Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

सम्पत्ति भनेको के हो?_What is mean by Property ? _LLB_LLM_BALLB_PSC and Advocates license


 

विषय सूची

सम्पति कानून.. 1

सम्पति भनेको के हो?. 1

हिन्दु कानूनमा सम्पतिको परिभाषा (Hindu Definition Of property) 1

सम्पतिलाई हाम्रो कानुनले कसरी परिभाषित गरेको छ?. 2

सम्पतिको सिद्धान्त के के हुन्?. 2

सम्पतिको प्रकार के के हुन्?. 3

स्वामित्वको आधारमा सम्पति कति प्रकारको हुन्छ?. 4

 

 सम्पति कानून

 

 

 

सम्पति भनेको के हो?

 

सम्पति अग्रजि शव्द property को नेपाली रुपान्तरण हो । अग्रेजि शव्द Property  फ्रेन्च भाषाको Proprins शव्दबाट ग्रहण गरिएको हो । Proprins शव्द ल्याटिन भाषाको Properietat भन्ने शव्दबाट ग्रहण गरिएको हो ।जसको अर्थ हुन्छ अधिनमा रहेको बस्तु भन्ने हुन्छ । उक्त फ्रेच्च भाषा  सम्पति भनेको कुनै पनि चल,अचल,भौतिक, अभौतिक वस्तु माथि पाइएको कानुनी अधिकारलाई नै सम्पति भनिन्छ र त्यो सम्पतिलाई हामीले कब्जा गर्न सकिन्छ,प्रयोग गर्न सकिन्छ, हस्तान्तरण गर्न सकिन्छ। सम्पति भनेकै के हो भने कुनै पनि चिज वस्तु उपभोग गर्नु,बिक्री गर्नु,खरिद गर्नु,प्रयोग गर्नु, कारोबार गर्नु, त्यसबाट लाभ प्राप्त गर्नु।संक्षेपमा भन्ने  हो भने उपभोग कर्ताको स्वामित्व भित्र रहेको हरेक बस्तु उसको सम्पति हो ।

हिन्दु कानूनमा सम्पतिको परिभाषा (Hindu Definition Of property)

हिन्दु मत अनुसार २ किसिमका मत रहेका छन :

·        मिताक्षरा सम्रदायका मतमा सम्पति- यो हिन्दु धर्म परम्परागत धारको हिन्दु सम्प्रदाय हो ।यसका व्याख्याता ज्ञानेश्वर हुन । उनले सम्पति को अर्थलाई धन सँग जोडेर गरेका छन । धन बंशज वा नाताको आधारमा हस्तान्तरण हुदै जान्छ । सम्पति भनेको व्यक्तिको पूर्ण स्वामित्व भित्र रहेको कुनै पनि किसिमको धन हो ।यस मत अनुसार कुनै पनि सम्पति बेच विखन गर्नु भनेको अशुद्ध कार्य मानेको छ ।

·        दाया भाग सम्प्रदायको मतमा सम्पति-प्राचिन हिन्दु कानूनको एक स्वतन्त्र मत नभइ विभिन्न स्मृति माथि गरिएको टिका टिप्पणी वा व्याख्या हो ।यसलाई हिन्दु धर्मको प्रगतिशिल समुदाय समुदाय हो । यसले व्याक्तिको  स्वामित्व रेहको धनलाई जनाउनको लागि नै गरेका छन जसमाथिका स्वामित्वा पहिलो धनीको मृत्यु पछाडी मात्र उसको  उतराधिकारी सर्ने गर्दछ ।

सम्पतिलाई हाम्रो कानुनले कसरी परिभाषित गरेको छ?

 

मुलुकी देवानी संहिता ऐन (२०७४) को दफा ( २५१)ले सम्पतिलाई यसरी परिभाषित गरेको छ, उपभोग गर्न,खरिद गर्न , बिक्री वा अन्य तवरले हक हस्तान्तरण वा कारोबार गर्न, वा कुनै लाभ प्राप्त गर्न सकिने कुनै नगद वस्तु वा कार्यलाई सम्पति मानिनेछ।

 

नेपालको संविधान (२०७२) को धारा (२५) को उपधारा (१) को स्पष्टीकरणले सम्पतिलाई यसरी परिभाषित गरेको छ,सम्पति भन्नाले चल,अचल, लगायत सबै प्रकारको सम्पति सम्झनु पर्छ र सो शब्दले बौद्धिक सम्पतिलाई समेत जनाउँछ।

सम्पतिको सिद्धान्त के के हुन्?

