Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

नेपालको वन कति प्रकार रहेको छ?

नेपाको वनका प्रकार

कुनै ठाउँको भूधरातल, हावापानी, माटो आदिले त्यस स्थानको वनस्पतिलाई प्रभावित  गर्दछन्। हावापानीले वनस्पतिलाई प्रभावित गर्ने हुदाँ यी दुईबिच अन्योन्याश्रित  सम्बन्ध रहेको छ । नेपालको वातावरणीय संरक्षण र सन्तुलनमा वन सम्पदाको महŒवपूर्ण स्थान छ । सन् १९५४ को तथ्याङ्कअनुसार देशको ४५ प्रतिशतभन्दा  बढी भूभाग वन जङ्गलले ढाकेको थियो तर सन् १९७९ तिर ४३ प्रतिशत, सन्  १९८६ मा ३७.४ प्रतिशत र सन् १९९८ मा गरिएको एक सर्वेक्षणले वन क्षेत्र केवल  ३९.६ प्रतिशत रहेकोमा सन् २०१४ को वन सर्वेक्षणले वनक्षेत्र ४४.७४ प्रतिशत  पुगेको तथ्य देखाएको छ । विगतमा आवास तथा पुनर्वासका लागि धेरै ठाउँहरूमा वन फँडानी गरियो भने कतिपय क्षेत्रहरूमा वनको अतिक्रमण भयो।  नेपालको भूधरातल तथा वनजङ्गलको विविधताको आधारमा नेपालको वनस्पति  जगतलाई निम्नलिखित पाँच समूहमा वर्गीकरण गर्न सकिन्छः 

(क) ऊष्णप्रदेशीय सदाबहार जङ्गल (Sub Tropical Evergreen Forest)

तराई, भाबर, दुन, चुरे पर्वतको १,२०० मिटरसम्मको उचाइमा पाइने ऊष्ण प्रदेशीय  सदाबहार जङ्गलमा गर्मी र वर्षा यथेष्ट मात्रामा हुनेहुँदा यहाँका रूखहरू अग्लामोटा, बलिया र सँधै हरिया हुन्छन्। पूर्वदेखि पश्चिमसम्म समानान्तर रूपमा  रहेको यो जङ्गल पहिले चार कोशसम्म फैलिएकाले यसलाई चारकोशे झाडी  पनि भनिन्छ । यहाँ साल, सिसौ, खयर, सिमल आदि प्रमुख वनस्पतिका साथै साँवेढड्डी, गाँज पनि पाइन्छन्। यस जङ्गलमा हात्ती, गैँडा, बाघ, भालु, मृग आदि  वन्यजन्तु पाइने हुँदा यो क्षेत्र आर्थिक तथा जैविक दृष्टिले निकै महŒवपूर्ण मानिन्छ ।

(ख) समशीतोष्ण पतझर जङ्गल (Temperate Deciduous Forest)

नेपालमा १,२०० मिटरदेखि २,१०० मिटरसम्मको उचाइसम्म चुर पहाडको े माथिल्लो  भाग, मध्यभाग र महाभारत पर्वतको तल्लो भागको समशीतोष्ण पतझर जङ्गलमा  पाइने रूख अग्ला र मोटा हुन्छन्। तल्लो भाग सघन छाँयादार भए पनि माथिल्लो  भाग चिसो हुनुका साथै तुसारो पर्ने भएकाले अधिकांश पातपतिङ्गर झर्ने हुँदा यो वन  शृङ्खलालाई पतझर भनिएको हो। उच्च भागमा केही मात्रामा पतझर र कोणधारी  रूखहरूको मिश्रित जङ्गल पाइन्छ । यहाँ पाइने कडा र नरम जातका सदाबहारपतझर र कोणधारी रूखमध्ये साल, सल्ला, देवदारु, चाँप, कटुस, ओखर, गुराँस, पिपलचिलाउने, वर, बाँस, सिमल, उत्तिस, पलाँस, लाकुरी, चाँप प्रमुख छन्। यस्तो वन  ऊष्णप्रदेशीय सदाबहार जङ्गलभन्दा कम गुणस्तरको मानिन्छ ।

(ग) समशीतोष्ण सदाबहार कोणधारी जङ्गल (Coniferous Forest)

 महाभारत पर्वतको माथिल्लो भाग तथा हिमाल पर्वतको तल्लो भागमा २,१०१  मिटरदेखि ३,३५० मिटरसम्मको उचाइमा कोणधारी जङ्गल पाइन्छ । यहाँ  वर्षैभिर चिसो हुने र हिमपात भइरहने हुँदा रूख र रूखका पातहरू कोणजस्तै चुच्चो परेका हुन्छन्। यँहाको माटो सेपिलो हुनेहुँदा सदाबहार जङ्गल हुन्छ ।  यहाँ मझौला नरम जातका रूख पाइने र यसमा पनि चाँप, सल्ला, देवदारुकटुस, धुपी, सीमल, चिलाउने, बेतबाँस, उत्तिस, बाँस, गुँरास, भोजपत्र आदि  उल्लेख्य मात्रामा रहेका छन्। 

