Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

फरक मुद्दा व्यवस्थापन (Differentiated Case Management) #DCM

 



फरक मुद्दा व्यवस्थापन (Differentiated Case Management)

Ø  मुद्दाको प्रकृतिअनुसार फरक तरिकाले व्यवस्थापन गर्ने पद्बति

Ø  न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना (2076-081) ले मिति 2077/04/01 देखि सबै जिल्ला अदालत/उच्च अदालतमा फरक मुद्दा व्यवस्थापन गर्ने रणनीति लिएको छ ।

Ø  फरक  मुद्दा व्यवस्थापन पद्धति अनुसार अब मुद्दाको स्वरुप र अवस्था हेरी दर्ता भएकै दिन फैसला हुने सम्भावित मिति समेत तय भएको कार्यतालिका मिसिलमा समावेश गरिने गरिएको छ।  

फरक मुद्दा व्यवस्थापन पद्बतिको कार्यान्वयन

मार्गसमूह र फर्छौट अवधि

सि.नं.

मुद्दाको प्रकृति

मार्ग संख्या

मार्गको नाम र फर्छौट गर्ने अधिकतम अवधि

मार्ग

महिना

मार्ग

महिना

मार्ग

महिना

1

शुरु कारवाही हुने देवानी (दुनियावादी र सरकारवादी समेत)

3

सरल

6

सामान्य

12

विशेष

18

2

शुरु कारवाही हुने दुनियावादी फौजदारी

3

सरल

6

सामान्य

12

विशेष

18

3

शुरु कारवाही हुने सरकारवादी फौजदारी

3

सरल

6

सामान्य

12

विशेष

18

4

पुनरावेदन

2

सरल

6

सामान्य

12

 

 

 


 

मार्गसमूहमा नराखी कारवाही हुने विषयहरु

Ø बन्दीप्रत्यक्षीकरणको निवेदन

Ø अन्तरकालीन आदेशउपरको निवेदन र प्रतिवेदन

Ø दामासाहीसम्बन्धी निवेदन

Ø विशेष प्रकृतिका निवेदन

Ø अन्य फुटकर निवेदन ।

 

 

फरक मुद्दा व्यवस्थापनको कार्यान्वयन दर्ता फाँट

Ø पक्ष र मुद्दाको विवरण सफ्टवेयरमा प्रविष्ट गर्ने,

Ø स्वघोषणा फारम भर्न लगाई सफ्टवेयरमा प्रविष्ट गर्ने, (फिराद-पत्र, रिट निवेदन, अभियुक्तको बयान हुँदा)

Ø सफ्टवेयरको आधारमा निर्धारित मार्गसमूह अनुसारको कार्यतालिका प्रिन्ट गरी स्रेस्तेदार समक्ष पेश गर्ने,

Ø स्रेस्तेदारबाट प्रमाणित भएपछी कार्यतालिकामा पक्षको सहिछाप गराउने,

Ø पक्षलाई एकप्रति कार्यतालिका दिने र मिसिलमा एकप्रति राख्ने,

Ø मार्गअनुसारको मिसिलमा सरल, सामान्य र विशेष मार्गसमूहको मुद्दाको लागि क्रमशः हरियो, निलो र रातो स्टिकर टाँस्ने,

Ø म्याद सूचनामा मार्यसमूह खुलाउने,

Ø  दर्ता दायरीमा मुद्दाको मार्गसमूह खुलाउने आदि ।

 

फरक मुद्दा व्यवस्थापनको कार्यान्वयन मुद्दा फाँट

Ø कार्यतालिका छ, छैन रुजु गरी मिसिल बुझ्ने,

Ø मुद्दाको कारवाहीको नियमित अनुगमन गर्ने,

Ø कारवाहीका आधारमा मार्ग परिवर्तन वा कार्यतालिका परिमार्जन गर्नुपर्ने, भएमा सुपरिवेक्षक समक्ष पेश गर्ने,

Ø मार्ग परिवर्तन वा कार्यतालिका परिमार्जन हुने बआदेश भएमा सो अनुसार सफ्टवेयरमा प्रविष्ट गर्ने,

