परिच्छेद-नौ
वारिस सम्बन्धी व्यवस्था
अदालतमा आफै उपस्थित भई नालिश दायर गर्न
वा मुद्दामा प्रतिरक्षा गर्न नसक्ने अवस्थाका ब्यक्तिले कारण खोली सोही प्रयोजनका
लागि लिखित रुपमा नियुक्त गरेको प्रतिनिधिलाई वारिस भनिन्छ। मुद्दाको सामान्य काम
कारवाहीको लागि साधारण वारिस र मुद्दाको संपूर्ण काम कारवाही गर्नका लागि विशेष
अधिकार सम्पन्न अधिकृत वारिस नियुक्त गर्नु पर्दछ। अचल सम्पत्तिको हक हस्तान्तरण
गर्न वा रजिष्ट्रेशन गर्नुपर्ने कुनै लिखत पारित गराउने प्रयोजनाका लागि समेत
अधिकृत वारिस नियुक्त गर्न सकिन्छ। वारिसका सम्वन्धमा देवानी कार्यविधि संहितामा
देहाय बमोजिम ब्यबस्था गरिएको छ।
विषय |
कार्यविधि |
कानूनी व्यवस्था |
वारिस नियुक्त गर्न सक्ने |
·
मुद्दाको कुनै पक्षले अदालतमा
मुद्दासँग सम्बन्धित कुनै काम गर्न अर्को कुनै व्यक्तिलाई आफ्नो प्रतिनिधि नियुक्ति गर्न सक्छ। ·
त्यसरी नियुक्ति भएको
प्रतिनिधिलाई वारिसको हैसियत प्राप्त हुन्छ। ·
वारिसको नियुक्ति कार्यविधि संहिताको
अनुसूची १३ बमोजिम तोकिएको ढाँचामा लिखित रुपमा गर्नुपर्छ। उक्त लिखतलाई वारिसनामा भनिन्छ। ·
वारिसनामाको लिखतमा कारणी, कम्तीमा दुई जना साक्षी र लेखकको पहिचान सहितको सहीछाप गराउनु पर्छ। ·
वारिसको अधिकार मुद्दाका
पक्षले नियुक्ति गर्दा वारिसनामामा लेखिएबमोजिम हुन्छ। |
दफा १४४, १४६, १५० |
वारिस हुने व्यक्तिको योग्यता |
देहाय बमोजिमको व्यक्ति वारिस हुन पाउछः o कानून बमोजिम करार गर्न योग्य ब्यक्ति, o
फैसलाले
ठहरेको सरकारी बिगो, अदालती दस्तुर,
अदालती शुल्क वा कुनै दण्ड वा
जरिबाना तिर्न बाँकी नरहेको
ब्यक्ति, o
कीर्ते,
जालसाजी वा भ्रष्टाचार वा नैतिक पतन
देखिने कसूरमा सजाय नपाएको ब्यक्ति। ·
तर एकासगोलको व्यक्तिलाई
वारिस नियुक्ति गर्दा उल्लिखित ब्यबस्था लागु
हुँदैन। |
दफा १४५ |
एकभन्दा बढी मुद्दा वा व्यक्तिको वारिस
हुन सक्ने |
·
एउटै व्यक्ति एकै पटक एकभन्दा
बढी मुद्दामा वा एउटै मुद्दामा
एकभन्दा बढी व्यक्तिको वारिस हुन सक्छ, ·
तर एउटै व्यक्ति बादी प्रतिबादी दुवैको वारिस हुन सक्दैन। |
दफा १४७ |
पक्ष पनि वारिस हुन सक्ने |
·
कुनै मुद्दामा एउटै पक्षका धेरै व्यक्ति बादी वा प्रतिबादी भए त्यस्ता ब्यक्तिहरू मध्ये कुनै एक व्यक्ति अन्य बादी वा प्रतिबादीको सो मुद्दामा वारिस हुन सक्छ। |
दफा १४८ |
एकभन्दा बढी अदालतमा वारिस हुन सक्ने |
·
एकै व्यक्ति एकभन्दा वढी अदालतमा विचाराधीन रहेको मुद्दामा वारिस हुन सक्दछ।
|
दफा १४९ |
वारिसनामा दर्ता गर्ने प्रक्रिया |
वारिसनामा लिदा अदालतले देहाय बमोजिम गर्नुपर्छः ·
वारिसनामामा रीत पुगे वा नपुगेको जाँच गर्ने, ·
रीत नपुगेको देखिएमा रीत पुर्याई ल्याउन ३ दिनको म्याद दिई दरपीठ गर्ने, ·
रीत पुर्याई ल्याएमा दर्ता
गर्ने। |
दफा १५१ |
वारिस परिवर्तन गर्न वा आफै मुद्दा सकार गर्न सक्ने |
·
पक्षले जुनसुकै बखत वारिसनामा बदर गरी अर्को वारिस नियुक्त गर्न वा निवेदन दिई आफैले मुद्दा सकार गर्न सक्छ। ·
त्यस्तो सकार गर्ने निवेदन वा वारिसनामा मिसिल संलग्न गरी त्यसको अभिलेख राख्नुपर्छ। |
दफा १५२ |
अधिकृत वारिस सम्बन्धी व्यवस्था |
·
कसैले निम्न कार्य गर्न कुनै मुद्दा किटान गरी वा