सम्पतिको सिद्धान्त ( Theory of property)

(१) प्राकृतिक कानुनको सिद्धान्त (Natural law theory)

मानव समाजको सृष्टिको प्रारम्भिक कालमा चल,अचल वस्तुको कोही पनि मालिक थिएन, मालिक विहिन थिए, कसैले पनि कुनै वस्तु राख्दैन थिए। प्राकृतिक नियम बमोजिम कुनै वस्तु सर्वप्रथम जसले प्रयोग गर्न लागे सो सम्पति उसैको हुँदै गयो, साथ साथै जहिले सम्म उपभोग गरे त्यस बेला सम्म उसैको हुन्थ्यो। र बिस्तारै मानिसहरूको सङ्ख्या बढदै जाँदा मानिसहरूको सम्पति प्रति पनि आस्था ,चासो बढदै गयो र सम्पतिको विकाश यसरी भयो भने कुराको मान्यता यस सिद्धान्तले राख्दछ।

(२) दार्शनिक सिद्धान्त (Metaphysical theory)

यो सिद्धान्त हेगेलको र कन्टको को हो

कन्टका अनुसार कुनै पनि वस्तु कानुनी तरिकाबाट मेरो भए पश्चात त्यो सम्पति उसको हुने र सो सम्पति उसको मञ्जुरी बिना त्यसको उपभोग वा कब्जा गर्न सकिँदैन त्यसो गरेमा अतिक्रमण भएको मानिन्छ भन्ने कुराको मान्यता यस सिद्धान्तले राख्दछ।

(३) श्रम सिद्धान्त (Labour theory)

हरेक ब्यक्तिलाई श्रम गरी सम्पति आर्जन गर्ने अधिकार हुन्छ,जसले श्रम गर्दछ सम्पति माथि उसैको अधिकार हुन्छ। सबै अवस्थामा श्रम गरी सम्पति माथि अधिकार जमाउन सकिँदैन जस्तै स्वामी भएको वस्तु माथि कसैले श्रम गर्दैमा त्यो सम्पति उसको हुने होइन किनकि त्यसको पहिला देखि नै स्वामी छ। अधिकार जमाउनको लागि वस्तु स्वामी विहिन हुनु पर्छ र श्रमिकले त्यो वस्तु माथि श्रम गरेको हुनुपर्छ भन्ने कुराको मान्यता यस सिद्धान्तले राख्दछ।

(४)एतिहासिक सिद्धान्त (Historical theory)

पहिले प्राचीन कालमा संयुक्त वा सामूहिक सम्पति हुने गर्थे अर्थात व्यक्तिगत सम्पति हुँदैनथ्यो। समाजको विकास सँग सँगै परिवारको वृद्धि हुदैजादा सम्पति अंशबन्डामा हुन पुग्यो र व्यक्तिगत सम्पतिको विकास भयो भने कुराको मान्यता यस सिद्धान्तले राख्दछ।

(५) राज्यले सृष्टि गरेको सिद्धान्त (State created theory)

यस सिद्धान्तले के भन्छ भने हरेक राज्यमा आआफ्नो नीति ,नियम तथा कानुनहरूको ब्यवस्था गरिएको हुन्छ र सोही नीति नियम तथा कानुन बमोजिम सम्पतिको सम्बन्धमा पनि ब्यवस्था गरिएको हुन्छ।जस्तै सम्पतिको रक्षा, संरक्षण, परिभाषा, हाकहस्तान्तरण गर्ने तरिका लगायतको अधिकारको व्यवस्था गरिएको हुन्छ।

(६) ह्रास सिद्धान्त (Loss theory)

यस सिद्धान्तले के भन्छ भने सम्पति कसरी घट्दै जान्छ,सम्पति कसरी ह्रास हुँदै जान्छ,सम्पति कसरी समाप्त हुन्छ। जस्तै विवाह,करार ,जफत, दान बकस,उपहार,दाइजो आदि विधिबाट सम्पतिको समाप्त हुन्छ, सम्पती ह्रास हुँदै जान्छ, सम्पति घट्दै जान्छ भन्ने कुराको मान्यता यस सिद्धान्तले राख्दछ।

सम्पतिको प्रकार के के हुन्?

