क्रमविकाश र वंशाणु(Evolution & Genes)
Ø पुराना जीवहरुबाट नयाँबाट
जीव उत्पन्न हुने प्रक्रिया नै क्रमविकाश हो।
Ø समयको अन्तरालसँगै जीवहरु
सामान्य अवस्थाबाट जटिल अवस्थामा विस्तारै र निरन्तर परिवर्तन हुने प्रक्रियालाई
विकासक्रम भनिन्छ।
Ø क्रमविकास(Evolution) हुनका लागि आवश्यक तत्व
परिवृत्ति(Variation) हो भने प्रमुख स्रोत
उत्परिवर्तन(Mutation) हो।
Ø Evolution शब्दको सबभन्दा पहिले
प्रयोग गर्ने व्यक्ति Herbert Spencer हुन्।
Ø Evolution को अबधारणाको बारेमा सवैभन्दा
पहिला चर्चा गर्ने व्यक्ति Empedocle & Buffon हुन्।
Ø Trend of Evolution को बारेमा सबभन्दा पहिले
बर्णन गर्ने व्यक्ति J.B.De Lamarck हुन्
जसकारण उनलाई Father
of Evolution Theory भनिन्छ।
Ø Charles Darwin ले Evolution लाई “Descent with
modification” भनेर
परिभाषित गरेका थिए।
Ø विकाशक्रम(Evolution) एउटा यस्तो प्रकृया हो
जुन निरन्तर(Continuous), विस्तारै(Slow), अग्रगामी (Progressive) र पुनः नफर्किने(Irreversible) हुन्छ।
Ø क्रमविकाश विकासका
सिद्धान्तका प्रमाणहरु ५ प्रकारका रहेका छन्:-
१)
अवशेषबाट प्राप्त प्रमाण
२)
तुलनात्मक शरीर र रचनाबाट प्राप्त प्रमाण
३)
भ्रूण सम्बन्धी प्रमाण
४)
भौगोलिक वितरणबाट प्राप्त प्रमाण
५)
दुई वर्गबीचका जनावरबाट प्राप्त प्रमाणहरु
Ø अबशेषको अध्ययनबाट पुराना
सजीबहरुको बारेमा जानकारी लिई त्यसबाट प्राप्त गरिने प्रमाण नै अबशेषबाट प्राप्त
प्रमाण हो।
Ø पत्र चट्टानमा धेरै बर्ष
पहिले मरेका विरुवा जनावरको कुनै अंश, छाप वा चिन्हलाई अवशेष(Fossils) भनिन्छ। अबशेष पत्रे
चट्टानमा पाईन्छ। अबशेष धेरै बर्ष पहिला मरेका जीव तथा बनस्पतीहरुको चिन्ह वा छाप
वा अंश हो।
Ø Fossils को बारेमा अध्ययन गर्ने
विज्ञानलाई Paleontology भनिन्छ।
Ø प्रकृतिमा पाईने प्रमाण नै
तुलनात्मक शरीर र रचनाबाट प्राप्त प्रमाण हो। यस प्रमाणबाट प्रत्येक जीव तथा
वनस्पतिहरु एउटै पूर्खाबाट उत्पत्ति भएर आएको भन्ने प्रमाणित हुन्छ।
Ø तुलनात्मक शरीर र रचनाबाट
प्राप्त प्रमाणलाई २ भागमा विभाजन गरिन्छ।
१)
सधर्मी अङ्गहरुबाट प्राप्त प्रमाण
२)
अवशेषाङ्गबाट प्राप्त प्रमाण
Ø भ्रुण सम्बन्धी प्रमाणले
विभिन्न समूहका जनावरहरुको सुरुको अवस्थाको भ्रुण धेरै मिलदोजुल्दो हुन्छ भन्ने
पुष्टि गर्छ। जस्तै माछा, कुखुरा, मानिस, चरा आदिको भ्रुण सुरुको अवस्थामा धेरै
मिल्दोजुल्दो हुने तर वृद्धि सँगसँगै फरक हुने देखिन्छ।
Ø कुनै कुनै सजीवको आकार र
व्यवहारका केही अंङ्गमा तल्लो श्रेणीको जनावरसँग र केही अङ्ग उच्च श्रेणीको
जनावरसँग मिल्दो जुल्दो हुने प्रमाण नै दुई वर्गबीचका जनावरबाट प्राप्त प्रमाण हो।
क्रमविकासका
सिद्धान्तहरु(Theories Of Evolution)
विभिन्न
कालखण्डमा प्रकृतिविद् तथा बैज्ञानिकहरुले विभिन्न जन्तु तथा वनस्पतिहरुको विकासका
सम्बन्धमा भिन्न अभिमत प्रकट गरेको पाईन्छ। यी मध्ये Charles Darwin, जिन बाष्टिस्ट लेमार्क,
