Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

प्राचीन नेपालको इतिहाँस


 

प्राचीन नेपाल 

नेपालको प्राचीन इतिहास इसापूर्व हजारौँ वर्ष अगाडिदेखि नै प्राचीनकाल सुरु  भएको मानिए तापनि ईश्वी संवत्को थालनी अघिसम्म नेपालको इतिहास स्पष्ट  छैन । किरातकालपूर्वका ठोस ऐतिहासिक सामग्री प्राप्त हुन सकेका छैनन्। यस  कालको राजनीतिक, आर्थिक, सामाजिक आदि कुराको बारेमा लिच्छविकालीन  अभिलेखहरूबाट केही झलक पाइन्छ । इस्वी संवत्को थालनीका साथै लिच्छविकाल  सुरु भए पनि प्रमाणहरूका आधारमा इस्विको पाचौँ शताब्दीदेखि मात्र प्राचीन  नेपालको इतिहास बढी विश्वासिलो बनेको पाइन्छ ।

गोपालवंशी शासकहरू 

नेपालका प्रथम राजाहरू गोपालवंशी थिए । गोपाल भन्नाले गाईपालक समुदाय भन्ने  बुझिन्छ । काठमाडौँको पानी बाहिर फ्याँकेपछि उपत्यका बसोबास योग्य भयो।  त्यसपछि दक्षिणतर्फका नीप जातिका गोपालहरू यहाँ आकषर््िात भए । दक्षिणबाट  आएका गोपालहरू र यहाँका प्राचीन नाग जातिबिच भीडन्त हुँदा नाग जातिहरू  पराजित भई दक्षिण भेगतर्फ लागे भने नेपाल उपत्यकामा गोपालहरूको वर्चस्व  कायम भयो। वंशावलीहरूमा उल्लेखित कथाअनुसार यिनीहरूको एउटा बहुह्री  नाम गरको े गाईले सधैँ बाग्मतीको तिरको एक ठाउँमा गएर दूध चढाउने गर्दथिन्।  सो स्थल खनी हेर्दा पशुपतिको ज्योर्तिलिङ्ग उत्पन्न भयो। टेकु दोभानमा तपस्या  गरी बस्ने ‘ने’ मुनीले गोपालवंशका भुक्तमान (भूमिगुप्त) लाई राजा बनाए । यिनी  गोपालवंशका संस्थापकमात्र नभई नेपालका प्रथम राजा पनि भए । गोपालवंशी  आठजना शासकहरू (भूमिगुप्त, जयगुप्त, धर्मगुप्त, हर्षगुप्त, भीमगुप्त, मणिगुप्त,  विष्णुगुप्त र जीनगुप्त) ले करीब ५०५ वर्ष शासन गरे।

महिषपालवंशी राजाहरू

गोपालवंशका जीन गुप्तलाई युद्धमा पराजित गरी महिषपालहरूले नेपालको शासनमा नियन्त्रण कायम गरेको कुरा गोपाल राजवंशावलीमा उल्लेख छ ।  केही इतिहासकारहरूका अनुसार गाई पाल्नेलाई गोपाल भने झैं भैसी पाल्नेलाई  महिषपाल वा आभिर भनिन्थ्यो। तर गोपाल र आभिर एउटै वंशका भएका र पेशागत आधारमा मात्र दुई समुदायमा विभाजित भएको मानिन्छ । कर्कप्याट्रिकको वंशावलीमा आभिरहरू राजपूत उत्पत्तिका ग्वालाहरू भएका र सिम्रौनगढ र जनकपुरबिचको समतल भूमिमा आफूसँग हातहतियारसमेत राखी ठुलो सङ्ख्यामा  भैंसी पाल्ने गरेकोमा पछि उपत्यका प्रवेश गरी गोपालवंशी राजालाई हराई शासनमा  नियन्त्रण कायम गरेको भनी उल्लेख गरिएको छ । यस वंशका प्रथम राजा वरसिंह  हुन्। गोपाल वंशावलीअनुसार यस वंशका तीन शासकहरू वरसिंह, जयसिंह र भुवनसिंहले क्रमशः ४९ वर्ष, ७१ वर्ष २ महिना र ४१ वर्ष गरी जम्मा १६१ वर्ष २  महिना शासन गरेका थिए । 