सम्पतिको प्रकार (Kinds of property)

(१)भौतिक सम्पति(corporeal property)

आँखाले देख्न, छुन,स्पर्श,गर्न सकिने,भौतिक आकृति भएका चिज वस्तुलाई भौतिक सम्पति भनिन्छ। जस्तै जग्गा,जमीन,घर, सुन, चाँदी, सुनचाँदीबाट बनेको गरगाहना आदि।

(२) अभौतिक सम्पति (Incorporeal property)

आँखाले देख्न, छुन, स्पर्श गर्न नसकिने ,भौतिक आकृति नभएका तथा बौद्धिक रूपमा हासिल गर्न सकिने चिज वस्तुलाई अभौतिक सम्पति भनिन्छ। जस्तै व्यक्तिले सिर्जना गरेको साहित्य ,गीत ,संगीत,नृत्य, अभिनय र कला आदि।

(३) चल सम्पती ( movable property)

चल सम्पति भनेको एक ठाउँबाट अर्को ठाउँमा ओसार पसार गर्न सकिने सम्पतिलाई चल सम्पति भनिन्छ। मुलुकी देवानी संहिता ऐन २०७४ को दफा (२५४) बमोजिम नगद वा नगद सरह कारोबार हुने वस्तु वा विदेशी मुद्रा,सुन, चाँदी, सुनचाँदीे बाट बनेको गरगहना वा बहुमूल्य वस्तु,एक ठाउँबाट अर्को ठाउँमा ओसार पसार गर्न सकिने अन्य वस्तु, ऋणपत्र, धितोपत्र,अचल सम्पत्ति बाहेक अन्य सम्पति चल सम्पति मानिनेछ।

(४) अचल सम्पत्ति (Immovable property)

अचल सम्पत्ति भनेको एक ठाउँबाट अर्को ठाउँमा ओसार पसार गर्न नसकिने वस्तुलाई अचल सम्पत्ति भनिन्छ। मुलुकी देवानी संहिता ऐन २०७४ को दफा २५३ बमोजिम घर,वा जमीन वा सोसँग जोडिएको संरचना ,घर वा जमीन संग स्थायी रूपमा आबद्ध भएको कुनै वस्तु ,जमीन संग आबद्ध रहेको खानी, ढुङ्गा वा खनिजजन्य वस्तु,नदी, नाला, ताल तलैया, तलैयामा तैरने गरी स्थायी रूपमा बनाईएको घर वा अन्य संरचना।

स्वामित्वको आधारमा सम्पति कति प्रकारको हुन्छ?

 

स्वामित्वको आधारमा सम्पतिको वर्गीकरण यस प्रकार छन् ( Clissification of property on the basis of ownership)

(१) निजी सम्पति( personal property)

कुनै पनि व्यक्तिले आफ्नो ज्ञान, सीप,वा प्रयासबाट आर्जन गरेको सम्पती वा त्यसबाट बढे बढाएको सम्पतिलाई निजी सम्पति भनिन्छ। मुलुकी देवानी संहिता ऐन २०७४ को दफा २५६ बमोजिम आफ्नो ज्ञान,सीप,वा प्रयासबाट आर्जन गरेका,दान,बकस,वा अपुताली स्वरूप प्राप्त गरेको , चिठ्ठा वा उपहार स्वरूप प्राप्त गरेको सम्पतिलाई निजी सम्पति मिनिनेछ।

(२) सगोलको सम्पति (common property)

सगोलको सम्पति भनेको अंशियारहरु मध्ये जुनसुकैको नाममा रहेको सम्पतिलाई सगोलको सम्पति भनिन्छ।मुलुकी देवानी संहिता ऐन २०७४ को दफा २५७ बमोजिम पुर्ख्यौलीबाट प्राप्त सम्पती,निजी सम्पति बाहेक अंशियारको नाममा रहेको अन्य सम्पति ,कानुन बमोजिम भिन्न भएकोमा बाहेक पति पत्नीले कमाएको सम्पति वा त्यसबाट बढे बढाएको सम्पति वा पति पत्नीको सगोलको सम्पतिलाई सगोलको सम्पति मानिनेछ।

(३) संयुक्त सम्पती (joint property)

संयुक्त सम्पति भनेको दुई वा दुई भन्दा बढी व्यक्तिको नाममा रहेको सम्पती वा त्यसबाट बढे बढाएको सम्पतिलाई संयुक्त सम्पति भनिन्छ। जस्तै पति पत्नी दुवैको नाममा रहेको सम्पति।

(४) सरकारी सम्पति( Government property)

