मि. सम्म चौडाइ  भएको यो क्षेत्रले मुलुकको कुल क्षेत्रफलको ८.५ प्रतिशत भूभाग समेटेको छ ।  भित्री मधेसलाई चार क्षेत्रमा बाँडिएको छ । यसमा उदयपुर र सिन्धुली उपत्यकालाई  पूर्वी भित्रीमधेस; मकवानपुर, चितवन र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)लाई  मध्य भित्री मधेस; दाङ देउखुरीलाई पश्चिमी भित्री मधेस र सुर्खेत उपत्यकालाई  मध्यपश्चिम भित्रीमधेस भनिन्छ ।

Post a Comment

Previous Post Next Post