Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

अप्ठ्यारोमा साथ छोड्नेले आज सजिलोमा अडायो -गजल

 



                        गजल

अप्ठ्यारोमा साथ छोड्नेले आज सजिलोमा अडायो

म   छु   भन्‍नेले   मर्ने   गरी   यादको  लतमा  सडायो ।।



मलाई  पत्थर   बन्‍न   मन   लागेको   त्यहीँ  दिन  हो

जुनदिन     उसले    फूल    चुँडी    पत्थरमा  चढायो ।।



स्कूलले     पढाउन     नसकेका     अनेक    कुराहरु

जिन्दगीको     विश्वविद्यालयमा     समयले    पढायो ।।



सबै  भन्छन्   मायाले  जिन्दगी  फुलाउँछ  फलाउँछ

किन   मेरो   मात्रै   जिन्दगी   ननिभ्ने   गरेर  डढायो ।।



अप्ठ्यारोमा साथ छोड्नेले आज सजिलोमा अडायो

म   छु   भन्नेले   मर्ने   गरी   यादको  लतमा  सडायो ।।


राहुल पोखरेल,

गुल्मी

#गजल  #नेपालीसाहित्य

Post a Comment

Previous Post Next Post