परिच्छेद-आठ
तारिख र म्याद सम्बन्धी व्यवस्था
मुद्दाका पक्षलाई अदालतमा उपस्थित हुनु
भनी किटान गरी तोकिएको दिनलाई तारिख भनिन्छ। मुद्दाको कारवाहीको प्रत्येक चरणमा
मुद्दाका पक्षको उचित प्रतिनिधित्व र सहभागिता गराउने उद्देश्यको लागि अदालतले
मुद्दाका पक्षलाई तारिख तोक्नु पर्दछ। यसरी तारिख तोक्दा मुद्दाको काम र प्रयोजन समेत
तारिख भरपाई र तारिख पर्चामा खुलाउनु पर्छ। तोकिएको दिनमा मुद्दाका पक्षले तारिख
भर्पाईमा सहीछाप गरेमा सो तारिखमा अदालतमा उपस्थित भएको मानिन्छ। देवानी कार्यविधि
संहितामा तारिख र म्याद सम्वन्धमा गरिएको व्यवस्था यस परिच्छेदमा उल्लेख गरिएको छः
८.१ तारिख सम्बन्धी
विषय |
कार्यविधि |
कानूनी व्यवस्था |
तारिखमा राख्नु पर्ने |
·
तारिखमा बस्नु नपर्ने
अवस्थामा बाहेक मुद्दाका प्रत्येक पक्षलाई तारिखमा राखी मुद्दाको कारबाही, सुनुवाई र किनारा गर्नुपर्छ। ·
मुद्दामा प्रमाण
वुझिसकेपछि अदालतको अनुमती लिई तारिखमा नवस्न पनि सकिन्छ। ·
यसरी तारिखमा बस्न
नचाहानेले दिएको निवेदन ईजलासमा पेश गरी भएको आदेश बमोजिम गर्नुपर्छ। ·
तारिखमा नबसेको पक्षसँग
कुनै कुरा बुझ्नु परेमा ७ दिनको सूचना दिई झिकाई बुझ्नु पर्छ। ·
यसरी तारिखमा नरहेको
पक्षले तारिखमा बस्न चाही निवेदन दिएमा पुनः तारिखमा राख्नु पर्छ। |
दफा १३५ देकानि २४ |
एकैदिनको तारिख तोक्नुपर्ने |
·
तारिख तोक्दा दुवै
पक्षलाई एकै दिनको तोक्नुपर्छ। ·
फिरादपत्र दर्ता भएपछि प्रतिउत्तरपत्र
दाखिला हुने म्यादको अड्कल गरी प्रतिउत्तरपत्र पर्ने वा पर्न सक्ने अवधि कटाई
बादीलाई तारिख तोक्नुपर्छ। ·
वादीलाई दिएको तारिख प्रतिउत्तरपत्र
पेश गरेको दिनसँग मेल नखाएमा त्यसपछिको तारिख दुवैलाई एकै दिन मिलान हुने गरी
तोक्नुपर्छ। |
दफा १३६ |
प्रयोजन खुलाई तारिख तोक्नुपर्ने |
·
कुन काम र प्रयोजनका
लागि तारिख तोकेको हो सो कुरा तारिख पर्चा, तारिख भर्पाई र तारिख
कितावमा उल्लेख गर्नुपर्छ। ·
तोकिएको तारिखका दिन
तोकिएको काम सम्पादन गर्नुपर्छ। ·
तोकिएको तारिखका दिन
निर्धारित काम सम्पादन हुन नसकेमा तारिख भरपाईमा त्यसको कारण खुलाई अर्को तारिख
तोक्नुपर्छ। |
दफा १३७ |
तारिख तोक्ने तथा गुज्रेको तारिख
प्रमाणीत गर्ने कार्यविधि |
·
वारिस दिएको मुद्दामा
बाहेक मुद्दा परेको अदालतदेखि करिव १५किलोमिटर (करिव
४ कोष) बाहिरको अर्को अदालतमा पनि मुद्दा परेको र पक्षले
सो कुराको लिखित जानकारी गराएको भए तारिख तोक्दा अर्को अदालतमा रहेको मुद्दाको
