Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

उत्प्रेषण(Certiorari) र परमादेश (Mandamus) भनेको के हो ?

 

उत्प्रेषण(Certiorari)

उत्प्रेषण(Certiorari) को अर्थ To Certify हो।जुन आफ्ना मातहतका अड्डा अदालत वा निकाय वा अधिकारीबाट भए गरेको गैरकानूनी अन्य काम कारवाही वा निर्णय बदर गर्न जारी गरिने विशिष्ट आदेश हो।सिद्धान्तत: देहायका आधारहरुमध्ये सबै वा कुनै एक आधार विद्यमान रहेको अवस्थामा उत्प्रेषणको आदेश जारी हुन्छ :

·           प्राकृतिक न्यायको सिद्धान्तको उलङ्घन (Breach of Principles of Natural Justice)

·           अधिकारक्षेत्र नाघेको (Excess of Powers)

·           कानूनको त्रुटि (Apparent error of Law’s)

·           कार्यविधिको त्रुटि (Error of Procedure)

·           पदीय दायित्व पूरा नगरेको (Failure to Perform Duty)

·           बदनियत राखेको (Bad faith/ Malafied Intention)

·           अधिकारको दुरुपयोग गरेको (Abuse of Power)

परमादेश (Mandamus)

 परमादेश (Mandamus) भन्नाले कुनै सार्वजनिक निकाय वा अधिकारीले आफ्नो कानूनी कर्तव्य (Legal Duty) निर्वहन गर्न इन्कार वा अनिच्छा वा अनुचित वा विलम्ब गरेमा सो कानूनी कर्तव्य निर्वाह गराउनको लागि गरिने आदेश हो।परमादेशको आदेश निम्न अवस्थाहरुमा जारी हुने देखिन्छ।

·         मौलिक हक प्रचलनका लागि

·         कानून बमोजिमको कार्यसम्पादन गराउने प्रयोजनका लागि

·         संविधान वा कानूनद्वारा सुम्पिएका अन्य सार्वजनिक कर्तव्य निर्वाह गराउने प्रयोजनका लागि

·         अदालत वा न्यायाधिकरणलाई आफ्नो क्षेत्राधिकारको प्रयोग गराउने प्रयोजनका लागि

·         अनिश्चिकालसम्म निर्णय नगरेमा

·         कानूनबमोजिम कारवाही चाँडो नटुंग्याएमा

·         प्राकृतिक न्यायको सिद्धान्त बमोजिम प्रतिवादको मौका दिन

 

Post a Comment

Previous Post Next Post