अल्फ्रेड रसेल वालेस, ह्युगो डि भ्रिज आदि रहेका छन्।
Lamarckism (Lamarck’s Theory) लेमार्कको सिद्धान्त:-
Ø लेमार्क फ्रान्सेली
प्रकृतिविद् हुन।
Ø उनले सर्वप्रथम Evolutionary theory सन् १८०९ मा आफ्नो पुस्तक Philosophic Zooglique को प्रकाशनको समयमा
प्रस्तुत गरेका थिए।
Ø Evolutionary theoryअनुसार “जीवले आफ्नो जीवनकालमा
वातावरणसँग समायोजन हुने क्रममा जे जति गुणहरु प्राप्त वा विकास गर्छ, ती गुण
सन्ततिमा सर्दै जान्छ र विकासक्रम हुँदै जान्छ।“
Lemarckism
Evolutionary theory का मान्यताहरु:-
Ø Tendency to Increase in
size:- शरीरको
आन्तरिक आवश्यकता पुरा गर्न शारीरिक अंगको आकार बढाउने ईच्छा हुनु।
Ø Environmental Effect:- वातावरणको प्रभावले जीवको
आफ्नो Habit
र Structure मा परिवर्तन ल्याउँछ।
Ø Use & disuse of
organ:- शरीरको
जुन अंगलाई निरन्तर प्रयोग गरिन्छ, त्यो अंग बलियो र स्थायी रहन्छ र त्यसको आकार
बढ्दै जान्छ तर जुन अंगको प्रयोग गरिदैन त्यो कमजोर हुन्छ र विस्तारै हराउँदै
जान्छ।
Ø Inheritance of acquired
character:- जीवले
आफ्नो जीवनकालमा जे गुण विकास गर्छ, ती गुण अर्को वंशमा सार्दछ।
Lemarckism theory लाई पुष्टि गर्ने केही उदाहरणहरु
Ø जीराफको घाँटी सानोभन्दा
ठूलो भएको
Ø पानीमा बस्ने चराको खुट्टा
र पन्जा फिजिएको हुनु,
Ø सर्पमा खुट्टा लोप भएको
Mendel
र August weisman ले लेमार्कको सिद्धान्तलाई
आलोचना गरेका थिए।
Darwinism
(Darwin’s evolutionary theory) डार्विनको सिद्धान्त
Ø चार्ल्स डार्विन(1809-1882) अंग्रेज प्रकृतिविद्
थिए।
Ø उनले Evolution सम्बन्धी “Theory of natural
selection” प्रस्तुत
गरेका थिए।
Ø उनले २० बर्षसम्म
जीव तथा वनस्पतिको अध्ययन र अनुसन्धान गरेका तथा ५ बर्षसम्म HMS Beagle जहाजमा भ्रमण गरी सो अध्ययनबाट विकासवादी
सिद्धान्त प्रतिपादन गरेका थिए।
Ø चार्ल्स डार्विनलाई Alferd Russel Wallace ले सन् १८५८ मा “ The Theory of natural
selection” नामक
पेपरमा प्रकाशनमा सहयोग गरेका थिए।
Ø चार्ल्स डार्विनले सन्
१९५९ मा “The
Origin of species by means of natural selection” नामक पुस्तक प्रकाशन गरेका थिए।
डार्विनका सिद्धान्तहरुः-
१)
अत्याधिक सन्तान उत्पादन गर्नु(Over production)
२)
बाँच्नका लागि संघर्स(Struggle for existence)
३)
परिवृत्ति र वंशज(Variation & Heridity)
४)
सक्षम नै बाँच्ने (Survival for the fittest )
५)
प्राकृतिक छनौट (Natural selection)
६)
नयाँ जातीको उत्पत्ति(Origin of species)
वंशाणु(Genes)
Ø
कोषहरुको न्यूक्लियसभित्र क्रोमोजोममा
हुने रसायनिक पदार्थ जसले बाबुआमाका गुणहरु सन्तानहरुमा प्रसारण गर्दछ, त्यसलाई
वंशाणु(Genes/Heredity)
भनिन्छ र
यस प्रक्रियालाई Hereditary भनिन्छ
साथै यस गुणलाई Hereditary
character भनिन्छ।
Ø
वंशाणुगत गुणहरु बाबुआमाबाट