Ø कार्यतालिकामा प्रतिवादीको सहीछाप गराई स्रेस्तेदारबाट प्रमाणित गराई मिसिलमा राख्ने र पक्षलाई एकप्रति दिने,

Ø प्रतिवादीको बयान गराउँदा वा प्रतिउत्तर दर्ता गर्दा स्वघोषणा फारम भर्न लगाई सफ्टवेयरमा प्रविष्ट गर्ने,

Ø दैनिक गर्नुपर्ने कामको प्रगति अवस्था सफ्टवेयरमा जनाउने,

Ø निर्धारित मिति ननाघ्ने गरी समयमा आदेशहरु कार्यान्वयन गर्ने ।


 

 

 

 

 

  फरक मुद्दा व्यवस्थापनको कार्यान्वयन म्याद तामेली शाखा

Ø तामेलदारले आफ्नो जिम्माको म्याद कार्यतालिकामा तोकिएको अवधिभित्र तामेल गरी फाँटमा बुझाउने,

Ø कार्यतालिका अनुसारको समयमा रीतपूर्वक म्याद तामेल भए नभएको अनुगमन गर्ने,

Ø तामेल भै आएको म्याद वेरितको देखिए स्रेस्तेदार समक्ष पेश गरी उसैदिन बदर गरी पुनः म्याद जारी गर्ने र नियमानुसार पुनः तामेल गर्न लगाउने । 

 

 

 

 

 

 

 

 

 

 

 

 

सुपरीवेक्षक

Ø मुद्दा कारवाहीको नियमित अनुगमन गर्ने,

Ø सफ्टवेयर मार्फत र आवश्यकता अनुसार मिसिल निरीक्षण गरी कार्यतालिका अनुसार कार्य गर्न फाँटलाई निर्देशन दिने,

Ø मार्गसमूह परिवर्न वा कार्यतालिका परिमार्जन गर्नुपरेमा स्रेस्तेदार समक्ष पेश गरी भएका आदेश कार्यान्वयन गराउने,

Ø सफ्टवेयरमा प्राप्त संकेतका आधारमा मुद्दामा गर्नुपर्ने कार्य पहिचान गरी श्रेस्तेदार समक्ष पेश गर्ने ।

श्रेस्तेदार

Ø मार्गसमूह अनुसारको कार्यतालिका प्रमाणित गर्ने,

Ø मार्गसमूह परिवर्तन वा कार्यतालिका परिमार्जन गर्ने गरी पेश भएमा निर्देशिकाको आधारमा मुख्य न्यायाधीश/न्यायाधीश/इजलासको समन्वय वा निर्देशन अनुसार निकाशा दिने,

Ø कार्यतालिका अनुसार कार्य सम्पन्न भए नभएको विषयमा नियमित अनुगमन, निरीक्षण गरी गराई आवश्यक निर्देशन दिने,

Ø न्यायाधीश समक्ष मासिक प्रतिवेदन गर्ने,

Ø कार्यतालिका अनुसार कार्य सम्पन्न गर्ने गरी स्रोत साधन र जनशक्तिको व्यवस्थापन गर्ने,

Ø सरोकारवालाहरु र कर्मचारीहरुसँग नियमित छलफल र समन्वय गर्ने व्यवस्था मिलाउने,

Ø फरक मुद्दा व्यवस्थापन सम्बन्धी आवधिक प्रतिवेदन गर्ने ।

 

 

न्यायाधीश/इजलास

Ø मुद्दा बाँडपाँड गर्दा/पेशी तोक्दा मार्गसमूह अनुसारको अनुपात मिलाउने,

Ø दुवै पक्षको तारिख मिलान भएपछीको पहिलो पेशीका दिन छलफलका आधारमा मार्गसमूह परिवर्तन वा कार्यतालिका परिमार्जन गर्नुपरेमा आवश्यक आदेश दिने,

Ø मार्ग निर्धारण वा कार्यतालिका बारेमा पक्षले गुनासो गरेमा निकासा दिने,

Ø कार्यतालिका अनुसार कार्य सम्पन्न भए नभएको विषयमा नियमित अनुगमन, निरीक्षण गराई आवश्यक निर्देशन दिने,