नगरी अधिकृत वारिस नियुक्त गर्न सक्दछ। -
फिराद गर्न, -
प्रतिउत्तरपत्र दर्ता गर्न, -
फिराद दाबी फिर्ता गर्न, -
मिलापत्र गर्न वा -
अन्य कानूनी काम कारबाही गर्न ·
अधिकृत वारिसले मुद्दाको
कारबाही हुँदा अर्को व्यक्तिलाई वारिस नियुक्त गर्न पनि सक्छ। |
दफा १५३ |
अधिकृत वारिस मार्फत अचल सम्पत्तिको हक हस्तान्तरण गर्न सक्ने |
·
रजिष्ट्रेशन गर्नु पर्ने निम्न लिखत पारित गराउन कार्यालयमा उपस्थित हुन नसक्ने व्यक्तिले कारण खुलाई लिखतद्वारा अधिकृत वारिस नियुक्त गर्न सक्छ। -
कुनै अचल सम्पत्ति बिक्री वितरण वा सट्टापट्टा गर्ने, -
हालैको बकसपत्र गरिदिने, -
अन्य कुनै तरिकाले हक
हस्तान्तरणको लिखत गर्ने, -
कानून बमोजिम रजिष्ट्रेशन
गर्नुपर्ने अन्य लिखत गर्ने, ·
शेषपछिको बकसपत्र पारित गर्नका लागि अधिकृत वारिस नियुक्त गर्न हुँदैन। ·
अधिकृत वारिसले आफुलाई
प्राप्त अख्तियारनामाको शर्तको अधिनमा रहि काम गर्नुपर्छ। |
दफा १५४ |
अधिकृत वारिसनामा प्रमाणित गर्दाको
कार्यविधि |
·
मुद्दा किटान नगरी अधिकृत वारिस नियुक्त गर्दा नेपालभित्र भए कुनै जिल्ला न्यायाधीश र नेपाल
बाहिर भए कुनै नेपाली राजदूत वा महावाणिज्यदूतबाट प्रमाणित गराउनु पर्छ। ·
त्यसरी अधिकृत वारिसनामा प्रमाणित गराउँदा वारिस दिने र वारिस हुने व्यक्तिको फोटो टाँसी दुवैको नेपाली नागरिकताको प्रमाणपत्र वा राहदानी पेश गर्नुपर्छ, ·
अधिकृत वारिसनामा रु ५००। लिई प्रमाणित गर्नुपर्छ, ·
अधिकृत वारिसनामा प्रमाणित गर्न अदालतमा
निवेदन दिँदा नियमावलीको अनुसूची -४५ बमोजिमको ढाँचामा दिनुपर्छ । ·
अचल सम्पत्तिको हक हस्तान्तरणको बिषयसँग
सम्बन्धित अधिकृत वारिसनामा प्रमाणीत गर्नुपर्ने भएमा सो
निवेदनमा देहायका कुरा समेत खुलाएको हुनु पर्छ: o
सम्पत्ति रहेको स्थान वा ठेगाना o
कि नं र क्षेत्रफल o
अचल सम्पत्तिको चालु बर्षको तिरो बुझाएको
रसिद ·
निवेदन दर्ता कितावमा दर्ता गरी निवेदनका सम्बन्धमा सोही दर्ता किताबमा निर्णय गर्नु पर्छ । ·
अधिकृत वारिसनामा प्रमाणित गर्ने निर्णय भएमा
निवेदन साथ पेश गरेको अधिकृत बारिसनामाको कागज न्यायाधीशले प्रमाणित गरी एक
प्रति अदालतमा अभिलेखको रुपमा राखी एक प्रति निवेदकलाई दिनु पर्छ । |
दफा १५३, १५४ देकानि ६८ |
अधिकृत वारिसको हैसियत अन्त्य हुने |
देहायका अवस्थामा
अधिकृत वारिसको हैसियत समाप्त हुन्छः ·
तोकिएको काम,
प्रयोजन वा समायावधि समाप्त वा भुक्तान भएमा, ·
तोकिएको कुनै खास घटना वा
अवस्था पूरा भएपछि वा त्यस्तो घटना वा अवस्था
अन्त्य भएमा, ·
वारिस नियुक्त गर्ने व्यक्तिले राष्ट्रिय स्तरका कुनै दुई दैनिक समाचारपत्रमा
सूचना प्रकाशन गरी वारिस बदर गरेमा, ·
वारिसमार्फत हक हस्तान्तरण वा
सट्टापट्टा गर्ने भनिएको सम्पत्ति हस्तान्तरण वा सट्टापट्टा भएमा, ·
वारिस दिने वा हुने व्यक्तिको
मृत्यु भएमा, ·
वारिसनामा बमोजिमको सम्पत्तिका सम्बन्धमा वारिस दिने र हुने वा निजको एकासगोलको
व्यक्ति बीच अदालतमा मुद्दा परेमा, ·
अधिकृत वारिसनामा दिने र लिने
व्यक्ति बीच अदालतमा कुनै मुद्दा परेमा, ·
अधिकृत वारिस हुने व्यक्तिले काम गर्न नचाही वारिस नियुक्ति गर्ने
व्यक्तिलाई वारिसनामाको सक्कल प्रति सहित
लिखित जानकारी दिएमा। |
दफा १५५ |