किरातवंशी राजाहरू

नेपाल उपत्यकामा राज्य गर्ने लिच्छवी राजवंशभन्दा अगाडि र महिषपाल वा  आभीरवंशभन्दा पछाडि बिचको समयमा किरातवंशीय राजखलकको शासन  उपत्यकामा रहेको थियो भन्ने विवरण साहित्यिक स्रोतहरूमा फेला पर्दछ । गोपाल  वंशावलीमा किरात राजाहरूको सूचीका साथै उनीहरूको मूलस्थान तामाकोसी र सुनकोसीबिचको भूभाग भनी बताइएको छ ।

आभिरवंशका अन्तिम राजा भुवनसिंहलाई युद्धमा पराजित गरी किरातवंशी राजा यलुङ वा यलम्बरले शासनमा नियन्त्रण कायम गरेका थिए । यो द्वापरयुगको अन्त्य  वा कलियुगको प्रारम्भतिर छैटौँ शताब्दीमा घटेको घटना मानिन्छ । नेपालमा  ऐतिहासिक घटनाक्रमको सुरुवात किराती राजाहरूबाटै भएको मानिन्छ । गोपाल  राजवंशावलीमा ३२, भाषा वंशावलीमा २८ र राइट वंशावलीमा २९ राजाहरूको विवरण पाइन्छ । तथापि, किरातवंशका २९ पुस्ताका ३२ राजाहरूले झण्डै १५००  वर्ष जति शासन चलाएको मानिन्छ । किरातवंशी मुख्य राजाहरूको नामावली  निम्नबमोजिम छः

यलम्बर

किरात राज्यका संस्थापक यलम्बर ज्यादै वीर थिए । यिनले महिषपाल आभिर वंशका शासक भुवनसिंहलाई हराएर किरात राज्यव्यवस्था स्थापना गरेका थिए ।  यिनलाई कतैकतै यलुङ पनि भनिएको छ । यिनकै नामबाट पाटन सहरको पुरानो नाम यल रहन गएको मानिन्छ । 

हुमति

यिनी छैटौँ किराती राजा थिए । यिनलाई गोपाल राजवंशावलीमा हँति भनेर उल्लेख गरिएको छ । डेनियल राइटले छपाएको वंशावलीले यिनलाई महाभारतको युद्धकालका भनी उल्लेख गरेको छ । 

जितेदास्ती

किरात राजा जितेदास्ती अर्का उल्लेखनीय शासक हुन्। यिनलाई भाषा वंशावलीहरूले सातौं क्रममा राखेका छन् भने गोपाल राजवंशावलीले केही पछिल्लो क्रममा उल्लेख  गरेको छ । यिनको समयमा गौतम बुद्ध काठमाडौँ आएको चर्चा वंशावलीमा  गरिएको गरिएको छ । 

स्थुंको

केही वंशावलीहरूले किरात राजा स्थुंकोका समयमा मौर्य सम्राट अशोक छोरी  चारुमतीका साथ काठमाडौँ आएका थिए । यिनले चारस्तूप बनाए । छोरी चारुमतीको विवाह क्षत्रीय कुमार देवपालसँग गरिदिएका थिए । तर वंशावलीको भनाइ सत्य  देखिदैन । अशोक लुम्बिनी, कपिलवस्तुमा मात्र आएका थिए । काठमाडौँ उपत्यकामा  आएको कुरा भने प्रमाणित छैन । 

स्रोत नेपाल परिचय नवौ संस्करण

Post a Comment

Previous Post Next Post