Ø कार्यतालिका अनुसारको अवधिभित्रै मुद्दामा फैसला लगायतका कार्य सम्पन्न गर्ने,

Ø अडवड परेमा निकासा दिने ।


 

 

 

देखिएका कमजोरीहरु

Ø दर्ता गर्दा पक्षहरुलाई कार्यतालिका दिइदैन,

Ø कुन मुद्दालाई कुन मार्गमा राख्ने भन्ने बारेमा अझै अन्यौल छ,

Ø स्वघोषणा फारम मुद्दाको विवरणमा संलग्न गरेको पाईदैन,

Ø कार्यतालिकामा कुनै कर्मचारी वा पक्षको सहीछाप हुँदैन,

Ø तीन पुस्ते (बाजे/बज्यै) को नाम प्रविष्ट गर्ने गरेको छैन,

Ø पक्षहरुको मोबाईल नं. SYSTEM मा राख्ने गरिदैन,

Ø मार्ग अनुसारको स्टिकरको व्यवस्था प्रयोगमा छैन,

Ø फाँटबाट पक्षलाई स्वघोषणा फारम भर्न लगाएको पाइदैन,

Ø फाँटबाट गर्नुपर्ने दैनिक कामको स्थिति जनाउने गरेको देखिदैन,

Ø फाँटका काम गर्ने कर्मचारीमा अझै जानकारीको अभाव छ ।


मुद्दामा मार्गसमूह परिवर्तनका आधारहरुः-

क)  सरल मार्गसमूहबाट सामान्य मार्गसमूहमा परिवर्तन गर्ने आधारहरुः-

v 3 थानदेखि 10 थानसम्म मुद्दहरु लगाउ हुन आएमा

v प्रतिवादीको म्याद बदर भई पुनः जारी गर्नु परेमा

v प्रतिवादीले प्रतिवादी लिएको अवस्था भएमा

v देवानी कार्यविधि संहिताको दफा 225 बमोजिम म्याद वा तारिख थमाएमा

v फौजदारी कार्यविधि संहिताको दफा 59 बमोजिम म्याद थमाएमा

v देवानी कार्यविधि संहिताको दफा 123 बमोजिम सरोकारवाला व्यक्ति बुझ्ने आदेश भएमा

v नबुझि नहुने साक्षी बुझ्ने वा थप प्रमाण संकलन र परीक्षण गर्ने आदेश भएमा

v देवानी मुद्दामा थप प्रमाण संकलन र परीक्षण गर्ने आदेश भएमा

v विभिन्न निकायहरुबाट प्रमाणहरु संकलन गरी परीक्षण गर्ने आदेश भएमा

v अन्य जिल्लामा रहेको विशेषज्ञबाट परीक्षण गराउनुपर्ने भएमा

v सामान्य मार्ग अपनाईने मुद्दासँग लगाउमा हेर्नुपर्ने देखिएमा ।

ख)  सरल मार्गसमूहबाट विशेष मार्गसमूहमा परिवर्तन गर्ने आधारहरुः-

v पारस्परिक कानूनी सहायता ऐन, 2070 बमोजिम विदेशमा रहेको प्रतिवादीलाई म्याद तामेल गर्नुपर्ने भएमा

v 10 थानभन्दा बढी मुद्दा लगाउमा भएमा

v प्रतिवादीको नामको म्याद पटक-पटक बदर भई पुनः तामेल गर्नुपर्दा वा म्याद तामेल हुन नसकी पत्रिकामा सूचना प्रकाशन गर्नुपरेमा

v देवानी कार्यविधि संहिताको दफा 225 बमोजिम पटक-पटक तारिख थमाएमा

v विशेष मार्गसमूह अपनाईने मुद्दासँग लगाउमा हेर्नुपर्ने देखिएमा ।

ग)    सामान्य मार्गसमूहबाट विशेष मार्गसमूहमा परिवर्तन गर्ने आधारहरुः-

v देवानी कार्यविधि संहिताको दफा 225 बमोजिम पटकपटक तारिख थमाएमा

v धेरै जना प्रतिवादीको नामको म्याद पटकपटक बदर भई पुनः म्याद जारी गर्नुपरेमा

v पारस्परिक कानूनी सहायता ऐन, 2070 बमोजिम विदेशमा रहेका प्रतिवादीलाई म्याद तामेल गर्नुपर्ने भएका