सन्तानमा सर्दै जाने नियम पत्ता लगाउने व्यक्ति अष्ट्रियाका ग्रेगर जोहान मेन्डल(Gregor Johann Mendel, 1822-1884)
हुन्। उनलाई वंशजविज्ञानका पिता (Father
of Genetics/Heredity) भनिन्छ।
Ø
मेन्डलले सर्वप्रथम आफ्नो
बगैंचामा उमारिएका केराउका विरुवा(Pisium
sativum) मा Heredity
सम्बन्धी Experiment
गरेका थिए।
Ø
उनले प्रयोगको क्रममा केराउका
७(सात) विभिन्न लक्ष्णहरु लिएका थिए।
मेन्डलले प्रयोगका लागि केराउको
विरुवा छान्नुका प्रमुख कारणहरुः-
१) केराउको
फूल बन्द र उभयलिङ्गी भएकाले प्राकृतिक रुपले नै स्वप्रजनन् हुन सक्ने।
२) यसमा
आवश्यकता अनुसार परप्रजनन् पनि गराउन सकिने
३) यसको
जीवनचक्र छोटो भएको कारण नतिजा छिटो लिन सकिने,
४) यसका
धेरै प्रजातीहरु पाईने।
मेन्डलका
नियमहरु(Mendel’s Law):-
Ø
प्रबलताको नियम (law of dominance):-
Ø
लैङ्गिक शुद्धताको नियम ( Law of purity of Gamets or law of
segregation)
Ø
स्वतन्त्र गुण प्रसारणको नियम (Law of independent assortment)
v
दुईवटा जीवहरुबीच क्रस गराउँदा
पहिलो वंशमा देखापर्ने (मातापिताबाट आएको) गुणलाई प्रबल गुण(Dominant character)
भनिन्छ।
v
पहिलो वंशमा देखा नपर्ने एवं
दोस्रो वा अन्य वंशमा देखा पर्ने गुणलाई लुप्त गुण (Recessive character)
भनिन्छ।
v
प्रबल वा लुप्त गुणमध्ये कुनै
एकथरि मात्र गुणहरु बोक्ने जिनलाई होमोजाईगस(Homozygos) भनिन्छ।
v
प्रबल तथा लुप्त दुवै गुणहरु
बोक्ने जीनलाई ठिमाहा(Hybrid)
भनिन्छ।
v
कुनै पनि जीवमा बाहिरी देखिने
गुणलाई फिनोटाईप(Phenotype)
तथा जीवको वंशाणुभित्र रहेको गुणलाई जीनोटाईप (Zenotype) भनिन्छ।
v
मेण्डलको प्रयोगमा अग्लो र होचो
केराउको बोटको फिनोटाईप अनुपात 3:1
तथा जिनोटाईप अनुपात 1:2:1 रहेको थियो।
v
मेण्डलको तेस्रो नियम अनुसार
फिनोटाईप अनुपात 9:3:3:1 रहेको
थियो।
v
T.H.Morgan
ले मेण्डलको नियम विरुवामा मात्र नभई जनावरहरुमा पनि लागु
हुन्छ भनेका थिए। सो को प्रमाणित गर्नका लागि उनले Dorsophilia नामक झिंगामा प्रयोग गरेका थिए।
DNA र RNA
S.N |
DNA |
RNA |
1 |
Deoxy Ribonucleic Acid |
Ribonucleic Acid |
2 |
वंशाणुगत गुणहरु सार्ने काम गर्दछ |
प्रोटिन संश्लेषण गर्दछ |
3 |
क्रोमोजोममा पाईन्छ। |
साइटोप्लाज्ममा र न्यूकिओलस मा पाईने |
4 5 |
२ वटा त्यान्द्रा पाईन्छ। Double stranded helical Structure. Nitrogen Base 4 प्रकारको हुन्छ, Adenine, Thiamine, Guanine र Cytosine (AGTC) |
१ वटा त्यान्द्रो रहेको। single helix strand Nitrogen Base 4 प्रकारको हुन्छ, Adenine, Guanine, Cytosine र Uracil. (AGUC) |
6 |
नाईट्रोजन बेस र डिअक्सिराईबोज सुगर र फस्फेट मिलेर बन्दछ। |
नाईट्रोजन बेस र राईबोज सुगर मिलेर बन्दछ। |
7 |
DNA को संरचनामा दुईवटा Bond बीचको दूरी 3.4A° दुईवटा Helix
को बीचको दूरी 34A°
र दुईवटा Strand बीचको दूरी 20A° हुन्छ। |
|