तारिखसँग नजुध्ने गरी तोक्नुपर्छ। ·
एकै अदालतमा एउटै बादी
वा प्रतिबादी भएको एकभन्दा बढी मुद्दामा कुनै व्यक्ति तारिखमा बसेको र सो कुरा
खुलाई एकै दिन तारिख तोक्न अदालतमा निवेदन गरेमा सम्भव भएसम्म सबै मुद्दाको लागि
एकै दिन तारिख तोक्नुपर्छ। ·
तारिख तोकेको अवस्थामा
मुद्दाको पक्ष कुनै एक फाँटमा तारिखमा हाजिर भएमा सोही फाँटका अन्य मुद्दाको तारेख भरपाईमा सहि नगरेको भएपनि निज तारिखमा उपस्थित
रहेको मान्नुपर्छ। ·
तारिखमा उपस्थित हुने
पक्षलाई तारिख भरपाईमा सहीछाप गराउनु पर्छ। ·
तारिखको दिन उपस्थित
नहुने पक्षको तारिख गुजारी सो कुरा तारिख भर्पाईमा प्रमाणित गरी राख्नुपर्छ। ·
यसरी गुजारेको प्रमाणीत
गर्दा तारिख भरपाईमा फाँटवाला कर्मचारीले तारिख गुजारेको ब्यहोरा जनाई दस्तखत
गरी आफूभन्दा माथिल्लो तहको अधिकृतबाट उसैदिन प्रमाणीत गराउनुपर्छ। |
दफा १३८ देकानि २५ |
तारिखको दिन विदा परेमा |
·
तारिख तोकिएको दिन
सार्वजनिक बिदा परे बिदा समाप्त भएको भोलिपल्टको दिन तारिख तोकिएको मानिने हुँदा
पक्षलाई तारिखमा राख्नु पर्छ। |
दफा १३९ |
तारिखमा हाजिर हुनुपर्ने व्यक्ति थुनामा
परेमा जानकारी गराउनु पर्ने |
·
तारिखमा उपस्थित
हुनुपर्ने ब्यक्ति थुनामा परी उपस्थित हुन नसकेमा कुन मुद्दामा थुनिएको हो सो को
जानकारी निज आफैँले वा निजको एकासगोलको परिवारको सदस्य, कानून व्यवसायी वा वारिसले सम्वन्धित अदालतलाई दिनुपर्छ। ·
त्यसरी थुनिएको जानकारी
पाएमा अदालतले निज के कारणबाट थुनामा परेको हो र कति अवधिसम्म थुनामा बस्नु
पर्ने हो त्यसको जानकारी सम्बन्धित निकायबाट माग गर्नुपर्छ। ·
थुनामा परेको व्यक्ति १
महिनासम्ममा छुट्ने जानकारी प्राप्त भएमा निज छुटेको मितिले बाटाको म्याद बाहेक ७
दिनभित्र तारिखमा हाजिर हुन आए तारिखमा हाजिर भएको मानी निजलाई अर्को तारिख तोकी
मुद्दाको कारबाही गर्नुपर्छ। ·
त्यसरी थुनामा रहेको
व्यक्ति १ महिनाभन्दा बढी अवधि थुनामा रहने वा थुनाबाट मुक्त हुने दिनको ठेगान नभएको वा थुनाबाट तत्काल
मुक्त हुन नसक्ने अवस्था रहेको जानकारी प्राप्त भएमा त्यस्तो मुद्दाको कारबाही र
किनारा गर्न निजलाई पर्खनु पर्दैन। ·
थुनामा रहेको व्यक्तिले
सो अवधिमा निजले गर्नुपर्ने मुद्दाको काम गर्न अरु कसैलाई वारिस दिई पठाउन सक्दछ।
·
तर त्यस्तो पक्षलाई नै झिकाई
वा बुझी मुद्दाको किनारा गर्न पर्ने भएमा निजलाइ झिकाई बुझी मुद्दाको कारबाही र