v 10 थानभन्दा बढी मुद्दाहरु लगाउ हुन आएमा

v पुनः म्याद बदर भई पत्रिकामा सूचना प्रकाशन गर्नुपर्ने भएमा

v विशेष मार्ग अपनाईने मुद्दासँग लगाउमा हेर्नुपर्ने देखिएमा

v अभियोगपत्र संसोधनको आदेश भई प्रतिवादीको बयान गराउन र थप प्रमाण बुझ्नुपर्ने भएमा

v थप अभियोगपत्र दायर भई प्रतिवादीको बयान गराउन र थप प्रमाण बुझ्नु पर्ने भएमा ।

घ)   पुनरावेदनको मार्गसमूह परिवर्तन गर्ने आधारहरुः-

v एउटै मुद्दामा पहिलो पुनरावेदन दर्ता भएको 2 महिनाभन्दा बढी अवधिको फरकमा अन्य पुनरावेदन दर्ता भएमा

v पुनरावेदनको म्याद बेरीतको कारण बदर भई पुनः जारी गर्न परेमा

v देवानी कार्यविधि संहिताको दफा 225 बमोजिम म्याद वा तारिख थमाएमा

v न्याय प्रशासन ऐन, 2073 को दफा 14(1)(ग) अनुसार प्रमाण बुझ्ने आदेश भएमा

v सामान्य मार्ग अपनाईने मुद्दासँग लगाउमा हेरिनुपर्ने भएमा

v प्रत्यर्थीको नामको म्याद एक पटक बदर भई पुनः तामेल गर्ने परेमा वा म्याद तामेल हुन नसकी पत्रिकामा सूचना प्रकाशन गर्नु परेमा ।


 

सुरु कारवाही हुने देवानी मुद्दाको कार्यतालिका

सि.

नं.

गर्नुपर्ने कार्य

मार्ग र लाग्ने अधिकतम दिन

निर्धारित

मिति

संसोधित

मिति

कैफियत

सरल

सामान्य

विशेष

1

फिराद/उजुरी दर्ता

1

1

1

 

 

 

2

प्रतिवादीका नाममा म्याद जारी

2

2

2

 

 

 

3

प्रतिवादीको नामको म्याद तामेल

20

25

30

 

 

 

4

म्याद बदर  र पुनः तामेली

-

25

30

 

 

 

5

पुनः म्याद बदर भई पत्रिकामा सूचना प्रकासन

-

-

15

 

 

 

6

गुज्रेको म्याद थमाउने

15

15

15

 

 

 

7

विशेष अवस्थामा म्याद/तारिख थमाउने

-

60

60

 

 

 

8

प्रतिउत्तरको म्याद र प्रतिउत्तर दर्ता

21

21

21

 

 

 

9

प्रतिदावी लिएकोमा अदालती शुल्क दाखिल गर्ने र वादीले लिखित प्रतिवादी पेश गर्ने

-

22

22

 

 

 

10

दुवै पक्षको तारिख मिलान

10

15

15

 

 

 

11

प्रारम्भिक सुनुवाई/पूर्व सुनुवाई छलफल र प्रमाण बुझ्ने आदेश

15

15

15

 

 

 

12

मेलमिलाप

25

40

40

 

 

 

13

सरोकारवाला व्यक्ति बुझ्ने

-

15

15

 

 

 

14

आदेशानुसारको प्रमाण संलन र परीक्षण

·         कागज प्रमाण झिकाउने

·         रिपोर्ट मगाउने

·         विशेषज्ञको बकपत्र

·         साक्षी परीक्षण

25

30

60

 

 

 

15

तारिख थमाउने

21

21

21

 

 

 

16

थप प्रमाण संकलन र परीक्षण

-

15

30

 

 

 

17

पेशी स्थगन

15

30

45

 

 

 

18

विशेष अवस्थामा पुनः तारिख थमाउने

-

-

60

 

 

 

19

मुद्दा पेशी फैसला

10

13

18

 

 

 

फर्छौट गर्न लाग्ने अधिकतम जम्मा दिन

180

165

545

 

 

 

Post a Comment

Previous Post Next Post