Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

विधिको नियम कस्तो-पदमराज न्यौपाने

 प्रकाशन मिति २०८१-१२-१२


विधिको नियम कस्तो

कसैलाई मालामाल छ यहाँ
कसैलाई फालाफाल छ यहाँ
जनताई बाँच्नै गाह्रो छ जतै
नेतालाई पाला पाल छ यहाँ । १
कोही रोएर बाँचिरहेका छन्
कोही दुख साँचिरहेका छन्
कतिअरुलाई देखाउँन मात्र
दारा किसी नाचिरहेका छन्। २
कोहि हाँसी हाँसी जन्मे यहाँ
कोहि मर्नको लागी बाँचेका
पिडा माथी पिडा छ कसैको
कतै छन् रमाई रमाई नाँचेका । ३
कोही पिडाको आँशु झार्दैछन्
कोही क्रिडामा मख्ख छन् यहाँ
कतिका चहराएका घाउ हरु
वेदनाको झंकार बन्दैछन् यहाँ । ४
कसैलाई दुःख के हो थाह छैन
कसैलाई सुखको छैन अनुभव
कोही तड्पिएर बाँच्दैछन् त
कसैको असंख्य छन् वैभव। ५
के हो के हो बुझ्नै सकिन खास
कोही मर्दा पनि दुलही जस्तै
सिंगारिएर जान्छन् चिहान
कोही नाङ्गै जानुछ जन्मदा जस्तै । ६

✍️पदमराज न्यौपाने
रामारोशन ४ अछाम

Post a Comment

Previous Post Next Post