किनारा गर्नुपर्छ। ·
थुनामा रहेको व्यक्ति
थुनाबाट छुटी बाटाको म्याद बाहेक ७ दिनभित्र अदालतमा हाजिर हुन आएमा निजलाई
तारिखमा राखी मुद्दाको कारबाही र किनारा गर्नुपर्छ। |
दफा १४० |
तारिख गुजारेमा पनि कारवाही नरोकिने |
·
पक्षले तोकिएको तारिख
गुजारेमा पुर्वनिर्धारित काम गर्न रोक्नु पर्दैन। |
दफा १४१ |
तारिखमा बस्नु नपर्ने |
·
नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह वा त्यस्तो निकाय, संवैधानिक निकाय वा अदालत बादी वा प्रतिबादी भएको
मुद्दामा त्यस्ता निकाय वा अदालतको तर्फबाट अदालतमा उपस्थित भई तारिखमा बस्नु पर्दैन। ·
तर मुद्दाको प्रमाण
परीक्षण गर्दा, सुनुवाई गर्दा वा
अदालतले उपस्थित हुन भनी आदेश दिएकोमा सो दिन त्यस्तो निकाय वा अदालतको
प्रतिनिधित्व गर्न सरकारी वकिल उपस्थित हुनुपर्छ। |
दफा १४२ |
पुनरावेदन तहमा तारिखमा नबसे पनि हुने |
·
अदालतले अन्यथा आदेश
दिएकोमा बाहेक पुनरावेदन तहको मुद्दामा पक्षलाई तारिखमा नराखी मुद्दाको कारबाही र
किनारा हुन सक्दछ। |
दफा १४३ |
८.२ म्याद
तथा तारिख थमाउने सम्बन्धी व्यवस्था
विषय |
विवरण |
संवन्धित कानून |
गुज्रेको म्याद वा तारिख थमाउन सक्ने |
·
दुनियावादी देवानी मुद्दामा आफ्नो
काबु बाहिरको परिस्थिति परी जुनसुकै तहको अदालतबाट तोकिएको म्याद वा तारिख गुज्रेमा सम्बन्धित पक्षले देहायबमोजिम थमाउन पाउँछः o प्रतिउत्तर वा पुनरावेदन लगायतका म्यादको हकमा १ पटक १५ दिनसम्म, o तारिखको हकमा बढीमा २ पटक २१ दिनसम्म, ·
सरकारबादी देवानी मुद्दामा
पुनरावेदन म्याद ७० दिनको हुन्छ। सो म्याद गुज्रेमा माथि उल्लेखित थाम्न पाउने
म्यादका अतिरिक्त थप ३० दिन थाम्न पाईन्छ। ·
मुद्दाका पक्षले तारिख
गुजारेकोमा पटक कायम गर्दा म्याद थमाएको पटक गणना नगरी तारिख गुजारेको पटक मात्र हिसाव गरी कायम गर्नुपर्छ। ·
म्याद वा तारिख थमाउनको लागि
दिन गणना गर्दा म्याद वा तारिख गुज्रेको दिनको भोलिपल्टदेखि थमाउन पाउने दिनसम्मको दिन गणना गर्नुपर्छ। ·
मुद्दामा पुनः ईन्साफ गर्न
मातहत अदालतमा पठाएको वा मुलतबी जगाई कारबाही गर्दा अघि थमाएको म्याद वा तारिखको
पटक गणना गर्नु हुँदैन। |
दफा २२३, २२४,२६२ |
बिशेष परिस्थितिमा गुज्रिएको म्याद वा तारिख थामिने अवस्था |
·
देहाय बमोजिमको काबू बाहिरको विशेष परिस्थितिका कारण म्याद वा तारिख गुज्रेकोमा देहायको अवधि भित्र म्याद वा तारिख थमाउन पाईन्छः -
म्याद वा तारिखमा हाजिर हुनु
