Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

स्थानीय तहको व्यवस्थापिकाको गठन र कार्यहरूबारे उल्लेख गर्नुहोस् । #locallvel #स्थानीयतह #लोकसेवाआयोग



 स्थानीय तहको व्यवस्थापिकाको गठन र कार्यहरूबारे उल्लेख गर्नुहोस् । 

नेपालको संविधानको धारा २२१ ले स्थानीय तहको व्यवस्थापिकीय अधिकार गाउँसभा र नगरसभामा निहित रहने व्यवस्था गरेको छ । त्यसकारण गाउँसभा र नगरसभालाई स्थानीय व्यवस्थापिका भन्न सकिन्छ । त्यसैगरी, संविधानको धारा २२२ र धारा २२३ मा गाउँसभा र नगरसभा गठनसम्बन्धी व्यवस्था छ, जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ः 
गाउँसभा र नगरसभाको गठन ः 
क. गाउँ÷नगर कार्यपालिकाको अध्यक्ष÷प्रमुखअध्यक्ष
ख. गाउँ÷कार्यपालिकाको उपाध्यक्ष÷उपप्रमुखउपाध्यक्ष
ग. प्रत्येक वडाका अध्यक्षसदस्य
घ. प्रत्येक वडाबाट निर्वाचित चारजना सदस्यसदस्य
ङ. गाउँ÷नगरसभाले दलित वा अल्पसङ्ख्यक समुदायबाट निर्वाचित दुईजना सदस्य    – सदस्य
स्थानीय व्यवस्थापिकाले गर्ने कार्यहरू
स्थानीय तहलाई तोकिएका कार्यहरूको विषयमा कानुन बनाउने स्थानीय व्यवस्थापिकाको प्रमुख कार्य हो । यसका कार्यहरूलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ः 
–    
स्थानीय करका दरहरू तोक्ने,
–    
स्थानीय कानुन निर्माण गर्ने,
–    
स्थानीय बजेट पारित गर्ने,
–    
स्थानीय नीति तथा कार्यक्रमहरूको समीक्षा गर्ने,
–    
स्थानीय आय र व्ययमाथि छलफल गर्ने, स्वीकृत गर्ने,
–    
स्थानीय कार्यपालिका र सोअन्तर्गतका निकायलाई नियन्त्रण गर्ने, निर्देशन दिने । 

Post a Comment

Previous Post Next Post