नेपाल र भारतबीचको सिमानामा देखिएका समस्या समाधान गर्न के गर्नुपर्ला ?
नेपाल
र भारतको ऐतिहासिक सम्बन्ध छ । आर्थिक, सामाजिक, साँस्कृतिक, धार्मिकलगायत
थुप्रै सम्बन्धहरू आपसमा मिल्दाजुल्दा भएर पनि नेपाल र भारतको
सम्बन्ध
थप गहिरो भएको हो । राजनीतिक स्तरमा मात्रै होइन, जनस्तरमा पनि
अत्यन्त
नजिकमा रहेको यो सम्बन्धमा बेलाबेलामा कहिले सीमा अवरोध, कहिले
जनस्तरमा
व्यक्ति–व्यक्तिबीच द्वन्द्व, कहिले सिमाना
विवादजस्ता समस्या देखिँदै आएको छ । दुई देशबीच बढी मित्रता, बढी नजिक
हुँदा पनि कहिलेकाहीँ यस्तो हुन्छ, तैपनि
यस्तो कार्य आगामी दिनहरूमा हुन नदिई दुई देशको ऐतिहासिक
सम्बन्धलाई थप सुमधुर बनाई आपसी सहयोग, अन्तरसम्बन्ध
एवम् आबद्धता बढाउनुपर्दछ । हालै नेपालको दार्चुला
जिल्लाको लिम्पियाधुरा, लिपुलेक र कालापानीमा
नेपालको जग्गा भारततर्पmबाट मिचिएको र नेपालका दार्चुलासहित २३
जिल्लाको
७१ स्थानमा भारतबाट यस्तै तरिकाले सीमा मिचिएको भन्ने विषय विभिन्न
सञ्चारमाध्यमा आइरहेको सन्दर्भमा नेपाल र भारतको सीमासम्बन्धमा
सर्वप्रथम
दुई देशका पदाधिकारीहरूले कूटनीतिक पहल गर्नु आवश्यक छ । दुई देशको
कूटनीतिक पहल नै यो समस्या समाधानको उत्तम उपाय हो । यो पहलसँगै
नेपाल
र भारत सिमानालाई व्यवस्थित गर्न देहायबमोजिमका उपायहरू अवलम्बन
गर्नुपर्दछ
ः
- नेपालको सीमा सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरीलाई दिई उसलाई सीमा सुरक्षाप्रति जिम्मेवार, जवाफदेही र उत्प्रेरित बनाउने,
- मिचेको भूमि फिर्ताका लागि कूटनीतिक पहल गर्ने र आगामी दिनहरूमा यस्ता कमीकमजोरी हुन नदिने, यसका लागि आवश्यक पर्दा तत्काल छलफल गर्न सकिने जिम्मेवार संयन्त्र खडा गर्ने,
- दुई देशका विज्ञहरू समावेश गरी विवादमा रहेको जग्गाको पुनः नाप–नक्सा तयार गर्ने,
- नेपाल र भारत सिमानामा सशस्त्र प्रहरीको बोर्डर अब्जरबेसन पोस्ट (बीओपी) थप गर्ने,
- सीमामा निगरानी बढाउने,
- दसगजाको नजिकै पाँच सय मिटरवरपर सशस्त्र प्रहरीको बीओपी राख्ने,
- दसगजा अतिक्रमण नियन्त्रण गर्ने,
- सीमास्तम्भको निगरानी राख्ने, रेखदेख गर्ने,
- सीमास्तम्भको अभिलेख राख्ने,
- भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँग मिलेर संयुक्त गस्ती गर्ने,
- नेपाल र भारतको खुला सिमाना भएकाले देखिएको आर्थिक, सामाजिक अपराध नियन्त्रण गर्न खुला सिमानामा पर्खाल वा काँडेतार लगाउन सुरु गर्ने ।