पर्ने व्यक्तिको कोही मरी आफैँ किरिया वा किरिया सरहको शोकवरण गरी बस्नु परेको कारणले म्याद वा तारिख गुज्रेको भए त्यसरी मृत्यु भएको
मितिले बाटोको म्याद बाहेक २१ दिन, -
सुत्केरी भएको कारण म्याद वा
तारिख गुज्रिएको भए सुत्केरी भएको मितिले बाटोको म्याद बाहेक ४५ दिन, -
बाढी, पहिरो, हिमपात, बाटो बन्द भई वा कर्फ्यूको घोषणा
वा अन्य कुनै कारणले सार्वजनिक यातायातको साधन बन्द भई म्याद वा तारिख गुज्रिएको भए बाटो खुलेको वा यातायातको साधन खुलेको
मितिले बाटोको म्याद बाहेक ७ दिन, -
कसैको अपहरणमा परेको वा शरीर बन्धक बनाएको कारण म्याद वा तारिख गुज्रिएको भए अपहरण वा शरीर
बन्धकबाट मुक्त भएको मितिले बाटोको म्याद बाहेक १० दिन, -
भूकम्प, ज्वालामुखी आदि जस्ता विपद् परेको कारण म्याद वा तारिख गुज्रिएको भए त्यस्तो
विपद् भएका मितिले बाटोको म्याद बाहेक १० दिन। -
कुनै दुर्घटनाको कारण अचेत भई
वा अचानक कुनै गम्भीर रोगको कारण हिँडडुल गर्न नसक्ने भई अस्पतालमा भर्ना भई
उपचार गर्नु परेको अवस्थामा त्यस्तो कारण परेको मितिले बाटोको म्याद बाहेक १५ दिन। ·
त्यसरी गुज्रेको म्याद तारिख
थमाउन निवेदन दिदा त्यस्तो कारण र परिस्थिति परेको व्यहोरा पुष्टि गर्न आवश्यक पर्ने प्रमाण
संलग्न गर्नुपर्छ। |
दफा २२५ |
मुद्दा सकार गर्न पाउने |
·
मुद्दाको फैसला नहुँदै कुनै पक्षको मृत्यु भएमा वा दुर्घटना परी अचेत भएमा वा निज वेपत्ता भै म्याद वा तारिख गुज्रेमा बाटोको म्याद बाहेक २१ दिनभित्र संरक्षक वा हकवालाले म्याद वा तारिख थमाई मुद्दा सकार गर्न निवेदन दिन पाउँछ। ·
सो निवेदनको व्यहोरा मनासिब देखिएमा त्यस्तो
मुद्दा सकार गराई गुज्रेको म्याद वा
तारिख थामी दिनुपर्छ। |
दफा २२६ |
बाटाको म्याद हिसाब गर्ने आधार |
·
अदालतले बाटोको म्यादको हिसाव
गर्दा देहाय बमोजिम गर्नुपर्छः o
यातायातको नियमित सेवा चलेको
ठाउँमा रेल वा बसबाट आउँदा वास्तविक लाग्ने दिन, o
रेल वा बस नचलेको ठाउँको लागि
प्रत्येक पन्ध्र किलोमिटरको १ दिन पाईन्छ। १५ कि.मी.
भन्दा बढि तर अर्को १५ कि.मी. नपुगेको भएपनि १ दिन बाटोको म्याद पाईन्छ। o
तर, बाटोको दुरी जम्मा १५ किलोमिटर भन्दा घटी भए बाटाको म्याद पाईदैन। |
दफा २२७ |
थमाउन पाउने अवधिसम्म मुद्दा किनारा नगर्ने |
·
मुद्दाका पक्षले म्याद वा तारिख
गुजारेमा पनि माथि उल्लेखित थमाउन पाउने अवधि समाप्त नभएसम्म मुद्दाको सुनुवाई गरी किनारा गर्न हुँदैन। |
दफा २२८ |