नेपाल सरकार,पदेश सरकार, र स्थानीय तहको हक, स्वामित्व ,नियन्त्रण वा अधीनमा रहेको सम्पतिलाई सरकारी सम्पति भनिन्छ।मुलुकी देवानी संहिता ऐन २०७४ को दफा २९९ बमोजिम सरकारी घर,भवन,वा जग्गा,सडक,बाटो, रेल्वे,बन्, जङ्गल वा जङ्गलमा रहेको रुख,नदी,खोलानाला,ताल ,पोखरी आदिलाई सरकारी सम्पति मानिनेछ।

(५) सार्वजनिक सम्पति (public property)

सार्वजनिक सम्पति भनेको परापूर्वकालदेखि रहेको सम्पतिलाई सार्वजनिक सम्पति भनिन्छ। मुलुकी देवानी संहिता ऐन २०७४ को दफा ३०० बमोजिम परापूर्वकालदेखि रहेको घर, जग्गा,वा बाटो,कुवा,पानिघाट,इनार,पोखरी,मठ,मन्दिर,गुम्बा,मस्जिद मेला आदिलाई सार्वजनिक सम्पति मानिनेछ।

(६) सामुदायिक सम्पति(community property)

कुनै समुदायले आफ्नो प्रयोगको लागी राखेको जगगा ,त्यस्तो जग्गामा बनाएको कुनै संरचना वा समुदायको स्वामित्व रहेको अन्य सम्पतिलाई सामुदायिक सम्पति भनिन्छ।

(७) गुठी सम्पति(Trust)

कुनै पनि व्यक्तिले आफ्नो निजी सम्पति कुनै संस्थालाई (जस्तै मठ, मन्दिर, गुम्बा, मस्जिद, शैक्षिक संस्था, स्वस्थ चौकी,वृदा आश्रम आदि) दान गर्छ के भनेर भने यो संस्थाले अब मेरो हितको लागि होइन कि अरु मान्छेको हितको लागि, अरूको भलो होस् र संस्थालाई दान गरेको सम्पतिलाई नै गुठी सम्पती भनिन्छ। गुठी सम्पति सम्बन्धी मुलुकी देवानी संहिता ऐन २०७४ को दफा २१४ देखि २५१ सम्म ब्यवस्था गरिएको छ।

सम्पतिको आर्जन कसरी गर्न सकिन्छ?

सम्पतिको आर्जन ( modes of acquisition of property)

चार तरिका बाट सम्पति आर्जन गर्न सकिन्छ

(१) कब्जा(possession)

प्राचीन कालदेखि नै कब्जाको प्रचलन रहेको देखिन्छ। कब्जा भनेको अर्काको धनमाल आफ्नो नियन्त्रणमा राख्नु नै कब्जा हो। प्राचीन कालमा प्रथम पटक जसले कब्जा गर्यो सो सम्पति उसैको हुन्थ्यो। कुनै पनि चिज वस्तु कब्जा गर्नको लागि उक्त वस्तु स्वामी विहिन हुनु पर्छ।

(२) चिरभोग (prescription)

कुनै सम्पति कसैले भोग गरेको निश्चित समय अवधि बितेको कारण सो सम्पति भोगको आधारमा भोग गर्नेलाई सम्पति माथि अधिकार हुनुलाई चिर्भोग भनिन्छ। यसमा लामो समय सम्म स्वामीले सम्पति माथि कब्जा छाडेको र भिन्न व्यक्तिले सो सम्पतिलाई कब्जामा राखी भोग गर्ने।

(३) सम्झौता (agreement)

सम्झौताबाट पनि सम्पति आर्जन गर्न सकिन्छ। कुनै कार्य गर्न या नगर्न पक्षहरुका बीच भएको स्वीकृतिलाई सम्झौता भनिन्छ।

(४) आपुताली (Inheritance)

आपुताली बाट पनि सम्पति आर्जन गर्न सकिन्छ। आपुताली भनेको स्वामीको मृत्यु पश्चात सम्पत्ति हकवालामा सरेर प्राप्त हुने सम्पतिलाई आपुताली भनिन्छ मुलुकी देवानी संहिता ऐन २०७४ को दफा २३६ को स्पष्टीकरणले आपुतालीलाइ यसरी परिभाषित गरेको छ, आपुताली भन्नाले मृतकको ऋण,धन,र सम्पति सम्बन्धी दायित्व र अधिकार कानुन बमोजिम हकवालामा सर्ने कार्य सम्झनु पर्छ।

 

Note:-कृपया यो नोट Pdf फर्म्याटमा चाहिएमा हामीलाई सम्झनुहोस।सम्पर्कका लागि lokewanotes100@gmail.com

 

Post a Comment

Previous Post Next Post