(घ) लेकाली वनस्पति वा घासे मैदान (Alpine Forest)

नेपालमा ३,३५१ मिटरदेखि ५,००० मिटरसम्मको उचाइमा कम तापक्रम र कम  वर्षा हुने पहाडी तथा तल्लो हिमाली क्षेत्रमा पाइने वनस्पतिलाई लेकाली वनस्पति  भनिन्छ । यो उचाइमा चिसो र शुष्क जलवायु पाइने हुदाँ यहाँ अग्ला, मोटा र कडा जातका रूखहरू सप्रिन सक्दैनन्। लेकाली वनस्पतिमध्ये कम उचाइका गुराँसनिगाले र केही झाडीजस्ता रूखहरू ३,६०० मिटरसम्मको उचाइमा पाइन्छन्  भने त्योभन्दामाथि घाँसका ठुला ठुला फाँटहरू पाइन्छन्। माथिल्लो भागमा  रङ्गीबिरङ्गीका बुकीफूल, जडीबुटीहरू पाइन्छन्। 

(ङ) शीत मरुभूमिको वनस्पति (Tundra Vegetaion)

नेपालमा ५,००० मिटरको उचाइभन्दामाथि हिँउ पर्नेहुँदा यहाँ वनस्पतिहरू उम्रिन  नसक्ने भएकाले हिउँ नअडिने भिरालो ठाउँमा काई र लेउमात्र पाइन्छन्। उम्रिन  र हुर्कन नसक्ने यस्तो ठाउँमा उम्रेका लेउ र झ्याउलाई टुण्ड्रा वनस्पति वा शीत  मरुभूमिको वनस्पति भनिन्छ । 

नेपालमा पाइने वन सम्पदाको वर्गीकरण

उष्ण प्रदेशिय सदावहार जंगल (Sub Tropical Evergreen Forest)

·         उचाइः समुद्र सतहको 1200 मिटर उचाइसम्म पाइने

·         क्षेत्रः तराई, भावर, दुन तथा चुरे

·         अग्ला रुख पाईने, गर्मी तथा अत्याधीक पानी पर्ने,

·         चारकोशे झाडीको नामले चिनिने

·         वनस्पतिः साल, सिसौ, खयर, सिमल

समशितोष्ण पतझर जंगल(Temperate Deciduous Forest)

·         उचाइः समुद्र सतहको 1200 मिटर देखि 2100 मिटरसम्मको उचाइसम्म

·         यो वन श्रृंखलालाई पतझर भनिन्छ।

·         क्षेत्रः चुरे पहाडको माथिल्लो भाग र महाभारत पर्वतको तल्लो भाग

·         वनस्पतिः साल, सल्ला, देवदारु, चाँप, कटुस, ओखर, चिलाउने, वर, वाँस

समशितोष्ण सदाबहार कोणधारी जंगल (Coniferous Forest)

·         उचाईः समुद्र सतहको 2100 मिटर देखि 3350 मिटरसम्म

·         क्षेत्रः महाभारत पर्वतको माथिल्लो भाग तथा हिमालय पर्वतको तल्लो भाग

·         बर्षभरी चिसो हुने, हिउँ पर्ने हुँदा रुख तथा पातहु कोण जस्तै हुने,

·         वनस्पतिः चाँप, सल्ला, देवदारु, धुपि, भोजपत्र, बाँस

लेकाली वन वा घाँसे मैदान (Alpine Forest)

·         उचाइः समुद्र सतहको 3350 मिटर देखि 5000 मिटर सम्म

·         क्षेत्रः पहाडी तथा तल्लो हिमाली क्षेत्र

·         वनस्पतिः 3600मिटर सम्मको उचाइमा गुराँस, निगालो जस्ता वनस्पति पाइन्छ भने त्योभन्दा माथि बुकिफूल, जडिबुटी तथा घाँसका ठूला फाँटहरु

टुन्ड्रा वनस्पति वा शीत मरुभूमिको वनस्पति (Tundra Vegetation)

·         उचाइः 5000 मिटर भन्दा उचाइको क्षेत्र

·         क्षेत्रः उच्च हिमाली क्षेत्र

·         वनस्पतिः काई, लेउ

 स्रोत नेपाल परिचय / नवौ संस्करण

 

Post a Comment

Previous Post Next Post